
मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालले उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। एक अर्को विषयमा नेता कोइरालाले हिन्दू राष्ट्र तथा राजतन्त्रको बहस गर्नुको साटो मुलुकमा सुशासन कायम गरी आर्थिक समृद्धि ल्याउनेतर्फ लाग्न सबैको ध्यान जानु आवश्यक भएको विचार राखे।
यसैगरी उनले पार्टीको महाधिवेशन तोकिएकै समयमा गराउन आमपार्टी कार्यकर्ताले दबाब दिनुपर्नेमा जोड दिए। नेता डा कोइरालाले हाल चर्चामा रहेको अध्यागमन ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको कुरा बाहिर आएकाले यस विषयमा आफूलाई निष्पक्ष देखाउन पनि मन्त्री रमेश लेखकले छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए। त्यतिञ्जेल पदबाट राजीनामा दिए राम्रो सन्देश जाने उनको जिकिर थियो।
सामाग्री श्रोत :
‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले आउँदो ३० जेठ मा ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) आयोजना गर्दैछ । विश्वविद्यालयले स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज तथा साइन्स एन्ड टेक्नोलोजीबाट स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।
समारहोमार्फत दीक्षित हुन चाहनेले ११ जेठ अर्थात् भोलिसम्म आवेदन फाराम बुझाउने अन्तिम म्याद रहेको छ ।
इच्छुक विद्यार्थीहरूले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । आवेदनका लागि आवश्यक शुल्क बैंक भौचर र स्क्यान गरिएको कागजातहरू अपलोड गर्नुपर्नेछ ।
दीक्षान्त समारोहको विस्तृत कार्यक्रमबारे जानकारी पछि सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ २१:४३
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी– संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन्।’हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ?’
अमेरिकी र जापानी वैज्ञानिकहरूका छुट्टाछुट्टै समूह त्यो गुह्य पत्ता लगाउन भनेर मेहनतका साथ लागेका छन्।
ब्रह्माण्डको सृष्टिबारे अहिले प्रचलित सिद्धान्तले हामीले देख्ने वा हाम्रो सेरोफेरोमा भएका ग्रह, तारा र आकाशगङ्गाको अस्तित्वको कारणलाई व्याख्या गर्न सक्दैन। उत्तर फेला पर्ने आशामा दुवै टोलीले ‘न्यूट्रिनो’ भनिने सब-एटमिक सूक्ष्मकणको अध्ययन गर्न र त्यस्ता कण फेला पार्न सक्ने एउटा उपकरण ‘डिटेक्टर’ बनाउँदै छन्।
साउथ डकोटामा अमेरिकाको नेतृत्वमा सञ्चालित सहकार्यमा जमिनमुनि निकै तल गरिने विभिन्न प्रयोगले ब्रह्माण्डको सृष्टिको रहस्योद्घाटन हुन सक्ने आशा गरिएको छ। यो प्रयोगका लागि वैज्ञानिकहरू जमिनभन्दा १,५०० मिटर तल तीनवटा विशाल भूमिगत गुफामा जाने छन्।
यो संरचना यति विशाल छ कि त्यससँग तुलना गर्दा निर्माण गर्ने प्राविधिकहरू र तिनले प्रयोग गरेका बुल्डोजरहरू साना खेलौनाजस्ता देखिन्छन्। उक्त प्रयोगलाई ‘डीप अन्डर्ग्राउन्ड न्यूट्रिनो एक्स्पेरिमन्ट’ (DUNE) अथवा ‘ड्यून’ नामकरण गरिएको छ।
यो परियोजनाका विज्ञान निर्देशक डा ज्यारेट हाइजले ती गुफालाई “विज्ञानको गिर्जाघर”को सङ्ज्ञा दिएका छन्।
उनी झन्डै १० वर्षदेखि स्यान्फर्ड अन्डर्ग्राउन्ड रिसर्च फसिलटी (SURF – सर्फ) मा ती गुफाको निर्माणमा संलग्न छन्। ड्यूनमा बाहिरबाट ध्वनि र विकिरण नजाने बनाइएको छ। अहिले ड्यून अर्को चरणका लागि तयार छ।
“हाम्रो अस्तित्वको कारण बुझ्न लालायित, विभिन्न ३५ देशका १,४०० वैज्ञानिकहरूको सहकार्यमा प्रयुक्त उपकरणहरूको सहयोगमा हामी यस्तो ‘डिटेक्टर’ बनाउन लागेका छौँ जसले ब्रह्माण्डबारे हाम्रो ज्ञानलाई परिवर्तन गरिदिने छ,” उनले भने।
ब्रह्माण्डको सृष्टि हुँदा दुई खालका कणहरू उत्पन्न भएका मानिन्छ।
तारा, ग्रह र हाम्रो सेरोफेरोमा देखिने सबै कुरा ‘म्याटर’ अर्थात् पदार्थबाट बनेका छन्। त्यही परिमाणमा विपरीत कणहरू बने, जसलाई ‘एन्टिम्याटर’ अर्थात् प्रतिपदार्थ भनिन्छ।
सिद्धान्ततः तिनले एकअर्कालाई नष्ट गरिदिनुपर्ने हो। त्यसो हुँदा ठूलो परिमाणमा ऊर्जा निस्किन्थ्यो र विस्फोटन हुन्थ्यो। तर त्यसो हुँदैन। पदार्थ जोगिएको छ, हामी बनेका छौँ।
‘पदार्थ’ कसरी जोगियो भन्ने प्रश्नको उत्तर ‘न्यूट्रिनो’ र त्यसको विपरीत गुण भएको प्रतिपदार्थ ‘एन्टि-न्यूट्रिनो’को अध्ययनबाट प्राप्त हुन सक्ने वैज्ञानिकहरू ठान्छन्।
इलिनोईमा स्थापित भूमिगत संरचनाबाट वैज्ञानिकहरूले ती दुवै खालका कणका पुञ्जहरू प्रसारित गर्ने छन्।
तिनलाई ८०० माइल टाढा साउथ डकोटामा भएका ‘डिटेक्टर’हरूले पत्ता लगाउने छन्।
आफ्नो यात्राका क्रममा न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा केही परिवर्तन हुन्छ।
वैज्ञानिकहरू न्यूट्रिनो र एन्टि-न्यूट्रिनोमा हुने परिवर्तनहरू भिन्न हुन्छन् कि हुँदैनन् भनेर पत्ता लगाउन चाहन्छन्।
त्यस्तो परिवर्तनमा भिन्नता रहेछ भने उनीहरूले पदार्थ र प्रतिपदार्थले एकअर्कालाई किन नष्ट गर्दैनन् भन्ने प्रश्नको उत्तर प्राप्त हुने बताएका छन्।
ड्यूनमा सहभागी ससिक्स यूनिभर्सिटीकी डा केट शअ अब पत्ता लाग्न सक्ने तथ्य ब्रह्माण्डबारे हाम्रो ज्ञान र मानिसको आफूबारे विद्यमान धारणालाई “रूपान्तरण” गरिदिने ठान्छिन्।
“यी ठूला प्रश्नहरू खोतल्न हामीसँग अहिले प्रविधि, इन्जिनिअरिङ र कम्प्युटरको सीप छ। यो निकै रोचक कुरा हो,” उनी भन्छिन्।
प्रतिस्पर्धा
उता ९,६५० किलोमिटर टाढा जापानमा वैज्ञानिकहरू तिनै प्रश्नको उत्तर खोज्न सुनौला ‘ग्लोब’ प्रयोग गर्दै छन्। यो प्रयोगशालाको भव्यताले यसलाई ‘विज्ञानको मन्दिर’ जस्तो बनाइदिएको छ।
जापानी वैज्ञानिकहरू ‘हाइपर-के’ निर्माण गर्दै छन्। यो प्रयोगशाला त्यहाँ जापानमा अहिले विद्यमान ‘सूपर-के’ न्यूट्रिनो डिटेक्टरभन्दा विशाल र अझ उन्नत हुने बताइन्छ।
जापानी वैज्ञानिकहरूको नेतृत्वमा रहेको प्रयोगशाला तीन वर्षभित्र न्यूट्रिनोको पुञ्ज प्रसारित गर्न सक्ने अवस्थामा पुग्ने छ। तर त्यो चरणमा पुग्न अमेरिकी परियोजनालाई अझ केही वर्ष लाग्ने छ।
ड्यूनजस्तै हाइपर-के पनि अन्तर्राष्ट्रिय सहकार्यको परियोजना हो।
लन्डनस्थित इम्पिरिअल कलेजका डा मार्क स्कट आफ्नो टोली ब्रह्माण्डको उत्पत्तिबारे अहिलेसम्मकै एउटा गुह्यतम कुरा पत्ता लगाउन सक्ने “बलियो अवस्थामा भएको” ठान्छन्।
“हामीले पहिला काम थाल्यौँ र हामीसँग एउटा अझ ठूलो ‘डिटेक्टर’ छ। त्यसैले हामीले ड्यूनले भन्दा चाँडै बढी सङ्केत पाउन सक्छौँ,” उनी भन्छन्।
“यी दुइटै प्रयोग एउटै समयमा हुनु भनेको वैज्ञानिकहरूले एउटाबाट मात्र भन्दा बढी ज्ञान पाउँछन् भन्ने हो,” उनले भने, “म पहिला त्यो स्थानमा पुग्न चाहन्छु!”
तर ड्यून परियोजनामा संलग्न तथा क्वीन मेरी यूनिभर्सिटि अफ लन्डनकी वैज्ञानिक डा लिन्डा क्रेमोनेसीका अनुसार पहिलो हुनु भनेको जापानको नेतृत्वमा रहेको टोलीले ब्रह्माण्डमा के हुँदै छ भन्ने कुराको पूरै भेउ पाउँछ भन्ने होइन।
“त्यहाँ प्रतिस्पर्धाको भाव छ। तर न्यूट्रिनो र एन्टि-न्यूट्रिनोले किन भिन्न गुण देखाउँछन् भन्ने कुरा बुझ्न आवश्यक पर्ने सबै अवयव अझै ‘हाइपर-के’सँग छैन,” उनी भन्छिन्।
दुइटा परियोजनाबीच प्रतिस्पर्धा चलेको छ। परिणाम केही वर्षभित्र हात पर्ने अपेक्षा गरिएको छ। तर अहिले भने हामीलाई अस्तित्वमा ल्याउने समयको आरम्भ हुँदा के भएको थियो भन्ने कुरा भने रहस्यकै गर्भमा छ।बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न भएका छन्।
धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै पार्टी सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन्। विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए। यही जेठ महिनाभित्र जनसंगठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए।
निर्वाचन आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ। ठूला जनसंगठनको १५१ केन्द्रीय कमिटी र साना जनसंगनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन दिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ स्मार्टफोन ‘१५एस प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक आफ्नै चिपसेट ‘एक्सरिङ ओ-वन’ प्रयोग गर्दै यो फोन बिहीबार सार्वजनिक गरेको हो ।
फोनमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७३ इन्चको टुके ओएलईडी एलटीपीओ डिस्प्ले दिइएको छ । यसमा एल्युमिनियम फ्रेम प्रयोग गरिएको छ ।
साओमी १५एस प्रो मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ५० मेगापिक्सेलकै फाइभ एक्स टेलिफोटो क्यामेरा जडान गरिएको छ । सबै क्यामेरामा लाइका सुमिल्क्स लेन्स प्रयोग गरिएको कम्पनीले जनाएको छ । साथै, तस्वीरको गुणस्तर उत्कृष्ट बनाउनका लागि ‘एक्सरिङ ओ-वन आईएसपी भी४’ इमेजिङ प्रोसेसर समावेश गरिएको छ ।
पछाडिको क्यामेराले एटके (8K) २४ एफपीएस, फोरके ३०/६० एफपीएस र १०८०पिक्सेलमा ९६० एफपीएस सम्मको भिडिओ खिच्न सक्ने दाबी कम्पनीले गरेको छ । फ्रन्टमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ, जसले फोरके ६० एफपीएस भिडिओ रेकर्ड गर्न सक्छ ।
यस स्मार्टफोनमा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर, ६१०० एमएएच क्षमताको ब्याट्री र ९० वाट वायर्ड तथा ५० वाट वायरलेस चार्जिङ सुविधा छ ।
फोनमा १६ जीबी र्याम दिइएको छ भने ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा दुई ओटा सिम प्रयोग गर्न सकिन्छ । साथै, एन्ड्रोइड १५ र हाइपर ओएस २.० अपरेटिङ सिस्टम समावेश गरिएको छ ।
अडियो पक्षमा फोनमा स्टेरियो स्पिकर, डल्बी एट्मस सपोर्ट र चार ओटा माइक्रोफोन छन् । यसले आईपी ६८ रेटिङ पाएकोले पानी र धुलोबाट सुरक्षित रहने बताइएको छ । फोनले ब्लुटुथ ५.४, वाईफाई ७ (८०२.११), डुअल फोरजी भीओएलटीई र एनएफसी जस्ता फिचरहरू सपोर्ट गर्छ ।
यस फोनको सुरुवाती मूल्य ५,४९९ चिनियाँ युआन (झन्डै एक लाख पाँच हजार नेपाली रुपैयाँ) तोकिएको छ । यो फोन बिहीबारदेखि चिनियाँ बजारमा उपलब्ध भइसके पनि विश्वबजारमा कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले जानकारी दिएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १७:५७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनताको अधिकारकानाममा समाज विकासका लागि महत्त्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए ।
‘जनताको अधिकारको लागि जिल्लामा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्त्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला,’ सिटौलाले भने ।
त्यस प्रकारका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।
‘यस्ता प्रकृतिका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको रियलाइज पनि गर्दछन् । कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्,’ उनले भने, ‘कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन् । तर जे होस्, पञ्चायत कालदेखि जनताको अधिकारको लागि नेपाली काँग्रेस संगठित भएर लागेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न संकट उत्पन्न भएको बताएका छन्।
पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ८ कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देश र जनताका पक्षमा क्रियाशील कम्युनिष्ट पार्टीले विगतका अनुभवबाट सिक्दै गल्ती तथा कमजोरीलाई सच्याएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।
सम्मानित नेता खनालले सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै आफ्नो पार्टीका तर्फबाट नेपाली मौलिकता र विशेषतालाई दृष्टिगत गरी ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको उल्लेख गरे। उनले आर्थिक र सामाजिक विकासको आधारमा समानता, सामाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्था विकास गर्नुपर्नेमा जोड दिए।
सांगठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नेता खनालले सांगठनिक हितका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
सामाग्री श्रोत :
सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि अनलाइन माध्यमबाट करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
केन्द्रका अध्यक्ष महावीर पुनले शनिबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनका अनुसार आइतबार (भोलि) साँझ ८ बजेदेखि सञ्चालन हुने यो अनलाइन कार्यक्रममा विद्यार्थीका साथै अभिभावकले पनि सहभागिता जनाउन सक्नेछन् ।
“+२ पछिको अध्ययन र भविष्यका बारेमा अन्योलमा रहेका विद्यार्थीलाई विभिन्न करियर विकल्पहरू प्रस्तुत गरी सही मार्गनिर्देशन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष पुनले आफ्नो पोस्टमा लेखेका छन्, “शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायत विभिन्न क्षेत्रका विज्ञले सहभागीलाई आफ्नो अनुभव, ज्ञान र नवीनतम अवसरहरूबारे जानकारी गराउनुहुनेछ ।”
इच्छुक विद्यार्थी तथा अभिभावकलाई कार्यक्रममा सहभागी हुन अनलाइन फारममार्फत आवेदन दिन उनले आग्रह गरे । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १९:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
यता, गृह मन्त्रालयले भने शनिबार नै एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणमा मन्त्री लेखकको कुनै संलग्नता नभएको दाबी गरेको छ । त्यस्तै, अख्तियारबाट हुने सबै प्रकारका छानबिनमा सहयोग गर्ने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजार भन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
राज्य आपतकालीन सेवाका प्रमुख सुपरिटेन्डेन्ट पल म्याकक्विले आज बिहान पत्रकारहरूलाई जानकारी दिँदै भने, ‘क्षतिको विस्तृत मूल्याकंनका लागि हाम्रो टोलीहरू सक्रिय रूपमा खटिने छन्। यो अवस्था अझै पनि जोखिमपूर्ण भएकाले सबै जनालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछु।’
उनले थप भने, ‘पानी पूर्ण रूपमा नघटेसम्म र जनताले सुरक्षित रूपमा आफ्ना घर तथा समुदायमा फर्कन सक्ने अवस्था नबनेसम्म हामी कसैलाई पनि घर फर्कन अनुमति दिन सक्दैनौं।’
यसैबीच, न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रको एक सम्पत्तिमा जलेको सवारी साधनभित्र एक व्यक्तिको शव फेला परेको छ।
यो घटनाले पछिल्लो पाँच दिनदेखिको लगातार वर्षाका कारण उत्पन्न बाढी संकटमा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको पुष्टि गरेको छ।
सामाग्री श्रोत :
अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको ठूलो प्रकोप, हजारौं घर प्रभावित