
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले पहिलो राष्ट्रिय आप्रवासन नीति तयार पारेको बताएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को श्रम आप्रवास र सामाजिक सुरक्षा सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नीति तयार पारेर मन्त्रिपरिषदमा पुगेको जानकारी गराए ।
‘राष्ट्रिय आप्रवास नीति कस्तो हुन्छ, के हो भनेर करिब ९ महिना लगाएर अध्ययनसहित क्याविनेट पुगेको छ । पहिलो माइग्रेसन पोलिसी ल्याउँदैछौं । इकोसिस्टम के हुन्छ, विभिन्न मुलुकमा श्रमिक भएर श्रम गर्न जाने को हुन्, के हुन् भनेर स्पष्ट आउँछ’, उनले भने ।
उक्त नीतिले विभिन्न मुलुकमा अवसर पाएर जाने गैरआवासीय नेपालीको बारेमा पनि स्पष्टता दिने बताए । नीतिले श्रम आप्रवास, बाध्यात्मक वैदेशिक रोजगारलाई स्पष्ट पार्ने उनको भनाइ थियो । ‘श्रम स्वीकृत लिएर जाने ९० प्रतिशत खाडी मलेसिया कोरियामा छन् । त्यहाँ लामो समय बस्न सक्ने अवस्था छैन । समयअन्तरालमा फर्किन्छ । तिनीहरु बाध्यात्मक हुन् । यस्तो अमेरिकामा पनि केही प्रतिशत छन् । सबै श्रम स्वीकृत लिएर गएका होइन । व्यापार व्यवसाय अध्ययन गरिरहेका पनि छन् । त्यसैले सबैलाई एउटै डालोमा हाल्नुहुँदैन । छुट्याउनुपर्छ’, उनले भने ।
मन्त्री भण्डारीले अवैधानिकरुपमा गएको नेपालीलाई पनि श्रम स्वीकृति दिएर सहजीकरण गर्ने नीति सरकारले लिएको बताए । ‘जुनसुकै मुलुकमा नेपाली पुगे पनि त्यो मुलुकमा वैधानिक रुपमा काम गरेको छ भने त्यसलाई हामीले अवैधानिक भन्न हुँदैन । वैधानिक बनाउनुपर्छ भनेर त्यहीबाट श्रम स्वीकृति दिन्छौं भनेर निर्णय गरेका छौं । पाँचौ लाख मान्छे छन् । तर श्रम स्वीकृति छैन । कुनै दुर्घटना हुँदा कुनै सुविधा पाइरहेको छैन । श्रम स्वीकृति लिएपछि १५ सय योगदान गरेर १० लाख पाउँछ । यसो नहुँदा चन्दा उठाएर पठाउने भइरहेको छ । उसको हक हो । त्यसैले श्रम स्वीकृतिसँग जोडिरहेका छौं’, उनले भने ।
मन्त्री भण्डारीले तीनवटा समस्यामा नेपाली श्रमिक रहेको बताए । पहिलो डेथ (मृत्यु) ट्रयाप । उनका अनुसार १६ वर्षमा १४ हजार नेपाली बक्सामा फर्किएको छ । ‘प्रणालीमा केही गलत छ । जुम्लामा रहेको मान्छेलाई यहाँ मेडिकल सर्टिफिकेट दिएको छ । यसलाई रोक्न खोजेका छौं’, उनले भने ।
मन्त्री भण्डारीकाअनुसार अर्को डेब्ट ट्रयाप हो । ३०-४० प्रतिशत ब्याजमा ऋण लिएर आउने र त्यसमा पनि ठगिने अवस्था छ । यसको समाधानका लागि राष्ट्र बैंक बिना धितो ऋण दिन तयार रहेको तर व्यवहारिक हुन नसकेको उनको भनाइ छ । ‘हामीले १० हजार शुल्क भनेका छौं । तर कति तिर्छ सबैलाई थाहै छ । त्यसैले यी सबै कुरा मध्यनजर गरेर नीति ल्याउँदैछौं । तपाइहरुले पनि सुझाव दिनुस्’, उनले भने । श्रमिकहरुको हितका लागि परराष्ट्र, गृह र श्रम मन्त्रालय मिलेर काम गरिरहेको भन्दै एनआरएनए पनि प्रमुख पक्ष भएको बताए । मन्त्री भण्डारीकाअनुसार तेस्रो समस्या हो, डिजिटल ट्रयाप । म्यानमार, थाइल्याण्डलगायत देशमा डिजिटल ट्रयापमा फसेकाहरुलाई नियमित उद्धार गर्नुपरेको उनले बताए ।
मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारी रोक्न र फर्केर आएकालाई रोजगारीसँग जोड्नका लागि आन्तरिक रोजगार दशक घोषणा गरेको जानकारी गराए । ‘नारामा होइन व्यवहारमै कार्यान्वयन हुनेगरी काम गरिरहेका छौ । श्रम मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा खोलेका छौं । सीपसँग बजारलाई जोड्ने कोसिस गरेका छौं’, उनले भने, ‘महिला दिदी बहिनीले लगाउने गहना बनाउन ८ लाख मानिस चाहिएको छ । तर ९० प्रतिशत बाहिरको छ । निर्माण क्षेत्रमा पनि २० लाख मानिस चाहिएको छ । तर सबै बाहिरबाट आएको छ । त्यसैले कामदार र रोजगारदातालाई एकै ठाउँमा राख्न खोजेका छौं । अब सिटिइभिटी मात्र होइन अन्य संस्थाहरुसँग पनि तालिमका लागि सहकार्य गर्न खोजेका छौं ।’
यसका लागि श्रम संसार भन्ने डिजिटल पोर्टल सञ्चालनमा ल्याएको र यसले रोजगारदाता तथा काम खोज्नेलाई तालिम केन्द्रसम्म ल्याउन मद्दत गर्ने बताए । ‘छिट्टै यो नागरिक एपसँग जोडिन्छ । वैदेशिक रोजगारी बोर्ड पनि जोडिन्छ । त्यसपछि श्रमिकले कुन मुलुकमा कस्तो काम आयो भनेर मोबाइलमा थाहा पाउँछ । एजेन्टलाई सोध्नुपर्दैन । यसरी हामी जोड्दैछौं’, उनले भने ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ –नेपाली बजारमा बिहीबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ हजार ५०० रुपैयाँ घटेको हो । यससँगै छापावाल सुनको मूल्य आज तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
सुन यस अघि बुधबार १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो।
यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाहरूमा सूचना प्रविधिको समावेशीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राष्ट्रिय आविष्कार केन्द्रले अस्पताल र स्वास्थ्य चौकीका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली ल्याएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सामुदायिक अस्पताल, गाउँपालिका तथा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूले सस्तो मूल्यमा ईएमआर प्रणाली जडान गर्न सक्ने बताएका छन् ।
“नेपालका सामुदायिक अस्पतालहरू, गाउँपालिका तथा नगरपालिका स्वास्थ्यचौकी, प्राथमिक उपचार केन्द्र र अस्पतालहरूले एकदमै सस्तो मूल्यमा राष्ट्रिय आविष्कार केन्द्रको इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली जडान गर्न चाहनुहुन्छ भने बजेट राख्नुहोस र सम्पर्क गर्नुहोस्,” पुनले लेखेका छन् ।
यो प्रणालीमा बिरामी दर्ता, क्लिनिकल मोड्युल, प्रयोगशाला प्रणाली, बिलिङ, एकीकृत बीमा प्रणाली तथा टेलिमेडिसिन सेवा समावेश रहेको उनले उल्लेख गरे ।
उनका अनुसार यो प्रणालीले ‘DHIS2’ प्लेटफर्ममा पनि काम गर्नसक्ने क्षमता राख्छ । हालसम्म गण्डकी प्रदेशका पर्वत, मनाङ, मुस्ताङ, र स्याङ्जा जिल्लास्थित अस्पतालमा यो प्रणाली सफलतापूर्वक जडान गरिएको पुनले जनाए ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १०:३३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका छन् । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
हैदराबाद। तेलुगु सुपरस्टार जूनियर एनटीआर भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको बायोपिकको भूमिकामा देखिने भएका छन्।
‘मेड इन इण्डिया’ नामक सो चलचित्रलाई वरुण गुप्ता (म्याक्स स्टुडियो) र एसएस कार्तिकेयद्वारा सेप्टेम्बर २०२३ मा प्यान इन्डिया शीर्षकको रूपमा घोषणा गरिएको थियो। तर, त्यसको बारेमा थप जानकारी दिइएको थिएन।
फिल्मको घोषणा भए देखि नै सो फिल्मका लागि एसएस राजामौली, एसएस कार्तिकेय र वरुण गुप्ता मिलेर स्क्रिप्टमा लगनशीलताका साथ काम गरिरहेका थिए। तर, अहिले उनीहरूले चलचित्रको पटकथा फाइनल गरेका छन्।
सो स्क्रिप्ट फाइनल भएपछि जुनियर एनटीआरलाई सुनाइएको थियो, जसले तुरुन्तै सो परियोजनाका लागि आफ्नो स्वीकृति दिएको पिंकभिलाले रिपोर्ट गरेको छ।
‘एनटीआर जुनियरले स्क्रिप्ट सुने र फादर अफ इन्डियन सिनेमा भनेर चिनिने दादासाहेब फाल्केका बारेमा कम सुनिएका र बाहिर नआएका कथाहरू त्यसमा समावेश गरिएको थियो। जानकारहरूका अनुसार सो कथाले भारतीय सिनेमाको जन्म र उदयलाई वर्णन गरेको छ र विस्तृत विवरणले एनटीआर छक्क परेका छन्। ठूलो पर्दामा भारतीय सिनेमाको पिताको भूमिका खेल्न पाउँदा उनी उत्साहित रहेको रिपोर्टमा भनिएको छ।
आरआरआर स्टारर अहिले निर्देशक प्रशान्त नीलको पिरियड एक्शन ड्रामा ‘ड्र्यागन’ को छायांकनमा ब्यस्त रहेका छन् र त्यसपछि निर्देशक नेल्सन दिलीप कुमारको अर्को फिल्मको छायांकनमा जानेछन्। दुवै फिल्मको काम पूरा गरे पछि जुनियर एनटीआरले ‘मेड इन इन्डिया’ को छायांकनमा सहभागी हुनेछन्, जुन उनले आफ्नो करियरमा अहिलेसम्म गरेको भन्दा फरक फिल्म हुने जनाइएको छ।
यसैबीच, अभिनेता यशराज फिल्म्सको जासूसी एक्शन थ्रिलर वारः २ मा ऋतिक रोशनको सह-अभिनेताको रूपमा चाँडै पर्दामा देखिँदै छन्। चलचित्रको छायांकन सकिएको छ र यो वर्षको अगस्ट १४ मा विभिन्न भाषामा ठूलो पर्दामा आउने तय भइसकेको छ।
सामाग्री श्रोत :
मलेसिया – मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाली राजदूतावास, मलेसिया र स्वस्तिक हिमालयन ग्रुपको व्यवस्थापन सहयोगमा संचालन हुँदै आएको ‘सुनौं सिकौं’ कार्यक्रमको यसपल्ट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम राखिएको छ। नेपाली राजदूत मलेसियाका अनुसार यो साताको विशेष संस्करणमा पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अलाइन सहभागी हुँदैछन्।
सुक्रबार साँझ मलेसियाली समय अनुसार ५:१५ बजे सुरु हुने कार्यक्रमको मुख्य उद्देश्य श्रमिक समुदायमा क्यान्सरप्रति सचेतना जगाउने रहेको दूताबासले जनाएको छ । डा. शाहीले कार्यक्रममा ‘क्यान्सर हुन नदिन श्रमिकहरूले कस्ता सुरक्षा उपायहरू अपनाउने?’ भन्ने विषयमा जानकारी दिनेछन्।
क्यान्सरजस्ता घातक रोगहरूबाट जोगिनका लागि रोजगारीको स्थानमा अपनाउनु पर्ने सुरक्षाका उपायहरू, खानपान, जीवनशैली र प्रारम्भिक लक्षणहरूको पहिचानबारे विस्तृत छलफल हुने बताइएको छ।
कार्यक्रमले शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्य राखेको छ। डाक्टर, मनोचिकित्सक, परामर्शदाता, कलाकार, उत्प्रेरक वक्ता लगायतको सहभागिता रहने कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य सन्तुलन, पोषण, रोगहरूको प्राकृतिक तथा एलोपेथिक उपचारका उपाय र गोप्य रूपमा स्वास्थ्यसम्बन्धी जिज्ञासाको उत्तर पाउनेछन्।
कार्यक्रम नेपाली राजदूतावास, मलेसियाको आधिकारिक फेसबुक पेज ‘Embassy of Nepal, Malaysia’ मा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ। सहभागी हुन चाहनेले कार्यक्रम लाइभ हेरेर प्रतिक्रिया, जिज्ञासा, कमेन्ट र शेयर गर्न सक्नेछन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । सङ्घीय अस्पतालका लागि खरिद गरिएको सफ्टवेयर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले संघीय अस्पतालका लागि खरिद गरिएको इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सफ्टवेयर र ‘मेरो अस्पताल’ एप हालसम्म प्रयोगमा नआएको उल्लेख गर्दै जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ ।
सन् २०७७/७८ मा सो सफ्टवेयर निर्माणबापत आपूर्तकलाई ४९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको थियो । तर, खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३ मा ‘आवश्यकताको पहिचान बेगर कुनै वस्तु वा सेवा खरिद गर्न नपाइने’ उल्लेख छ । तर लेखापरीक्षणका क्रममा मन्त्रालयका विभिन्न महाशाखामा १५ प्रकारका सफ्टवेयर खरिद तथा अनुदानमा प्राप्त भएको देखिए पनि तीमध्ये धेरैजसोको प्रभावकारी प्रयोगबारे स्पष्ट विवरण नपाइएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
“…यसरी आवश्यकताको पहिचान बेगर सफ्टवेयर खरिद गरी रकम भुक्तानी गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ,” महालेखाले भनेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १, २०८२ ९:५७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
उनले लामो समय अर्थ मन्त्रालयमा काम गरेका छन् । त्यस्तै उनीसँग भन्सार विभागको महानिर्देशक पनि भइसकेका छन् । पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ। चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए। आगो निभाउन […]
सामाग्री श्रोत :