
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन्। उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै हुनुहुन्छ। उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन्। आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन्। उनीहरुले गरिरहेको […]
सामाग्री श्रोत :
वीरगञ्ज– पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका – ७ रेलवे रोड कुम्हाल टोलमा मङ्गलवार राति भएको सवारी दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मधेस प्रदेश ०३-००२ स ४३८८ नम्बरको लोडरले पैदल यात्रीलाई ठक्कर दिँदा उक्त घटना भएको हो।
मङ्गलवार राति ८:३५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लोडरले अन्दाजी २८ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। लोडर वीरगञ्ज महानगरपालिका – १६ भुटनदेवी टोलका नारायण प्रसाद बरनवालका छोरा २१ वर्षीय किशन बरनवालकाले चलाएका थिए। ठक्करबाट गम्भीर घाइते भएका पुरुषको टाउकोमा गहिरो चोट लागेको थियो।
घाइतेलाई तत्काल नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि लगिएको थियो। तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो एन्ड जनरल अस्पतालमा चिकित्सक थियो। त्यहाँ चिकित्सकहरूले उनलाई राति १२:३५ बजे मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलमा पुगी शवको जाँच तथा प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। मृतकको शव हाल नारायणी अस्पतालको शव गृहमा राखिए पनि उनको पहिचान अझै हुन सकेको छैन। मृतकको हुलियामा ५ फिट ६ इन्च उचाइ, मझौला शरीर, आकाशे रङ्गको हाफ टी-सर्ट, निलो जिन्स प्यान्ट र तराई मूलको जस्तो देखिने पर्सा प्रहरीले पठाएको सूचनामा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय पर्साले मृतकलाई चिन्ने जो-कोहीलाई सम्पर्क गर्न अनुरोध गरेको छ। सम्पर्क नम्बरहरू ९८५५०९०१३६, ९८५५०९०३२९ र ९८५५०२८२८५ उपलब्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्ना दुई नयाँ स्मार्टवाच नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि ह्वावे वाच फिट फोर र ह्वावे वाच फिट फोर प्रो आउँदो साता सार्वजनिक गर्न लागेको हो ।
ह्वावे वाच फिट फोरमा स्लिम बेजलसहित १.८२ इन्चको एमोलेड डिस्प्ले दिइएको छ । यसमा २४/७ मुटुको धड्कन ट्रयाक गर्न मिल्ने सुविधा, एसपीओटु ट्रयाकिङ, एड्भान्स्ड स्लिप र स्ट्रेस मनिटरिङ जस्ता हेल्थ फिचरहरू उपलब्ध छन् ।
यसको फिटनेस मोडमा थप सुविधा दिएको छ, जसमा पिलाटे, योगा लगायत अन्य बाह्य गतिविधि लक्षित मोडहरू छन् । एक पटक फुल चार्ज गरेपछि यो वाच १० दिनसम्म टिक्ने कम्पनीको दाबी छ । यसमा ह्वावेको आफ्नै हार्मोनी ओएस प्रयोग गरिएको छ ।
त्यस्तै, ह्वावे वाच फिट फोर प्रोमा पनि १.८२ इन्चको एमोलेड स्क्रिन छ । प्रयोगकर्ताको स्वास्थ्यलाई ध्यानमा राखी यसमा ईसीजी, स्किन टेम्प्रेचर मेजरमेन्ट, ट्रुसेन्स (TruSense) हेल्थ मनिटरिङ सिस्टम जस्ता फिचर राखिएका छन् । स्ट्राप परिवर्तन गर्न सकिने यो स्मार्टवाच पनि एक पटकको चार्जमा १० दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।
यी वाचको मूल्यबारे आधिकारिक जानकारी आइसकेको छैन ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १४:३४
सामाग्री श्रोत :
टेक पाना
दिपायल । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बोगटान समृद्ध अभियानअन्तर्गत ‘मातृभूमि महोत्सव’ सम्पन्न भएको छ।
समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्।
बोगटानको चमरा चौतारास्थित श्री खत्याडी माविमा आयोजित महोत्सवमा बोगटान क्षेत्रको कला, साहित्य, संस्कृति, संकार, सम्पदा र बोगटान क्षेत्रको समृद्धिका आधारबारे विभिन्न बक्ताले परिचर्चा गरेका थिए।
बोगटान क्षेत्र कला, संस्कृति र प्रकृतिको अथाह भण्डार रहेको चर्चा गर्दै अध्यक्ष गड्सिलाले यहाँको समृद्धिसँग कला, संस्कृति, प्रकृति, पर्यटन र स्थानीय उत्पादन जोडिएकोले बोगटानको समृद्धिका लागि प्रत्येक वर्ष महोत्सव आयोजना गरिने बताए। उनले महोत्सवका माध्यमबाट अन्यत्र छरिएका बोगटानीहरूलाई पनि जोड्दै लगिने र सबैको सहयोगमा समृद्ध बोगटान अभिष्टलाई पूरा गरिने बताए।
यस क्षेत्रको विकास र समृद्धिका लागि बोगटानभन्दा बाहिर रहेको दक्ष जनशक्तिलाई जोडने र सहकार्य गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
महोत्सवमा मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले बोगटान क्षेत्रको कला, संस्कृति, संकार र पहिचान छुट्टै र विशेष प्रकारको रहेकोले यसलाई बोगटानको पहिचानका रुपमा जोगाइराख्नु पर्ने विचार व्यक्त गरे। बोगटानबाट बसाइ सरेर अन्यत्र गएकाहरूले आफ्नो मातृभूमिको समृद्धमा योगदान पुर्याउन बोगटान गाउँपालिकाले थालेको समृद्ध बोगटान अभियानमा जोडिनुपर्ने र सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
गाउँपालिका अध्यक्ष गड्सिलाले समृद्ध बोगटान अभियानको थालनी गरी यस क्षेत्रको कला, संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई संस्कारित, नैतिकवान, पठनशील र आफ्नो माटोप्रति कर्तव्यनिष्ठ हुन प्रेरित गर्ने कार्यको थालनी गरेकोमा खुशी व्यक्त गरे।
आफूले आफ्ना कृतिमा बोगटानको भूगोलसँगका बाल्यकालीन सम्झनाका साथै बोगटानी जनजीवन र माटोको सुवास लेखेको अनुभूति सुनाए। बोगटानका प्रतिभाले बोगटानजस्तो पवित्र भूमिको प्रकृति, संस्कृति र फरक संस्कारयुक्त जनजीवनलाई चिनाएर आफ्नो जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा चर्चित राईझुमा गीतका गायक तथा काली कर्णालीको लोकसाहित्य तथा संस्कृति नामक पुस्तकका लेखक यज्ञराज उपाध्यायले पुराना पुस्ताको अवसानसँगै लोकसंस्कृति र संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गरे।
आफ्नो संकार, संस्कृति र परम्परा नयाँ पुस्तामा पढाउनका लागि स्कुलमा विद्यार्थीलाई हाम्रा संस्कार, संस्कृति र लोकजीवन पढाउनु पर्ने उनले विचार व्यक्त गरे। आजको पुस्ताका लागि संस्कार सहितको शिक्षा दिनुपर्ने आवश्यकता भएकोले बालबालिकालाई घर र स्कुलबाट नै संस्कार र संस्कृति सिकाउनु पर्ने उनको राय थियो।
विद्यार्थीहरूमा पठन संस्कृतिको विकास र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि पालिकाभित्रका ६ कक्षाभन्दा माथिका करिब १३ सय विद्यार्थीलाई ‘बाआमा’ आख्यान र प्रत्येक स्कुललाई एक/एक वटा कालीकर्णालीको लोकसाहित्य तथा संस्कृति नामक पुस्तक पालिकाको तर्फबाट अध्यक्ष गड्सिलाले प्रदान गरेका थिए।
महोत्सवमा क्रिकेटको माध्यमले उल्लेखनीय योगदान गरी राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा बोगटान चिनाउने क्रिकेटर लोकेश बमलाई एक लाख राशीको पुरस्कारले सम्मानित गरिएको थियो। पुरस्कार ग्रहण गर्दै खेलाडी लोकेश बमले आफूलाई आफ्नो पालिकाका अध्यक्षले सम्झेर सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए।
कला, संस्कृति, शिक्षा, खेल र समाजसेवाका माध्यमले बोगटानको गौरव वृद्धि गर्ने प्रतिभाहरूलाई प्रत्येक वर्ष पालिकाले सम्मान गर्दै जाने अध्यक्ष गड्सिलाले बताए।
पालिका उपाध्यक्ष विष्नादेवी बमको सभापतित्त्वमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख चेतराज बिनाडीद्वारा अतिथिहरूलाई स्वागत गरिएको थियो।
कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र नजिकका विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूका पनि प्रस्तुति रहेका थिए।
सामाग्री श्रोत :
उदयपुर–उदयपुरको चौदण्डीगढी नगरपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको आधारभुत नगर अस्पताललाई गत जेष्ठ ५ गते सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियो। आधारभुत नगर अस्पताल चौदण्डीगढीका डाक्टर अमृत कर्णका अनुसार अस्पतालमा अहिले ‘एन्टी स्नेक भेनम’ राखेर उपचार सुरु गरिएको छ।
बर्षाको समयमा रातको समय वा दिनमै पनि स्थानीयलाई खजुरा, बिच्छी लगायतका किराको डसाई हुँदा समेत बिरामीलाई अस्पताल ल्याउने गरेका छन्। उनीहरुलाई २४ घटनासम्म बेडमा राखेर सर्पको डसाई हो वा होइन भन्ने पहिचान गरि उपचार सुरु गर्नु गर्ने चिकित्सकको भनाइ छ।
अहिले सबै सामाग्री अस्पतालमा यथेष्ट रहेको डाक्टर कर्णले बताए। डाक्टर कर्णले सर्पको डसाई बाट बिरामीलाई निकै समस्या भएर आइसीयुमा राख्नु पर्ने अवस्था भए आइसीयु सम्म पुर्याउन आवस्यक सामाग्री समेत अहिले अस्पतालमा रहेको जानकारी दिएका छन्।
आधारभुत नगर अस्पताल चौदण्डीगढीमा अहिले तीन जना एमबिबिएस डाक्टर र एक जना सर्पदंशका बिरामीको उपचार गर्न तालिम प्राप्त व्यक्ति रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले जानकारी दिए। उदयपुरमा हरेक बर्ष सयौंको संख्यामा स्थानीयहरुलाई विषालु सर्पले डस्ने गरेको छ। चौदण्डीगढी आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र संचालनमा आए संगै जिल्लामा सर्पदंश उपचार केन्द्रको संख्या चार पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत बजेटमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी गरिएका निर्णयहरूप्रति गर्व व्यक्त गरेका छन् । शुक्रबार बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले ईभीका लागि गरिएका व्यवस्थाप्रति आफू सन्तुष्ट रहेको उनले बताए ।
उनले विगतका बजेटमा ईभीसम्बन्धी भएका निर्णयहरू सबैलाई थाहा भएको र यस पटकको बजेटमा ईभीका लागि गरिएको निर्णयप्रति आफूले उपलब्धि महसुस गरेको सुनाए । “अहिले ईभीको सन्दर्भमा सरकारले गरेको जुन निर्णय गरेको छ, त्यसप्रति मैले ठिक गरे भनेर म गर्व गर्न चाहन्छु ।”
सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्दै आएको करलाई यथावत् राख्ने निर्णय गरेको छ । विद्युतीय सवारी साधनमा कर नबढाउन निजी क्षेत्रले सरकारलाई लामो समयदेखि दबाब दिँदै आएको थियो ।
त्यस्तै विद्युतीय सवारी साधनको चार्जिङ मसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार शुल्क मात्र लाग्ने भएको छ । यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था समेत सरकारले मिलाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १६:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । भारतीय विदेश मन्त्रालयले यस वर्षको जनवरीदेखि अहिलेसम्म एक हजार भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता पठाइएको बताएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विस्तृत विवरण नदिए पनि यी मध्ये लगभग ६२ प्रतिशत मानिसहरू व्यावसायिक उडानबाट भारत फर्किएको बताए।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैध कागजात बिना देशमा बसोबास गर्ने मानिसहरूलाई निष्कासन गर्ने बताएका थिए।
यसअघि ट्रम्पले अवैध आप्रवासनको सम्बन्धमा भारतले “जे सही छ त्यो गर्नेछ” भनेका थिए।
यस वर्षको फेब्रुअरीमा, अमेरिकाले अमेरिकी सैन्य विमानमा सयभन्दा बढी भारतीय नागरिकलाई देश निकाला गर्यो। यसपछि, निर्वासित गरिएका मानिसहरूलाई हथकडी लगाइएको थियो भन्ने चर्चा सुरु भयो।
विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले भने, “भारत र अमेरिका आप्रवासन मुद्दाहरूमा नजिकबाट काम गरिरहेका छन्। भारतले कसैलाई पनि फिर्ता लैजानु अघि उनीहरूको राष्ट्रियता प्रमाणित गर्छ।”
अमेरिकाले लगभग १८,००० भारतीय नागरिकहरूको पहिचान गरेको छ जुन अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेको विश्वास गरिन्छ।
यस महिनाको सुरुमा, भारतस्थित अमेरिकी दूतावासले चेतावनी जारी गरेको थियो कि अमेरिकामा अधिक समय बस्दा देश निकालाको जोखिम हुन सक्छ र व्यक्तिमाथि स्थायी प्रतिबन्ध पनि लाग्न सक्छ।
दूतावासका अनुसार यो नियम कानुनी रूपमा अमेरिका आएकाहरूलाई पनि लागू हुनेछ।
सामाग्री श्रोत :
काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई ‘इतिहास रच्ने क्षण’ भन्दै बधाई दिए।
मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गरे । ‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवद्र्धन दूतका रुपमा नियुक्त गर्नेछ ।’
मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं, उनले भने, यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ । स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गरे ।
पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि आफूले जीवनलाई पुनः पाएको महसुस गर्दै यो आरोहणले आत्मबल अझै बढाएको बताए।
‘जीवनमा केही पनि असम्भव छैन भन्ने कुरा मैले सगरमाथामा हिँड्दा महसुस गरेँ,’ शेर्पाले भने।
शेर्पाको मिर्गौला विफल भएपछि तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मार्च २२, २०२४ मा लोबुचे हिमाल र त्यसपछि मे १४ मा सगरमाथाको सफल आरोहण गर्दै इतिहास बनाएका हुन्।
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा सफल आरोहण गर्ने शेर्पा संसारकै पहिलो आरोही हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आज पनि राजावादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण राजधानीका विभिन्न सडकमा सवारी आवतजावत गर्न समस्या भएको छ ।
शुक्रबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बबरमहल, नयाँ बानेश्वर हुँदै नदी करिडोर क्षेत्रसम्म फैलिएको छ । प्रदर्शनका कारण ती क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।
सडकको बीचबाटै र्याली अगाडि बढेकाले यात्रुहरू घाममा लामो समय सडकमै रोकिएर बस्न बाध्य भएका छन् भने वैकल्पिक बाटोमा पनि लामो जाम देखिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीले करिब दुई हजार प्रदर्शनकारी माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको जानकारी दिए । उनका अनुसार प्रदर्शनकारी बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहजता भएको छ ।
यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा फोन गरेर ट्राफिकको अवस्था बुझ्न सकिने छ । साथै ट्राफिक प्रहरीले रेडियो ट्राफिक एफएम ९५.५ मेगाहर्जमार्फत पनि सडकको अवस्थाबारे जानकारी दिइरहेको छ । मेट्रो ट्राफिक प्रहरी डिभिजनको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमा पनि ट्राफिक गतिविधिबारे जानकारी लिन सकिन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १५:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाल प्रजातन्त्र सेनानी सङ्घले प्रजातन्त्र सेनानी तुलसीनारायण खगु श्रेष्ठको‘जीवनगाथा’लोकार्पण गरेको छ।
सङ्घले बागमती प्रदेशिक प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रम पनि आयोजना गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, प्रजातन्त्र सेनानी तुलसीनारायण खगु श्रेष्ठ लगायतको उपस्थित रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ