
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनालाई लिएर गृहमन्त्री रमेश लेखकबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारहरू भ्रामक, कपोकल्पित र आधारहीन भएको दाबी गरेको छ ।
शनिबार मन्त्रालयका सहसचिव छवि रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयको नेतृत्व (गृहमन्त्री) लाई जोडेर आएका समाचारको खण्डन गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवं टिप्पणीप्रति प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ ।”
“…यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै, विषयको गाम्भीर्यतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।”
शान्ति सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको भन्दै अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अपनाइएको मन्त्रालयको दाबी छ ।
विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी प्रकरणबारे अनुसन्धानपछि यथार्थ बाहिर आउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा मन्त्रालयको पूर्ण सहयोग रहने विज्ञप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्: भिजिट भिसा प्रकरण: सामाजिक सञ्जालमा चर्को आलोचनापछि गृहमन्त्रीले भने- २-४ दिनमा आफैँ बोल्छु
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १८:४६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – गृह मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं। साथै विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तुमात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं।’
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसमेत गर्दै आएको जिकिर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ। आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।
संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन्। यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।
सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा आधिराज आचार्य र डा वर्षा थापा रहेका छन् ।
४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु हुन् ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ ।
अध्यक्षमा निर्वाचित प्राडा गौचन को हुन् ?
२०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा विगत ४ वर्षदेखि कार्यरत छन्। डा गौचनले जीवनको महत्वपूर्ण एक दशक सुदूर पहाडको अछाम जिल्लामा स्वास्थ्य सेवा दिएका थिए। २०६४ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस सकाएर डाक्टर गौचन अछाम पुगेर बयालपाटा अस्पतालमा यस क्षेत्रका नागरिकलाई सेवा दिन सुरु गरेका थिए। बयालपाटामा रहदाँका बखत नै २०७१ श्रावणमा डाक्टर गौचनले एमडीजीपी पूरा गरेका थिए।
दुर्गम क्षेत्रमै जन्म हुर्केका डा गौचनलाई स्वास्थ्यमा दुर्गमका जनताको पहुँचको जटिलता, सेवा पाउनुका कठिनाई देखेका कारण दुर्गममा बसेर जनताको सेवा गर्नुपर्छ भन्ने सोचले उनले एमडीजीपी रोजेका थिए।
दुर्गमको स्वास्थ्य समस्यालाई नजिकबाट चिनेका डाक्टर गौचले सो क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने दृढ ईच्छाशक्ति लिएर सो बिषय अध्ययन पुरा गरे पश्चात महत्वपूर्ण एक दशक दुर्गम ठाउँकै स्वास्थ्य सुधारमा नेतृत्वदायी भूमिका सहित तथा उपचारात्मक सेवा दिएका थिए।
हाल पोखरामै रहेर पनि डा गौचनले त्यहाँका अस्पतालको स्वास्थ्य सेवा सुधार र गुणस्तरिय बनाउन प्रभावकारी भुमिका निर्वाह गरिरहेका छन्। नीति निर्माणको प्रक्रियामा समेत सहभागी भएर दुर्गमको स्वास्थ्य सुधारमा उनी प्रयत्नशील रहेका छन्। कोभिड १९ को महामारीकै बेला डाक्टर गौचनले सरुवा तथा संक्रामक रोग अस्पतालको सेवा सुधार संगै प्रत्यक्ष आफैँ संलग्न भएर बिरामीलाई समेत स्वास्थ्य सेवा दिएका थिए।
केही महिनाअघि उनी विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को दक्षिण एशियातर्फको सहअध्यक्षमा निर्वाचित भएका थिए। विश्वभरीका एमडिजिपी चिकित्सकहरुकोे संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को सहअध्यक्षमा नेपालबाटै पहिलोपटक दक्षिण एशिया क्षेत्रको सहअध्यक्षमा चयन भएका हुन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यात्मका बारेमा सबैले पढ्नुपर्ने बताएका छन्। कल्पना रिजालद्वारा लिखित ‘डाँफे’ कृतिको लोकार्पण कार्यक्रममा बोल्दै उनले ‘गीता’का बारेमा पनि छलफल गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘यसैगरी गीताले पनि हाम्रा धेरै मान्छेहरूलाई प्रभावित पारेको छ। खासगरी गीता के हो, कहिले छलफल गरेका छौं ? यसमा छलफल गर्नुपर्छ। अध्यात्मका बारेमा सबैले पढ्नुपर्छ। लेखकले पढ्ने भनेको एउटा बाँचिरहेको समाज हो, अर्को आफूसँग उपलब्ध ज्ञानका माध्यमहरुलाई पढ्ने हो। राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ। ज्ञानको ज्योति जति फैलिँदै जान्छ मान्छेको उडान त्यति नै हुँदै जान्छ।’
साथै उनले नेपाली साहित्यमा मदनमणी दिक्षितलाई नपढ्नु भनेको एउटा अमुल्य अनुभव नभोग्नु हो भने। उनले वौद्धिक साहित्य, वेद वा दर्शनका बारेमा र हाम्रा प्राचिन वाङ्मयका बारेमा पढ्नुपर्छ भने गहन रुपमा बुझ्नसक्ने बताए।
सामाग्री श्रोत :
काठमाडौँ । भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री रमेश लेखकले मन्त्रालयले आजै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका छन् ।
शनिबार धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यसबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
एक कार्यकर्ताले राखेको जिज्ञासामा उनले भने, “केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुई-तीन दिन किन चुप लागेर बसेको थिएँ भने, यो कहाँबाट, कसरी र किन भइरहेछ भन्ने बुझ्दै थिएँ । अब यसबारे धेरै कुरा थाहा पाइसकेको छु ।”
उनले अगाडि भने, “आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ ।”
गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनलाई जिम्मेवार ठहर्याउने स्वरहरू बलियो बन्दै गएका बेला उनले यस प्रकरणबारे धेरै कुरा थाहा पाएको र अब बोल्ने प्रतिक्रिया दिएका हुन् ।
मन्त्री लेखकको सचिवालयमा कार्यरत एक व्यक्तिमाथि फर्जी कागजात प्रयोग गरी भिजिट भिसामा मानव तस्करीको सेटिङ गरेको गम्भीर आरोप लागेको छ ।
७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा ‘अघोषित मानव तस्करी’ भइरहेको खुलासा भएको थियो ।
अख्तियारको अनुसन्धानले गृहमन्त्री लेखकका निजी सचिवालयका कर्मचारीहरूसँग भट्टराईको नियमित सम्पर्क देखाएकाले यसमा गृहमन्त्री समेत संलग्न हुनसक्ने टिप्पणी भइरहेको छ ।
सञ्जालका सक्रिय प्रयोगकर्ताहरूले गृहमन्त्री लेखकको नैतिकतामाथि प्रश्न उठाउँदै उनको राजीनामा माग गरेका छन् । विगतमा निर्मला पन्त हत्याकाण्डजस्ता विषयमा सरकारको चर्को आलोचना गर्ने लेखक आफूमाथि यस्ता गम्भीर आरोप लाग्दा मौन बसेको भन्दै उनको ‘दोहोरो’ चरित्रमाथि टिप्पणी भएको छ।
साथै अख्तियारले अनुसन्धान थालेपछि अध्यागमनका कर्मचारी सरुवा गरिएकोमा पनि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । यस्तो हर्कतले सरकारको सुशासनमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको तर्क छ ।
केही प्रयोगकर्ताले लेखकको नेतृत्वमा सुशासनको अभाव भएको र यस्ता काण्डले सरकारको विश्वसनीयता गिर्दै गएको टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले एक्समा लेखेका छन्, “गृहमन्त्रीले विगतमा अरूलाई नैतिकताको पाठ पढाउँथे, तर आज आफैं यस्तो काण्डमा मुछिएर मौन छन् ।”
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १६:२५
सामाग्री श्रोत :
टेक पाना
डोल्पा– यार्सागुम्बा संकलनका लागि डोल्पा पुगेका दुई समूहबीच झडप भएको छ।
शनिबार दिउँसो ठूली भेरी नगरपालिका – १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानीयहरुबिच झडप भएको हो।
उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो। दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए।
स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको पनि डिएसपी थापाले जानकारी दिए। अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- अमेरिकी अनुसन्धानकर्ताहरूको भनाइ अनुसार, लामखुट्टेहरूमा संक्रमण हटाउनका लागि तिनीहरूलाई मलेरियाको औषधी दिनु उपयुक्त हुनेछ। जसले गर्दा तिनीहरूले यो रोग फैलाउन सक्ने छैनन्।
पोथी लामखुट्टेले टोकेपछि मलेरियाका परजीवी (पारासाइट) मानव शरीरमा प्रवेश गर्छन्। यो रोगका कारण हरेक वर्ष विश्वभर करिब छ लाख मानिसहरूको मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका हुन्छन्।
हालसम्म लामखुट्टेहरूमा रहेका परजीवीहरूलाई मार्ने सट्टा कीटनाशक (पेस्टिसाइड) को प्रयोग गरिंदै आएको छ।
तर हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दुईवटा यस्ता औषधी पत्ता लगाएका छन् जसले लामखुट्टेभित्रै रहेका मलेरियाका परजीवीहरूलाई नष्ट गर्न सक्छ। साथै, ती औषधिहरूलाई झुल मा प्रयोग गर्ने दीर्घकालीन योजना बनाइएको छ।
मलेरियाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको राति झुलको प्रयोग गर्नु हो, किनकि मलेरिया फैलाउने लामखुट्टेहरू रातमा सक्रिय हुन्छन्। उच्च जोखिम भएका क्षेत्रहरूमा बालबालिकालाई खोप दिने सल्लाह पनि दिइन्छ।
केही झुलहरूमा इनसेक्टिसाइड प्रयोग गरिन्छ, जसले लामखुट्टेहरूलाई मार्दछ। तर धेरै देशहरूमा लामखुट्टेहरूले ती रसायनप्रति प्रतिरोध क्षमता विकास गरिसकेका छन्, जसका कारण तिनीहरू अब पहिलेजस्तो प्रभावकारी छैनन्।
डा अलेक्जेन्द्रा प्रोबस्टका अनुसार, ‘यसअघि हामीले लामखुट्टेहरूमा भएका परजीवीहरूलाई मार्ने प्रयास नै गरेका थिएनौं, हामी त केवल लामखुट्टेहरूलाई मार्नेमा केन्द्रित थियौं।’
तर अब त्यो दृष्टिकोण प्रभावकारी नरहेको उनी बताउँछिन्। शोधकर्ताहरूले मलेरियाको डीएनएमा के कमजोरीहरू छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। सही औषधि फेला पार्नका लागि, वैज्ञानिकहरूले धेरै सम्भावित औषधिहरूको सूची बनाए, जसबाट २२ वटा छानिए। ती औषधिहरू मलेरियाग्रस्त मादा लामखुट्टेहरूमा प्रयोग गरिए।
‘नेचर’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित यस अनुसन्धानमा दुईवटा औषधिहरू उल्लेख गरिएका छन्, जसले १०० प्रतिशत परजीवीहरूलाई नष्ट गर्न सफल भए।
‘यदि लामखुट्टे झुलसँग सम्पर्कमा आएपछि बाँचिहाल्छ भने पनि, तिनको शरीरमा भएका परजीवी मर्छन्। त्यसैले ती लामखुट्टेले मलेरिया फैलाउन सक्दैनन्,’ डा प्रोबस्ट भन्छिन्।
उनी भन्छिन् कि यो नयाँ र अनौठो दृष्टिकोण हो, जसमा लामखुट्टे मार्ने सट्टा परजीवीहरूलाई लक्षित गरिएको छ।
परजीवीहरूमाथि प्रतिरोध विकास हुने सम्भावना कम हुन्छ, किनभने मानव शरीरमा तिनीहरूको संख्या अर्बौंमा हुन्छ तर लामखुट्टेभित्र ५ भन्दा कम मात्र हुन्छन्।
शोधकर्ताहरूका अनुसार, झुलमा राखिएको औषधिको प्रभाव कम्तीमा एक वर्ष रहन्छ। यो रसायनको तुलनामा सस्तो र दीर्घकालीन उपाय बन्न सक्छ।
हाललाई यो प्रयोग प्रयोगशालामा सफल देखिएको छ। मलेरिया-प्रतिरोधी झुलहरू साँच्चै प्रभावकारी छन् वा छैनन् भन्ने बुझ्नअब यसलाई इथियोपियामा वास्तविक प्रयोगमार्फत् परीक्षण गरिनेछ। ।
यस अध्ययनको पूर्ण निष्कर्ष आउन कम्तीमा ६ वर्ष लाग्ने अनुमान छ। तर प्रारम्भमा नै, झुलमा दुबै (मलेरियाविरोधी औषधि र इनसेक्टिसाइड) प्रयोग गर्ने रणनीति अपनाइनेछ, ताकि कम्तीमा एक उपाय त सफल होस्।
सामाग्री श्रोत :
swasthyakhabar
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ पानीट्यांकी चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।
पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दु्र्घटना भएको हो।
मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो। प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो।
अस्पतालमा उपचारका क्रममा सर्लाही बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीलाई दिउँसो १२ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।
टिपर चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । आजकल अनलाइनमार्फत सामान बिक्री गर्ने स्टोर (ई-कमर्स व्यवसाय) सुरु गर्नु एक निकै नै नाफामूलक र लचिलो व्यावसायिक अवसर बनेको छ । तर, यो व्यवसाय कसरी सुरु गर्ने ? सफल हुन के-कस्ता रणनीति अपनाउनुपर्छ ? र, एउटा प्रभावकारी अनलाइन स्टोर कसरी निर्माण गर्ने ?
यिनै जिज्ञासाहरूलाई सम्बोधन गर्दै यहाँ सफल अनलाइन स्टोर सञ्चालनका लागि नौ मुख्य रणनीतिबारे विस्तृत चर्चा गरिएको छ । यी रणनीतिलाई सही ढङ्गले कार्यान्वयन गरेर तपाईं पनि आफ्नै अनलाइन स्टोर सफलतापूर्वक सञ्चालन गर्न सक्नुहुन्छ ।
व्यापार योजना तयार गर्ने
यस व्यवसायका लागि सबैभन्दा पहिले तपाईंसँग एउटा स्पष्ट व्यापार योजना हुनु जरुरी छ । त्यस व्यापार योजनामा लक्षित ग्राहक समूह, उत्पादन, आम्दानीको मोडेल र लक्ष्य तथा रणनीति राख्नुपर्छ । यस योजनामा तपाईंले आफ्नो लक्षित ग्राहक समूहलाई परिभाषित गर्नुपर्नेछ । त्यसैले तपाईं कुन उमेर समूह, लिङ्ग र स्थानका ग्राहकलाई लक्षित गर्न चाहनुहुन्छ अनि तपाईं सहरी क्षेत्रलाई लक्षित गर्दै हुनुहुन्छ वा ग्रामीण क्षेत्रलाई भन्ने विषय बुझ्नुहोस् ।
त्यसपछि तपाईंले कस्ता प्रकारका उत्पादन बेच्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुपर्छ । खासगरी फेसन, ग्याजेट्स, सौन्दर्य तथा स्वास्थ्य, घर सजावट आदिसँग सम्बन्धित प्रडक्ट बेच्न सक्नुहुन्छ । नेपालको माटो सुहाउँदो मौलिक वा रैथाने उत्पादन बेच्दा त्यो तपाईंका लागि राम्रो विकल्प हुन सक्छ ।
कस्ता प्रडक्ट बेच्ने भन्ने विषय छनोट गर्ने काम तपाईंको बजार अनुसन्धान, प्रतिस्पर्धा, ज्ञान र बजेटमा निर्भर पर्छ । त्यसपछि तपाईंको व्यवसायको आम्दानीको मोडेल निर्णय गर्नुपर्नेछ किनकि तपाईं आफ्नो व्यवसाय कसरी चलाउनुहुन्छ भन्ने कुरा स्पष्ट हुनु जरुरी छ ।
तपाईं प्रत्यक्ष प्रडक्ट बिक्री गर्ने विकल्प रोज्नुहुन्छ वा सब्स्क्रिप्सन मोडेल वा एफिलिएट मार्केटिङको विकल्प रोज्नुहुन्छ भन्ने निर्णय गर्नुहोस् । यसका साथै तपाईंसँग आफ्नो व्यवसायका लागि स्पष्ट वृद्धि रणनीति र लक्ष्य हुनु पनि जरुरी छ । उदाहरणका लागि व्यवसायको पहिलो छ महिनामा तपाईं कसरी सामाजिक सञ्जाल र इन्फ्लुएन्सर मार्केटिङ मार्फत आफ्नो ब्रान्डलाई स्थापित गर्नुहुन्छ भन्नेमा स्पष्ट हुनुपर्छ । त्यस्तै सुरुवाती १२ महिनामा कसरी हजारभन्दा बढी मासिक ग्राहक प्राप्त गर्नुहुनेछ भन्ने कुरा तपाईंलाई थाहा हुनुपर्छ ।
यी सबै बुँदालाई ध्यानमा राखेर तपाईं आफ्नो अनलाइन स्टोरका लागि एक स्पष्ट र बलियो व्यापार योजना तयार गर्न सक्नुहुन्छ । यसले तपाईंलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछ ।
आफ्नो क्षेत्र (Niche) छान्नुहोस्
बजार प्रतिस्पर्धाको बीचमा आफ्नो अनलाइन स्टोरलाई पृथक बनाउन तपाईंले आफ्नो विशेष क्षेत्र (Niche) छान्नुपर्छ । र, यो क्षेत्र छान्दा बजारको माग, प्रतिस्पर्धाको विश्लेषण र आफ्नो रुचि तथा लगाबलाई ध्यान दिनुपर्छ । बजारको माग बुझ्नका लागि तपाईंको उत्पादनको श्रेणीमा ग्राहकको रुचि छ कि छैन, तपाईंले रोज्नुभएको क्षेत्रमा कति सम्भावना छ भन्ने जान्न आवश्यक छ ।
यसका लागि तपाईं गुगल ट्रेन्ड्स (Google Trends) प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा तपाईं कुन प्रडक्ट क्याटेगोरी वा ट्रेन्डको सर्च भोल्युम बढी छ भनेर देख्न सक्नुहुन्छ । यस्तै कीवर्ड रिसर्च टुल्स प्रयोग गरेर पनि मानिसले कुन प्रडक्ट र सेवा बढी खोजिरहेका छन् भनेर जान्न सक्नुहुन्छ । त्यसपछि तपाईंले प्रतिस्पर्धाको पनि विश्लेषण गर्नुपर्नेछ ।
बजारमा तपाईंको क्षेत्रमा पहिलेदेखि नै धेरै स्टोर छन् कि छैनन् ? के तपाईंलाई आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर मिल्नेछ ? र यो प्रतिस्पर्धामा तपाईंले आफ्नो यूएसपी (USP – Unique Selling Proposition) लाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्नेछ । त्यसपछि तपाईंले आफ्नो रुचि र विशेषज्ञतालाई ध्यानमा राख्दै आफ्नो क्षेत्र छनोट गर्नुपर्छ । त्यसपछि मात्र तपाईं आफ्ना ग्राहकलाई राम्रो सेवा दिन सक्नुहुन्छ र व्यवसायलाई पनि बढाउन सक्नुहुन्छ । त्यसैले आफ्नो रुचि र विशेषज्ञता पहिचान गर्नुहोस् र त्यसअनुसार फेसन र कपडा, घर सजावट, ग्याजेट्स र इलेक्ट्रोनिक्स र स्वास्थ्य जस्ता क्षेत्रमध्ये सबैभन्दा राम्रो अवसर भएको क्षेत्र छान्नुहोस् । यसरी सबै पक्ष विश्लेषण गरिसकेपछि राम्रो बिक्री गर्न र नियमित ग्राहक सजिलै बनाउन सक्नुहुन्छ ।
प्लेटफर्म छान्नुहोस्
अनलाइन स्टोर सुरु गर्नका लागि तपाईंले प्लेटफर्म छान्नुपर्छ र यो छनोट गर्दा तपाईंले आफ्नो व्यावसायिक लक्ष्य, बजेट र प्राविधिक सीपलाई ध्यानमा राख्नुपर्छ । तपाईं दुई मुख्य विकल्प मध्येबाट छनोट गर्न सक्नुहुन्छ । एउटा आफैंले होस्ट गर्ने वेबसाइट (Self-hosted websites) र तयारी ई-कमर्स प्लेटफर्म (Readymade e-commerce platforms) । यदि तपाईंसँग प्राविधिक ज्ञान छ र आफ्नो वेबसाइटलाई आफू अनुकूल बनाउन समय र स्रोतसाधन उपलब्ध छ भने तपाईं आफैंले होस्ट गर्ने वेबसाइटको विकल्प रोज्न सक्नुहुन्छ । यो विकल्प बढी लचिलो र आफू अनुकूल बनाउन सकिने खालको हुन्छ ।
यसका लागि तपाईं वर्डप्रेस र वु-कमर्स (WooCommerce) को विकल्प लिन सक्नुहुन्छ । वर्डप्रेसमा तपाईं वेबसाइट बनाउन सक्नुहुन्छ भने वु-कमर्स एक निःशुल्क प्लगइन हो जसको मद्दतले तपाईं अनलाइन स्टोर बनाउन सक्नुहुन्छ । यस्तै ओपनकार्ट (OpenCart) साना र मझौला व्यवसायका लागि र म्याजेन्टो (Magento) ठूला व्यवसायका लागि ओपन सोर्स ई-कमर्स प्लेटफर्म हुन् । अर्को विकल्प हो तयारी ई-कमर्स प्लेटफर्म । यस्ता प्लेटफर्म प्रयोगकर्ता-मैत्री हुन्छन् र तपाईंलाई होस्टिङ र मर्मतसम्भारको चिन्ता लिनु पर्दैन । ब्ल्याङ्सर, ओडु जस्ता प्लेटफर्म प्रयोग गरेर रेडिमेड ईकमर्स प्लेटफर्ममा आफ्नो अनलाइन स्टोर सेटअप गर्न सक्नुहुन्छ ।
डोमेन नेम र होस्टिङ खरिद गर्नुहोस्
अनलाइन स्टोरको अनलाइन भिजिबिलिटी, प्रयोगकर्ता अनुभव र समग्र सफलतामा डोमेन नेम र होस्टिङले प्रत्यक्ष असर पार्छ । त्यसैले यिनीहरू छनोट गर्दा केही कुरामा ध्यान दिनुहोस् । डोमेन नेम भनेको तपाईंको व्यवसायको अनलाइन ठेगाना हो । त्यसैले यो पृथक र सबैको नजरमा पर्ने किसिमको हुनुपर्छ । उदाहरणका लागि महको व्यापार गर्दै हुनुहुन्छ भने ‘honeystore.com’ जस्तो डोमेन नेम राख्नुहोस् ।
डोमेन नेम यस्तो छान्नुहोस् जुन आकर्षक र सम्झन सजिलो होस् । र, त्यो तपाईंको व्यवसायसँग सम्बन्धित हुनुका साथै उच्चारण गर्न पनि सजिलो होस् । यसमा हाइफन (-) र अंकहरूको प्रयोग नगर्दा राम्रो हुन्छ र सम्भव भएमा ‘.com’ एक्सटेन्सन छान्नुहोस् । यसका लागि तपाईं कैलाश क्लाउड, नेस्ट नेपाल, बबाल होस्ट, हिमालय होस्ट जस्ता नेपाली डोमेन प्रदायक कम्पनीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
त्यसपछि वेब होस्टिङ छान्नुहोस् । यो होस्टिङ सेवाले तपाईंको वेबसाइटलाई इन्टरनेटमा लाइभ राख्छ र तपाईंले आफ्नो वेबसाइटका लागि छिटो, भरपर्दो र सुरक्षित होस्टिङ सेवा छान्नुपर्छ । यसले गर्दा तपाईंको स्टोर सहज रूपमा चल्न सक्छ । यसका लागि माथि उल्लेख भएका डोमेन प्रदायकसँग सम्पर्क गर्न सक्नुहुन्छ । यदि डलर कार्ड वा पेपालको विकल्प छ भने विदेशी प्लेटफर्म पनि छान्न सक्नुहुन्छ ।
यसरी तपाईं डोमेन र होस्टिङ खरिद गर्न सक्नुहुन्छ र आफ्नो खरिद गरिएको डोमेनलाई आफ्नो होस्टिङ खातामा जोड्न सक्नुहुन्छ ।
अनलाइन स्टोर सेटअप गर्नुहोस्
अब तपाईं आफ्नो अनलाइन स्टोर सेटअप गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले स्टोरको डिजाइन, उत्पादनको सूची, भुक्तानी गेटवेको इन्टिग्रेट र डेलिभरी विकल्प छान्नुपर्ने हुन्छ । तपाईंको स्टोरको डिजाइन सरल र प्रयोगकर्ता-मैत्री हुनुपर्छ ताकि आगन्तुकलाई चलाउन सजिलो होस् । तपाईंको उत्पादन सजिलै फेला पार्न सकियोस् र वेबसाइटको रूपरेखा पनि निकै प्रयोगकर्ता-मैत्री होस् । तपाईंको स्टोर मोबाइल-मैत्री पनि हुनुपर्छ र तपाईंको स्टोरको थिमले तपाईंको ब्रान्डको पहिचान झल्काउनुपर्छ ।
यी सबै कुरालाई ध्यानमा राखेर स्टोर डिजाइन गर्नुहोस् । त्यसपछि उत्पादन सूचीकरणका लागि उच्च गुणस्तरका उत्पादन तस्वीर नै अपलोड गर्नुहोस् । हरेक उत्पादनका लागि विस्तृत विवरण प्रदान गर्नुहोस्, जसमा उत्पादनको आकार, नाप, सामग्री, रङ विकल्प र ढुवानी विवरण जस्ता जानकारी समावेश हुनुपर्छ । त्यसपछि भुक्तानी गेटवे एकीकरण गर्दा ग्राहकका लागि विभिन्न भुक्तानी विकल्पहरू दिनुहोस् जुन सुरक्षित र प्रयोगकर्ता-मैत्री पनि हुन् । यसका लागि ईसेवा, खल्ती, आईएमई पे, हाम्रो पे, नेपाल पे, कनेक्ट आईपीएस जस्ता विकल्प राख्न सक्नुहुन्छ । र, तपाईंको स्टोरमा डेलिभरी विकल्प र ढुवानी सेटिङ मिलाउनु पनि जरुरी छ । ढुवानी क्षेत्र, ढुवानी लागत र डेलिभरी समय जस्ता विवरण तपाईंले स्टोरमा उल्लेख गर्नुपर्ने हुन्छ ।
यसका लागि तपाईं नेपाल क्यान मुभ, उपाय, पिक एन्ड ड्रप्स नेपाल आदि प्रयोग गर्न सक्नुहुन्छ ।
उत्पादन मौज्दात र आपूर्ति व्यवस्थापन
आफ्नो अनलाइन स्टोरका लागि यदि तपाईं आफै उत्पादन (manufacturing) गर्नुहुन्न भने आफ्ना उत्पादनका लागि तपाईंले भरपर्दा आपूर्तिकर्ता छनोट गर्नुपर्नेछ । यसका लागि तपाईंले आफ्ना उत्पादन ड्रप शिपिङ मोडेलमार्फत बेच्न चाहनुहुन्छ वा आफ्नो मौज्दात आफैं व्यवस्थापन गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुपर्छ । किनकि ड्रप शिपिङ मोडेलमा तपाईंले मौज्दात आफैं व्यवस्थापन गर्नुपर्दैन । जब ग्राहकले तपाईंको अनलाइन स्टोरबाट उत्पादन किन्छ तब तपाईंको आपूर्तिकर्ताले सीधै ग्राहकलाई उत्पादन डेलिभर गरिदिन्छ । तपाईंले केवल उत्पादनको सूचीकरण, बजारीकरण र बिक्रीमा ध्यान केन्द्रित गर्नुपर्छ । यो मोडेलमा प्रारम्भिक लगानी कम हुन्छ ।
यदि तपाईं आफैं उत्पादन व्यवस्थापन गर्नुहुन्छ भने तपाईंले स्थानीय आपूर्तिकर्तासँग साझेदारी गर्नुपर्ने हुन्छ । यसमा आफ्नो मौज्दात व्यवस्थापन गर्नका लागि तपाईंसँग गोदाम वा भण्डारण ठाउँ हुनु जरुरी हुन्छ । यो मोडेल प्रयोग गर्नाले तपाईं छिटो डेलिभरी गर्न सक्नुहुन्छ र आफ्ना उत्पादनको गुणस्तर सिधै निगरानी गर्न सक्नुहुन्छ । अब तपाईंको लागि कुन मोडेल सही रहन्छ, यो तपाईं आफैं निर्णय गर्नुहोस् ।
कानुनी आवश्यकताहरू पूरा गर्नुहोस्
२ वैशाख २०८२ देखि नेपालमा विद्युतीय व्यापार (ई-कमर्श) कानून) कार्यान्वयनमा आएको छ । अनलाइन स्टोर सञ्चालन गर्नका लागि तपाईंले केकस्ता मापदण्ड पूरा गर्नुपर्छ भन्ने विस्तृतमा बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
तपाईंले आफ्नो व्यवसायको सहज सञ्चालन र सुरक्षाका लागि कानुनी आवश्यकता पूरा गर्नु पनि जरुरी हुन्छ । त्यसैले तपाईंले व्यवसाय दर्ता, कर, नियम र सर्त र ई-कमर्स कानुनलाई ध्यान दिनुहोस् । आफ्नो व्यवसाय दर्ता गर्नुहोस् । दर्ता गर्दा एकल स्वामित्व (Sole Proprietorship), साझेदारी (Partnership) वा सीमित दायित्व कम्पनीको रूपमा दर्ता हुन सक्छ ।
आफ्नो व्यवसाय अनुसार तपाईंले बिक्री कर र आयकर जस्ता कर दायित्वलाई पनि बुझ्नुपर्छ । आफ्नो अनलाइन स्टोरका नियम र कानुन बताउनका लागि तपाईंले एक स्पष्ट नियम र सर्तको पेज (Terms and Conditions page) पनि बनाउनुपर्छ । र यसका साथै, गोपनीयता नीति (Privacy Policy) र फिर्ता तथा सटही नीति (Refund and Return Policies) का लागि पेज बनाउनु पनि जरुरी छ । यदि तपाईं आफैंले बनाएका उत्पादनहरू बेच्दै हुनुहुन्छ भने,\ आफ्नो ब्रान्डलाई सुरक्षित गर्न बौद्धिक सम्पत्ति (IP) संरक्षणको प्रयोग गर्नुहोस् । यसका लागि आफ्नो ब्रान्ड नाम, लोगो, र मौलिक उत्पादन डिजाइनको ट्रेडमार्क गराउनुहोस् । यसका साथै आफ्नो व्यवसाय अनुसार ई-कमर्स नियमहरू पनि पूरा गर्नुहोस् ।
बजारीकरण र प्रवर्द्धन रणनीति
आफ्नो अनलाइन स्टोरलाई सफल बनाउन बजारीकरण (Marketing) धेरै महत्त्वपूर्ण छ । किनकि बजारीकरण मार्फत नै तपाईं आफ्ना उत्पादनलाई सम्भावित ग्राहकसम्म पुर्याउन सक्नुहुन्छ र आफ्नो ग्राहक आधार निर्माण गर्न सक्नुहुन्छ । यसका लागि तपाईं सोसल मिडिया मार्केटिङ, ईमेल मार्केटिङ, इन्फ्लुएन्सर मार्केटिङ, एसईओ र सशुल्क विज्ञापन रणनीति प्रयोग गर्न सक्नुहुन्छ । सोसल मिडिया मार्केटिङका लागि तपाईं इन्स्टाग्राम, फेसबुक, पिन्टरेस्ट र एक्स जस्ता प्लेटफर्ममा आफ्ना उत्पादन पोस्ट गर्न सक्नुहुन्छ ।
ईमेल मार्केटिङका लागि तपाईं आफ्नो वेबसाइटमा आगन्तुकबाट ईमेल सङ्कलन गर्न सक्नुहुन्छ र आफ्ना ग्राहकलाई नियमित न्यूजलेटर पठाउन सक्नुहुन्छ । साथै व्यक्तिगत ईमेल मार्फत अफर र रिमाइन्डर पठाउन सक्नुहुन्छ । यस्तै तपाईं आफ्नो क्षेत्रसँग सम्बन्धित प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सरहरू) को मद्दतले इन्फ्लुएन्सर मार्केटिङ पनि गर्न सक्नुहुन्छ । आफ्नो अनलाइन स्टोर अर्थात् वेबसाइटलाई एसईओ-मैत्री बनाएर तपाईं वेबसाइटको सामग्रीलाई अप्टिमाइज गर्न सक्नुहुन्छ जसले गर्दा ग्राहकसम्म यसको पहुँच बढाउन सकिन्छ । र सशुल्क विज्ञापन रणनीति प्रयोग गर्दै तपाईं फेसबुक एड्स र गुगल एड्स मार्फत आफ्नो स्टोरको प्रवर्द्धन गर्न सक्नुहुन्छ ।
ग्राहक सहायता र विश्लेषणलाई महत्त्व दिनुहोस्
ग्राहक सहायताको गुणस्तरले तपाईंको स्टोरको प्रतिष्ठामा सीधै असर पार्छ । त्यसैले आफ्ना ग्राहकलाई समयमै र सहयोगीपूर्ण सहायता दिनुहोस् । र प्रभावकारी ग्राहक सहायताका लागि तपाईं आफ्नो वेबसाइटमा लाइभ च्याट सुविधा थप्न सक्नुहुन्छ । त्यसका लागि एक सहायता ईमेल एड्रेस बनाउन सक्नुहुन्छ र प्रायः सोधिने प्रश्न (FAQs) को खण्ड बनाएर त्यसमा सामान्य जिज्ञासा र समस्याको समाधान दिन सक्नुहुन्छ ।
यस्तै आफ्नो स्टोरको प्रदर्शनलाई निरन्तर निगरानी गर्नु पनि धेरै जरुरी छ ताकि तपाईं आफ्ना रणनीतिमा सुधार गर्न सक्नुहोस् र आफ्नो व्यवसायलाई बढाउन सक्नुहोस् । नियमित पर्फमेन्स ट्रयाक गर्न गुगल एनालिटिक्स प्रयोग गरेर आफ्नो वेबसाइटको ट्राफिक, प्रयोगकर्ताको व्यवहार र रूपान्तरण दरलाई ट्र्याक गर्न सक्नुहुन्छ । यसले गर्दा कुन पेजमा बढी भिजिटर आइरहेका छन् र कुन प्रडक्ट खरिद गरिरहेका छन् भन्ने थाहा हुन्छ । र, त्यही अनुसारका प्रडक्ट राखेर अनलाइन स्टोरलाई विस्तार गर्न सकिन्छ । सर्वेक्षण र समीक्षामार्फत ग्राहक प्रतिक्रिया पनि लिनुहोस् । यसो गर्दा तपाईंलाई आफ्ना उत्पादन र सेवामा सुधार गर्न मद्दत मिल्छ ।
यसरी आफ्नो अनलाइन व्यवसाय स्टोर सुरु गर्नका लागि तपाईं यी नौ प्रभावकारी तरिका अपनाउन सक्नुहुन्छ । अर्थात् आफ्नो अनलाइन स्टोर खोल्नका लागि तपाईं व्यापार योजना तयार गर्नुहोस्, आफ्नो क्षेत्र छान्नुहोस्, प्लेटफर्म छान्नुहोस्, डोमेन नेम र होस्टिङ खरिद गर्नुहोस्, अनलाइन स्टोर सेटअप गर्नुहोस्, उत्पादन मौज्दात र आपूर्ति व्यवस्थापन गर्नुहोस्, कानुनी आवश्यकता पूरा गर्नुहोस्, बजारीकरण र प्रवर्द्धन रणनीतिहरू बनाउनुहोस् र ग्राहक सहायता तथा विश्लेषणलाई महत्त्व दिनुहोस् । यसरी यी विविध तरिका अपनाएर तपाईं आप्नो व्यवसायलाई सफल बनाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १३:५१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत कास्कीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्याबारे प्रचण्डलाई ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेका छन्।
उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ