२०८२ आश्विन ५ आईतवार
२०८२ आश्विन ५ आईतवार

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले विद्युतीय सवारी साधन (ईभी) को प्रवर्द्धन तथा सम्बन्धित नीतिगत सुधारमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेटका लागि अर्थ मन्त्रालयलाई विभिन्न सुझाव पेश गरेको छ । सवारी साधन आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्क घटाउने, विद्युतीय सवारीको इकोसिस्टम विकास गर्ने र स्वदेशी एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्ने प्रस्तावहरू नाडाले अघि सारेको छ ।

अधिकतम किलोवाट अनुसार भन्सार दर घटाउन सुझाव दिइएको छ । चारपाङ्ग्रे ईभीमा लाग्ने भन्सार शुल्क घटाएर ५० किलोवाटसम्मका सवारीका लागि पाँच प्रतिशत र अन्तःशुल्क शून्य प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ । हाल यस श्रेणीमा १५ प्रतिशत भन्सार र पाँच प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ । त्यस्तै, ५० देखि १०० किलोवाट क्षमताका ईभीका लागि भन्सार शुल्क १० प्रतिशत कायम गरिनुपर्ने सुझाव दिइएको छ, जुन हाल २० प्रतिशत छ । 

भन्सार दर घटाउनुपर्ने कारणस्वरूप नाडाले विद्युतीय सवारी इन्धन-कुशल, वातावरणमैत्री, आयातित इन्धनमाथिको निर्भरता घटाउने र सन् २०३० सम्ममा ३० प्रतिशत ईभी प्रयोगको लक्ष्य पुरा गर्न मद्दत पुग्ने तर्क दिएको छ ।  

नाडाले आफ्ना सुझाव कार्यान्वयन भए नेपालमा ईभी थप किफायती हुने, प्रयोग बढ्ने, जीवाश्म इन्धनमाथिको निर्भरता घट्ने, वातावरण स्वच्छ रहने, हरित कोष (Green Fund) बाट वैदेशिक लगानी आकर्षित हुने र कार्बन क्रेडिटको अवसर सिर्जना हुने बताएको छ । साथै, ईभीको संख्या बढेपछि पेट्रोलको आयात घट्ने समेत उल्लेख गरेको छ ।

ईभी चार्जरमा हाल लाग्ने १० प्रतिशत भन्सार शुल्कलाई पनि शून्यमा झार्नुपर्ने र प्रमुख राजमार्गको हरेक ५० किलोमिटरमा सार्वजनिक चार्जिङ स्टेसन निर्माणका लागि बजेट छुट्याउनुपर्ने नाडाको माग छ । चार्जरको लागत घट्दा प्रयोगकर्तालाई ईभी अपनाउन सजिलो हुने र दिगो यातायात प्रणाली विकासमा टेवा पुग्ने नाडाको विश्वास छ ।

दुईपाङ्ग्रे विद्युतीय सवारीको हकमा लिथियम आयन ब्याट्रीमा लाग्ने २० प्रतिशत भन्सार शुल्क घटाएर एक प्रतिशत कायम गर्नुपर्ने र विद्युतीय मोटरसाइकल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा पार्टपुर्जामा मूल्य अभिवृद्धि कर छुट दिनुपर्ने नाडाको सुझाव छ । यसले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उपभोक्ताले सजिलै विद्युतीय सवारी अपनाउन सक्ने नाडाको ठहर छ ।

अनएसेम्बल अवस्थामा ल्याइने विद्युतीय सवारीका पार्टपुर्जा तथा सहायक सामग्रीमा लाग्ने भन्सार शुल्कमा ७५ प्रतिशत छुट दिई सबै ईभी एसेम्बलिङ उद्योगलाई सहयोग पुर्‍याउनुपर्ने प्रस्ताव नाडाले गरेको छ ।

यस्तै ब्याट्री प्रतिस्थापन तथा पुनःप्रयोग (रिसाइकल) व्यवस्थापनबारे नाडाले सुझाव राखेको छ । नेपालमा हाल यस्ता ब्याट्री रिसाइकल वा डिस्पोज गर्ने प्रविधि नभएकाले ती ब्याट्रीलाई अन्य देशमा रि-एक्स्पोर्ट गर्न वा नेपालमै रिसाइकल उद्योग स्थापना गर्न प्रोत्साहन गर्नुपर्ने माग गरिएको छ । यसका लागि आवश्यक नीति निर्माण गरी प्रक्रियालाई सहज बनाउनुपर्नेमा नाडाले जोड दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ ९:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवम् सांसद हितराज पाण्डेले अर्थमन्त्री विष्णुप्रसाद पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति  जनाएका छन्।

बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीको उपस्थिति नभएकोप्रति विरोध जनाएका हुन्।

Ncell 2
Ncell 2

‘प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ। कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ। हामी आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताउपर छलफल गरिरहेका छौँ,’ उनले भने,‘यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर सदनमा भएका विषय वस्तुलाई सरकारले सुनेर मनन गरेर संसद्का आवाजहरूलाई लैजानुपर्ने थियो। त्यसकारणले मन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर  यो सदनलाई अगाडि बढाउनका लागि नियमापत्ति प्रस्तुत गरिरहेको छु।’

 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टरमार्फत् यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ।

सिनेमाको सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन्। दोस्रो पोस्टरमा उनीहरूसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ।

तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकार पोस्टरमा अटाइएका छन्। सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ। तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ।


सामाग्री श्रोत :

फिल्म रिमैको फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ  । सांसद महेश बस्नेतले राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया ढिला भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइए पनि समयमै कार्ड वितरण हुन नसकेको उल्लेख गरे ।

“सरकारले राष्ट्रिय परिचयपत्र जुनसुकै सरकारी सेवाका लागि अनिवार्य गरे पनि २०७७ सालमा खिचेको राष्ट्रिय परिचयपत्र अहिलेसम्म प्राप्त हुन सकेको छैन,” उनले भने ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ ११:३४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- चितनवनस्थित भरतपुर अस्पताल र नेपाल औषधि लिमिटेडबीच औषधि आपूर्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

अस्पताल र लिमिटेडबीच आगामी आर्थिक वर्षका लागि विभिन्न औषधि आपूर्ति गर्ने विषयमा सम्झौता भएको हो। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल र लिमिटेडका महाप्रबन्धक कैलाश कुमरा पनेरुबीच सम्झौता पत्रम हस्ताक्षर भएको छ।

सम्झौता अनुसार लिमिटेडले २०८२ साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्म अस्पताललाई सिटामोल, जीवन जल र फोलिक एसिड लगायतका औषधि उपलब्ध गराउने छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

पोखरा–गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ।

अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिइएको छ, नियमावलीमा भएको व्यवस्थाअनुसार यो छिट्टै कार्यान्वयनमा जान्छ’, मन्त्री केसीले भने।

सर्वोच्च अदालतले यसअघि पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था छिटो मिलाउन निर्देशनात्मक आदेश दिएको थियो।

अनधिकृत रूपमा सेवा दिइरहेका राइड सेयरिङ कम्पनीलाई लामो सयमको प्रयासपछि कानुनी दायरामा ल्याइएको मन्त्रीले केसीले बताए। नियमावलीका विषयमा यातायात व्यवसायीहरूसहित सरोकार भएका पक्षसँग चरणबद्ध छलफल गरिएको मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार रेग्मीले बताए।

‘राइड सेयरिङका विषयमा यातायात व्यवसायीहरूका केही फरकमत छन्, तर व्यापक छलफल र तयारीपछि नियमावली ल्याइएको छ’, उनले भने, ‘यातायात व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेकाले आवश्यक कानुनी प्रबन्ध गरेर राइड सेयरिङलाई वैधता दिइएको हो।

यसअघि गत असारमा प्रदेश राजधानी पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्यलाई मन्त्रालयले रोक लगाएको थियो। यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै विरोध जनाएका थिए।

प्रदेश सरकारले बनाएको नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ।

Ncell 2
Ncell 2

नियमावलीमा भएको व्यवस्थाअनुसार मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’ कम्पनीमा दर्ता हुन पाउने छन्। राइड सेयरिङ सेवाका लागि प्रदेश सरकारका इजाजत लिनुपर्ने व्यवस्था छ।

दुईपाङ्गे सवारीको अनुमति लिँदा रु २५ हजार र चारपाङ्ग्रेको रु ५० हजार र दुवै सेवा दिने कम्पनीले रु ७० हजार तिनुपर्ने जनाइएको छ। अनुमति लिँदाको कुल रकमको ५० प्रतिशत नवीकरणमा तिर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ।

राइड सेयरिङ कम्पनीले सवारीसाधन दर्ता गरेबापत यातायात व्यवस्था कार्यालयमा छुट्टै सेवा शुल्क पनि तिर्नुपर्ने मन्त्रालयले जनाएको छ। सवारी धनीले पनि छुट्टै शुल्क तिनुपर्ने व्यवस्था छ। बिनाइजाजत राइड सेयरिङ सञ्चालन गरेमा कानुनी कारबाही र जरिवानाको व्यवस्था गरिएको छ।

सेवाको अनुगमनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुने व्यवस्था नियमावलीले गरेको छ। नेपालमा पठाओ, इनड्राइभज, सजिलो, ट्याक्सीमाण्डुलगायत राइड सेयरिङ एप सञ्चालनमा छन्।

shivam cement

shivam cement


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग छलफल गरेर समस्या समाधानका लागि पहल भएकै दिन स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको छ।

विभागअन्र्तगतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ।

महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले मन्त्रालयमा लिमिटेडसँगको छलफलमा मन्त्री पौडेलको प्रतिबद्धतापश्चात तत्काल प्रक्रिया अघि बढाएको बताए। ‘नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ’, डा. रायमाझीले भने।

मंगलबार मन्त्रालयमा मन्त्री पौडेलको सक्रियतामा मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीबीच छलफल भएको थियो। मन्त्री पौडेलले आवश्यक औषधी नियमअनुसार मन्त्रालयले खरिदका लागि सकारात्मक भएको भन्दै प्रक्रिया अघि बढाउने बताएका थिए।

उनले स्वास्थ्य संस्थामा आवश्यक भनेर सरकारले तोकेका औषधी समेत तीनै तहमा पुग्ने गरी खरिदका लागि समेत सकारात्मक रहेको बताएका थिए।

लिमिटेडको औषधी बिक्रीमा देखिएका समस्या समाधानका लागि मन्त्रालयमा भएको छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनधि तथा लिमिटेडका अधिकारी रहने गरी समस्या समाधान समिति बनाउने समझदारी भएको थियो।


सामाग्री श्रोत :

सिटामोल तथा जीवनजल खरिदका नेपाल औषधी लिमिटेडलाई पत्राचार

काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ नेपाल टेलिकमको फाइबर चोरी भएपछि मंगलबार साँझदेखि आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा समस्या आएको पाइएको छ । विमानस्थल स्रोतका अनुसार आन्तरिक विमानस्थल जाने बाटोमा नेपाली सेनाको क्षेत्र नजिकै टेलिकमको तार चोरी भएपछि यो समस्या आएको हो । “समस्या हिजो साँझदेखि नै आएको थियो । आज बिहान टेलिकमका प्राविधिकहरू आएर हेर्दा करिब ७-८ मिटर लामो तार काटेर चोरी गरेको भेटिएको छ,” स्रोतले भन्यो, “नयाँ तार जडान गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।” 

आन्तरिक वायुसेवा कम्पनीहरूले सूचना जारी गर्दै यस विषयमा ग्राहकलाई जानकारी दिएका छन् । सबै आन्तरिक वायुसेवा कम्पनीहरूको विमान्स्थलस्थित टेलिफोन नम्बरमा यो समस्या आएको छ ।

नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले समस्या समाधानका लागि बुधबार बिहानदेखि प्राविधिक खटाइएको बताएका छन्  । 

बुधबार बिहान बुद्ध एयरले एक सूचना जारी गर्दै काठमाडौंस्थित आन्तरिक विमानस्थलमा टेलिफोनहरू अवरुद्ध रहेको जानकारी गराएको छ । यति एयरलाइन्सले पनि आफ्ना ग्राहकका लागि सम्पर्क नम्बर छुट्टाएको छ ।

यता टेलिफोन अवरुद्ध भएको विषयमा भने त्रिभुवन विमानस्थल नै बेखबर देखिएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला र प्रवक्ता रिन्जी शेर्पाले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८२ १२:२६





सामाग्री श्रोत :
टेक पाना

रामेछाप। गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ।

रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाकारी दिए।

असोजमा आएको बाढीले बिगारेको सडक अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएकोमा आइतबार रातिको वर्षा पछि आएको बाढीले सोमबार आधा दिनसम्म सडक अवरुद्ध भएको थियो। काभ्रेको रोशी गाउँपालिकाको माम्तिमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो।

आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाइ छ। एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए।

‘दशैँमा यातायात सञ्चालन गराउनको लागि खोलाको बगरमा नै डाइभर्सन बनाएका थियौँ, अब यसलाई पहिलाको रोडको उचाइमा उठाएर वर्षामा पनि यातायात साधन चल्ने बनाउँछौँ’, उनले भने।

स्थायी रूपमा सडक निर्माणको लागि पनि टेण्डर भइसकेको बताउँदै उनले अब सो क्षेत्रमा डबल लेनको सडक बन्ने जानकारी दिए। निर्माण व्यवसायीले वर्षा सकिने बित्तिकै सो काम थाल्ने उनले बताए।

बिपी मार्ग काठमाडौंबाट पूर्व जाने सबैभन्दा छोटो सडक हो। अत्यधिक सवारी चाप हुने सो सडक वर्षाको कारण अवरुद्ध हुँदा धेरै यात्रीहरू समस्यामा पर्ने गरेका छन्। यसमा सरकार र सरोकारवालाको गम्भीर ध्यान जानु पर्ने यात्रीहरूको भनाइ छ।

असोज महिनामा आएको बाढीले रोशी गाउँपालिका क्षेत्रमा १० किलो मिटर बढी सडकमा क्षति पु¥याएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा बताउँछन्। वर्षाको समयमा पनि गाडी चल्ने बनाउन सडक डिभिजनले काम गरिहरेको उनले बताए।

‘यातायात सुचारु राख्न सडक डिभिजनले पहल कदमी गरिरहेको छ, अस्थायी रूपमा बाटो सञ्चालन गर्ने कार्य अन्तिम चरण पुगेको छ, तै पनि बेला बेलामा समस्या आउन सक्छ, गाउँपालिकाको तर्फबाट हामी सबै खालका सहयोग र सहजीकरण गर्न तयार छौं’, उनले भने।


सामाग्री श्रोत :

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

काठमाडौ – गायक हसन राईको ‘नायुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतमा हसनको स्वर रहेको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई देबेश राईले एरेञ्ज गरेका छन् । अमर सृष्टा विक्रम राई प्रति समर्पित म्युजिक भिडियोलाई लुङ्टो क्रियशन अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

किरातहरुको सभ्यतामा आधारित गीतमा युवा पुस्तामाझ चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई किरात राईहरुको विवाह संस्कारमा आधारित रहेर निर्माण गरिएको छ । म्युजिक भिडियोमा चर्चित अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले र चर्चित कमेडियन उमेश राई (फुलन्देकी आमा) को अभिनय देख्न सकिन्छ । 

साथै म्युजिक भिडियोमा क्रमश, प्रकाश लिम्बु, शिशम वान्तावा राई, दोस्तिहाङ राई, महेन्द्र राई, खेमराज राई, हाङ्सामा लिम्बु लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा देखाए अनुसार बिबाहमा सोल्टी सोल्टिनी बिचको प्रेमभावलाई देखाइएको छ । एलिशा र गणेशमानको जोडी जमेको छ ।

Ncell 2
Ncell 2

यस म्युजिक भिडियोमा हरि हुमागाईको डिओपी रहेको छ, भने उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई बिकाश दाहालले इडिट गरेका छन्, भने सुम्निमा कलेक्सनको पहिरण रहेको छ ।

गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो गीतमा दर्शकहरुको माया पाउनेमा ढुक्क रहेको बताए । 

shivam cement
shivam cement

साङ्गीतिक क्षेत्रमा केहि फरक गीतहरु मार्फत दर्शकमाझ आफु प्रस्तुत भइरहनेपनि हसनले बताए । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमा पनि मोह राख्छन् । 

भिडियोः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट