
काठमाडौँ । अमेरिकी चिप कम्पनी एनभिदियाले चिनियाँ बजारलाई लक्षित गर्दै सस्तो चिप उत्पादन गर्ने भएको छ । यसअघि अमेरिकी सरकारको निर्देशनअनुसार कम्पनीले आफ्नो एच१०० मोडेलको चिप चीनमा निर्यात गर्न रोक लगाएको थियो । अब भने कम्पनीले चिनियाँ बजारका लागि पुनः चिप उत्पादन गर्न लागेको हो । यो चिप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।
रोयटर्समा प्रकाशित समाचारअनुसार एनभिदियाले आगामी जुन महिनाभित्र चिप उत्पादन सुरु गर्नेछ । नयाँ चिपको मूल्य ६,५०० देखि ८,००० अमेरिकी डलरसम्म पर्नसक्ने अनुमान छ । अघिल्लो एच१०० मोडेलको मूल्य १०,००० देखि १२,००० अमेरिकी डलरसम्म थियो ।
नयाँ चिप आरटीएक्स प्रो ६०००डी मोडेलमा आधारित हुने र सर्भर-क्लास ग्राफिक्स प्रोसेसर प्रयोग गरी तयार गरिने बताइएको छ । तर, यसमा नयाँ एड्भान्स्ड ब्यान्डविथ मेमोरी (एचबीएम) को साटो पुरानो जीडीडीआर७ मेमोरी प्रयोग हुनेछ ।
यी विवरणका आधारमा यो चिप सस्तो मात्र नभइ कार्यक्षमताको हिसाबले पनि तुलनात्मक रूपमा कमजोर रहने देखिन्छ । यद्यपि, चिपका थप प्राविधिक विवरण अझै बाहिर आएका छैनन् ।
यस विषयमा रोयटर्ससँगको कुराकानी कम्पनीका प्रवक्ताले आफूहरूले यो नयाँ उत्पादनमा काम नै गरिरहेको र उत्पादनले अमेरिकी सरकारको अनुमति नपाउँदासम्म केही जानकारी दिन नसक्ने बताएका छन् । तर आफूहरूले चीनको ५० अर्ब डलर बराबरको डेटा सेन्टरको बजारलाई हेरेर चिप उत्पादन गर्ने तयारी गरिरहेको उनले उल्लेख गरे ।
एनभिदियाको लागि चीन धेरै ठुलो बजार थियो । तर सरकारले लगाएको प्रतिबन्धसँगै कम्पनीको बजारमा धक्का लागेको छ । एकातिर एनभिदिया चिनियाँ बजार फर्काउने प्रयासमा छ भने अर्कोतिर चीन आफैँ बलियो हुँदै गइरहेको छ । अमेरिकी प्रतिबन्धले चीनलाई प्रविधिको क्षेत्रमा आत्मनिर्भर हुनका लागि थप प्रोत्साहन मिलेको विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १५:४२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानूनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गरेका हुन्।
अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमानाकाहरुमा पर्यटकलाई प्रवेशमा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। उनले सार्वजकि खरिद ऐन र अन्य नियमहरुमा व्यवसाय र काम गर्नका लागि कुनै बाधा छ भने परिवर्तन गर्न सरकार तयार रहेको पनि स्पष्ट गरे।
उनले भने, ‘हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोशिश गरिरहेका छौँ। सम्पर्क सञ्जाल विस्तार गरिएको छ। नेपाल अब दुर्गम रहेन। जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ। चीनसँग १४ नाका खोलिएको छ। किमाथांका नाकामा पुल बन्दैछ। केही पनि नभएका ठाउँमा एकै पटक सबैथोक गर्न पर्दा समय लाग्छ। केही पनि भएन भनेर आत्मश्लाघा लिनुपर्ने अवस्था छैन। सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रुपमा पर्यटनलाई अघि बढाऔँ।’
प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) राखिएकामा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
छलफलमा काडमाडौँ–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौँ–धुलिखेललगायत मुख्य सडकहरु समयमै निर्माण, सीमानाकाहरुबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाइ सम्पर्क, विश्वमञ्चमा नेपालको ब्राण्ङिङ, पर्यटन प्रवद्र्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनःसंरचना, सगरमाथा संवाद पश्चातको कार्यान्वयन, गुणस्तरीय लगानी, जनशक्ति व्यवस्थापन, कर तथा मुद्रा सटहीमा सहजता, हिमालयहरुको सफाइ, डिजिटल क्षमता विस्तार र अन्तर निकाय समन्वय वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ।
सङ्घका सम्बन्धित मन्त्रीहरु, प्रदेश सरकारका पर्यटन हेर्ने मन्त्रीहरु, उच्चाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधनका उपायबारे निजी क्षेत्रसमेतबाट प्राप्त सुझावको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबिरुद्ध डा किरन थापाले दायर गरेको रिट खारेज भएको छ। बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले उनले मन्त्रालयलगायतबिरुद्ध दायर गरेको रिट खारेज गरेको हो।
डा थापाको रिटको खारेजीसँगै चिकित्सा शिक्षा आयोगले पीजी म्याचिङ प्रक्रिया थाल्न छलफल गरिरहेको छ।
डा थापाले आफूले पीजी अध्ययन नगरेका कारण तोकिएको बिगो मिनाहा गर्नुका साथै म्याचिङ प्रक्रियामा सहभागी गराउन मुद्दा दायर गरेका थिए। छात्रवृत्तिमा नाम निकालेका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीका लागि सिफारिस भएका थिए।
तर, उनले आफू पीजी अध्ययन नगरेका कारण बिगो मिनाहा र नयाँ म्याचिङ प्रक्रियामा सहभागीताका लागि मुद्दा दायर गरेका हुन्। उनको मुद्दाका कारण पीजीको म्याचिङ प्रक्रिया रोकिएको थियो।
अर्को समूहले दायर गरेको मुद्दा भने फिर्ता लिइएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरुको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए।
उनले भने, ‘लामो समय मैंले पत्रकारितामा बिताए। पत्रकार महासंघको महासचिव हुँदै संसदको चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ। सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाही धेरै विद्वानहरुले भन्न नसकेको कुरा लेखिएको हुन्छ। त्यस्तो कुरा पाठकले मात्र देख्छ। त्यसकारण म तपाईहरुको पाठक हुँ, विद्यार्थी हुँ। संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु। सबैले बाटो देखाइदिनुहोला। मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ।’
यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए।
सामाग्री श्रोत :
काठमाडौँ । सन् २०१७ मा किशोर जिमी डोनाल्ड्सन (मिस्टर बिस्ट) ले युट्युबमा एक अनौठो लाइभ भिडिओ अपलोड गरे । झण्डै ४४ घण्टा लामो उक्त भिडिओमा उनले एकदेखि एक लाख अङ्कसम्म गनिरहेका थिए । युट्युबमा यस्तो ‘स्टन्ट’ देखाउँदै उनी एकाएक भाइरल बने ।
हाल २८ वर्षीय मिस्टर बिस्ट अर्बौं डलरको सम्पत्ति भएका युट्युबर बनेका छन् । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानलका धनी बिस्ट आधिकारिक रूपमा अर्बपतिहरूको सूचीमा परेका छन् । सेलिब्रेटी नेट वर्थ (Celebrity Net Worth) नामक प्लेटफर्मका अनुसार उनी आफ्नै कमाइबाट ३० वर्षभन्दा कम उमेरमै अर्बपति बन्ने एक मात्र व्यक्ति हुन् । उनी कम उमेरका आठौं अर्बपति पनि बनेका छन् ।
हुन त फोर्ब्स म्यागजिनले यसअघि नै मिस्टर बिस्टलाई शीर्ष कन्टेन्ट क्रियटरका रूपमा स्थान दिएको थियो । फोर्ब्सका अनुसार अक्टोबर २०२४ सम्म उनीसँग साढे आठ करोड डलर सम्पत्ति थियो ।
तर, सन् २०२३ मा उनको फास्ट फुड चेन ‘बिस्ट बर्गर’सँग सम्बन्धित एक मुद्दाको अदालती कागजात बाहिर आएपछि उनको वास्तविक सम्पत्तिबारे विवरण बाहिर आएका थिए । ती विवरण अनुसार त्यस वर्ष बिस्टले कूल २२.३ करोड डलर आम्दानी गरेका थिए । त्यस्तै सन् २०२४ मा उनले ७० करोड डलर कमाउने अनुमान गरिएको थियो ।
यी कागजातबाट मिस्टर बिस्ट आधिकारिक रूपमा पहिलो पटक जुन २०२४ मा २६ वर्षको उमेरमा अर्बपति बनेको पुष्टि गरेका थिए । ३० वर्षमुनिका विश्वका १६ अर्बपतिमध्ये उनी कुनै पनि विरासतमा प्राप्त सम्पत्ति बिना पूर्ण रूपमा आफैँले आर्जेको सम्पत्तिले धनाढ्य भएका एक मात्र व्यक्ति थिए ।
हुन त मिस्टर बिस्ट आफ्नो बैंक खातामा १० लाख डलरभन्दा कम राख्ने गरेको बताउँछन् । फेब्रुअरी २०२५ को एक पडकास्टमा उनले आफू कागजमा मात्र अर्बपति भएको र बैंक खातामा वास्तवमा १० लाख डलरभन्दा भएको बताएका थिए । “म अर्बपति हुँ तर कागजमा मात्र,” बिस्टले भनेका थिए, “मसँगै बैंकमा १० लाख डलरभन्दा कम रकम छ । म आफूमा निकै कम खर्च गर्छु ।”
यसबाहेक मिस्टर बिस्टले आफूले जम्मा गरिरहेको सम्पूर्ण सम्पत्ति राख्ने वा हस्तान्तरण गर्ने योजना नबनाएको बताएका थिए । उनी यो सबै सम्पत्ति खाँचोमा परेकालाई दान गर्ने बताउँदै आएका छन् ।
९ डिसेम्बर २०१९ मा उनले एक ट्वीट गरे, “मलाई थाहा छ धेरैले यो कुरा विश्वास गर्दैनन् । तर मेरो जीवनको मुख्य लक्ष्य धेरै पैसा कमाउनु हो,” उनले लेखेका थिए, “त्यसपछि मर्नुअघि सकेसम्म धेरै राम्रो काम गर्दै सबै दान गर्नु हो । म अर्थहीन जीवन जिउन चाहन्नँ । म प्रभाव पार्न चाहन्छु र बुढेसकालमा सन्तुष्ट हुन चाहन्छु !”
नर्थ क्यारोलाइनाका यी युट्युबरले कसरी एक अर्ब डलर कमाए ? मिस्टर बिस्टले १३ वर्षको उमेरमा सन् २०१२ मा युट्युब यात्रा सुरु गरेका थिए । तर, २०१६ को मध्यसम्म उनका लगभग ३० हजार सब्सक्राइबर मात्र थिए । पूर्णरूपमा युट्युबमा जम्ने योजना बनाएपछि उनले कलेज छाडे र पूर्णकालीन रूपमा कन्टेन्ट निर्माणमा जोड दिए ।
हाल उनको मुख्य च्यानलमा ३९ करोड सब्सक्राइबर छन् । यो विश्वकै सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल हो । दोस्रोमा रहेको टी-सिरिजमा मिस्टर बिस्टभन्दा १० करोड कम अर्थात २९ करोड ४० लाख बढी सब्सक्राइबर छन् ।
बिस्टको दोस्रो च्यानल मिस्टर बिस्ट टु मा पाँच करोड बढी सब्सक्राइबर छन् । त्यस्तै बिस्ट रियाक्ट्स नामक च्यानलमा तीन करोड ५७ लाख बढी सब्सक्राइबर छन् । बिस्टले परोपकारी कामका लागि प्रयोग गर्दै आएको युट्युब च्यानल बिस्ट फिलान्थ्रोपीमा दुई करोड ७९ लाख बढी सब्सक्राइबर रहेका छन् । त्यसैगरी मिस्टर बिस्ट गेमिङ नामक च्यानमा चार करोड ७७ लाख बढी सब्क्राइबर रहेका छन् ।
युट्युबको यात्रा सुरु गर्दै गर्दा बिस्ट भिडिओ गेम कमेन्ट्री, रियाक्सन भिडिओ र मिम रियाक्सन जस्ता काम गर्थे । उनले एउटै लाइभ भिडिओमा एक लाख अङ्कसम्म गणमा गरेको भिडिओ सबैभन्दा पहिले भाइरल भएको थियो । त्यसपछि उनले दुई लाखसम्म गन्ने, पूरै शब्दकोश पढ्ने र दश घण्टासम्म एउटै म्युजिक भिडिओ लगातार हेर्ने जस्ता अन्य भाइरल स्टन्ट गरे । मूलतः उनी सर्वसाधारणको ध्यान खिच्न विभिन्न च्यालेन्ज लिन्थे र त्यसैलाई पूरा गर्थे । केही समयपछि उनी ठूला नगद पुरस्कार वितरण पनि गर्न थाले । खासगरी अपरिचित व्यक्तिलाई हजारौं रकम दिने, गाडी तथा घर उपहार दिने काम गर्न थाले ।
डिसेम्बर २०१९ मा उनले एउटा च्यालेन्स आयोजना गरे जहाँ सहभागीले १० लाख डलर नगदको थुप्रोमा आफ्नो हात राख्नुपर्थ्यो । र अन्तिमसम्म हात नहटाउने व्यक्तिले रकम जितेको थियो ।
उनी आफ्ना भिडिओबाट हुने सबै आम्दानी भिडिओ प्रडक्सनमै खर्च गर्ने भएकाले अझ बढी परिचित छ । आम्दानीका लागि उनी एड रेभेन्यु र ब्रान्ड पार्टनरशिपबाट उल्लेख्य रकम कमाउँछन् । र आफ्नो ब्रान्डको प्रयोग गरेर मर्चेन्डाइज पनि बेच्न थालेका छन् ।
रिपोर्टहरू अनुसार २०२३ मा उनले प्रति महिना विज्ञापनबाट करिब १४ लाख डलर कमाएका थिए । र उनी आफ्ना स्पोन्सरबाट प्रति भिडिओ १० लाख डलर लिने गरेको रिपोर्टले देखाएका छन् । त्यस्तै उनले मर्चेन्डाइज बिक्रीबाट करिब पाँच करोड डलर पनि कमाएका थिए ।
सन् २०२० मा उनले आधिकारिक रूपमा आफ्नो पहिलो व्यवसाय ‘मिस्टर बिस्ट बर्गर’ नामक डेलिभरी-वन्ली फास्ट फुड ब्रान्ड सुरु गरेका थिए । त्यो नै उनका लागि सबैभन्दा ठूलो आम्दानीको स्रोत बन्यो । २०२२ मा उनले ‘फिस्टिबल्स’ नामक स्न्याक कम्पनी सुरु गरे । उक्त कम्पनीले सुरुवातमा चकलेट निर्माण र बिक्रीलाई प्राथमिकता दियो भने अहिले यसको क्षेत्र थप विस्तार भएको छ ।
सन् २०२३ मा मिस्टर बिस्ट टाइमको विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा अटाएका थिए । २०२४ मा उनी फोर्ब्सको सूचीमा सबैभन्दा बढी कमाउने युट्युबरका रूपमा जोडिएका थिए ।
नेपालको सिन्धुलीस्थित एक अस्पतालको मर्मतसम्भार गरेको भिडिओ राखेपछि मिस्टर बिस्ट नेपालीमाझ अझ लोकप्रिय बनेका थिए ।
मिस्टर बिस्ट सफल देखिए पनि निकै विवादित पात्र हुन् । उनले समलिङ्गी समुदायप्रति अपमानजनक शब्द र अन्य आपत्तिजनक भाषा प्रयोग गरेका भिडिओ सन् २०२४ मा सतहमा आए । यी सामग्रीले उनको वर्तमान छविलाई धक्का पुर्यायो र उनीमाथि गैरजिम्मेवार भएको आरोप लाग्यो । यस विवादबाट उम्किन उनले माफी माग्दै आफू परिपक्व भएको र त्यस्ता विचार अब नबोक्ने स्पष्ट पारेका थिए ।
सन् २०२१ मा मिस्टर बिस्टको कार्यशैली र व्यवस्थापनमाथि पनि प्रश्न उठेको थियो । उनका केही पूर्व कर्मचारीहरूले ‘न्यूयोर्क टाइम्स’ लगायतका सञ्चारमाध्यममा उनीमाथि विषाक्त कार्यस्थल सिर्जना गरेको र अव्यावहारिक माग राखेको आरोप लगाएका थिए । पूर्व सम्पादक म्याट टर्नरले मिस्टर बिस्टले आफूलाई अत्यधिक दबाब दिएको र रुवाएको समेत खुलासा गरेका थिए । यी आरोपले उनको परोपकारी छविलाई केही हदसम्म धमिलो बनाएको थियो ।
उनको परोपकारी काम पनि कहिलेकाहीं विवादको घेरामा परेको छ । खासगरी सन् २०२३ मा आएको ‘हजारौं अन्धा व्यक्तिलाई दृष्टि दिने’ भिडिओ विवादित बनेको थियो । उक्त भिडिओमा उनले विश्वभरका एक हजार दृष्टिविहीन व्यक्तिको मोतियाविन्दुको शल्यक्रियाको खर्च व्यहोरेर उनीहरूलाई दृष्टि प्रदान गरेका थिए ।
धेरैले यस कामको प्रशंसा गरे पनि केही आलोचकले यसलाई ‘गरिबी अश्लीलता’ (poverty porn) को संज्ञा दिँदै मिस्टर बिस्टले मानिसको दुःख र कमजोरीलाई आफ्नो भ्युज र लोकप्रियता बढाउन प्रयोग गरेको आरोप लगाए । उनीहरूले यस्ता कामले स्वास्थ्य सेवा प्रणालीको गम्भीर असफलतालाई ओझेलमा पार्ने तर्क पनि गरे ।
मिस्टर बिस्टले भने आलोचनाको वास्ता नगरी यस्ता परोपकारी काम जारी राख्ने र आफ्नो उद्देश्य केवल मानिसहरूलाई सहयोग गर्नु रहेको स्पष्ट पारे । पछि उनले ‘हजारौं बहिरा व्यक्तिहरूलाई श्रवणशक्ति दिने’ भिडिओ पनि बनाए । जसमा पनि यस्तै मिश्रित प्रतिक्रिया आएका थिए ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १६:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले म्यानचेस्टर युनाइटेड पूर्व प्रशिक्षक एरिक टेन हागलाई जाभी अलोन्सोको उत्तराधिकारीका रूपमा नियुक्त गरेको छ।
क्लबले सोमबार जानकारी दिँदै ५५ वर्षीय डच प्रशिक्षकसँग सन् २०२७ सम्मको सम्झौता गरेको जनाएको छ।
टेन हागले बुन्डेसलिगामा दोस्रो स्थानमा रहेर र जर्मन कपको सेमिफाइनलसम्म पुगेको टोलीको जिम्मेवारी लिएका छन्।
अलोन्सोको नेतृत्वमा लेभरकुजेनले अघिल्लो सिजन दुवै उपाधि जित्दै बुन्डेसलिगा इतिहासमा अपराजित च्याम्पियन बन्ने पहिलो टोली बनेको थियो। त्यसपछि अलोन्सो रेयाल मड्रिडको मुख्य प्रशिक्षक बन्न क्लब छाडेका हुन्।
युनाइटेडबाट सन् २०२४ को अक्टोबरमा बर्खास्त भएपछि उनले पहिलोपल्ट क्लब सम्हाल्न लागेका हुन्। युनाइटेडमा दुई वर्षभन्दा बढी बिताउँदा उनले दुई घरेलु कप जितेका थिए। तर, क्लबको सुरुआती नौ खेलमा चार हारपछि उनलाई बर्खास्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – भारत लगायतका देशहरुमा कोभिड-१९ फैलिँदै गएको छ। छिमेकी देश भारतमा कोभिड-१९ फैलिरहेको अवस्थामा नेपाल पनि यसको जोखिम बढेको छ।
कोभिड-१९ नेपालमा फैलन नदिन सरकारको तयारी के छ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाएको जानकारी दिएको छ।
महाशाखाका निर्देशक डा चन्द्रभाल झाले त्यसका लागि विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यमन्त्री पौडेलसहित बैठक बसिसकिएको बताए। डा झाका अनुसार उक्त बैठकपछि निगरानी प्रणालीलाई एकदमै बलियो बनाउने निश्कर्ष निकालिएको छ।
‘हालसम्म नेपालमा केशहरु आइसकेको छैन। यद्यपि हामीले सतर्कता भने अपनाएका छौं’, उनले भने ‘सीमा प्रवेश नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई पनि बढी प्रभावकारी बनाउनका छौं।’
हालकै अवस्थामा पनि कोरोना परीक्षणका किटहरु स्टकमा रहेको उनले बताए। सबै नाकामा अहिले नै किटहरु वितरण गर्नुपर्ने अवस्था नभएकोले आवश्यकता अनुसार वितरण गरिने उनले जानकारी दिए। महाशाखाले कोभिड-१९ का लक्षणहरु तथा यसबाट बच्ने उपायका लागि जनचेतना फैलाउने कार्य समेत गरिरहेको उनको दाबी छ।
रोकथामका लागि औषधीजन्य सामग्रीहरुको लिष्ट पठाइएको उनी बताउँछन्। सामान्य अवस्थामा पनि महाशाखा महामारीसँग जुध्नका लागि तयारी अवस्थामा नै रहेको डा झाको दाबी छ। विश्व स्वास्थ्य संगठनले पनि एक महिनाभित्र नै त्यसका तयारीका लागि आवश्यक खरिद प्रक्रिया सक्ने वचन दिएको उनले बताए।
भारतमा लगायत अन्य मुलुकमा फैलिएको उक्त भाइरल नेपालमा अहिले नै फैलिनसकेको अवस्थामा आत्तिहाल्नुपर्ने अवस्था नरहेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। कोभिड नेपालमा आउने जाने क्रम चलि नै रहेकोले पनि त्यसमा आत्तिनुपर्ने अवस्था नरहेको डा पुन बताउँछन्।
‘संक्रामक भाइरल भएपनि धेरै नै घातक रहेको भन्ने अहिलेसम्म छैन। यद्यपि ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई जटिलता ल्याउने सम्भावना छ’, उनले भने, ‘वेवास्ता गर्नुभएन तर आत्तिनुपर्ने अवस्था पनि छैन।’
सकभर भीडभाडमा सामेल नहुने, मास्कको अनिवार्य गर्ने, साबुनपानीले हात धुने, रुघाखोकी लाग्दा सतर्कता अपनाउने लगायत रोकथामका उपायहरु अपनाउन डा पुनको सुझाव छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ।
रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ। राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियानको सञ्चालन गर्ने झाले बताए।
यस्तै, भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशन समेत दिएको छ।
केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । बत्ती नगएको अवस्थामा पनि बत्ती गएको भन्दै नेपाल विद्युत प्राधिकरणमा ‘फेक कल’ (झुटा गुनासो) आउने गरेको ऊर्जामन्त्री दीपक खड्काले बताएका छन् ।
आइतबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको स्थलगत अनुगमनका क्रममा उनले देशभरको विद्युत खपत र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्राधिकरणका कर्मचारीहरूले फेक कलको समस्या भोगिरहेको जानकारी गराए ।
ऊर्जामन्त्री खड्काले भने, “कहिले काहीँ ‘मकहाँ बत्ती गयो’, ‘हाम्रो क्षेत्रको बत्ती गयो’ भनेर फोन आउँछ । तर कर्मचारीहरूले त्यो गुनासो आएको स्थानमा जाँच गर्दा बत्ती गएकै नपाइने गरेको छ ।”
उनले बत्ती नगई पनि गयो भनेर अफवाह फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरे । “कुनै कारणले र्युमर फैलाइरहनुभएको छ भने त्यस्तो कार्य नगर्नुहोस् । यस्ता नम्बरहरू टिपेर प्रहरीलाई दिन पनि भनेका छौँ,” मन्त्री खड्काले चेतावनी दिए । उनका अनुसार सरकारले अफवाह र आतंक फैलाउनेलाई कारबाही गर्नेछ ।
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू २४ घण्टा तीन सिफ्टमा काम गरेर सेवा दिइरहेका बताए ।
उनले नेपालमा विद्युत उत्पादनमा समस्या नभएको उल्लेख गर्दै आवश्यकताभन्दा बढी विद्युत भारतमा निर्यात भइरहेकाले आपूर्ति सहज रहेको उल्लेख गरे । “प्राकृतिक विपत्तिबाहेक हाल आपूर्तिमा समस्या छैन,” उनले भने, “तर सुरक्षित र भरपर्दो विद्युत आपूर्तिका लागि थप अध्ययन र व्यवस्थापन आवश्यक छ ।”
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १६:५४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका हुन्।
“बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आईपुगिसक्नुभएको छ , आउन बाकी भोलि बिहानसम्म आईपुग्नुहुन्छ “बर्तौलाले भने।
अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय,संगठन र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ। जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ