
काठमाडाैं। एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालमा दशौँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ। देशभर युवा परिचालन गर्ने क्षमता भएको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी चलिरहेको छ। एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिइसकेको छ। नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने […]
सामाग्री श्रोत :
युवा संघको दशौं महाधिवेशन : नेतृत्वका लागि प्रतिस्पर्धा सुरु
काठमाडौं । पछिल्लो दुई दशकमा याहु, बिङ, डकडकगो जस्ता अनेकौं सर्च इन्जिन आए । तर, गुगल सर्चको प्रभुत्वलाई कसैले हल्लाउन सकेको थिएन । गुगलले सर्च इन्जिन बजारको ९० प्रतिशत हिस्सा ओगटेको छ । माइक्रोसफ्ट जस्तो विशाल कम्पनीले पनि बिङमार्फत गुगललाई टक्कर दिने प्रयास गर्यो । तर सफल हुन सकेन ।
सन् २०२२ मा एक मध्यमवर्गीय भारतीय युवा अरविन्द श्रीनिवासनले ‘परप्लेक्सिटी एआई’ नामक स्टार्टअप सुरु गरे । यही स्टार्टअप सिधै गुगल सर्चको लागि ठुलो चुनौती बनेको छ । परप्लेक्सिटीले चाँडै नै सात करोड ४० लाख डलरको फन्डिङ प्राप्त गर्यो । त्यसमा जेफ बेजोस र एनभिडिया जस्ता ठुला नाम पनि सहभागी थिए ।
डिसेम्बर २०२२ मा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि गुगलको निन्द्रै हरायो । च्याटजीपीटीले धेरै हदसम्म सर्च इन्जिनको काम गर्न सक्थ्यो, जसले गर्दा प्रयोगकर्तालाई सिधै प्रश्न सोध्ने र तुरुन्तै जवाफ पाउने सुविधा दिन्थ्यो । यता गुगल सर्चको प्रक्रिया केही ढिलो हुन्छ । त्यसको तुलनामा च्याटजीपीटी धेरै फरक थियो ।
गुगलमा कुनै जानकारी खोज्दा विभिन्न वेबपेज देखिन्छन् । त्यहींबाट प्रयोगकर्ताले आफूलाई उपयुक्त हुने वेबपेज भिजिट गर्नुपर्ने हुन्छ । तर, च्याटजीपीटीमा भने कुनै विशेष वेबसाइटमा पुग्नपर्ने हुँदैनथ्यो । किनभने यसले प्रयोगकर्ताले जे प्रश्न सोधेका छन् त्यसको सटीकभन्दा सटीक जवाफ दिने प्रयोस गर्थ्यो ।
गुगललाई ओपनएआईबाट त्यति धेरै चिन्ता थिएन किनभने ओपनएआई एउटा सानो कम्पनी थियो । तर जहिले माइक्रोसफ्टले ओपनएआईको ५० प्रतिशत इक्विटी किन्यो त्यसपछि खेल बदलियो । कूल आम्दानीको ८० प्रतिशत आम्दानी आम्दानी आउने सर्च व्यवसाय नै सङ्कटमा पर्ने खतरा गुगललाई महसुस भयो ।
गुगलका सीईओ सुन्दर पिचाईले तुरुन्तै ‘रेड कोड’ घोषणा गरे र गुगलले आफ्ना सबै अनावश्यक परियोजना रोकेर सम्पूर्ण ध्यान यही परिस्थितिलाई सम्हाल्नमा केन्द्रित गर्यो । यसपछि गुगलले च्याटजीपीटीको जवाफमा बार्ड नामक एआई टुल ल्यायो । त्यसलाई अहिले ‘जेमिनाई’ नामले चिनिन्छ । उता माइक्रोसफ्टले च्याटजीपीटीलाई आफ्ना सबै उत्पादनमा एकीकृत गर्दै को-पाइलट एआई ल्यायो । यसरी एआई ‘युद्ध’को सुरुवात भयो ।
यस्तो प्रतिस्पर्धात्मक बजार जहाँ माइक्रोसफ्ट र गुगल जस्ता विशाल कम्पनीहरू थिए, त्यहीं अरविन्द श्रीनिवासनले परप्लेक्सिटी एआई नामक एआई टुल सार्वजनिक गरे । अरविन्दले ओपनएआईबाटै इन्टर्नका रूपमा काम थालेका थिए । उनले मे महिनादेखि अगस्ट २०१८ सम्म पोलिसी ग्रेडियन्ट एल्गोरिदमा अनुसन्धानको काम गरेका थिए ।
सन् २०१७ मा मद्रासको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक र एमटेक गरेका उनी २०२१ मा युनिभर्सिटी अफ क्यालिफोर्नियामा फिलोशोफी अध्ययन गर्न पुगेका थिए ।
मेदेखि सेप्टेम्बर २०१९ मा उनले डिपमाइन्डमा रिसर्च इन्टर्नका रूपमा काम गरे । त्यसपछि मे २०२० देखि अप्रिल २०२१ मा गुगलमा रिसर्ट इन्टर्नकै रूपमा काम गरे । त्यसपछि रिसर्च साइन्टिस्टका रूपमा उनी सेप्टेम्बर २०२१ मा ओपनएआईमा जोडिएका थिए । त्यहाँ अगस्ट २०२२ सम्म काम गरेका उनले त्यही महिना आफ्नै एआई स्टार्टअप परप्लेक्सिटी स्थापना गरे ।
त्यतिबेला उनीसँग आफ्नै एआई मोडल तालिम गर्ने पैसा पनि थिएन । तर, उनले केही यस्तो गरे जसले परप्लेक्सिटीलाई दुई वर्षमै एआई च्याटबट बजारको छ प्रतिशत हिस्सा ओगट्न र आईओएस एप स्टोरको शीर्ष चार्टमा छैटौं स्थानमा पुग्न सफल बनायो ।
चाँडै नै परप्लेक्सिटीको मूल्याङ्कन ९ अर्ब डलर पुग्यो र यो सबैभन्दा छिटो बढ्ने एआई स्टार्टअप बन्यो । मे २०२५ मा परप्लेक्सिटीले १४ अर्ब मुल्याङ्कनमा एसेलबाट थप ५० करोड डलर भित्र्याउने तयारी गरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अरविन्दले च्याटजीपीटीमा दुई ओटा मुख्य कमजोरीहरू देखे । त्यसमध्ये एउटा हो ‘रियल टाइम’ (तत्कालका घटना)को जानकारीको अभाव । च्याटजीपीटीले नयाँ समाचार वा त्यतिबेला भइरहेका घटनाको जानकारी दिन सक्दैनथ्यो । किनभने यो एक निश्चित मितिसम्म मात्र तालिम गरिएको थियो । नयाँ घटनाक्रमबारे सोध्दा आफूसँग ‘रियल टाइम इन्फरमेसन’को अभाव हुने जानकारी दिन्थ्यो ।
दोस्रो, स्रोतको अभाव । च्याटजीपीटीले दिएको जवाफको स्रोत उल्लेख गर्दैनथ्यो । यसले गर्दा प्रयोगकर्ताले जानकारीको सत्यतथ्य प्रमाणित गर्न सक्दैनथे । यी दुई समस्याहरू समाधान गर्न अरविन्दले परप्लेक्सिटी एआई ल्याए । परप्लेक्सिटी एउटा एआईद्वारा सञ्चालित कन्भरसेन्सल आन्सर इन्जिन हो, सर्च इन्जिन होइन । अर्थात् यो कुराकानीको शैलीमा वास्तविक समयका जानकारीको आधारमा उत्तर दिने प्लेटफर्म हो ।
यसले प्रयोगकर्ताले सोधेको प्रश्नको सिधा जवाफ दिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा जवाफको स्रोत पनि उल्लेख गर्छ । परप्लेक्सिटीले आफ्नै एआई मोडल बनाउनुको सट्टा अन्य कम्पनीहरू (जस्तै ओपनएआई, गुगल) का एआई मोडलहरू प्रयोग गर्यो र तिनीहरूलाई सर्च इन्जिनसँग इन्टिग्रेट गर्यो ।
यसको फाइदा के भयो भने जब प्रयोगकर्ताले परप्लेक्सिटीमा कुनै प्रश्न सोध्छन् त्यो प्रश्न सिधै एआई मोडलमा जाँदैन । पहिले सर्च इन्जिनले विभिन्न वेबसाइटबाट जानकारी सङ्कलन गर्छ र त्यसपछि त्यो जानकारी एआई मोडललाई दिन्छ । यसले गर्दा एआई मोडलले नयाँ जानकारीको आधारमा जवाफ दिन सक्छ र स्रोत पनि उल्लेख गर्न सक्छ ।
परप्लेक्सिटीको यो रणनीतिका तीन मुख्य फाइदाहरू थिए । पहिलो अन्य एआई कम्पनी आफ्नै मोडल बनाउन र सुधार गर्नमा व्यस्त थिए । तर परप्लेक्सिटीले अरूका मोडल प्रयोग गरेर आफ्नो ध्यान एआई सर्चलाई अझ राम्रो बनाउनमा केन्द्रित गर्यो । यसले उसलाई प्रतिस्पर्धाबाट मुक्ति दियो ।
दोस्रो- प्रत्येक एआई मोडलको आ-आफ्नै विशेषता हुन्छ । परप्लेक्सिटीले प्रयोगकर्तालाई आफ्नो आवश्यकताअनुसार मोडल छनौट गर्ने विकल्प दियो । यसले गर्दा उसले उत्कृष्ट नतिजा दिन सक्ने भयो । तेस्रो- परप्लेक्सिटीको आफ्नै एआई मोडल नभएकोले यो विभिन्न कानूनी समस्याबाट बच्यो । यदि कुनै मोडलमा समस्या आयो भने, परप्लेक्सिटीले त्यसलाई हटाएर अर्को मोडल प्रयोग गर्न सक्थ्यो ।
यी कारणले गर्दा परप्लेक्सिटी एआई छिटोभन्दा छिटो सफल भयो र एआई उद्योगमा एक प्रमुख खेलाडी बन्यो । जनवरी २०२४ मा एनभिडिया र जेफ बेजोसको लगानीसँगै यसको मूल्याङ्कन ५२ करोड डलर पुगेको थियो । अप्रिल २०२४ मा परप्लेक्सिटीले इन्टरप्राइज प्रो नामक प्रिमियम फिचर सार्वजनिक गर्यो । त्यसपछि यसको मूल्याङ्कन एक अर्ब डलर नाघ्यो र यो एक युनिकर्न बन्यो ।
जुन २०२४ मा सफ्टबैंकले परप्लेक्सिटीमा लगानी गर्यो । त्यसपछि यसको मूल्याङ्कन दुई महिनामै तीन गुणा बढेर तीन अर्ब डलर पुग्यो । डिसेम्बर २०२४ सम्ममा यसको मूल्याङ्कन ९ अर्ब डलर पुग्यो । अर्थात् एक वर्षमै यसको मूल्याङ्कन १७ गुणा वृद्धि भएको थियो ।
गुगल सर्चको एकाधिकार तोड्न त्यति सजिलो थिएन, छैन । त्यसको मूल कारण हो गुगलको इकोसिस्टम । गुगलसँग आफ्नै ब्राउजर अर्थात क्रोम ब्राउजर छ । उक्त ब्राउरले ब्राउजर क्षेत्रमा ६८ प्रतिशत हिस्सा ओगटेको छ । सफारी ब्राउजरको १७ प्रतिशत हिस्सा छ र यी दुवै ब्राउजरमा गुगल डिफल्ट सर्च इन्जिन छ ।
गुगलले एप्पललाई आफ्नो सर्च इन्जिन डिफल्ट बनाउन वार्षिक २२ अर्ब डलर तिर्ने गरेको रिपोर्ट बाहिर आइरहेका छन् । गुगलले एकाधिकार कायम गर्न आफ्नै प्रतिद्वन्द्वी कम्पनीलाई वर्षौनी अर्बौं डलर तिर्ने गर्छ भन्ने आरोप पनि लागिरहेको हुन्छ ।
त्यसैले गुगल सर्चलाई तबसम्म हराउन सकिँदैन जबसम्म प्रयोगकर्ता क्रोम र सफारी छोडेर अन्य ब्राउजरमा सर्दैनन् । यही कारणले गर्दा ओपनएआईले पनि आफ्नै ब्राउजरमा काम गरिरहेको खबर आएको छ । पछिल्लो समय गुगलको एकाधिकार तोड्न अमेरिकी अदालतले क्रोम बेच्न गुगललाई बाध्य पारिरहेको छ । त्यही क्रोम किन्न ओपनएआई सबैभन्दा अगाडि सरेको छ ।
परप्लेक्सिटी एआईको सफलताबाट दुई ओटा महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ । पहिलो जब अरूहरू समस्याहरू औंल्याइरहेका हुन्छन्, त्यसमा अवसर खोज्नुपर्छ । अरविन्दले च्याटजीपीटीका कमजोरीमा अवसर देखे र समाधानसहित परप्लेक्सिटी सार्वजनिक गरे । दोस्रो आफूभन्दा धेरै ठुला कम्पनीहरूसँग पनि प्रतिस्पर्धा गर्न सकिन्छ । तर, त्यसका लागि उनीहरूका कमजोरीहरू बुझेर फरक रणनीति अपनाउनुपर्ने हुन्छ । परप्लेक्सिटीले आफ्नै मोडल बनाउनुको सट्टा अरूका मोडल प्रयोग गरेर यो प्रमाणित गर्यो ।
परप्लेक्सिटी एआईको सफलताले के देखाउँछ भने सही रणनीति र नवीन सोचले ठुलाभन्दा ठुला प्रतिस्पर्धीलाई पनि चुनौती दिन सकिन्छ । भविष्यमा एआई सर्चको क्षेत्रमा कस्तो परिवर्तन आउँछ, त्यो हेर्न बाँकी छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १९:४३
सामाग्री श्रोत :
टेक पाना
जनकपुरधाम– धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह छन् ।
नवनिर्मित कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवै जना बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
करिब १५ दिन अगाडि मात्र निर्माण भएको वडा नम्बर २ को सराबे टोलस्थित कृषि सडक बनाउन थालिएको थियो । खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो ।
घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- मानसिक अस्पताल पाटनको निर्देशकमा डा सुरेश तिवारी नियुक्त भएका छन्। अस्पतालमै प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्टका रुपमा कार्यरत उनलाई निर्देशकको जिम्मेवारी दिइएको हो।
यसअघि अस्पतालमा डा अनन्त अधिकारी निर्देशक थिए।
डा अधिकारी २०७८ पुस १९ गतेदेखि निर्देशक बनेका थिए। साढे ३ वर्षसम्म आफूले उक्त अवसर पाएको खुशी व्यक्त गरेका छन्। अस्पताल निर्देशकको जिम्मेवारीमा नियुक्त डा तिवारीलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
देउखुरी (दाङ)। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन्। कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताए। युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ। ‘देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ। विदेश जानु केहीको […]
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल मोबिलिटी एक्स्पो २०२५ को मुख्य आकर्षण विद्युतीय सवारी (ईभी)मा हुने भएको छ । हालै स्थापना भएको नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) ले पहिलोपटक आयोजना गर्न लागेको यो एक्स्पो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
संघका अनुसार कुल ४४ स्टल बुकिङ भइसकेका छन्, जसमा अधिकांश स्टल विद्युतीय सवारी साधन प्रदर्शनमा केन्द्रित छन् ।
चार पाङ्ग्रे सवारीको हकमा बीवाईडी, सिट्रोन, फोरथिङ, ग्रेट वाल मोटर्स, हुन्डाई, केई, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, एमजी, ओमोडा र जेइको, प्रोटोन तथा जिकरजस्ता ब्रान्ड सहभागी हुनेछन् ।
दुई पाङ्ग्रे सवारीमा एथर, गोगोरो, निउ, रिभोल्ट, याडिया र जिहो ब्रान्डका विद्युतीय सवारीहरू प्रदर्शनमा रहनेछन् । यस्तै, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने चेरी वान्डा, डोङफेङ, किङलङ, सनलङ, फेरिजोन, ह्वाजी, कामा र केरी ब्रान्डका सवारीसाधन पनि एक्स्पोमा देखिनेछन् ।
आयोजक नाइमाले प्रविधिमैत्री तथा दिगो सवारी साधनप्रति बढ्दो चासोलाई सम्बोधन गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १९:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ । गभर्नर नियुक्तिमा ढिलाई हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
गभर्नर नियुक्तिको विषयमा दुई महिनादेखि सत्तारुढ दल कांग्रेस र एमालेका निम्ति पेचिलो विषय बनेको थियो । कतिसम्म भने किचलो बढदै जाँदा चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपछि यसका दुई सदस्यले फरक-फरक समितिमा राजीनामा दिएका थिए । वैशाख ९ मा समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईद्वारा राजीनामा दिएका थिए । आफूलाई गभर्नर बन्न प्रस्ताव आएपछि वैशाख २८ मा विश्व पौडेलले समिति सदस्यबाट राजीनामा दिएका थिए । वैशाख ३१ मा अर्थमन्त्री पौडेलले सिफारिस समिति नै पुनर्गठन गठन गरेर समिति सदस्यमा पोषराज पाण्डे नियुक्त गरेका थिए ।
गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।चितवन-१ मा रास्वपाका हरि ढकाल ३४ हजार २ सय १८ मतसहित विजयी भएका थिए । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएका थिए । पौडेल भने तेस्रो स्थानमा रहँदै २४ हजार ९ सय ९० मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा डा विश्वनाथ पौडेल नियुक्त भएका छन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८औं गभर्नरमा डा पौडेललाई नियुक्त गरेको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यसत्ता विरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन्। मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ। तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ। त्यसकारण योजना, रणनीति भन्ने कुरालाई बिर्सिनु हुँदैन्।’
यस्तै, उनले नेपालमा भएका ठूला ठूला परिवर्तन चुनावबाट नभएको भन्दै अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढि रहेको बताए।
उनले भने, ‘आन्दोलन मूल रुपमा प्रदर्शन र घेराउबाटै हाम्रो मान्यता स्थापित गर्ने बाटोमा लागि रहेका छौं । त्यो तरिकाले आन्दोलन अगाडि बढाइ रहेका छौं। नेपालमा भएका कुनैपनि परिवर्तन चुनावबाट भएको छैन्। ०७ साल, ०१७, ०४६, ०६२/६३ सालमा भएको कुनै पनि परिवर्तन चुनावबाट भएको होइन। त्यसकारण हामीले अहिले खोजी रहेको परिवर्तन पनि चुनावबाट होइन जनताबाट नै होस भन्ने सोचेर अगाडि बढिरहेका छौ।’
उनले समझदारीबाट पनि राजसंस्था स्थापना हुनसक्छ भन्ने विश्वास लिएको भन्दै राजादेखि लिएर अहिलेका सबै राजनीतिक दलहरुलाई ठाँउ दिएर देशलाई निकाश दिने हिसाबले अगाडि बढ्न पनि आह्वान गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । गुगलले ‘गुगल आई/ओ२०२५’ कन्फ्रेन्सको पूर्वसन्ध्यामा आफ्नो ‘नोटबुक एलएम’ एप एन्ड्रोइड र आईओएसका लागि सार्वजनिक गरेको छ । सन् २०२३ मा सुरू गरिएको यस फिचरमार्फत प्रयोगकर्ताले आफ्ना नोटहरू अपलोड गरी जेमिनाई एआईको सहायतामा स्वचालित रूपमा सारांश तयार गर्न, कागजात तथा सामग्रीबारे प्रश्न सोध्न र ती सामग्रीलाई एआईद्वारा तयार गरिएको पडकास्टमा रूपान्तरण गर्न सक्ने सुविधा पाउँछन् ।
एप एप्पल एपस्टोर र गुगल प्ले स्टोर दुवैमा उपलब्ध भइसकेको छ । एपको होमपेजमा प्रयोगकर्ताले हालसालै प्रयोग गरेका र अरूसँग सेयर गरिएका नोटबुकहरू हेर्न सक्नेछन् । साथै नयाँ नोटबुक पनि क्रियट गर्न सकिनेछ । नयाँ नोटबुक बनाउन एपको तल्लो भागमा रहेको ‘Create New’ बटन थिचेर आफूले चाहेको सोर्स (स्रोत) अपलोड गर्न सकिन्छ । स्रोतमा पीडीएफ, वेबसाइट, टेक्स्ट वा युट्युब भिडिओ समेत राख्न सकिन्छ ।
यसबाहेक, प्रयोगकर्ताले अन्य सामग्री ‘share’ गर्न चाहँदा त्यसलाई सिधै ‘नोटबुक एलएम’ मा थप्न सक्ने सुविधा पनि छ । एपमा ‘Audio Overviews’ फिचर पनि उपलब्ध छ, जुन नोटबुक एलएमको सबैभन्दा धेरै प्रयोग हुने सुविधामध्ये एक हो ।
एपको तलपट्टि रहेको ‘Chat’ बटन थिचेर प्रयोगकर्ताले कुनै पनि नोटबुकसँग संवाद गर्न सक्नेछन् । एआई सिर्जित पडकास्ट सुन्न ‘Studio’ सेसनमा गएर ‘Generate’ बटन थिच्नुपर्नेछ । गुगलका अनुसार प्रयोगकर्ताले यी पडकास्टहरू डाउनलोड गरेर अफलाइनमै पनि सुन्न सक्नेछन् ।
नयाँ एपमा ‘Interactive’ मोड पनि उपलब्ध छ । यसबाट प्रयोगकर्ताले एआई पडकास्टमा सहभागी भई त्यसमा छलफल गरिरहेका विषयमा प्रश्न सोध्न सक्नेछन् । एपमा लाइट र डार्क मोड सुविधा छ । तर यो सिस्टम सेटिङ अनुसार स्वतः परिवर्तन हुन्छ । प्रयोगकर्ताले आफैंले मोड परिवर्तन गर्न सक्दैनन् । यद्यपि, एपको इन्टरफेस मोबाइल वेबसाइटसँग मिल्दोजुल्दो भएपनि वेब संस्करणको तुलनामा केही एडभान्स्ड फिचरहरूको अभाव छन् ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १८:९
सामाग्री श्रोत :
टेक पाना