२०८२ आश्विन ६ सोमबार
२०८२ आश्विन ६ सोमबार

काठमाडौँ । बुद्ध एयरको काठमाडौँस्थित आन्तरिक विमानस्थल कार्यालयको टेलिफोन सेवा अवरुद्ध भएको छ । कम्पनीका अनुसार दूरसञ्चार प्रणालीमा आएको समस्या कारण कार्यालयका फोन लाइनहरू बन्द भएका छन् भने उडानसम्बन्धी जानकारी दिन कठिनाइ भइरहेको छ ।

एक सूचना जारी गर्दै बुद्ध एयरले यात्रु तथा सेवाग्राहीलाई उडानसम्बन्धी जानकारीका लागि कम्पनीको कल सेन्टर ०१–५९७०९०० मा सम्पर्क गर्न वा मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ ।

बुधबार बिहानदेखि नै सेवा अवरुद्ध भएको कम्पनी स्रोतले जानकारी दियो । समस्या समाधानको प्रयास भइरहेको र सामान्य अवस्थामा फर्किन केही समय लाग्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ ११:१८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं-  वीर अस्पतालको सेवा सुधारका लागि  एक कार्यदल गठन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा मदन उपाध्याय संयोजकत्वको कार्यदल गठन गरेको हो। 

डा उपाध्याय नेतृत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा स्रोत-साधनको उचित प्रयोगबारे सुझाव दिन भनिएको छ। कार्यदलमा दीपकमोहन भट्टराई  र डा सुरेश तिवारी सदस्य छन्।

वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री  पौडेलको नेतृत्वमा कार्यदल गठन गरिएको हो। वरिष्ठ चिकित्सक डा मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा स्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ।

नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ।

तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा सुरेश तिवारी सदस्य छन्। कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ।

यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिँदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।
मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए । फलस्वरुप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन् ।

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपीडी सञ्चालनका अतिरिक्त भएका सेवाहरुमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ ।

सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन् । मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन् ।

अस्पतालका निर्देशक डा. दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्।

वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ।

यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ।

तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा. सुरेश तिवारी सदस्य छन्।

कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ। यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिंदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ।

मन्त्री पौडेलले वीर अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिन सहजीकरण गरेका थिए। फलस्वरुप अहिले धेरै उपकरण निकै कम खर्चमा मर्मत भएर सेवा दिइरहेका छन्।

मन्त्री पौडेल नेतृत्वमा आएयता वीर अस्पतालमा दुई सिफ्टमा ओपीडी सञ्चालनका अतिरिक्त भएका सेवाहरुमा समेत धेरैले सेवा लिन सक्ने वातावरण तयार भएको छ।
सीटीस्क्यान, एमआरआई आदिले अधिक क्षमतामा सेवा दिइरहेका छन्।

मन्त्रीले पठाएको नौ बुँदे सुधार सुझावपछि अनलाइनमार्फत टिकट लिने प्रबन्ध गरिएको छ। यसलाई अझ प्रभावकारी बनाउन मन्त्री पौडेलले वीरलाई डिजिटलाइजेसनमा लैजान प्रयास गरिरहेका छन्।

अस्पतालका निर्देशक डा. दिलिप शर्माले कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान प्रयास गरिने बताए।

 


सामाग्री श्रोत :

वीर अस्पतालको सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्यदल गठन

काठमाडौँ –काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा आएको छ । 

ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । 

Ncell 2
Ncell 2

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी छ । 

shivam cement
shivam cement

आगलागी दयारामको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । नेपालका लागि जुबाओ ब्रान्डको विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आक्र्स ग्रुपले आफ्नो पहिलो डेलिभरी गरेको छ । कम्पनीले भित्र्याएका १४ सिट क्षमताका विद्युतीय भ्यानमध्ये पहिलो चरणमा १८ थान गाडी स्वयम्भू हारती टुर्स एन्ड ट्राभल्स प्रालिलाई हस्तान्तरण गरेको हो ।

स्वयम्भू हारती टुर्सले यी भ्यानहरू काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्जलगायतका स्थानमा सार्वजनिक यातायातको रूपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।

जुबाओ ईभी भ्यान चीनको एफएडब्लू जिलिन कम्पनीद्वारा उत्पादन गरिएको अत्याधुनिक विद्युतीय सवारी साधन हो । समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि यो उपयुक्त हुने कम्पनीको दाबी छ ।

आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार जुबाओ ईभी भ्यान ११ र १४ सिट क्षमतामा उपलब्ध छन् । उनले नेपालका सडक अवस्था, चार्जिङ सुविधा र सेवा सुविधाको अवस्था अध्ययन गरी सुलभ मूल्यमा बजारमा ल्याइएको जानकारी दिए ।

कम्पनीका अनुसार जुबाओ ईभी भ्यान हाल काठमाडौं उपत्यकासँगै धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा उपलब्ध छन् । यस्ता स्थानहरूमा सर्भिस र स्पेयर पार्ट्स पनि सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १०:२१





सामाग्री श्रोत :
टेक पाना

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गर्नुभएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले राससलाई जानकारी दिए।

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।


सामाग्री श्रोत :

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु

काठमाडौँ –काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । 

Ncell 2
Ncell 2

“ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” प्रवक्ता बोहराले भने । 

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । आगो नियन्त्रणको पर्यास जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ६०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २१०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनिया प्रतिकिलो रु ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।


सामाग्री श्रोत :

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

एजेन्सी –खान युनिसस्थित एक युरोपेली अस्पतालमा भएको इजरायली हवाई आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । 

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले यो विवरण सार्वजनिक गरेका हुन् । स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले गाजास्थित उक्त अस्पतालमा एकैपटक छ वटा बम खसालेका थिए। ती बमहरू अस्पतालको आँगन र आसपासका क्षेत्रमा खसेका थिए ।

Ncell 2
Ncell 2

इजरायली सेनाले अस्पतालमुनि रहेको ‘हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ मा आतंककारीहरूलाई लक्षित गरी ‘सटीक हमला’ गरेको दाबी गरेको छ ।

यस आक्रमणमा गाजामा बीबीसीका लागि कार्यरत एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन् । उनको उपचारपछि अवस्था स्थिर रहेको बताइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । मोबाइल फोन आजको डिजिटल जीवनशैलीको अभिन्न हिस्सा बनेको छ । व्यक्तिगत सम्पर्क, बैंकिङ पहुँच, सामाजिक सञ्जाल, तस्बिर तथा अन्य निजी विवरण सबै एउटै सानो डिभाइसमा समेटिएका छन् । यति महत्त्वपूर्ण डिभाइस हराए स्वभावैले प्रयोगकर्ता आत्तिने गर्छन् । तर, यस्तो अवस्थामा सजग भएर आवश्यक कदम चाल्न सकेमा ठुलो क्षति हुनबाट बच्न सकिन्छ ।

मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने कामबारे जानकारी दिँदै मंगलबार एक सूचनामार्फत सजग हुन आग्रह गरेको छ । सूचना अनुसार मोबाइल हराउँदा सबैभन्दा पहिला सिम कार्ड ब्लक गर्नुपर्छ ।

सिम ब्लक नगरेसम्म हराएको मोबाइलमा रहेको सिम प्रयोग गरेर अरूले तपाईंको व्यक्तिगत सूचना, बैंकिङ डेटा वा सामाजिक सञ्जाल दुरुपयोग गर्न सक्छन् । यस्तो जोखिमबाट जोगिनका लागि टेलिकमले सिम ब्लक गर्ने तरिका सिकाएको छ:

यदि तपाईंले आफ्नो सेक्युरिटी कोड पहिले नै सुरक्षित राख्नुभएको छ भने सिम ब्लक गर्ने प्रक्रिया छिटो र सजिलो हुन्छ । तर, सेक्युरिटी कोड नभएमा वा सम्झन नसकेमा थप प्रमाणसहित टेलिकम ग्राहक सेवा केन्द्रमा जानुपर्ने हुन सक्छ ।

मोबाइल फेला परे वा नपरे गर्ने ?

यदि हराएको मोबाइल तपाईंले फेला पार्नुभयो भने नेपाल टेलिकमलाई सम्पर्क गरेर सिम पुनः सक्रिय गराउन सकिन्छ । सिम पुनः सक्रिय गर्दा तपाईंसँग पहिलेको प्रमाण वा SCODE हुनुपर्छ । मोबाइल फेला परेको खण्डमा फेरि १४१५ डायल गरेर निर्देशन पालना गर्दै सिम पुन सक्रिय (रिएक्टिभेट) गर्न सकिन्छ ।

यदि मोबाइल फेला पार्न सक्नुभएन भने नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन टेलिकमले अनुरोध गरेको छ । प्रहरीको सहायता लिँदा मोबाइल खोजी प्रक्रिया सजिलो हुनुका साथै आफ्नो सुरक्षाको लागि पनि उपयोगी हुन्छ । अर्कोतर्फ, आवश्यक कागजातसहित नजिककै नेपाल टेलिकम कार्यालयमा उपस्थित भई सोही नम्बरको सिम निकाल्न सकिनेछ ।

मोबाइलको सेक्युरिटी कोड के हो र कसरी प्राप्त गर्ने ?

सेक्युरिटी कोड (SCODE) भनेको तपाईंको सिमकार्ड र त्यससँग सम्बन्धित सेवाहरूको सुरक्षा सुनिश्चित गर्न प्रयोग गरिने गोप्य कोड हो । सिम ब्लक गर्न, पुनः सक्रिय गर्न वा ब्यालेन्स ट्रान्सफर गर्न यसै कोडको प्रयोग गरिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्ने तरिका:

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ ७:५९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट