२०८२ आश्विन १ बुधबार
२०८२ आश्विन १ बुधबार

काठमाडौँ । सरकारले सूचना तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकले विधेयक सङ्घीय संसद समक्ष पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति दिएको हो । यससँगै अबको केही दिनमा उक्त विधेयक सङ्घीय संसदमा दर्ता हुनेछ ।

त्यसपश्चात् संसदका दुवै सदनमा क्रमशः दफावार छलफल भएपश्चात् पारित भएमा विधेयकले ऐनको रूप ग्रहण गर्नेछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १६:३६





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ। 

आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँहरूमा पनि १० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ। 

Ncell 2
Ncell 2

स्थानीय बासिन्दा रुथी डान सामका अनुसार केही पीडित दुई वर्ष मुनिका बालबालिका समेत थिए, जसले घटनालाई अझ दर्दनाक बनाएको छ।

घटनामा मारिएका केहीलाई घटनास्थलकै नजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको जनाइएको छ। घटनाको अनुसन्धान जारी रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काभ्रे, (धुलिखेल)– लियो क्लब अफ काठमाडौं रेडियन्स मेडिकल स्टूडेन्ट्स र लायन्स क्लब अफ काठमाडौं रेडियन्स, डिस्ट्रिक्ट ३२५G को संयुक्त आयोजनामा धुलिखेलस्थित श्री बालज्योति आधारभूत विद्यालयमा एकदिने स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ।

‘संकल्प सधैं उज्यालो हाँसोको’ शीर्षकअन्तर्गत पाँचौं शृङ्खलामा आयोजित यो शिविरले समुदायमा स्वास्थ्यप्रति जागरूकता फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

शिविरमा ११५ विद्यार्थी र ३२ शिक्षक–कर्मचारीसहित स्थानीय समुदायका २०३ जना गरी कुल ३५० भन्दा बढी व्यक्तिको दन्त परीक्षण, मधुमेह (डायबेटिज) र उच्च रक्तचाप (हाइपरटेन्सन) जाँच गरिएको छ। बालबालिकालाई दाँत माझ्ने ब्रस र मञ्जन वितरण गरिएको थियो, जसको प्रायोजन आर.बी. इन्डस्ट्री प्रा.लि.ले गरेको थियो। 

कार्यक्रममा सहभागीहरूलाई नियमित दन्त जाँचको महत्व, दैनिक मुख सरसफाइको तरिका, सन्तुलित खानपान, मधुमेह र उच्च रक्तचाप नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको कार्यक्रम संयोजक लियो इश्मिता कार्कीले बताइन्।

‘दन्त परीक्षणमा धेरैजसोमा दाँतमा कीरा लाग्ने (दन्त क्षय) र मुखको सरसफाइमा कमी देखियो,’ उनले भनिन्, ‘यस्ता शिविरले हाम्रो ज्ञान र अनुभव बढाउँछ र समुदायमा सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।’

शिविरमा झण्डै ३० जना चिकित्सक, मेडिकल विद्यार्थी र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको सह–संयोजक शृष्टि शाहीले जानकारी दिइन्। शिविरका सह–संयोजक अरुणिमा मानन्धर र सुधा सिग्देलका अनुसार स्थानीय बासिन्दा र विद्यालय प्रशासनले यस्ता कार्यक्रमले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रशंसा गरे। 

लायन्स क्लब अफ काठमाडौं रेडियन्स डक्टर्सका अध्यक्ष लायन डा. अलिना कार्कीले लियो क्लब अफ काठमाडौं रेडियन्स मेडिकल स्टूडेन्ट्सलाई एक ऊर्जाशील र सक्रिय क्लबको रूपमा चित्रण गरिन्। ‘सन् २०२१ मा स्थापना भएको यो क्लबमा देश–विदेशका मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस र बीडीएस विद्यार्थीहरू छन्। स्वास्थ्य शिविर र सचेतना कार्यक्रममार्फत क्लबले निरन्तर सामाजिक सेवा गर्दै आएको छ,’ उनले भनिन्।

क्लबका सल्लाहकार लायन डा तेजसु सिंह मल्लले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘हाम्रो उद्देश्य समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउनु र सचेतना फैलाउनु हो। यस्ता शिविरले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ,’ उनले भने।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन्।

आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरूसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव बुधबार मलेसिया जान लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन्।

सो अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ। विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ।

अध्यक्ष यादवसहितको टोली जुन ३ तारिखमा स्वदेश फर्कने बताइएको छ।


सामाग्री श्रोत :

उपेन्द्र यादव मलेसिया जाँदै

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस ईभीहरूका लागि ‘इज अन वालेट’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

जेठ ११ देखि १५ गतेसम्म लागु हुने यस सीमित अवधिको अफरअन्तर्गत ग्राहकले यी मोडलहरू आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अफर नेपालभरका सबै नामी र सेरेस सोरूमहरूमा उपलब्ध हुनेछ ।

यस योजनामार्फत ग्राहकहरू नयाँ इलेक्ट्रिक मोडलहरूको अनुभव लिन सक्ने, विशेष छुट तथा सुविधाको लाभ उठाउने र इलेक्ट्रिक सवारीतर्फ सजिलै संक्रमण गर्न प्रोत्साहित हुने विश्वास कम्पनीले लिएको छ ।

योजनाअन्तर्गत ग्राहकले निम्न सुविधा प्राप्त गर्नेछन्:

साथै, योजना अवधिभर बुकिङ गर्ने चार भाग्यशाली ग्राहकले हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्पसम्मको अविस्मरणीय यात्रा जित्ने मौका पनि पाउनेछन् ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १८:३०





सामाग्री श्रोत :
टेक पाना

पोखरा–राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ। 

पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो। १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका छन्।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन्। थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन्। उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

Ncell 2
Ncell 2

पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्। महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो।

मुचुल्का तयार पारी डेढ घण्टाजति पछिबाट मतगणना सुरू गर्ने निर्वाचन समितिको तयारी छ। विद्युतीय भोटिङ भएकाले छिट्टै नतिजा आउनेछ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

संखुवासभा- पूर्वी नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गरिरहेको भक्तपुर क्यान्सर अस्पतालले संखुवासभाको धर्मादेवी नगरपालिकास्थित मुढे र धनकुटाको पाख्रिबासमा एक हजार ६ सय जनाको क्यान्सर स्क्रिनिङ गरेको छ।

अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएका हुन्। उनका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।

‘समुदायमै पुगेर क्यान्सरको जोखिम पत्ता लगाउने र समयमै उपचारको व्यवस्था गर्ने उद्देश्यले यी शिविरहरू सञ्चालन गरिएको हो,’ उनले भने।

धर्मादेबी नगरपालिकाको आयोजना तथा नेपाल भारत मैत्री संघ र नेपाल अर्बुद रोग निवारण संघको सहयोगमा भएको संखुवासभामा भएको शिविरमा ६०० महिलाको प्याप स्मेयर र अल्ट्रासाउन्ड स्क्रिनिङ गरिएको उनले जानकारी दिए। 

शिविरमा पाँच जना पुराना क्यान्सर बिरामीको फलोअप गरिएको छ भने क्यान्सर पुष्टि भएका तीन महिलालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको छ।नमुना सङ्कलन गरिएका बिरामीको रिपोर्ट दुई हप्ताभित्र उपलब्ध गराइने डा चालिसेले बताए।

यसैगरी, धनकुटाको पाख्रिबासमा भएको शिविरमा पनि ६ जना फलोअपका बिरामी आएका थिए भने अरुको क्यान्सर स्क्रिनिङ भएको थियो।

‘स्क्रिनिङ शिविरमा पाँच जनामा क्यान्सरको शंकास्पद संकेत देखिएपछि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतामा आउन भनिएको छ,’ डा चालिसेले भने।

सामाग्री श्रोत :
swasthyakhabar

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको टोलीले जेठ १२ ९उ(हिजो)जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ।

आयोगका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराएका हुन्।

साथै, बिनोद कुमार कायस्थको खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

स्वकीय सचिव कायस्थ पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।


सामाग्री श्रोत :

भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा थपिएको नयाँ ‘एआई मोड’ र ‘एआई ओभरभ्यु’ फिचरमा देखाइने विज्ञापन प्रयोगकर्ताका लागि उपयोगी हुने दाबी गरेको छ । मङ्गलबार आयोजित गुगल आई/ओ कार्यक्रममा सार्वजनिक गरिएको उक्त फिचरमा देखाइने विज्ञापनको सान्दर्भिकतामाथि चर्चा गर्दै कम्पनीले यस्तो दाबी गरेको हो ।

हाल अमेरिकामा मात्र उपलब्ध गुगल सर्चको यो एआई मोड फिचर र विश्वभर उपलब्ध एआई ओभरभ्यु फिचरमा विज्ञापन उपलब्ध हुने कुरा कम्पनीले पहिले नै पुष्टि गरिसकेको थियो । प्रारम्भिक चरणमा यो एआई मोड फिचर नै सीमित प्रयोगकर्तामाझ परीक्षण भइरहेको छ । उक्त फिचरमा विज्ञापन देखाउने काम पनि परीक्षणकै क्रममा छ । 

गुगलले आफ्नो सपोर्ट डकुमेन्टमा एआई सर्च रिजल्टमा देखिने विज्ञापन वेबसाइटमा जानकारी फेला पार्ने नयाँ र उपयोगी तरिका भएको उल्लेख गरेको छ । यो विवरण सबैभन्दा पहिले एसई राउन्डटेबलले फेला पारेको थियो ।

गुगलले डकुमेन्टमा लेखेको छ, “गुगलको आन्तरिक डेटाले एआई ओभरभ्युमा देखिने विज्ञापन प्रयोगकर्ताका लागि उपयोगी भएको देखाएको छ । उनीहरू आफूलाई उपयुक्त हुने व्यवसाय, वस्तु वा सेवासँग चाँडै नै जोडिन सक्ने र यसले उनीहरूलाई जे चाहिएको हो, त्यसैमा पुर्‍याउने भएकाले यो उपयोगी छ ।”

गुगलले ‘आन्तरिक डेटा’ भने पनि कति भिजिटरमा परीक्षण गरिएको र कतिले उपयोगी माने भन्ने विस्तृत विवरण भने खुलाएको छैन । ब्लिपिङ कम्प्युटरले गुगलले प्रयोगकर्तालाई एआई रिजल्ट्समा देखिएका विज्ञापन उपयोगी लागून् भन्ने मनसायले यो विवरण सार्वजनिक गरेको हुन सक्ने विश्लेषण गरेको छ ।

विज्ञापन सधैं अनावश्यक नै हुन्छन् भन्ने होइन । तर यदि प्रयोगकर्ता व्यक्तिगत प्रयोजनका लागि जानकारी खोजिरहेको अवस्थामा एआईले विज्ञापनलाई बढी प्राथमिकता दियो भने उनीहरूको ध्यान भङ्ग हुने वा भ्रमित हुने जोखिम उच्च रहने विज्ञहरूको विश्लेषण छ ।

गुगलको आम्दानीको प्रमुख स्रोत विज्ञापन नै हो । गत वर्षको त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले विज्ञापनबाट मात्रै ७२ अर्ब ५० करोड अमेरिकी डलर आम्दानी गरेको थियो । परम्परागत सर्च रिजल्टलाई नयाँ तरिकाले अगाडि बढाउन ल्याइएको एआई मोडे नामक नयाँ फिचरमा पनि विज्ञापन समावेश गर्नु उसको व्यावसायिक रणनीतिको हिस्सा देखिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १७:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–काठमाडौँसहित राजधानीबाहिरका निजी विद्यालयहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा राख्दै नेपाली बोलेमा कारबाही, जरिवाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

मंगलबार कानुनका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्। रिटमाथि बुधबार पेसी तोकिएको छ।

विद्यालयहरूले विद्यार्थीलाई विद्यालय परिसरमा नेपाली भाषा बोल्न नदिने, बोलेमा जरिवाना तिराउने, अपमान गर्ने र मानसिक दबाब दिने जस्ता दण्डात्मक क्रियाकलाप गरिरहेकाले मातृभाषामा शिक्षा आर्जन गर्न पाउने विद्यार्थीको संवैधानिक मौलिक हक सुनिश्चित गर्न आवश्यक कदम चाल्न आदेश गरी विपक्षीका नाममा परमादेशको माग निवेदकले गरेका छन्।

Ncell 2
Ncell 2

विद्यालय परिसरमा नेपाली बोल्न नदिने र मानसिक दबाब दिने कार्य भएपछि अभिभावकहरूले काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा उजुरी समेत दिएका थिए। 

उजुरीउपर छानबिन गरी कसूरदार पत्ता लगाउने तथा मुद्दा चलाइ कारबाही गर्नुपर्नेमा महानगरले सामान्य कामचलाउ निर्देशिका जारी गरी पन्छिन खोजेको आरोप निवेदकको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट