
काठमाडौँ । अमेरिकी सरकारले विदेशी अधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । खासगरी सामाजिक सञ्जाल प्लेटफर्महरूका सामग्री नियमन (content moderation) का लागि कडा नियमहरू लागु गर्ने प्रयासमा रहेका देशका अधिकारीहरूलाई लक्षित गर्दै यस्तो कदम चालिएको हो ।
त्यस किसिमको व्यवहारलाई अमेरिकाले ‘सेन्सरशिप’ संज्ञा दिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो नीति ती विदेशी नागरिकहरूमाथि लक्षित छ, जो अमेरिकामा सुरक्षित मानिएका अभिव्यक्तिमाथि सेन्सरशिप लगाउनमा जिम्मेवार छन् । विदेश मन्त्री मार्को रुबियोले एक घोषणा मार्फत भिसा प्रतिबन्ध लगाइने विदेशी अधिकारीहरूको विषयमा चर्चा गरेका छन् ।
जसअनुसार अमेरिकी सामाजिक सञ्जाल माध्यममा गरिएका पोस्टलाई लिएर अमेरिकामा रहेका अमेरिकी नागरिक वा बासिन्दाहरूलाई पक्राउ पुर्जी जारी गर्ने वा त्यसको धम्की दिने अधिकारीहरू पनि यसमा पर्नेछन् । अमेरिकी प्लेटफर्महरूलाई विश्वव्यापी सामग्री नियमन नीतिहरू अपनाउन वा उनीहरूको अधिकारभन्दा बाहिर अमेरिकाभित्र पुग्ने गरी सेन्सरशिप गतिविधिमा संलग्न हुन दबाब दिनेहरूलाई समेत यसले लक्षित गरेको छ ।
खासगरी यो नयाँ नीति युरोपको डिजिटल सेवा ऐन (डीएसए) प्रति लक्षित रहेको द भर्जले उल्लेख गरेको छ । यद्यपि यसले नेपालको सामाजिक सञ्जाल निर्देशिका तथा सामाजिक सञ्जाल विधेयक र त्यसको तर्जुमा तथा कार्यान्वयनमा संलग्न अधिकारीहरूलाई समेत प्रभावित पार्न सक्छ । नेपाल सरकारले पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल नियमनको नाममा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स लगायतका प्लेटफर्ममाथि दबाब बढाउँदै आइरहेको छ ।
त्यसो त सन् २०२३ मा लागु भएको युरोपको डिजिटल सेवा ऐनको उद्देश्य अनलाइन प्लेटफर्महरूलाई सुरक्षित बनाउनु हो । यसले ठुला प्लेटफर्महरूलाई गैरकानुनी सामग्री हटाउन र उनीहरूको सामग्री नियमन प्रक्रियाबारे पारदर्शिता अपनाउनुपर्ने नियमहरू लागु गरेको छ ।
तर, अमेरिकाले डीएसएको आलोचना गर्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयसँग सम्बन्धित एक सबस्ट्याक लेखमा डीएसएलाई ‘स्वतन्त्र नियामकहरूले अमेरिकी प्लेटफर्महरूमाथि कडा नियम लागु गर्ने’ र ‘असन्तुष्ट आवाजहरूलाई अधिनायकवादी तरिकाले दबाउने’ औजारको रूपमा व्याख्या गरिएको छ । ट्रम्प प्रशासनले यस अघि नै त्यसको आलोचना गरिसकेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिकाले आफ्नो सार्वभौमिकतामाथि हुने हस्तक्षेप स्वीकार गर्दैन, विशेषगरी जब यसले अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारलाई कमजोर पार्छ । यद्यपि, यो नयाँ भिसा प्रतिबन्ध नीति कसरी र कोकोमाथि लागु गरिनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।
एकातर्फ अमेरिकाले विदेशी सेन्सरशिपको विरोध गरेको छ । जब कि राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासन स्वयँले घरेलु स्तरमा पनि केही यस्ता कदम नचालेको भने होइन । जसले अमेरिकाभित्रै अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने प्रयास गरेको थियो । उदाहरणका लागि, सरकारी वेबसाइटहरू र सरकारी कोषमा निर्भर संस्थाहरूले ‘विविधता’ सँग सम्बन्धित शब्दहरू हटाउनु परेको थियो ।
गल्फ अफ मेक्सिकोलाई ‘गल्फ अफ अमेरिका’ नभनेपछि ह्वाइट हाउसले एक समाचार संस्थामाथि आफ्नो प्रेस ब्रिफिङमा समेत निषेध गरेको थियो । विश्वव्यापी डिजिटल नियमन प्रयासहरूमाथि यो अमेरिकी नीतिको थप प्रभाव पर्ने देखिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १४:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन्।
राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ।
यो आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट निस्किएको जुलुसको नेतृत्व गर्दै शान्तिबाटिकामा पुगेका छन्। नवराज सुवेदी, कमल थापालगायतका नेताहरू पनि फरक-फरक ठाउँबाट शान्तिबाटिकामा पुगिसकेका छन्।
आजको राजावादी प्रदर्शनमा धेरै नेताहरूले विभिन्न रंगका छाता ओडेका छन्। काठमाडौंमा अहिले पानी परेको छैन, घाम भने चर्किएको छ। तर, व्यवस्था बदल्ने आन्दोलनमा हिँडेकाहरू यस्तो घामसँग नडराउनुपर्ने हो। त्यसो भए छाता किन ओढियो त ?
यस विषयमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालबाट प्रष्ट्याएका छन्। उनको भनाइअनुसार ‘मुकुट’ को प्रतिकको रुपमा लिङदेनले छाता ओढेका हुन्।
श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विरोधको प्रतीक कालो रङ्ग र मुकुटको प्रतीकको रूपमा छाता (कालो छाता) लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राजसंस्थावादी आन्दोलनको जुलुस मैतीदेवीबाट अघि बढेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दै उक्त कुरा बताएका हुन्।
प्रदेशगत रुपमा मधेश प्रदेश, कोसी र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर औसत ४.६१ प्रतिशत भन्दा माथि रहने सरकारको प्रक्षेपण छ।
यसका साथै सरकारले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आधार ६१ खर्ब ७ अर्ब पुग्ने अनु्मान गरेको छ।
‘यस अवधिमा कुल ग्राह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ’, मन्त्री पौडेलले भने।
चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आए बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको उनको भनाइ छ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाली बजारमा एसुसको प्रिमियम ब्रान्ड रिपब्लिक अफ गेमर्स (रग) ले नयाँ गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले हालै २०२५ संस्करणको जेफरस जी१६ (Zephyrus G16) गेमिङ ल्यापटप भित्र्याएको हो । पछिल्लो इन्टेल प्रोसेसर र एनभिदिया ग्राफिक्स कार्डसहितको ल्यापटपमा शक्तिशाली पर्फर्मेन्स, उत्कृष्ट कुलिङ प्रणाली र उच्च गुणस्तरको ओएलईडी डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।
जेफरस जी१६ मा इन्टेल कोर अल्ट्रा नाइन प्रोसेसर र एनभिदिया जिफोर्स आरटीएक्स ५०७० टीआई जीपीयू राखिएको छ । यसले गेमर र कन्टेन्ट क्रियटरका लागि उच्च गतिको पर्फर्मेन्स सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । यो ल्यापटपमा ६४ जीबीसम्मको र्याम र २ टेराबाइटसम्म स्टोरेजको विकल्प उपलब्ध हुनेछ।
यसमा ताप नियन्त्रणका लागि ट्रि-फ्यान टेक्नोलोजी र वापर चेम्बर जडान गरिएको छ भने रग इन्टेलिजेन्ट कुलिङ सिस्टम ले ल्यापटपलाई उच्च कार्यसम्पादनमा पनि चिसो राख्न मद्दत गर्ने बताइएको छ ।
दृश्य अनुभवका लागि यसमा १६ इन्चको ओलेड रग नेबुला डिस्प्ले राखिएको छ । यसमा २.५के रेजोलुसन र २४० हर्ज रिफ्रेस रेटसहित डल्बी भिजन र एचडीआर ट्रु ब्ल्याक ५०० सपोर्ट पनि छ । १००% डीसीआई-पी३ (DCI-P3) कभरेजका साथ यी डिस्प्लेहरूले गेमर तथा कन्टेन्ट क्रियटरहरूलाई उत्कृष्ट रङ र भिजुअल स्पष्टता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
तौल १.९५ केजी र मोटाइ १.४९ सेन्टिमिटर मात्रै भएकाले ल्यापटप अत्यन्तै पोर्टेबल रहेको दाबी उल्लेख गरिएको छ । ग्राहकले बुधबारदेखि नेपालका एसुस आधिकारिक स्टोरमार्फत यो ल्यापटप खरिद गर्न सक्नेछन् । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १३:५०
सामाग्री श्रोत :
टेक पाना
सुर्खेत–यार्सागुम्बा संकलन गर्न गएका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका—८, का १९ वर्षीय धनलाल विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढाका अनुसार अनुसार विकको बुधबार मृत्यू भएको हो।
काइके गाउँपालिकास्थित नावरपानी यार्सा पाटन पुगेका उनलाई लेक लागेको थियो। उनी एक हप्ताअघि आफ्नो बुबासँग यार्सा संकलनका लागि डोल्पा पुगेका थिए। प्रहरीले मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौंं। करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा व्यतित गरिरहेकी छन्। ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठूलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहेकी छन्। अर्थात उनी आफ्नो अभिनय करियरमा पहिलोपटक मञ्चमा मञ्चित […]
सामाग्री श्रोत :
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ ।
शोको प्रसारण आगामी असार १ गतेदेखि प्रत्येक आइतबार र सोमबार बेलुका ८:३० बजे स्पेसफोरके टेलिभिजन तथा डोको युट्युब च्यानलमार्फत हुनेछ ।
करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको कार्यक्रम यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत गरिने नोबडी प्रोडक्शनको दाबी छ । निर्णायक मण्डलमा दीप श्रेष्ठसहित नयाँ पुस्ताले रुचाएका गायकहरू सुबानी मोक्तान र स्वप्न सुमन रहनेछन् । साथै, १० जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन् ।
कार्यक्रमको सञ्चालन हास्यकलाकार सुमन काकीले गर्नेछन् ।
सिजन २ मा कुल ३१ एपिसोड रहनेछन् । पहिलो एपिसोडदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम नेपालमा मात्र सीमित नरही अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायत विश्वभर रहेका नेपाली समुदायका दर्शकले हेर्न सक्ने बताइएको छ ।
सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “सारेगमप लिटिल च्याम्प्स नेपाल जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्नुका साथै राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने महत्वपूर्ण भूमिका खेल्छन् । यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ ।”
उनले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्याउन र प्रतिभालाई प्रोत्साहन गर्न वर्ल्डलिंक प्रतिबद्ध रहेको बताए ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १२:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताएका हुन्।
उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’
उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार भइरहेको बताए। भ्रष्टाचारविरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने बताए। उनले भने, ‘हामीले कम्युनिस्ट पार्टीप्रति आम जनतामा विश्वास दिलाउने काम गरौँ। गलत प्रवृत्तिका विरुद्धमा जुध्ने काम गरौँ। राम्रो संस्कृति र संस्कार अवलम्बन गरौँ। गणतन्त्रको विकल्प राजतन्त्र होइन, बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला। त्यसैले हामीलाई वंशको शासन चालिएको छैन।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए। उनले भने, ‘प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नुपर्यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौँ। हिजो पनि गणतन्त्रको लागि अग्रगामी भूमिका खेलेको थियौँ। हामीले अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको दाबी गरेका छन्।
गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीहरुले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका हुन्।
उनले हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज गणतन्त्र आएपछि निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको उनले बताए। प्रधानमन्त्री ओलीले राजतन्त्रको अवस्थामा रहेको गरिवी, असमानता, अविकास र पछौटेपनबाट अहिले मुलुक निकै अगाडि बढिसकेको जिकिर गरे।
उनले गरिबी, बेरोजगारी, भ्रष्टाचारलगाएतका मुलकुका चुनौती सामना गर्न हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर नभइ लोकतान्त्रिक प्रणालीमा चुनावमार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिने दाबी गरे।
जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात बंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुनै अर्थमा पनि ठूलो हुन नसक्ने बताए। उनले गणतन्त्रलाई संस्थागत गर्दै समेत बताए।
प्रधानमन्त्र ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभइ यसको मालिक जनता भएकाले जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पुर्याउन सक्ने जनाए। सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएकाले यसलाई बलियो बनाउन सरकार लागिपरेको उनको भनाइ छ।
सामाग्री श्रोत :
प्रधानमन्त्रीले भने, ‘हुकुम बक्सिने मुकुटधारी अधिनायकले चुनौतीको समाना गर्न सक्दैन