२०८२ आश्विन ६ सोमबार
२०८२ आश्विन ६ सोमबार

काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “ईभल्भ टु रिड्डारा एक्सचेन्ज अफर” (EVolve to RIDDARA Xchange) सार्वजनिक गरेको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास सहित यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउन पेमेन्टमा प्राप्त गर्न सक्नेछन् ।

४२४ किलोमिटरको रेन्ज र ७३ किलोवाट आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ कम्पनीको दाबी छ । गाडीमा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता सात ओटा ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा पनि उपलब्ध छ । 

अफर अन्तर्गत ग्राहकले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । 

“रिड्डाराले चीनमा नम्बर १ ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ,” कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ १२:३५





सामाग्री श्रोत :
टेक पाना

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ।

विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका हुन्।

Ncell 2
Ncell 2

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका  जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो ।रेसुङ्गा–काठमाडौँका लागि रु सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा रु सात हजार दुई सय ८० भाडादर कायम छ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए।

निगमको १८ सिट क्षमताको जहाजले  बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

“अपरेसन सिन्दुर”

(यो शिर्षक समसामयिक विषयमा आधारित छ भने कविताको भाव नर्सको सेवाको सन्दर्भमा व्यक्त गरिएको छ)

प्रथम विश्वयुद्ध होस या
दोस्रो विश्व युद्ध होस 
१० वर्षे सशत्र द्वन्द होस 
या रसिया युक्क्रेन युद्ध होस
ईजरायाल हमास लडाई होस 
या भारत पाकिस्तानको द्वन्द होस
आखिर
रकताम्य शरीरका मल्हम 
अनि 
पीडाका साथी को हुन त? 
कसैले ईतिहास कोरिरहनु पर्दैन यहां !! 

प्रसव पिडाको आमाहरुका सारथी 
प्रेसर सुगर बिरामीहरुका परामर्शकर्ता 
हरेक बेडहरूको अंगरक्षक 
ड्रिप च्याम्बरहरुको संरक्षक
निडलहरू खोप्ने च्याप्पियन 
औषधी खुवाउने न्यानो हात
आखिर 
अरुको जीवन दिदांदिदै आफुलाई बिर्सिने
अनि 
सेवामा दिन रात खटिरहने 
महान नर्सहरू को हुन त? 
कसैले नामथर सम्झिरहनु पर्दैन यहां !!

अपरेशन थियटरको निडरता
मृत शरीरका सामुन्नेको सहासता
गाली गलौचको सहनशीलता 
निरन्तर सेवामा गम्भिर र सालिनता 
दक्षता र ज्ञानको भरिपुर्णता 
सामुदायीक स्वास्थ्य सचेतनाको प्रवक्ता 
आखिर 
अदभूत क्षमताका सिपाहीहरु
अनि 
कहिल्यै नअस्ताउने नक्षत्रहरू 
सेतो पहिरणधारीहरू को हुन त? 
कसैले अनुपम गुणहरको चर्चा गरिरहनु पर्दैन यहां !! 

आफ्नो आकंक्षाहरूलाई कुण्ठित पार्दै 
परिवारको न्यानो मायाबाट अलग्गिई 
नतमष्तक सन्नटाको निद्रालाई चिर्दै
सामाजिक संजालको रम्त्याईलो भूल्दै 
काखे बालकको आहार आफ्नै दुध नपिलाई
गर्भवती सुत्केरी आफै हुं भन्ने बिर्सिई 
ड्यूडिको रोस्टर भेटन पोषिलो आहार भूल्दै
आखिर 
सबै सुखसयल त्याग गर्न सक्ने 
अनि 
धैर्यताको पराकाष्ठ भूल्न सक्ने 
सेवाको म्याराथुन जितिरहने धावक को हुन त? 
कसैले मेडल पुरस्कार दिईरहनु पर्दैन यहां !!

त्यसैले यहां
संसारभरी सबैको लक्ष्य एउटै हो 
युद्धका रणभूमिहरू हटिऊन
शान्तिका बिगुलहरू फुकिऊन 
मेडिकल टेक्नोलोजिले भरिऊन 
निद्रा, भोक र शोक हटुन
नर्सहरुका परिधिहरू फराकिला होऊन 
पेशागत हकको संरक्षण होउन 
सेतो पोशाकमा सजिएर 
हर्षविभोरमा “अपरेशन सिन्दुर”
अर्थात 
“सेवाको सिन्दुर” पहिरिन 
सबै महान नर्सहरू 
मुस्कान सहित सजिएर सधैं 
आफ्नो ड्यूटि निभाईरहनेछन ! 
“जय नर्स”
✍️शान्ति भण्डारी 
जनस्वास्थ्य नर्स

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताए।

गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । सहरका कथा पनि मौलिक हुनेमा उनको जोड छ।

“नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा सहरको,” शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा उनले भने, “गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ। यो तोडिनुपर्छ ।”

सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको उनी बताउँछन् । “सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । सहरी गरिबी झन् डरलाग्दो छ,” उनी भन्छन्, “काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन् । त्यसैले सहरका कथा पनि हाम्रै हुन् ।”

निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने उनको भनाइ छ ।

“गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन,” त्यसैले मेरा अधिकांश सिनेमा सरहका कथामा हुन्छन् । मलाई सहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक सिनेमा हुन् ।”

आफ्नै छुट्टै कथा र आर्कमा ‘के घर के डेरा : घर नं २’ बनेको उनले बताए । पशुपतिको केही दृश्य देखिए पनि धेरै कथा पशुपतिमा नभएको उनले प्रष्ट पारे ।

अभिनेत्री केकी अभिकारीले अर्ग्यानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ भएको बताइन् ।

“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”

‘के घर के डेरा : घर नं २’ को आत्मा लेखक र निर्देशक रहेको उनले बताइन् । साहित्यको नजिक रहेका कथा लेख्न बुद्धिसागर र सबैले मन पराउने कथा भन्ने निर्देशक नै सिनेमाको मुख्य पक्ष र आकर्षण भएको उनको भनाइ छ ।

एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग कसरी जोडिन्छन्, त्यो नै सिनेमाको महत्वपूर्ण पक्ष भएको उनले बताइन् ।

‘के घर के डेरा : घर नं २’ले जेठ २ गते रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।


सामाग्री श्रोत :

खगेन्द्र लामिछाने भन्छन्-‘के घर के डेरा : घर नं २’मा ‘डिरेक्टर एक्टर’ भएर काम गरेँ

काठमाडौँ । ह्वावे र सेरेसले संयुक्त रूपमा तयार गरेको ठुलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी अइटो एम ८ (Aito M8) ले चीनमा सार्वजनिक हुनु अघि नै एक लाख अर्डर प्राप्त गरेको छ । मार्च ६ देखि सुरु भएको यो गाडीको प्रि-सेल मूल्य तीन लाख ६८ हजार देखि चार लाख ५८ हजार युआन (झण्डै ५० हजार ५४० देखि ६२ हजार ९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ । प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएको कम्पनीको भनाइ छ । 

छ घण्टाभित्र अर्डर संख्या २१,००० पुग्यो भने १२ घण्टामा २८,००० युनिट पुगेको कम्पनीको दाबी छ । प्रि-सेल सुरु भएको दुई साताभित्र यो संख्या ७०,००० पुगेको थियो । अप्रिल ७ मा कम्पनीले गाडीले एक लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गरेको थियो । 

यो एक ठुलो एसयुभी हो जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ। यसको छानामा लिडार (LiDAR) सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठुला हेडलाइट छन्। यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।

यसमा ७५ इन्चको ह्वावेको अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले (Augmented Reality Head-Up Display) र तीन ठुला स्क्रिन सेटअप छ। गाडीमा दुई मोटरयुक्त फोर ह्विल ड्राइभ (Four-Wheel Drive) प्रणाली छ जसको पिक पावर ३९२ किलोवाट छ। गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको कम्पनीले जनाएको छ ।  

अइटो ब्रान्ड ह्वावे र सेरेसबीचको सहकार्य हो । यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने ह्वावेले गाडीको प्रविधि, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ । यो ब्रान्डका गाडीहरू ह्वावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटि अलायन्स (Harmony Intelligent Mobility Alliance) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।

अइटो ब्रान्ड अन्तर्गत अहिले अइटो एम५, एम७ र एम९ गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन ईभी डेटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा तीन लाख ८५ हजार ९०४ युनिट पुगेको थियो। अब ह्वावे र सेरेसले चौथो मोडेल अइटो एम८ सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ। 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ ११:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो । 

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । यस अघि आईतबार सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । 

Ncell 2
Ncell 2

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । आईतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताएकी छन्।

आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर  गरिन्।  

‘बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ। कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो हुनुहुन्छ। बिरामीलाई यतिधेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन्। एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन। डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ’ नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको भन्दै उनले भनिन्।।

डा यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिँदै बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले  गरेका  योगदानलाई प्रत्येक बिरामीहरुले धन्यवाद दिनुपर्ने पनि बताइन्। ‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन। बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ’ उनले भनिन्।

प्रबन्ध निर्देशक डा यासमिनले हेल्थ केयर सिस्टममा डाक्टहरु मस्तिष्क भए नर्सहरु मुटु रहेको जिकीर  गरिन्।  ८० प्रतिशत बिरामीहरु नर्सहरुको स्याहारका कारण निको भएर घर जान सकेको बताउँदै जुनदिन नर्स हुँदैनन् त्यही दिन हेल्थकेयर सिस्टम विश्वबाट कोल्याप्स हुने  उनको दावी छ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्राडा मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफुलाई फ्लोरेन्स नाइटेङ्गल बनाउन प्रेरित हुनुपर्ने बताए। फ्लोरेन्स नाइटेङ्गलले विश्वकै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको स्मरण गर्दै आइसियूको सुरुवात पनि फ्लोरेन्स नाइटेङ्गलकै अवधारणा रहेको चर्चा  गरे। कलेजको स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै प्रा.डा. मरहठ्ठाले नर्सहरुको पेशागत हित र व्यवसायिक दक्षता अभिबृद्धिमा कलेज सदैव प्रतिबद्ध रहेको उल्लेख  गरे। 

कलेजकी मेट्राेन नविना सिंहले सरकारले नर्सिङ शिक्षाकाे विकास, विस्तार र प्रवर्द्धनमा काम गर्नुपर्ने  बताइन्।  विश्वभर नर्सहरूकाे माग भइरहेकाे बेला सरकारले नर्सिङ कलेज बन्द गर्दा दक्ष जनशक्ति अभाव भइरहेकाे जनाउँदै बन्द भएका कलेज खाेल्नुपर्ने  उनको धारणा थियाे। मेट्राेन सिंहले नर्सिङ पेशा व्यवसायिक भन्दा पनि मानव सेवाभाव भएकाे बताइन्।  

कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो। 

अन्तराष्ट्रिय नर्सिङ डेकै अवसरमा कलेजका कार्यरत नर्सहरुले आकर्षक नृत्यसँगै गीत समेत प्रस्तुत गरेका थिए भने नाटक मार्फत नर्सिङ केयरकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गलको जीवनी प्रस्तुत गरेका थिए। साथै, कलेजमा उपचाररत करिब २ सय बिरामीहरूलाई फलफुल समेत वितरण गरिएकाे छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी Aito M8 ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ। यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ।

Aito ब्रान्ड हुवावे र सेरेसबीचको सहकार्य हो। यो प्रोजेक्टमा सेरेसले च्यासिस डिजाइन र उत्पादनको जिम्मा लिएको छ भने हुवावेले गाडीको प्रविधिगत भाग, मुख्य कम्पोनेन्टको आपूर्ति र बिक्रीको काम सम्हालिरहेको छ।

Aito ब्रान्डका गाडीहरू हुवावेको Harmony Intelligent Mobility Alliance (HIMA) स्टोरहरूमा लक्सिड र स्टेलाटो जस्ता अन्य सहकार्य भएका ब्रान्डहरूसँगै बिक्रीमा रहेका छन्।

Aito ब्रान्ड अन्तर्गत अहिले Aito M5, M7, र M9 गरी तीनवटा क्रसओभर गाडी उपलब्ध छन्। चीन ईभी डाटा ट्र्याकरका अनुसार यी मोडेलहरूको कूल बिक्री २०२४ मा ३८५,९०४ युनिट पुगेको थियो। अब हुवावे र सेरेसले चौथो मोडेल Aito M8 सार्वजनिक गर्न लागिरहेका छन्, जसले सार्वजनिक हुनुअघि नै चीनमा ठूलो चर्चा कमाएको छ।

चीनमा हुवावे Aito M8 ले पायो १ लाख अर्डर

मार्च ६ मा चीनमा Aito M8 को प्रि-सेल सुरु गरिएको थियो। ५,००० युआन (लगभग ७०० डलर) को अग्रिम रकम बुझाउने ग्राहकहरूलाई गाडी सार्वजनिक भएपछि १०,००० युआन (झण्डै १,४०० डलर) छुट दिइने योजना थियो। सार्वजनिक हुनुअघि नै यस गाडीले निकै आकर्षण पाएको हो। प्रि-सेल सुरु भएको एक घण्टामा नै ७,५०० अर्डरहरू प्राप्त भएका थिए।

छ घण्टाभित्र अर्डर संख्या २१,००० पुग्यो भने १२ घण्टामा २८,००० युनिट पुगे। प्रि-सेल सुरु भएको दुई साताभित्र यो संख्या ७०,००० पुगेको थियो। अप्रिल ७ मा HIMA ले Aito M8 ले १ लाखभन्दा बढी अर्डर प्राप्त गरेको घोषणा गर्यो।

जम्मा ३२ दिनमा यस्तो उपलब्धि हासिल गर्नुले पनि यो गाडी EREV (Extended Range Electric Vehicle) वर्गमा सबैभन्दा बढी बिक्री हुने मोडेलमध्ये एक बन्ने निश्चितजस्तै देखिएको छ। यसको प्रमुख प्रतिस्पर्धीहरूमा लि अटो L8 र डीपल S09 पर्दछन्।

Aito M8 को विशेषता

Aito M8 डिजाइन र स्पेसिफिकेसनको हिसाबले फ्ल्यागशिप मोडेल Aito M9 सँग नजिक छ। यो एक ठूलो एसयुभी हो जसको लम्बाइ/चौडाइ/उचाइ क्रमशः ५१९०/१९९९/१७९५ मिमि र ह्विलबेस ३१०५ मिमि रहेको छ। यसको छानामा LiDAR सेन्सर, अगाडि एलईडी लाइट स्ट्रिपसहित ठूला हेडलाइट छन्।

यो गाडी २१-इन्चका मल्टी-स्पोक रिममा कुद्छ। टिन्टेड रियर विन्डोज, रिट्रयाक्टेबल डुअर ह्यान्डलहरू र आकर्षक रङ विकल्पहरू यसका अन्य फिचरहरू हुन्।
Aito M8 को क्याबिनमा दुई प्रकारको सिट व्यवस्था छ a 2+2+2 र a 2+3। यसमा ७५ इन्चको हुवावेको Augmented Reality Head-Up Display र ठूलो तीनवटा स्क्रिन सेटअप छ।

गाडीमा दुई मोटरयुक्त Four-Wheel Drive (4WD) प्रणाली छ जसको पिक पावर ३९२ kW (५२६ hp) छ। गाडीमा १.५ लिटरको टर्बोचार्ज्ड रेञ्ज एक्सटेन्डर इन्जिन छ। ब्याट्री LFP वा ternary NMC प्रकारको हुन सक्छ जसको क्षमता ३६ kWh वा ५२ kWh हुन्छ। CLTC का अनुसार, गाडीको रेन्ज क्रमशः २०१ किमि र ३१० किमि रहेको छ।

 


सामाग्री श्रोत :

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले टेस्लाका प्रमुख एलन मस्कलाई मेलमिलापको हात बढाएका छन् । मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेका पुराना पोस्ट सार्वजनिक गरेपछि अल्टम्यानले यस्तो कदम चालेका हुन् । 

अल्टम्यानले उनीहरुको विवादभन्दा मानव स्तरको आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) धेरै महत्त्वपूर्ण भएको बताएका छन् ।

यही मे महिनाको १० तारिखमा मस्कले अल्टम्यानको लगभग एक दशक पुरानो पोस्टमा प्रतिक्रिया दिएका थिए । सो पोस्टमा अल्टम्यानले आफूले डोनाल्ड ट्रम्पलाई कहिल्यै भोट नहाल्ने दाबी गरेका थिए । वाई कम्बिनेटरका सह-संस्थापक पल ग्राहमको १८ अक्टोबर २०१६ मा एक पोस्टमा लेखेका थिए, “ट्रम्पलाई पराजित गर्नका लागि साम आल्टम्यानले जति योगदान दिएका छन्, त्यति थोरैले मात्र दिएका छन् ।”

अल्टम्यानले जवाफ दिए, “धन्यवाद, पल ।”​

मस्कले यही पुरानो कुराकानी पुनः शेयर गरेपछि अल्टम्यानले द गार्डियनको एउटा आर्टिकल पोस्ट गरे । उक्त आर्टिकलमा मस्कले भनेका थिए, “म त्यो मान्छे (डोनाल्ड ट्रम्प) लाई घृणा गर्दिनँ । तर ट्रम्पले आफ्नो टोपी झुन्ड्याएर सूर्यास्तमा डुब्नुपर्ने समय आएको छ ।”

अल्टम्यानले आर्टिकलको लिङ्क शेयर गर्दै लेखेका छन्, “हामी दुबै गलत थियौं । वा कम्तीमा म निश्चित रूपमा गलत थिएँ । तर त्यो २०१६ को कुरा थियो र यो २०२२ को ।” 

उनले सोही थ्रेडमा थपे, “जे होस्, अर्को हप्ता भेटौँला, साथी बनौँ । एजीआई यति महत्त्वपूर्ण छ कि हाम्रो सानो झगडालाई बाटोमा आउन दिनु हुँदैन ।”

राष्ट्रपति ट्रम्पका निकट सहयोगी मस्कले सरकारी खर्च कटौती गर्न ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) चलाइरहेका छन् । राष्ट्रपति चुनावमा रिपब्लिकन नेताका लागि उनको प्रचार अभियानले नतिजा बदल्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । यसैबिच अल्टम्यानले पनि अमेरिकामा एआई पूर्वाधार निर्माणका लागि ५०० अर्ब डलरको ‘प्रोजेक्ट स्टारगेट’मा योगदान गरेर आफ्नो राजनीतिक अडानमा उल्लेखनीय परिवर्तन देखाएका छन् ।

मस्क अल्टम्यानको नेतृत्वमा ओपनएआईले लिइरहेको दिशाप्रति आलोचक रहँदै आएका छन् । सन् २०१५ मा एक्सका मालिक (मस्क) सह-संस्थापक रहेको ओपनएआई एक गैरनाफामुखी संस्थाको रूपमा स्थापित भएको थियो । तर अल्टम्यानले कम्पनीलाई नाफामुखी बनाउन खोजेका थिए । महिनौँको अनिश्चिततापछि ओपनएआईले यसै हप्ताको सुरुमा गैर नाफामुखी संस्थाले कम्पनीको नियन्त्रण कायम राख्ने घोषणा गरेको थियो ।

एजीआई (आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स) एउटा यस्तो काल्पनिक मेसिन हो जसमा मानव जस्तै विभिन्न क्षेत्रमा ज्ञान बुझ्ने, सिक्ने र लागु गर्ने क्षमता हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ ११:१४





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

दमौली – राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका  छन् । उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकाे प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट