
काठमाडौँ – ठूलो परिणाममा लागु औषधसहित प्रहरीले बाराको अमलेखगञ्जबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल छन् ।
भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा वरिष्ठ सई धनप्रसाद श्रेष्ठ कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।
आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट बरामद गरेको छ । प्रहरीले ७६ बोतल लागु औषध ओनरेक्स पनि बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ। एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ ।
बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाइ मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो गिरावट हो।
सीएनबीसीको रिपोर्टका अनुसार यो पहिलो पटक हो कि भारतले आईफोन निर्यातमा चीनलाई लगातार उछिनिरहेको छ, विशेष गरी अमेरिकी बजारमा। ओम्डियाका अनुसन्धान प्रबन्धक ले जुआन चिउका अनुसार एप्पलले पहिलेदेखि नै यस्तो व्यापार अवरोधहरूको लागि तयारी गरिरहेको थियो। गत अप्रिलमा भएको वृद्धि रणनीतिक भण्डारणको परिणाम हो, जुन ट्यारिफ बृद्धि हुनु अघि गरिएको रणनीति हुन सक्छ।
हाल अमेरिकामा हरेक त्रैमासिकमा करिब २ करोड आईफोनको माग छ। भारतले यति ठूलो मागलाई पूर्णरूपमा सम्हाल्न नसके पनि त्यसको अंश भने निरन्तर बढाइरहेको छ ।
यदि एप्पलले अमेरिकामा मात्र आईफोन बनाउँछ भने यसको लागत धेरै उच्च हुन्छ। एक अनुमान अनुसार अमेरिकामा बनेको आईफोनको मूल्य ३,५०० डलर पर्न सक्छ किनभने त्यहाँ कुनै पूर्ण आपूर्ति श्रृंखला छैन् ।
वेडबश सेक्युरिटीजका टेक्नोलोजी रिसर्चका प्रमुख ड्यान इभ्सले अमेरिकामा आईफोन बनाउनु एउटा काल्पनिक कुरा भएको बताए। एसियामा जस्तै अमेरिकामा पनि जटिल सप्लाई चेन निर्माण गर्न निकै महँगो र गाह्रो हुने उनको विश्वास छ ।
विज्ञहरू भन्छन् कि यदि एप्पलले आफ्नो आपूर्ति श्रृंखलाको १० प्रतिशत पनि अमेरिकामा सार्न चाहन्छ भने कम्तिमा तीन वर्ष ३० अर्ब डलर खर्च गर्नु पर्नेछ। एप्पलका सीईओ टिम कुकले आफ्नो भर्खरको त्रैमासिक बैठकमा अमेरिकामा बिक्री हुने अधिकांश आईफोनहरू भारतमा बनाइने जनाइसकेका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई चेतावनी दिएका छन् कि यदि आईफोन अमेरिकामा बनाइएन भने, एप्पलका उत्पादनहरूमा २५ प्रतिशत र ईयूबाट आयातमा ५० प्रतिशत कर लगाइनेछ।
स्रोतका अनुसार भारतको कम लागत र प्रतिस्पर्धी उत्पादन क्षमता एप्पल जस्ता ठूला टेक ब्रान्डका लागि आकर्षणको केन्द्र बनेको छ। एप्पलले भारत सरकारलाई ‘मेक इन इन्डिया’ अभियानलाई अगाडि बढाउन स्थानीय उत्पादन बढाउने आश्वासन दिएको छ ।
सामाग्री श्रोत :
काठमाडौँ । आजको डिजिटल युगमा हामी धेरैजसो कामको लागि इन्टरनेटमा निर्भर भइरहेका हुन्छौँ । तर कहिलेकाहीँ हामी यस्तो ठाउँमा पुग्छौँ, जहाँ वाई-फाई वा मोबाइल डेटा उपलब्ध हुँदैन । यस्तो अवस्थामा पनि आफ्नो कामलाई निरन्तरता दिन केही उपयोगी अफलाइन एन्ड्रोइड एपहरू छन् । आज हामी तपाईँलाई इन्टरनेट नभएको बेला पनि आफूलाई प्रोडक्टिभ (उत्पादनशील) राख्न प्रयोग गर्न सकिने १० ओटा यस्तै एपबारे बताउँदै छौँ ।
१. अब्सिडिन (Obsidian)
यो नोट्स लिने र आफ्नो जानकारीहरूलाई व्यवस्थित राख्ने (नलेज म्यानेजमेन्ट) एप हो । यसको मुख्य विशेषता भनेको यो ‘अफलाइन-फर्स्ट’ एप हो । यसले तपाईँले लेखेका सबै नोट्स तपाईँको फोनमै सुरक्षित राख्छ । यसको अर्थ तपाईँ इन्टरनेट नभएको बेला पनि आफ्ना नोट्स हेर्न, नयाँ नोट्स बनाउन वा एडिट गर्न सक्नुहुन्छ । निःशुल्क रूपमा उपलब्ध यो एपमा लेख्नका लागि मार्कडाउन भाषाको सपोर्ट छ भने विचारहरू केलाउन (ब्रेनस्ट्रोम) क्यानभास बोर्डको सुविधा पनि छ ।
२. माइक्रोसफ्ट टु डु (Microsoft To Do)
यो टास्क म्यानेजमेन्ट अर्थात् कामहरूको सूची बनाउने एप हो । यसमा तपाईँले व्यक्तिगत वा कामका लागि छुट्टाछुट्टै सूचीहरू बनाउन सक्नुहुन्छ । नयाँ काम थप्ने, त्यसको लागि समय तोक्ने, रिमाइन्डर राख्ने वा विस्तृत जानकारी नोट्समा लेख्ने जस्ता यसका मुख्य कामहरू इन्टरनेट नभएको बेला पनि गर्न सकिन्छ । यसले माइक्रोसफ्ट ३६५ इकोसिस्टमसँग पनि यसले राम्रोसँग काम गर्छ । यो एप निःशुल्क रूपमा उपलब्ध छ।
३. एप फ्लोय (AppFlowy)
यो प्रोजेक्ट म्यानेजमेन्टका लागि उपयोगी छ । यो नोसन जस्तै भए पनि यसको फाइदा भनेको अफलाइन क्षमता हो । जुन नोसनमा छैन । तपाईँले विभिन्न प्रोजेक्टका लागि अलग-अलग ठाउँ (वर्कस्पेस) बनाएर त्यहाँ डकुमेन्ट बनाउने, कामहरूलाई क्यानबान बोर्डमा राख्ने वा प्रोजेक्ट नोट्स लेख्ने जस्ता कामहरू इन्टरनेट नभएको बेला पनि गर्न सक्नुहुन्छ । जब तपाईँ अनलाइन आएको बखत यसले सबै कुरा स्वतः सिंक गर्छ । यो पनि निःशुल्क रूपमा उपलब्ध एप हो ।
४. सोलिड एक्सप्लोरर (Solid Explorer)
यो एन्ड्रोइडका लागि एक उत्कृष्ट फाइल म्यानेजर एप हो । इन्टरनेट कनेक्टिभिटी होस् वा नहोस्, यसले सहज रूपमा काम गर्छ । तपाईँले आफ्नो फोनको आन्तरिक स्टोरेज, एसडी कार्ड वा यूएसबी ड्राइभमा रहेका फाइलहरू यसबाट सजिलै हेर्न सक्नुहुन्छ । निःशुलक यो एपको डुअल-पेन भ्युले फाइलहरू सार्न वा कपी गर्न सजिलो बनाउँछ ।
५. बिटवार्डेन (Bitwarden)
यो पासवर्ड सुरक्षित राख्ने पासवर्ड म्यानेजर एप हो । यसमा आफ्नो लगइन विवरण, पासवर्ड र अन्य संवेदनशील जानकारीहरू सुरक्षित तरिकाले अफलाइनमा पनि हेर्न सकिने महत्त्वपूर्ण फिचर छ । तपाईँले अफलाइन हुँदा पनि नयाँ र बलियो पासवर्ड बनाउन यसको प्रयोग गर्न सक्नुहुन्छ । यसको सशुल्क सेवा पनि उपलब्ध छ ।
६. पकेट (Pocket)
यो अनलाइन सामग्रीहरू सुरक्षित गरेर पछि पढ्नका लागि प्रयोग हुने एप हो । यसले कुनै पनि लेखलाई पढ्न योग्य र अफलाइन उपलब्ध गराउन सक्छ । यसको माध्यमबाट तपाईँ इन्टरनेट नभएको बेला पनि आफ्नो यात्राको समयलाई पढाइको रूपमा सदुपयोग गर्न सक्नुहुन्छ । यसमा अनुसन्धान सामग्री, रुचिकर लेख वा भिडिओ सामग्री पनि सेभ गर्न सकिन्छ । यसको टेक्स्ट-टु-स्पीच (पाठलाई आवाजमा बदल्ने) सुविधाले सेभ गरिएका लेखहरूलाई अडियोमा परिणत गर्न सक्छ
७. डुओलिंगो (Duolingo)
यो भाषा सिक्ने एक गेमिफाइड प्लेटफर्म हो । यसमा अफलाइन पाठहरू (लेसन) छन्, जुन तपाईँ वाई-फाईमा भएको बेला स्वतः डाउनलोड हुन्छन् । यसले तपाईँलाई इन्टरनेट कनेक्टिभिटी बिना नै आफ्ना दैनिक अभ्यासहरू पूरा गर्न मद्दत गर्छ । यसको स्ट्रिक सिस्टम (लगातार सिक्ने दिनहरूको गणना) र उत्प्रेरक नोटिफिकेसनले तपाईँलाई दैनिक सिक्न प्रेरित गर्छ । यसमा स्टोरी मोड र अडियो पाठहरू पनि उपलब्ध छन् ।
८. सुपर प्रोडक्टिभिटी (Super Productivity)
यो टास्क म्यानेजर तथा टाइम ट्य्राकिङका लागि उपयोगी एप हो । यो निःशुल्क, ओपन सोर्स हो र यसलाई अफलाइन प्रयोग गर्न सकिन्छ । यसलाई कामहरूको योजना बनाउन, टाइम ट्य्राक गर्न, पोमोडोरो टाइमर प्रयोग गर्न, प्रोजेक्ट ट्य्राकिङ र समय अनुमान गर्न प्रयोग गर्न सकिन्छ । यसले तपाईँको डिभाइसमै स्थानीय रूपमा काम गर्छ । यसको इन्टरफेस सफा र रेस्पोन्सिभ छ, जसमा कयौँ कस्टमाइजेसनका विकल्पहरू छन् ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ११:४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्यले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।
यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ‘नेपाली डाक्टर लिने देशसँग रोयल्टी लिने’ भन्ने अभिव्यक्तिले राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएन)ले आपत्ति जनाएको छ। प्रेस बिज्ञप्ति जारी गर्दै देशमै सेवा गर्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्न ८ बुँदे सुझाव समेत दिएको छ।
‘डाक्टरहरू कुनै वस्तु होइनन्, राष्ट्रसेवक हुन्’ भन्ने कुरामा जोड दिँदै संघले डाक्टरहरूलाई विदेशिन बाध्य बनाउने परिस्थितिको मूल जड मन्त्रालयकै अकर्मण्यता रहेको उल्लेख गरेको। संघको धारणा अनुसार, हालका आर्थिक, पेशागत असुरक्षा र अपमानजनक व्यवहारले धेरै योग्य चिकित्सकहरूलाई विदेशिन प्रेरित भइरहेको अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुली हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ।
संघले कडा आपत्ति जनाउँदै यसले चिकित्सकलाई ‘बिक्री हुने वस्तु’ जस्तोगरी प्रस्तुत गरिएको बताएको छ। यस्तो अभिव्यक्तिले मन्त्रालयलाई बिचौलिया भूमिकामा परिणत गर्ने उल्लेख गरिएको छ। बिज्ञप्तिमा भनिएको छ, ‘आज युएसएमएलई,पील्याब, एएमसी, एनबीडीई जस्ता परीक्षा एक अब्बल चिकित्सकलाई उसका सामाजिक सपनाहरु पुरा गर्ने भरपर्दो माध्यम भएका छन्। स्वास्थ्य मन्त्रालयले सिर्जना गरेका व्यथितिका बीच आफैले खोजेका चाँदी घेरोमा समेत राज्यले धावा बोलेको अनुभुति स्वास्थ्य मन्त्रीको अभिव्यक्तिले चिकित्सकहरुलाई गराएको छ।’
डाक्टरहरूलाई देशभित्रै सेवा गर्न प्रेरित गर्ने वातावरण बनाउनु (शिक्षा, काम, सुरक्षा र सम्मानको माध्यमबाट) स्वास्थ्य मन्त्रालयको प्रमुख कार्य भएको स्मरण गराइएको छ। ‘यस्ता अव्यवहारिक र अपमानजनक वक्तव्यवाजी भन्दा हामी स्वास्थ्य मन्त्रालयलाई डाक्टरहरूलाई सम्मान, सुरक्षा, अवसर र प्रोत्साहन दिएर देशमै टिकाउने दीर्घकालीन नीति बनाउन तपशिल बमोजिम सुझाव दिन चाहन्छौं,’ बिज्ञप्तिमा उल्लेख छ।
सुझावहरु यसप्रकार छन् :
१. नेपालका धेरै युवा चिकित्सक सरकारी सेवामा काम गर्न इच्छुक रहेकाले तत्काल राष्ट्रव्यापी ओ & एम सर्भे गरी ३० वर्ष पुरानो दरबन्दी संरचानालाइ समय अनुसार परिवर्तन गरि चिकित्सकको दरबन्दी बढाएर तत्काल स्थायी पदपूर्ती गर्न लोकसेवा आयोग मार्फत प्रक्रिया सुरु गर्ने।
२. छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई सेवा अवधिमा लोकसेवाको परीक्षा थप पढ्न पाउने अवसर दिने।
३. ग्रामीण क्षेत्रमा काम गर्ने डाक्टरहरूलाई विशेष आर्थिक र अन्य सुविधा घोषणा गर्ने ।
४. कार्यस्थल सुरक्षित बनाउन बनेको र विगत १ वर्ष देखि स्वास्थ्य मन्त्रालयमा अड्किएको शून्य सहनशीलताको नीति लागू गर्ने ।
५. रेजिडेन्ट डाक्टरहरूको लागि निश्चित कार्य समय, बिदाको व्यवस्था गर्ने।
६. स्वास्थ्य क्षेत्रमा अनुसन्धानलाई प्राथमिकता दिन बजेट मार्फत व्यवस्थापन गर्ने ।
७. नियुक्ति र पदस्थापनमा पारदर्शिता र योग्यता आधारित प्रक्रिया अपनाउने ।
८. चिकित्सकलाई नेपाल सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने ।
यस्तो छ बिज्ञप्ति
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । इजरायली मन्त्रीहरूले कब्जा गरिएको वेस्ट बैंकमा २२ नयाँ यहूदी बस्तीहरूलाई अनुमोदन गरिएको बताएका छन्। यो पछिल्ला केही दशकहरूमा सबैभन्दा ठूलो विस्तार हो।
रक्षामन्त्री इजरायल काट्ज र अर्थमन्त्री बेजालेल स्मोट्रिचले भने – यी मध्ये धेरै पहिले नै सरकारी अनुमति बिना निर्माण गरिएको थियो तर अब इजरायली कानून अन्तर्गत वैधानिक बनाइनेछ। यस बाहेक, बाँकी बस्तीहरू पूर्णतया नयाँ छन्।
अन्तर्राष्ट्रिय कानुनअनुसार यी बस्तीहरू अवैध छन्, तर इजरायलले यसमा विवाद गर्छ। यो इजरायल र प्यालेस्टिनीहरू बीचको सबैभन्दा विवादास्पद मुद्दाहरू मध्ये एक हो।
काट्जले भने – यो कदमले “इजरायलको लागि खतरा हुने प्यालेस्टिनी राज्यको स्थापनालाई रोक्छ”, जबकि प्यालेस्टिनी राष्ट्रपतिले यसलाई “खतरनाक वृद्धि” भने।
इजरायली बस्ती विरोधी निगरानी संस्था पिस नाउले यसलाई ३० वर्षभन्दा बढी समयपछि “आफ्नो किसिमको सबैभन्दा ठूलो कदम” भन्यो र यसले “वेस्ट बैंकलाई पुन: आकार दिने र कब्जालाई अझ सुदृढ गर्ने” चेतावनी दियो।
सामाग्री श्रोत :
इजरायलले वेस्ट बैंकमा २२ यहूदी बस्ती स्थापना गर्ने, प्यालेस्टाइनको कडा प्रतिक्रिया
काठमाडौँ । आजकल च्याटजीपीटी अनेक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । यसले लेखहरू लेख्न, मिटिङको सारांश दिन वा आवश्यक पर्दा थेरापिस्टको काम पनि गर्न सक्छ ।
तर, यदि तपाईँले सोधेका प्रश्नहरूको जवाफ सामान्य वा आधारभूत मात्र आइरहेको छ र तपाईँलाई व्यक्तिपरक तथा चाहेजस्तो जवाफ पाउन गाह्रो भइरहेको छ भने, समस्या एआईमा नभएर तपाईँको प्रश्न सोध्ने तरिका (प्रोम्प्ट) मा हुन सक्छ।
यसै समस्यालाई समाधान गर्नका लागि ‘३ शब्दको नियम’ भनिने एउटा एकदमै सरल तरिका छ । यो प्रोम्प्टमा एउटा सानो परिवर्तन मात्र हो, जसले च्याटबटबाट आउने जवाफलाई सामान्य स्तरबाट माथि उठाएर अनुकूल, विचारपूर्ण र विज्ञ-स्तरमा लैजान सक्छ ।
के हो ३ शब्दको नियम ?
यो नियमको अवधारणा एकदमै सरल छ । तपाईँले आफ्नो मूल प्रश्नमा एउटा छोटो तीन शब्दको निर्देशन थप्नु पर्ने हुन्छ । यो निर्देशनले च्याटजीपीटीलाई उसले कसरी जवाफ दिनुपर्छ भन्ने कुरा बताउँछ । यी तीन शब्दले आउटपुट अर्थात् जवाफको टोन, आवाज र गहिराइ तुरुन्तै परिवर्तन गर्न सक्छन् । यहाँ तपाईँले आफ्नो पुरै प्रश्नलाई परिवर्तन गर्नु पर्दैन; केवल एआईलाई जवाफ दिनको लागि एउटा विशिष्ट दृष्टिकोण प्रदान गरिरहनु भएको हुन्छ ।
केही उदाहरणहरूमा हेरौँ, जसले यो नियम प्रयोग गर्दा अचम्मलाग्दो काम गर्छ:
-
‘Like a lawyer’ (एक वकिलको जस्तै) : यसको प्रयोग गर्दा संरचनागत रूपमा व्यवस्थित, विस्तृत र तार्किक खालका जवाफहरू पाउन सकिन्छ ।
-
‘Be a teacher’ (एक शिक्षक बन्नुहोस्): यसले सरल, स्पष्ट र शैक्षिक व्याख्याहरू प्रदान गर्न मद्दत गर्छ ।
-
‘Act like Hemingway’ (हेमिङ्वेले जस्तै लेख्नुहोस्): यो प्रभावशाली र सरल लेखन शैलीको लागि उपयुक्त हुन्छ ।
यो एआईलाई कुनै खास भूमिकामा राखेर उसलाई सोही अनुसार प्रदर्शन गर्न निर्देशन दिएजस्तै हो । तपाईँले यस्ता अन्य थुप्रै भूमिकाहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, जस्तै:
-
‘Summarize this article like a journalist’ (यो लेखलाई पत्रकार जस्तै सारांशमा तयार पार्नुहोस्)
-
‘Explain dark matter like a professor’ (डार्क म्याटरलाई प्राध्यापकले जस्तै बुझाउनुहोस्)
-
‘Give feedback like a mentor’ (एक मेन्टरले जस्तै प्रतिक्रिया दिनुहोस्)
-
‘Write a poem like a songwriter’ (एक गीतकारले जस्तै कविता लेख्नुहोस्)
-
‘Translate this message like a diplomat’ (यो मेसेजलाई एक कुटनीतिज्ञले जस्तै अनुवाद गर्नुहोस्)
तपाईँले सीईओ, थेरापिस्ट, डिजाइनर, कोच, किशोर-किशोरी वा यस्तै अरू जो कोहीको भूमिका पनि एआई प्रयोग गर्न सक्नुहुन्छ । यसरी जति विशिष्ट भूमिका रोजियो, त्यति नै राम्रो नतिजा आउने सम्भावना हुन्छ ।
यो तरिका किन उपयोगी हुन्छ ?
च्याटजीपीटीलाई विभिन्न लेखन शैली र व्यावसायिक आवाजहरूको विशाल सङ्ग्रहमा तालिम दिइएको हुन्छ । जब तपाईँ यसलाई ‘like a professor’ जस्तो छोटो निर्देशन दिनुहुन्छ, यसले त्यो खास व्यक्तित्व (पर्सोना) लाई प्रयोग गर्छ र सोही अनुसार आफ्नो टोन र शैली परिवर्तन गर्छ ।
यो सानो परिवर्तनले एउटा अस्पष्ट सारांशलाई परिष्कृत, इन्साइटयुक्त र पाठक अनुकूल जवाफमा बदल्न सक्छ ।
यो नियम कस्तो बेला उपयोगी हुन्छ ?
‘३ शब्दको नियम’ विशेष गरी निम्न परिस्थितिहरूमा उपयोगी हुन्छ:
-
कुनै खास लक्षित समूह (specific audience) को लागि तयार पारिएको जवाफ चाहिएको बेला ।
-
कुनै विशेष टोन चाहिएको बेला, जस्तै प्रेरक वा प्राविधिक ।
-
सामान्य वा सतही जवाफहरूबाट बच्नु परेमा ।
यो प्रोम्प्ट इन्जिनियरिङको एउटा सजिलो तरिका हो, जसले एआई प्रयोग गर्ने क्रममा ठुलो फरक पार्न सक्छ । यसका लागि कुनै जटिल शब्दावली वा प्रोम्प्ट-ह्याकिङ आवश्यक पर्दैन ।
यो ‘३ शब्दको नियम’ कुनै त्यस्तो जादु त होइन, तर पनि यो धेरै प्रभावशाली छ । यो तपाईँको प्रोम्प्टलाई सुधार गर्ने र एआईबाट अझ चलाख, बढी मानवीय जवाफहरू प्राप्त गर्ने सजिला तरिकाहरू मध्ये एक हो । यदि तपाईँ इमेल लेख्दै हुनुहुन्छ, लेसन प्लान बनाउँदै हुनुहुन्छ भने केवल तीन अतिरिक्त शब्दले च्याटजीपीटीबाट पाउने नतिजामा ठुलो सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ९:२३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – नेपाली राजदूतावास अबुधावीले एक विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ । समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचारी र युएईमा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न पेसा र व्यवसायसँग सम्बन्धित व्यक्तिलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले गणतन्त्र दिवसका अवसरमा युएईलगायत देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरे । महामहिम राजदूतले नेपाली जनताको ठूलो बलिदानपछि प्राप्त भएको गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो विकास, शान्ति, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको बताए ।
महावाणिज्यदूत हरिप्रसाद ओडारीले गणतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्दै सबैले इमान्दार, कर्तव्यनिष्ट र देशप्रेमको भावनाले कार्य गर्न र मुलुकप्रति समर्पित हुन आजको दिनले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।
सो अवसरमा युएईमा क्रियाशील विभिन्न राजनीतिक दलसँग आबद्ध सङ्घसङ्गठन तथा एनआरएनए एनसीसी युएई, पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि आ–आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने कुरामा जोड दिएका थिए । राजदूतावासले गणतन्त्रका दिवसका अवसरमा तीन दिनसम्म साँझ दीपावली गरी मनाउने कार्यक्रम तय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चितवन। नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो ।
भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाल र भारतका १०३ वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएको उक्त कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चिचताबीचको सम्भावना’ विषयमा डा दिनेश गौतम र प्रा डा सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए।
सो अवसरमा प्रा डा ए एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पारे। डा विजयकुमार श्रेष्ठ र प्रा डा रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराए।
यस्तै डा सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गरेका थिए । भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिए।
कार्यक्रममा विहार पोल्ट्री किसान महासङ्घका डा पवनकुमारले विहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासबारे अनुभव सुनाए । सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो ।
पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासका बारेमा छलफल भएको प्रा डा सिंहले बताउनुभयो । उनले भने, “कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ ।” भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उनको भनाइ छ ।
कार्यक्रममा पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदयसिंह बायस, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा आइपी ढकाललगायतले आ–आफ्नो धारणा राखे।
सामाग्री श्रोत :
काठमाडौँ । अब सिमकार्ड लिन र इन्टरनेट जोड्न पनि राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत बैंक, बीमा, दूरसञ्चार, धितोपत्र लगायत सबै प्रकारका सार्वजनिक तथा वित्तीय कारोबारमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्ने घोषणा गरेको हो ।
सार्वजनिक सेवा प्रवाहलाई सरल, पहुँचयोग्य र गुणस्तरीय बनाउन सूचना प्रविधिको उच्चतम उपयोग गर्न यस किसिमको नीति लिइएको उल्लेख छ ।
“राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सेवा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ । विद्युतीय माध्यमबाट नागरिकता वितरण गर्ने प्रबन्धलाई प्रभावकारी बनाइनेछ,” अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यका क्रममा भने ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:४७
सामाग्री श्रोत :
टेक पाना