२०८२ आश्विन २ बिहीबार
२०८२ आश्विन २ बिहीबार

काठमाडौं- नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन भएको छ।


सामाजिक सञ्जाल मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलन भएको थियो। जारी सम्मेलनका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्य बनेकाे हाे ।


नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ। पौडेलले यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार गर्दै विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए।


`यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं,´ उनले भनेका छन्, `नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ। सबै नेपालीलाई बधाई!´
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। यसपटक सरदरभन्दा बढी वर्षा हुने भएपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ। त्यसले संक्रमणको जोखिम बढाउने छ।’

पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगी सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे। दाहालले पानी संकलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगी रोग लाग्ने गरेको छ।

शाखा प्रमुख डा दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा संक्रमण देखिएको र पाँच जनाभन्दा बढी संक्रमण भएका ३० स्थानीय तहमा संक्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए।

सन् २०२४ मा डेंगी संक्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए।


सामाग्री श्रोत :

वर्षासँगै यसपटक डेंगी संक्रमणको जोखिम पनि बढ्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग संयमित नभएमा यो विध्वंशकारी हतियार बन्न सक्ने चेतावनी दिएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले एआईको दुरुपयोग बढ्दो अवस्थामा रहेकाले रोकथाम गर्न आवश्यक रहेको बताए ।

“पछिल्लो समय हामी नेपालमै र नेपालबाहिर पनि मिडियाले पीडित बनाएका मानिसहरू देखिरहेका छौं । यसलाई रोक्नु आजको मुख्य चुनौती हो,” उनले भने, “बढ्दो एआईको दुरुपयोग रोक्ने उपाय भनेको नै इथिक्स (नैतिकता) हो ।”

उनले थपे, “यदि हामी पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहन सक्यौं भने एआई हाम्रो लागि सहयोगी बन्न सक्छ । तर यदि त्यसमा कायम रहन सकिएन भने एआई विध्वंशकारी हतियार बन्न सक्छ ।”

मन्त्री पन्तले एआईको दुरुपयोग रोक्न पत्रकारिताका मूल्य र मान्यतामा आधारित भएर काम गर्न आवश्यक रहेको उल्लेख गरे । साथै, मिडियाले व्यक्तिलाई अनुचित ढङ्गले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १५:३४





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई ५० करोड पाउन्ड (करिब ६७ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौतामा सहमति जनाएको छ।

रेडबर्डले ‘द टेलिग्राफ मिडिया ग्रुप (टिएमजी)’ सँग १७० वर्ष पुरानो अखबारको प्रिन्ट र अनलाइन सेवा खरिद गर्न सैद्धान्तिक सहमति गरेको हो। 

अघिल्लो कन्जरभेटिभ सरकारको हस्तक्षेपपछि यसले लगभग दुई वर्ष लामो प्रक्रियापछि बिक्रीको लागि निष्कर्ष निकालेको हो। 

Ncell 2
Ncell 2

‘अमेरिका–इमिरेट्स कन्सोर्टियम रेडबर्ड आईएमआई’ले सन् २०२३ को अन्त्यतिर टिएमजीका लागि सम्झौता गरिसकेको छ।

अबुधाबीको प्रेस सेन्सरसिपको उच्च हस्तक्षेपका कारण अभिव्यक्ति स्वतन्त्रतामा पर्न सक्ने सम्भावित असरको चिन्ताका बीच अघिल्लो बेलायती सरकारले पत्रिकाको द्रूत पुनविक्री सुरु गरेको थियो।

 

रेडबर्ड क्यापिटल पार्टनर्सले शुक्रबार टीएमजीसँग भएको सम्झौताले यसलाई ‘एकमात्र नियन्त्रण मालिक’ बनाएको र सन् १८५५ मा स्थापित पत्रिकाको ‘विकाशमा नयाँ युगको सुरूवात’ गरेको बताएको छ।

 

द टेलिग्राफलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न रेडबर्डको विकास रणनीतिमा डिजिटल सेवा, सदस्यता र पत्रकारितामा पूँजी लगानी समावेश हुनेछ। 

अमेरिकी समूहले आगामी दिनमा पत्रिकाको स्वरूप कस्तो बनाउने भन्ने बिषयमा ‘प्रिन्ट मिडियाको विशेषज्ञता र द टेलिग्राफको सम्पादकीय मूल्यमान्यतालाई कायम राख्ने दृढ प्रतिबद्धता भएका बेलायतका अल्पसङ्ख्यक लगानीकर्ताहरूसँग छलफल गरिरहेको’ बताएको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु भएको छ।

शुक्रबार सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।

संघले बिहिबार नै काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको थियो।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर गौतमले चितवनमा हुने दुई दिने सम्मेलनले संघको नयाँ नेतृत्व समेत तयन गर्ने बताएका थिए।

चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि संघ सधैं क्रियाशिल रहेको  अध्यक्ष डा गौतमले  बताए। 

उक्त संगठनले पछिल्लो समय चिकित्सकहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन राज्यलाई दबाब दिइरहेको उनले उल्लेख गरेका छन्।

कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका सल्लाहकार डा कृष्ण अधिकारीले श्रम ऐन अनुसार चिकित्सकहरुले सुविधा पाउन नसकेको भन्दै त्यसका लागि संघले आवाज उठाएको बताए। 

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी छ। डा विकास गौचनलाई अध्यक्ष बनाउने आन्तरिक तयारी रहेको बुझिएको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेको सम्झौता बमोजिम काम सम्पन्न गर्न निर्देशन दिए।

उनले प्रधानमन्त्रीसँग आफूले र आफू सँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेको सम्झौताको सत प्रतिशत नतिजा दिन निर्देशन दिए। मन्त्री भण्डारीले कतिपय निकायले नीतिगत समस्या वा अन्य बाहान देखाउँदै काममा ढिलासुस्ती गर्ने कुरा अब स्वीकार्य नहुने बताए।

उनले भने, ‘हामीले आर्थिक वर्षको सुरुवातमा जे छलफल गर्‍यौँ, त्यसैको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ, ती मध्ये कतिपय कामहरू सम्पन्न पनि भकाएछन्। तर, अझै सन्तोष मान्ने धेरै कामहरू अधुरा छन्। ती समयमै पुरा गरेर देखाउनुपर्छ, त्यसमा फेल हुने छुट कसैलाई पनि छैन।’

मन्त्री भण्डारीले मन्त्रालय मातहत रहेका सबै निकायहरूलाई आजकै मितिबाट कामको गति बढाउन निर्देशन दिए।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको बताए।

उनले भने, ‘हामी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै चिजहरू हामीसँग हुँदा पनि कहिलेकाहीँ काम गर्न डराउने, रिस्क लिन नसक्ने, समन्वय गर्न नसक्ने लगायतका कमजोरी छन्। समस्याहरू केके हुन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधान सहित परिणाममुखी काममा लागौँ।’

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पुरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमहरू मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, संस्थानका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो। अन्तरक्रियामा मन्त्रालय मातहतका निकायहरूले आर्थिक वर्षको सुरुवातमा लिएको लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको छ।


सामाग्री श्रोत :

मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

 

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि जासुसी क्यामेरा जडान गर्ने भएको छ । कोषले संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा यी क्यामेरा राखेर वन्यजन्तुको गतिविधि र सम्भावित अवैध क्रियाकलापको प्रत्यक्ष निगरानी गर्ने भएको हो ।

एक्यापका परियोजना प्रमुख रविन कडरियाका अनुसार डाँफे, मुनाल जस्ता पक्षी तथा कस्तूरी मृग जस्ता वन्यजन्तुलाई पासो थाप्ने वा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा यी क्यामेरा जडान गरिनेछ । “यी क्यामेराबाट हामीले कार्यालयमै बसेर प्रत्यक्ष भिडिओ हेर्न सक्छौं,” कडरियाले भने, “यसले गर्दा वन्यजन्तुको चोरीसिकार जस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिको फोटो तथा भिडियो खिच्नेछ । यसबाट उनीहरूलाई पहिचान गरी कारबाही गर्न सजिलो हुन्छ ।”

कोषले यही महिनादेखि पहिलो चरणमा १० स्थानमा यस्ता क्यामेरा जडान गरिने जनाएको छ । “एक्यापमा हामी यो प्रविधि पहिलो पटक प्रयोग गर्दैछौं । र, अब यसको प्रभावकारिताको आधारमा छिट्टै ५० ठाउँमा विस्तार गर्ने हाम्रो लक्ष्य छ,” कडरियाले थपे । उनका अनुसार सम्भावित चोरी सिकारीलाई निरुत्साहित गर्न जासुसी क्यामेरा जडानको सूचना प्रसारण गरिएको छ । 

जासुसी क्यामेराले कसरी गर्छ काम ?

यी जासुसी क्यामेरा सोलार पाताबाट चल्नेछन् । क्यामेराबाट खिचिएको फोटो भिडिओ प्रत्यक्ष प्रसारणका लागि यसमा सिमकार्ड प्रयोग गरिएको हुन्छ । सिमकार्डकै नेटवर्कमार्फत कार्यालयको कम्प्युटरमा प्रत्यक्ष प्रसारण हुने कडरियाले सुनाए । “यो एक प्रकारले सीसी क्यामेरा जस्तै हो जसलाई हामीले कार्यालयबाटै २४ सै घण्टा निगरानी गर्न सक्छौं,” कडरियाले भने । यसका लागि ती क्षेत्रमा इन्टरनेट नभए पनि मोबाइल नेटवर्क (फोरजी चल्ने) भए पुग्नेछ ।

क्यामेराको अर्को महत्वपूर्ण पक्ष भनेको यसको सुरक्षा प्रणाली हो । यदि कसैले क्यामेरा हटाउन वा बिगार्न खोजेमा उक्त व्यक्तिको तस्विरसहितको जानकारी तुरुन्तै कार्यालयमा आइपुग्छ । यसले गर्दा थप कारबाही गर्न र क्यामेरा जोगाउन सकिने एक्यापको विश्वास छ । क्यामेराबाट प्राप्त हुने सम्पूर्ण डेटा एनटीएनसीसँग सुरक्षित रहने र यसको पहुँच अन्यत्र नहुने कडरियाले आश्वस्त पारे । हाल प्रयोग गर्न लागिएका क्यामेरा चीनबाट झिकाइएको हो ।

एनटीएनसी, लोमान्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले यस्ता अनलाइन ‘स्पाई’ क्यामेराले तत्काल सूचना प्राप्त हुने हुँदा ‘इमिडिएट रेस्पोन्स’ गर्न, वन्यजन्तुको गतिविधिका आधारमा स्थानीयलाई सचेत गराउन र समग्र वन्यजन्तु अनुगमनमा मद्दत पुग्ने बताए । “अफलाइन क्यामेराको जानकारी लिन फिल्डमै पुग्नुपर्छ र डेटा झिक्नुपर्छ । तर अनलाइन क्यामेराले घटनाको जानकारी तुरुन्तै ईमेल वा एपमार्फत दिन्छ । यसले गर्दा आवश्यक एक्सन लिन सहज हुन्छ,” पौडेलले भने । उनका अनुसार यी क्यामेरा परम्परागत क्यामेरा ट्र्यापभन्दा फरक प्रकृतिका हुन्छन् । यी क्यामेरालाई कतिपय अवस्थामा लुकाएर राखिएको हुन्छ । र, यी क्यामेराले राखिएको स्थानबाटै प्रत्यक्ष निगरानी गर्न सक्छन् ।

कोषले निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जोडेर कुनै निश्चित गतिविधि डिटेक्ट हुनासाथ अलार्म वा सूचना दिने प्रणाली विकास गर्ने समेत योजना बनाएको छ । यस प्रकारको प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षण र अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १५:६





सामाग्री श्रोत :
टेक पाना

गलकोट–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गरेका छन्।

नेपाल समृद्ध उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उनले जोड दिए।

माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा आज बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्गले आर्थिक समृद्धिसँग यहाँका जनतालाई जोडेको बताए। उनले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको उल्लेख गर्दै आयोजना छिट्टै सक्न आवश्यक रहेको बताए।

Ncell 2
Ncell 2

अध्यक्ष दाहालले मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकका गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र नयाँ ढङ्गले अघि बढ्ने बताए। दलित, किसान, मजुदर, उत्पीडित वर्गलगायतका समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनको भनाइ थियो।

‘लोकमार्गले सबैभन्दा बढी भाग समेटिएको बागलुङमा विकासको ढोका खुला भएको छ, सडकले आर्थिक समृद्धिमा जोड्न मद्दत गर्दछ, बागलुङको अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढेको छ, गलकोट–म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई फाइदा पुग्ने छ’, अध्यक्ष दाहालले भने, ‘खानै नपुगेर विदेश जाने वातावरणको अन्त्य गर्न आवश्यक छ, सरकारले वातावरण बनाओस्, मैले साथ दिन्छु, तर नेपालमा केही पनि भएन भन्ने कुरा भ्रम मात्रै हो।’

नेपालको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रको सरकार आवश्यक रहेको बताए।

जनसंवाद कार्यक्रममा उठेका शिक्षा, उद्यम तथा सहकारी समस्याका विषयमा उनले जवाफ दिएका थिए। बिहीबार बागलुङको पातीहाल्नेबाट सुरु भएको जनसंवाद जागरण अभियान बुर्तिबाङ, गलकोट र ताराखोलामा सम्पन्न भएको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल मेडिकल कलेजमा २३ वर्षीय बिरामीको एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी (ईसीआईआरएस) बाट मिर्गौलाको पत्थरी निकालिएको छ । कलेजको युरो सर्जरी विभागले लोप्साङ पाल्देनको बाँया तर्फको मिर्गौलाको पत्थरी निकाल्न एन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरी सफलतापूर्वक गरेको हो।

उनी तीनसाता अघि मिर्गौलामा गम्भिर समस्या देखा परेपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनलाई करिब २ महिनादेखि पिसाब पोल्ने समस्या थियो । युरोलोजी विभागका कन्सल्टेन्ट डा. निरज सुवेदी तथा कन्सल्टेन्ट युरोलोजिस्ट, किड्नी ट्रान्सप्लान्स सर्जन डा. बेश अन्सारी लगायतको टीमले (ईसीआईआरएस) बाट मिर्गौलाको सफलतापूर्वक शल्यक्रिया गरेका थिए। उनको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ एमएमको पत्थरी थियो । ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियामा मिर्गौलामा रहेका पत्थरीहरुलाई फुटाएर निकालिएको डा. वेश अन्सारीले बताए । ‘उहाँको बाँया मिर्गौलाको पेल्भिसमा ६.९ सेन्टिमिटरको पत्थरी रहेकोमा त्यसलाई निकाल्न एउटै शल्यक्रियाबाट निकाल्न संभव नदेखेपछि हामीले एकै पटक मुत्रनली र पेटको बाँया भागमा प्वाल पारेर पत्थरी निकालेका हौं,’ डा. अन्सारीले भने।

के हो (ईसीआईआरएस) पद्धति
यो एक न्यूनतम आक्रमक शल्यक्रिया प्रविधि हो जुन मुख्यतया ठूला वा जटिल मिर्गौलाको पत्थरी (जसलाई नेफ्रोलिथियासिस पनि भनिन्छ) को उपचार गर्न प्रयोग गरिन्छ । एक स्थानबाट (मुत्रनली वा कम्मर) मा प्वाल पारेर मिर्गौलाको पत्थरी निकाल्न नसक्दा दुवै स्थानबाट एन्डोस्कोपिक विधिबाट पत्थरी निकाल्ने गरिन्छ।

यस प्रकारको शल्यक्रियामा सर्जनले एकै पटक दुवै प्रक्रियाहरु अपनाएर मिर्गौलाको पत्थरी निकाल्ने गर्दछन् । ईसीआईआरएस पद्धति खासगरी ठूला पत्थरीहरु निकाल्न गरिने डा. अन्सारी बताउँछन् । ‘सामान्य मिर्गौलाको पत्थरी मुत्रनली वा शरीरको एक स्थानमा प्वाल पारेर गरिन्छ । तर, ठूला र असमान्य अवस्थाको पत्थरी छ भने त्यसलाई (ईसीआईआरएस) पद्दतिबाट निकालिन्छ ।’ 

ईसीआईआरएस पद्धति  गरिएको शल्यक्रियाले मिर्गौलामा रहेका जस्तोसुकै पत्थरी सहजै निकाल्न सहयोग पुग्ने गर्दछ । यसबाट बिरामीलाई कम पिडा हुने, ठूलो घाउ बनाएर शल्यक्रिया गर्नु नपर्ने, शल्यक्रिया गरेका केही दिनमै घर जान सकिने, रक्तश्राव तथा संक्रमण कम हुने र बिरामी चाँडै निको हुन्छन्।


नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । माइक्रोसफ्टले हालै कर्मचारी कटौती गरेको छ। रिपोर्टका अनुसार कम्पनीले ६ हजार कर्मचारीलाई निकालेको छ। यसरी निकालिने कर्मचारीमा ठूलो संख्यामा सफ्टवेयर इन्जिनियरहरू छन् । ब्लूमबर्गको विश्लेषण अनुसार वासिङ्टनमा हटाइएका कर्मचारीमध्ये ४० प्रतिशत कर्मचारी सफ्टवेयर इन्जिनियरहरू हुन्।

रिपोर्टका अनुसार केही महिना अघि कम्पनीले इन्जिनियरहरूलाई एआई उपकरणहरूको प्रयोग बढाउन भनेको थियो। जागिरबाट निकालिएका केही इन्जिनियरहरू पनि यसमा सामेल थिए। कम्पनीले उनीहरूलाई एआईमा निर्भरता बढाउन आग्रह गरेको थियो। पछि, यही एआईका कारण उनीहरूले आफ्नो जागिर गुमाए।

द इन्फर्मेसनको रिपोर्ट अनुसार माइक्रोसफ्टका उपाध्यक्ष जेफ हुल्सेले आफ्नो टोलीलाई ५० प्रतिशत कोडहरू जेनेरेट गर्न ओपनएआईद्वारा संचालित च्याटबटहरू प्रयोग गर्न भनेका थिए । उनको टोलीमा जम्मा ४०० कर्मचारी थिए । केही महिनापछि कर्मचारी कटौती गर्दा तिनै व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भए।

माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले एआईको बारेमा खुलेर कुरा गरेका छन्। उनले कम्पनीका धेरै प्रोजेक्टहरूमा एआईले लगभग दुई तिहाइ कोडहरू लेखिरहेको स्वीकार गरेका छन् । कर्मचारी कटौती केवल जुनियर कोडरहरूमा मात्र सीमित छैनन्। उत्पादन व्यवस्थापन र प्राविधिक कार्यक्रम व्यवस्थापन जस्ता विभागमा पनि कर्मचारी कटौती भइरहेको छ । माइक्रोसफ्टमा यो कटौतीको कारण एआईमा बढ्दो निर्भरता हो। कम्पनीले व्यवस्थापन तहहरू घटाएर सञ्चालनलाई सुव्यवस्थित गरिरहेको बताएको छ।

हालैका कर्मचारी कटौतीले कोडरहरूलाई मात्र नभई अन्य विभागहरूलाई पनि असर गरेको छ। जनवरी-मार्च त्रैमासिकमा राम्रो आम्दानी भए पनि कम्पनीले कर्मचारी कटौती गरिरहेको छ। यसले माइक्रोसफ्टको एआई निर्देशक गाब्रिएला डे क्विरोजलाई पनि असर गरेको छ। उनले यसबारे लिंक्डइनमा पनि लेखेकी छिन् ।

उनले लेखिन्, ‘तीतो र मीठो खबर बाँड्दै। माइक्रोसफ्टको पछिल्लो कर्मचारी कटौतीबाट म प्रभावित छु। के मैले यो अपेक्षा गरेकी थिएँ ? सायद यी दिनहरूमा तपाईंले जतिसुकै कडा परिश्रम गरे पनि, आफ्नो कम्पनीको लागि जतिसुकै वकालत गरे पनि वा जतिसुकै भिजिबिलिटी ल्याए पनि – यी मध्ये कुनै पनि कुराले तपाईंलाई पुनर्संरचनाबाट मुक्त गर्दैन।”


सामाग्री श्रोत :

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट