२०८२ आश्विन २ बिहीबार
२०८२ आश्विन २ बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

शनिबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका बिषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे।

विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने उनले बताए।

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे। उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे। उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए।

त्यस्तै नेता कोइरालाले २०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरुलाई महाधिवेशनका लागि दबाब दिन आग्रहसमेत गरे।


सामाग्री श्रोत :

गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला

एजेन्सी–संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमा उल्लेख गरे,“हाम्रो वार्ता युरोपेली सङ्घसँग अघि बढिरहेको छैन। त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली सङ्घका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु। तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन।”

एप्पल कम्पनीमाथि निशाना

Ncell 2
Ncell 2

यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै पनि आफ्नो फोन एशियामा उत्पादन गर्न जारी राखेमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका हुन्।

यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीति अन्तर्गत दबाबमा परेको देखिएको छ। ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्, जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब भोगिरहेका छन्।

व्यापार वार्ताप्रति असन्तुष्टि

राष्ट्रपति ट्रम्पले युरोपेली सङ्घसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। युरोपेली पक्षले परस्पर रूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे तापनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन्।

एपी समाचार संस्थाका अनुसार, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यहरूले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको छ। यद्यपि, उनका शुल्क नीतिहरूले अहिलेसम्म उहाँले प्रतिवद्धता गर्नुभएको घरेलु उत्पादनको पुनः स्थापनामा अपेक्षित परिणाम दिन सकेका छैनन।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मुगु । जुम्लाको तिला गाउँपालिका–४, भोटचौरमा शुक्रबार भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ।

क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए।

प्रहरीका अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

तर उपचारका क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । नख्खु खोला आफ्नो रौद्र रूपमा उर्लिरहेको थियो । त्यही उर्लदो भेलको ठिक बीचमा एउटा घर, जहाँ चार जना जिन्दगीको भिख मागिरहेका थिए । उनीहरू उद्धारको व्यग्र प्रतीक्षामा थिए । तर, समयले उनीहरूको साथ दिएन । उद्धार टोली पुग्नुअघि नै बाढीले घरलाई निल्यो र उनीहरू बेपत्ता भए । त्यो कहालीलाग्दो क्षणमा एक साहसी युवकको अदम्य आँटले तीन जनालाई त मृत्युको मुखबाट फर्कायो । तर एक जना भने दुर्भाग्यवश बाढीमै विलीन भए ।

घटनाको पीडादायी अध्याय त्यतिमै टुङ्गिएन । तत्कालीन गृहमन्त्री रमेश लेखकले खराब मौसमको कारण देखाउँदै हेलिकप्टर उड्न नसकेको र बाढीमा फसेकाहरूलाई बचाउन नसकिएको स्पष्टीकरण दिए । सरकारको यो निरीहताले धेरैको मन कुँडियो ।

यस्तै कुँडिएको मन लिएर बसेका थिए, ‘एफपीभी मार्ट’ नामक ड्रोन स्टार्टअपका संस्थापक अनिल प्रधान । नख्खुको त्यो त्रासदी र सरकारी असक्षमताले उनको अन्तस्करणलाई नराम्ररी चिमोट्यो । मानवीय क्षतिप्रतिको यही गहिरो संवेदना र केही गर्ने हुटहुटीले उनमा एक दृढ सङ्कल्प जगायो । त्यो हो भविष्यमा यस्ता विपत्तिमा जीवन रक्षा गर्न सक्ने ‘विपद् ड्रोन’ निर्माण गर्ने । र, यही अठोटले उनलाई एक नवीन यात्रामा डोर्‍यायो ।

“नख्खुमा आएको बाढीमा चार जना उद्धारको प्रतीक्षामा थिए । तर, समयमै हेलिकप्टर पनि पुग्न सकेन । कुनै अत्याधुनिक प्रविधि पनि त्यहाँ काम लाग्न सकेन,” प्रधान सम्झिन्छन्, “हामी केही वर्षदेखि ड्रोनकै क्षेत्रमा काम गर्ने भएकाले उद्धारमा सघाउने ड्रोन किन नबनाउने भन्ने सोच्यौं ।”

त्यही सोचलाई अगाडि बढाउँदै उनले आफ्नो कम्पनीका सहसंस्थापक राम मण्डलसँग मिलेर ड्रोन बनाउन थाले । केही महिनाको निरन्तर प्रयास र मेहनतपछि ‘विपद् ड्रोन’ तयार भयो । यस ड्रोनमा चाहिने धेरैजसो सामान नेपालमै बनाइएको र केही सामान भने बाहिरबाट ल्याइएको प्रधानले बताएका छन् ।

उनी भन्छन्, “यो ड्रोन पूर्ण रूपमा नेपाली भूगोल र यहाँको वातावरणलाई ध्यानमा राखेर नेपालमै डिजाइन गरिएको हो । यसको मुख्य उद्देश्य नै विपद्को समयमा सहयोग पुर्‍याउनु हो ।”

प्रधानका अनुसार यो ड्रोन एक पटकमा कम्तीमा २० मिनेटसम्म लगातार उड्न सक्छ । आवश्यक परेमा थप दुई ओटा ब्याट्री राखेर यसको उडान समयलाई ४० देखि ५० मिनेटसम्म बढाउन सकिन्छ । ड्रोन चलाउने पाइलटको सीप अनुसार यसलाई प्रतिसेकेन्ड २० देखि ३० मिटरको गतिमा उडाउन सकिन्छ ।

“यसले २० किलोसम्मको तौल बोक्न सक्छ,” यसको क्षमताबारे चर्चा गर्दै प्रधान भन्छन्, “बाढीका काम लाग्ने लाइफ ज्याकेट, लाइफ रिङ र अन्य आवश्यक उपकरण र राहत सामग्री पुर्‍याउन सक्छ ।”

आफ्नो यही ड्रोनको व्यावहारिक क्षमता देखाउन प्रधानले बिहीबार झापामा ‘विपद् ड्रोन’को सफल प्रदर्शन गरेका छन् । भद्रपुर नगरपालिकासँगको सहकार्यमा ड्रोनको क्षमता देखाइएको थियो । खासगरी बाढी आएको समयमा ड्रोनले कसरी लाइफ ज्याकेट, रिङ समयमै पुर्‍याउन सक्छ भन्ने डेमो देखाइएको थियो ।

“बाढीको समयमा आवश्यक लाइफ ज्याकेट, लाइफ रिङ पुर्‍याउन यो उपयुक्त हुने देखियो,” उनी भन्छन्, “तर, आगो लागेको बेला फायरबल फालेर आगो निभाउन भने यो त्यति प्रभावकारी देखिएन ।” 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गणेश पोखरेलले भने, “यस्ता प्रविधिमैत्री अभ्यासहरूले हाम्रो नगरपालिकाको विपद् व्यवस्थापन क्षमतालाई अझ बलियो बनाउने छन् । अनिल प्रधानजस्ता युवाहरूको समर्पण र नयाँ सोचले हाम्रो समाजलाई सुरक्षित र बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग अब नभई नहुने भइसकेको छ ।”

प्रधानका अनुसार उनीहरूसँग बाढी पहिरो जस्ता विपद्‍मा उद्धारको काममा सघाउने अन्य तीन ओटा ड्रोन छन् । “हामीसँग यस्तै अरू तीन ओटा ड्रोन छन्,” प्रधान भन्छन्, “विपद्को समयमा आवश्यक अन्य उपकरण सहयोग पाएको खण्डमा ती पनि प्रयोगमा ल्याउन सकिन्छ ।”

ड्रोनलाई नेपाली भूगोल अनुसार उद्धारका काममा प्रभावकारी बनाउन सशस्त्र प्रहरी र नेपाली सेनासँग सहकार्य गरेको उनको भनाइ छ । “विपद्‍मा सहयोग गर्न हामी ड्रोन जुनसुकै बेला प्रयोग गर्न सक्छौं,” उनी अगाडि भन्छन्, “तर, सबै विपद्‍मा काम लाग्ने उपकरणको अभाव छ । ती उपकरण सहयोग पाए यी ड्रोन प्रयोग गर्न सकिन्छ ।”

यस्ता सामाजिक कामलाई निरन्तरता दिन प्रधानको ड्रोन स्टार्टअप एफपीभी मार्टले अन्य व्यवसायिक काम पनि गर्दै आएको छ । फिल्मका लागि हाई-इन्ड ड्रोन फुटेज खिच्न र अन्य काममा उनीहरू सक्रिय हुँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ११:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ।  

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ। 

Ncell 2
Ncell 2

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिएका हुन्। आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ।

नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ। 

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे ­त्रिशूली­ गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ। दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन्।

अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको कार्ययोजना कार्यान्वयन, विद्यार्थीमैत्री शिक्षण विधिको प्रयोग, तह वृद्धि, विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, व्यवस्थित पूर्वाधार र स्रोत साधनको उच्चतम परिचालन गरेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ सुरेन्द्रप्रसाद केसीले बताए।

‘वि.सं. २०७१ मा कक्षा पाँच उत्तीर्ण भएका १२ जना विद्यार्थी बाहिरिने र नयाँ नथपिने भएपछि विद्यालय बन्द गर्ने बहस चलेको थियो’, उनले भने, ‘शैक्षिक, भौतिक र आर्थिक कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि त्यसयताका वर्ष विद्यार्थी सङ्ख्या निरन्तर बढेको छ।’

वि.सं. २०७२ को शैक्षिक सत्रमा सेवा क्षेत्रमा बस्तीमा व्यवस्थापन समिति र शिक्षकहरूले घरदैलो गरेर ९३ जना विद्यालय भर्ना गराए। वि.सं. २०७३ मा विद्यार्थी सङ्ख्या १३२ पुग्यो। वि.सं. २०७५ मा कक्षा ६, २०७८ मा कक्षा ८ र २०८० मा कक्षा ९ को पठनपाठन सुरु गरेको यस विद्यालयका १० जना विद्यार्थीले २०८१ मा पहिलोपटक माध्यमिक शिक्षा परिक्षा (एसइई)मा सहभागिता जनाएका छन्।

विसं २०२८ मा हाल म्याग्दी बालगृह रहेको ठाउँमा स्थापना भएको विद्यालय वि.सं. २०५८ मा कालीपुलमा स्थानान्तरण गरिएको थियो। नेपाल बाल सङ्गठनले सञ्चालन गरेको बालगृहमा रहेका अनाथ बालबालिकालाई पठनपाठनको ब्यवस्था मिलाउन त्यसबेला यो विद्यालय स्थापना भएको थियो।

हाल कक्षा १० मा २२ जनासहित २७२ जना विद्यार्थी रहेको यस विद्यालयमा भर्ना अभियान सकिँदासम्म विद्यार्थी सङ्ख्या करिब ३५० जना पुग्ने प्रअ खत्रीको अनुमान छ। औसत सिकाइ उपलब्धि तीन दशमलव नौ जिपिए छ। यसपाली बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका एक, पोखराको विन्दबासिनी माविबाट दुई जनासहित छ जना अन्य विद्यालयका विद्यार्थी बालमन्दिरमा भर्ना हुन आएका छन्।

बाल कक्षापछि एक वर्ष केजी (पूर्वप्राथमिक तह)मा पढाउने र कक्षा १ मा भर्ना गर्ने अभ्यास थालेको यस विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन, विभाग बनाएर शिक्षकहरूलाई जिम्मेवारी बाँडफाँट, अतिरिक्त क्रियाकलाप, खेलकुद गतिविधि सञ्चालन, कक्षाकोठाबाट बाहिर निस्किँदा आउटपासको व्यवस्था, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरेको छ।

कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी र प्रयोग गरेर विद्यार्थीको सहभागितामा पठनपाठन गर्ने विधि अपनाएको छ। प्राथनाको समयमा विद्यार्थीले सामान्य ज्ञान, समाचार वाचन र कला प्रस्तुत गर्छन्। हरेक तीन÷तीन महिनामा सामूहिक र व्यक्तिगतका साथै शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीको आनीबानीका बारेमा छलफल गर्छन्।

विभिन्न सङ्घ संस्था र दातासँग समन्वय गरेर विपन्न विद्यार्थीलाई छात्रावृत्ति, पोसाक, शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको प्रअ खत्रीले बताउनुभयो। विद्यालयबाट अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षकलाई हौसला प्रदान गर्न सम्मानका साथै विद्यार्थीको जन्मदिन मनाउने गरेको छ।

विद्यालय परिसरको जग्गामा निर्माण भएको भवन तथा टहराबाट मासिक रु दुई लाख ३२ हजारका दरले हुने आम्दानीबाट निजी स्रोतका चार जना शिक्षक र एक जना सुरक्षा गार्डको तलब व्यवस्थापन गरेको विद्यालयले अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिने नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माले बताए।

पछिल्लो दश वर्षमा दुई करोड ५० लाखभन्दा बढीको लागतमा चार वटा भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला, शौचालय, सभाहल, सटरकोठा भवन, खानेपानी, भुइँमा पेभर ब्लक बिछ्याइएको छ।

छात्रावासका लागि पाँच कोठे भवन निर्माणाधीन छ। यस वर्षदेखि विद्यालयमै खाजा पसल सञ्चालन भएको छ। विद्यालय परिसरको खाल्डो र खेलमैदानमा जमेको पानीमा ढुङ्गा राखेर कक्षाकोठामा छिर्नुपर्ने अवस्थाको विद्यालय अहिले पूर्वाधारका हिसाबले व्यवस्थित र सुविधासम्पन्न बनेको छ।

नब्बे प्रतिशत विद्यार्थी दलित समुदायका रहेका सहायक प्रअ गीता सुवेदीले बताउनुभयो। विपन्न विद्यार्थीको पठनपाठनमा सघाउन रु पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरेको छ। पूर्वविद्यार्थी, दाता र सामाजिक सङ्घ संस्था खोजेर विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकको व्यवस्था मिलाइएको छ।

खेलमैदानको अभाव र छात्रावास सञ्चालनका लागि पर्याप्त भवन नहुनु, शैक्षिक सत्रको अन्तिमसम्म पनि भर्ना हुन आउने र केही विद्यार्थीले बीचमा विद्यालय परिवर्तन गर्ने समस्या रहेको छ। रोजगारीको शिलशिलामा बेनीमा आएका अभिभावकहरू कामको खोजीमा अन्यत्र जाँदा बालबालिकाले शैक्षिक सत्रको बीचमा विद्यालय परिवर्तन गर्ने समस्या देखिएको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बालमन्दिर माविमा तह थप गर्न विद्यार्थी सङ्ख्या कम भएका अन्य विद्यालयबाट आधारभूत तहको दरबन्दी भए पनि माध्यमिक तहसम्म पठनपाठन गर्नसक्ने विषयगत शिक्षकको व्यवस्था मिलाएको बताए।

बेनीमा रहेको बेनी सामुदायिक र प्रकाश माविमा बढ्दो विद्यार्थीको चाप व्यवस्थापन गर्न बालमन्दिर माविलाई तहवृद्धि गरी शैक्षिक र भौतिक क्रियाकलापमा नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख केसीले बताए। सामुदायिक विद्यालयका लागि बालमन्दिर माविको सुधार र परिवर्तन उदाहरणीय बनेको उनको भनाइ छ। रासस


सामाग्री श्रोत :

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

काठमाडौँ । एप्पलले मिक्स्ड रियालिटी हेडसेटको परीक्षणपछि अब मेटा रे-ब्यान जस्तै स्मार्ट चस्मा निर्माणमा सक्रियता बढाएको रिपोर्ट सार्वजनिक भएको छ । ब्लुमबर्गका प्रविधि विश्लेषक मार्क गर्म्यानले स्रोतलाई उद्धृत गर्दै एप्पलले चाँडै स्मार्ट चस्माको प्रोटोटाइप ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार एप्पलको स्मार्ट चस्मा निर्माणको काम प्रोटोटाइप उत्पादन हुने चरणसम्म पुगेको र कम्पनीले आगामी वर्षको अन्त्यसम्म बजारमा ल्याउने योजना बनाएको छ । यो पहललाई एआई-इन्हान्स्ड ग्याजेटतर्फको ध्यान केन्द्रित गर्ने एप्पलको रणनीतिको रूपमा हेरिएको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार ‘एन५०’ कोडनेमबाट चिनिने उक्त प्रोजेक्ट अहिले ‘एन४०१’ अन्तर्गत राखिएको छ, जुन स्मार्ट उपकरणको फराकिलो समूहमा पर्छ । तर एप्पलले विगतमा यस्ता प्रोजेक्ट अचानक रद्द गर्ने इतिहाससमेत देखिएकाले यो प्रोजेक्ट पनि स्थायी हुने ग्यारेन्टी छैन ।

स्मार्ट चस्मामा क्यामेरा, माइक्रोफोन र स्पिकर हुने बताइएको छ । यसले वातावरणको विश्लेषण गर्नसक्ने र सिरीमार्फत भ्वाइस कमाण्ड बुझ्न सक्नेछ । यसबाट फोन कल गर्न, म्युजिक प्लेब्याक कन्ट्रोल गर्न, नेभिगेसनका लागि निर्देशन दिन तथा प्रत्यक्ष संवाद अनुवाद गर्न सकिने सुविधा रहने अनुमान गरिएको छ ।

ब्लुमबर्गका अनुसार यसै महिनाको सुरूमा एप्पलले स्मार्ट चस्माका लागि छुट्टै चिप निर्माण गर्ने काम आन्तरिक रूपमा अगाडि बढाएको र अर्को वर्षदेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

त्यस्तै कम्पनीले क्यामेरा रहने एप्पल वाच र एप्पल वाच अल्ट्रा बनाउने प्रोजेक्टमाथि पनि काम गरिरहेको थियो । तर उक्त योजना गत साता रद्द भएको जानकारी समेत रिपोर्टमा उल्लेख गरिएको छ । अर्को रोचक कुरा, एप्पलले क्यामेरा भएको एयरपड्स विकास गर्नेतर्फ पनि ध्यान दिइरहेको बताइएको छ ।

एप्पल भिजन प्रो हेडसेटले अपेक्षा अनुसार बजार नपाएको र स्मार्टफोन अपग्रेड पनि क्रमशः सानो हुँदै गएको अवस्थामा कम्पनीले लगानी अन्य ‘वेयरेबल’ क्याटेगरीमा मोड्न थालेको संकेत देखिएको छ ।

तर, रिपोर्टले एप्पलको एआईसम्बन्धी कमजोरी यस चस्माको लोकप्रियतामा असर पुर्याउने सम्भावना औंल्याएको छ । जब कि मेटा र सामसङको आगामी स्मार्ट चस्मा लामा (LLaMA) र जेमिनाई जस्ता एडभान्स्ड एआई मोडेलमा आधारित हुनेछन् ।

हाल एप्पलले गुगल लेन्स र ओपनएआईको सोलुसन्स प्रयोग गरेर भिजुअल इन्टेलिजेन्स सेवा दिइरहेको छ । तर गुगलले हालै ‘Gemini Live with vision’ सबै प्रयोगकर्तालाई निःशुल्क रूपमा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

एप्पल स्मार्ट चस्मासम्बन्धी मुख्य काम भिजन प्रोडक्ट्स ग्रुपले गरिरहेको ब्लुमबर्गले उल्लेख गरेको छ । यो ग्रुपले एप्पल भिजन प्रो समेत विकास गरेको थियो । 

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ११:३८





सामाग्री श्रोत :
टेक पाना

भक्तपुर – भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरू मध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरू भएको प्रतियोगिता भारत, इङ्ग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ । 

नेपालको पहिलो अन्तरराष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए । 

Ncell 2
Ncell 2

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धिअर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

धनगढी- सुदूरपश्चमको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुले एक ठाउँ बसेर छलफल गरेका छन्। धनगढीबाट सञ्चालित अग्रलेख मल्टिमिडियाले कैलालीको  संयोजनमा सरकारी, निजी र सामाजिक क्षेत्रका अगुवाहरुले छलफल गरेका हुन्। 

उक्त कार्यक्रममा अन्य प्रदेश भन्दा पछि पर्नुका विभिन्न  कारण केलाउँदै आगामी दिनमा  एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको बताए । विगतको तुलनामा सुदूरपश्चिमको स्वास्थ्य उपचारको क्षेत्रमा केही सुधार पनि भएको उनको भनाई थियो । 

‘बजेटको सीमितताका बीच स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयत्न गरिरहेका छौँ, दुर्गममा कसरी चिकित्सक पुर्‍याउने भनेर लागिपरेका छौँ,’ उनले भने, ‘केही सुधार भएको पनि छ । उपचारका लागि भारतको पलिया, लखनउको निर्भरता घटेको छ ।’ उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था घट्नुमा निजी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

मन्त्री खड्काले प्रोत्साहन भत्ता दिएर भए पनि डाक्टरलाई पठाएर दुर्गमको स्वास्थ्य उपचार सेवा सुधार गर्न खोजिएको बताए । उनले प्रदेशको आन्तरिक आय बढ्न नसकेको र केन्द्रबाट पाउने रकम पनि घट्दै गएकाले स्वास्थ्य क्षेत्रमा चाहेअनुसार काम गर्न नसकेको धारणा राखे । अकालमा मृत्यु हुने संख्यामध्ये करिब ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेकाले यसमा संवेदनशील भएर सरकारले स्वास्थ्य सचेतनासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिने उनले बताए । 

स्वास्थ्य सेवाको अवस्थाः नीति र पहुँचको समीक्षा विषयक मिडिया संवादमा अफिन सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्तले पाँच–सात वर्षअघि सामान्य उपचारका लागि पनि सुदूरपश्चिमवासीले भारत धाउनुपर्ने बाध्यता रहेकोमा पछिल्लो समय भने ६० प्रतिशत बिरामीलाई उपचारका लागि प्रदेशमै रोक्न सकेको बताए। उनले थपे, ‘ प्रादेशिक अस्पतालको सेवा सुधार गरेपछि र निजी अस्पताल खुल्न थालेपछि सुदूरवासीले उपचारका लागि भारत जानुपर्ने बाध्यता घट्दै गएको हो ।’

स्वास्थ्य सेवाको सुधार र सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजित संवादमा सहभागी स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था सुधार हुँदै गएको बताएका हुन् । बरिष्ठ फिजिसियन डा. सुभेषराज कायस्थले साढे तीन दशकअघि आफूले सुदूरपश्चिममा सेवा सुरु गर्दा जम्मा तीन–चार जना डाक्टरले सेवा दिएको स्मरण गर्दै अहिले धनगढीमा मात्रै १५० जनाभन्दा बढी विशेषज्ञले सेवा दिइरहेको बताए । ‘त्यति बेला स्वास्थ्य उपकरणको नाममा एउटा मात्रै एक्सरे मेसिन रहेकोमा अहिले एमाआरआई गर्ने सुविधा धनगढीमै उपलब्ध छ,’ उनले भने । 


 

सुदूरपश्चिमको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले सबै नागरिकलाई समान स्वास्थ्य सेवा पुर्‍याउने राज्यको लक्ष्यअनुसार स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकार लागिपरेको बताए । उनले बजेटले भ्याएसम्मको स्वास्थ्य सेवा थप गर्ने, विशेषज्ञ जनशक्ति वृद्धि गर्ने र निजी अस्पतालको सेवा नियमन गर्नका लागि निर्देशनालयले काम गरिरहेको बताए।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टले अस्पतालमा आउने बिरामीको चापलाई धान्नको लागि अस्पतालको आन्तरिक स्रोतबाट सेवा थप गरी सञ्चालन गरिरहेको बताए । उनले सेती प्रादेशिक अस्पतालले ५० शय्याको मात्रै सरकारबाट अनुमति पाएको बताउँदैसरकारले सेती प्रादेशिक अस्पतालको शय्या बढाउने र सोही अनुसारको जनशक्ति उपलब्ध गराउन संगठन सर्वेक्षण गर्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतित्थ्यमा भएको संवाद्मा प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, पूर्वमन्त्री लक्ष्मी विकले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका बरिष्ठ शिक्षा स्वास्थ्य अधिकृत हेमराज खड्का, प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत महेशप्रसाद बोहरा र निजी अस्पालको तर्फबाट रोहित गिरीले प्रस्तुति गरेका थिए । 


 

कार्यक्रममा पूर्वमन्त्री एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मी बिकले भौतिक पूर्वाधारमात्र विकास नभएको बताइन्। उनले स्वास्थ्य क्षेत्रलाई पनि विकासको मुख्य क्षेत्र बनाइनुपर्ने बताइन् ।  ‘भौतिक संरचनामात्र विकास हो की स्वास्थ्य पनि विकास हो ?’ उनले भनिन्, ‘स्वास्थ्यलाई ब्रेकआउट गरेर भौतिक पूर्वाधारमात्र विकास हो भन्ने मानसिकता प्रदेश सरकार र नीति निर्माणमा रहेकाहरुको देखिन्छ ।’ उनले जीवनसँग जोडिएको स्वास्थ्यलाई विकासको मुख्य विषय बनाइनु पर्ने धारणा राखिन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सरकारी स्वास्थ्य सेवाको गुणस्तर बढाउनु पर्ने बताए । उनले सरकारी अस्पतालको सेवाको गुणस्तर बढाउँदै लैजाने र निजि अस्पतालको नियमन गर्ने कुरा सँगसँगै लगे जनताले स्तरीय सेवा पाउने बताए ।

‘हामीले सरकारी सेवाको गुणस्तर बढाउँदै जाने हो । निजि क्षेत्रका अस्पताललाई नियमन गर्दै जाने हो’ पाठकले भने, ‘त्यो दुवै कुराको सन्तुलन भयो भने जनताले बल्ल सेवासुविधा पाउँछन् ।’ स्वास्थ्य क्षेत्रमा केही बेथितिहरु भए पनि केही कामहरु पनि भएका उनको भनाइ थियो ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो।

नेवार जातिहरूको मुख्य बसोबास रहेको ऐतिहासिक नगरी कीर्तिपुर निकै मनमोहक रहेको छ।

मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाइलामा भाग लिँदै आइरहेको छ।

 


सामाग्री श्रोत :

आहा! क्या राम्रो सांस्कृतिक नगरी कीर्तिपुर (फोटो फिचर)

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट