२०८२ भाद्र ३१ मंगलवार
LATEST NEWS
२०८२ भाद्र ३१ मंगलवार

काठमाडौँ । सरकारले सरकारवादी मुद्दाहरूमा बहस र पैरवीको गुणस्तर तथा क्षमता अभिवृद्धिका लागि ‘विद्युतीय न्यायाधिवक्ता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्यक्रम घोषणा गरेका हुन् । उनले न्याय प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, छरितो र प्रभावकारी बनाउने उद्देश्यले सूचना प्रविधिको अधिकतम उपयोग गरिने स्पष्ट पारे ।

न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न लक्षित वर्ग केन्द्रित निःशुल्क कानुनी सहायता कार्यक्रम पनि सञ्चालन गरिने मन्त्री पौडेलले उल्लेख …
सामाग्री श्रोत :
टेक पाना

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड र्दिएका छन्। जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ।

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासंघको कार्यक्रममा उनले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए। ‘जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ’, उनले भने, ‘म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु। तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ।’

मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गरे।


सामाग्री श्रोत :

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

काठमाडौं– कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको छ ।

शुक्रबार उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले बताए ।

Ncell 2
Ncell 2

रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए । जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । नियो गेमिङ स्टोरले एसईई तथा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर सार्वजनिक गरेको छ ।

सीमित अवधिका लागि ल्याइएको अफर अन्तर्गत विद्यार्थीहरूले एसुस, रग (रिपब्लिक अफ गेम्स) लगायतका गेमिङ र नन-गेमिङ ल्यापटप तथा कस्टम पीसीहरूमा विशेष छुट पाउने भएका छन् ।

छुट पाउन विद्यार्थीहरूले परीक्षाको प्रवेशपत्रसहित नियो गेमिङ स्टोरमा सम्पर्क गर्नुपर्ने छ । यो अफर अनलाइन तथा स्टोर दुवै माध्यमबाट उपलब्ध छ ।

विद्यार्थीहरूलाई अध्ययन, गेमिङ र सिर्जनात्मक कार्यका लागि आवश्यक प्रविधि सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो अफर ल्याएको नियो गेमिङ स्टोरले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १३:४५





सामाग्री श्रोत :
टेक पाना

लुम्बिनी। रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको रु ३० करोडको लगानीमा ‘ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालि’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो।

उद्योगले प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको र हाल ‘रत्नम्’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको उद्योग सञ्चालक अग्रवालले जानकारी दिए। उद्योगको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक उद्घाटन गरे।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य रहेको बताए। उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ नयाँ रोग देखिने गम्भीर समस्या रहेको बताए। उनले प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै उनले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणका रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अग्र्यानिक प्रदेश बनाउने संकल्प गरिएको बताए।

मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको जानकारी दिए।

कार्यक्रममा पूर्वसांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतले मुलुकको ठूलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले मलको अभाव झेल्न नपर्ने धारणा राखे।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिँदै स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरे।

उद्योगकी प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले कोरोना संक्रमणका कारण आफ्नै बुबालाई गुमाउनुपरेको स्मरण गर्दै श्रीमान् पनि संक्रमित भएर अस्पताल भर्ना भएको अवस्थामा मानव स्वास्थ्य र माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मल उद्योग सञ्चालन गर्ने निर्णय लिइएको उल्लेख गरिन्।


सामाग्री श्रोत :

रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

काठमाडौं– काठमाडौंको दरबारमार्गमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Ncell 2
Ncell 2

त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।

darbarmarga-1748613555.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । डलर कार्ड बनाउने प्रक्रिया झन्झटिलो लाग्छ भन्ने सोच पाल्नुभएको छ भने अब त्यस्तो सोच बदल्ने बेला आएको छ । नबिल बैंकले सुरु गरेको भर्चुअल डलर आईकार्ड (iCard) ले नेपालमै बसेर सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

यो कार्ड सन् २०२१ मा सुरु गरिएको एक डिजिटल प्रिपेड कार्ड हो । बुझ्नुपर्ने कुरा यो भौतिक कार्ड होइन, डिजिटल मात्र हो । नेपाली रुपैयाँ तिरेर अमेरिकी डलरमा अनलाइन कारोबार गर्न सकिने यो कार्ड विशेषगरी नेपालका प्रयोगकर्ताका लागि सहज विकल्प बनेको बैंकको दाबी छ ।

भर्चुअल डलर आईकार्ड बनाउनका लागि नबिल बैंकमा खाता हुन आवश्यक छ । साथै प्यान नम्बर र कार्ड अनिवार्य छ । यसका साथै नबिल बैंकको डेबिट कार्ड पनि हुनुपर्छ ।

सबैभन्दा पहिले ‘nBank’ मोबाइल एप खोली होम स्क्रिनमा रहेको ‘Cards’ आइकनमा क्लिक गरेर आफ्नो डेबिट कार्ड एपमा एड गर्नुपर्छ । कार्ड नम्बर र एक्स्पायरी डेट राखेपछि ओटीपी आएर कार्ड सफलतापूर्वक जोडिन्छ । त्यसपछि ‘Apply for Virtual Dollar iCard’ मा क्लिक गरेर प्यान नम्बर लेख्ने र प्यान कार्ड अपलोड गरी प्रक्रिया अघि बढाउने हो । विवरण एकपटक हेरेर ‘Proceed’ थिचेपछि आवेदन प्रक्रिया पूरा हुन्छ । यो सेवाको लागि ५०० रुपैयाँ शुल्क लाग्छ, जुन तपाईंको खाताबाट काटिन्छ ।

यदि सबै विवरण ठीक भएमा आवेदन दिएको २४ घण्टाभित्र भर्चुअल डलर आईकार्ड एक्टिभेट हुन्छ । कार्ड एपमा देखिएपछि त्यहाँ रहेको ‘ePayment Activate’ गर्नुपर्ने हुन्छ । यसले थ्रीडी सेक्युर बनाउने र अनलाइन ठगीको जोखिम कम गर्न सहयोग गर्न बैंकको भनाइ छ ।  बैंकका अनुसार ईपेमेन्ट एक्टिभेट नगरेमा अनलाइन कारोबार गर्न सकिँदैन ।

भर्चुअल डलर आईकार्डमा वार्षिक अधिकतम ५०० अमेरिकी डलरसम्म टप-अप गर्न सकिन्छ । एक कारोबारमा न्यूनतम १ डलरदेखि अधिकतम ५०० डलरसम्म प्रयोग गर्न सकिन्छ । साथै, कार्डमा पाँच हजार अमेरिकी डलरसम्मको रेमिट्यान्स प्राप्त गर्न सकिन्छ । कार्डमा रहेको पैसा आफ्नै खातामा ट्रान्सफर गर्न पनि मिल्छ ।

यो कार्ड Netflix, YouTube Premium, Amazon Prime Video, Spotify, Disney+, Adobe, Microsoft 365, Canva Pro, Google Play Store, Apple App Store, IELTS, TOEFL, विदेशी एयरलाइन्स टिकट, होटल बुकिङ, डोमेन तथा होस्टिङ खरिद लगायत सयौँ अन्तर्राष्ट्रिय सेवाहरूमा भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ ।

भर्चुअल डलर आईकार्ड (iCard) को टप-अप, ब्यालेन्स चेक र अन्य व्यवस्थापन ‘nBank’ एपबाट गर्न सकिन्छ । यो सेवा सानो स्तरमा अन्तर्राष्ट्रिय कारोबार गर्ने नेपाली प्रयोगकर्ताहरूका लागि सजिलो र भरपर्दो माध्यम बन्न सक्ने नबिल बैंकको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १५:९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रुपमा दिएका सुझावहरु बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए।

उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ। यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु खासगरि उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रुपमा सुझावहरु दिएका थियौं। त्यसमा भएको धेरै जसो सुझावहरु बजेटले समेटिएको छ। आउने दिनमा बजेटमा आएका कुराहरु कार्यान्वयन पनि हुदैँ गयो भने निजी क्षेत्रले चाहेको र आम जनताले चाहेको कुराहरु पूरा हुन्छ होला।’

यस्तै, उनले पारदर्शि तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सहि तरिकाले अगाडी बढ्न सक्ने बताए।


सामाग्री श्रोत :

बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषय समेटिएको छ : अध्यक्ष ढकाल

जनकपुरधाम– बारा प्रहरीले भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुपदार्थ बरामद गरेको छ । प्रहरीले लागुपदार्थ बोकेको कारसहित दुई भारतीय कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत भैसाली ग्राम हुसेनाराके- १२ का २७ वर्षीय धिरजकुमार सिंह र मोतिहारी ग्राम कटगेनवा- १२ का १८ वर्षीय चन्दनकुमार पटेल छन् । उनीहरु दुबै जना भारतबाट कारमा लागुपदार्थ भित्र्याएको अवस्थामा पक्राउ परेको बाराका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

Ncell 2
Ncell 2

उनका अनुसार सिंह कारका चालक हुन् भने चन्दन लागुपदार्थ कारोबारी । बीआर ०१ बीयू ३४८५ नम्बरको भारतीय कारबाट २१ हजार ६०० ट्रमाडोल हाइड्रोक्लोरिड क्याप्सुल र ७६ बोतल ओनरेक्स नामक लागुपदार्थ बरामद भएको छ । उक्त लागुपदार्थ कारको सीटमुनि र ढोकासहितका ठाउँमा लुकाएको अवस्थामा बरामद भएको बारा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले भारतबाट छिरेको कारलाई जीतपुर सिमरा उपमहानगरपालिका- २१ मा जेकचाँच गरेको थियो । सो क्रममा कारमा ठूलो परिमाणमा लागुपदार्थ भेटिएपछि चालक र कारोबारीसहित कार नियन्त्रणमा लिएको डीएसपी पण्डितले बताए ।

प्रहरीको तथ्यांकअनुसार मधेश प्रदेशमा दैनिक ५ देखि २५ जनासम्म लागुपदार्थ कारोबारी तथा सेवनकर्ता पक्राउ पर्ने गरेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । गुगलले ‘साइनजेम्मा’ (SignGemma) नामक नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । यो मोडेलले सांकेतिक भाषालाई स्मार्टफोन, ट्याब्लेट, ल्यापटपजस्ता उपकरणमा वास्तविक समयमा अक्षर वा आवाजमा रूपान्तरण गरिदिने कम्पनीको दाबी छ ।

यो मोडेल इन्टरनेटबिना पनि चल्ने भएकाले ग्रामीण वा कमजोर कनेक्टिभिटी भएका स्थानका प्रयोगकर्ताहरूलाई विशेष फाइदा पुग्ने बताइएको छ । 

गुगलका अनुसार, साइनजेम्माले केही उपकरणहरूमा २०० मिलिसेकेन्डभन्दा कम समयमा रूपान्तरण गर्न सफल भएको छ । साथै, यो मोडेलले भिडिओ डेटा स्थानीय रूपमा प्रक्रिया गर्ने भएकाले प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने दाबी गरिएको छ ।

गुगलको ‘जेमिनाइ नानो’ फ्रेमवर्कमा आधारित यस मोडेलले हातका संकेत, अनुहारका भाव र गति विश्लेषणमार्फत सांकेतिक भाषा बुझ्न सक्छ । त्यसपछि, सानो भाषा मोडेलमार्फत यसलाई अंग्रेजीमा अनुवाद गरिन्छ ।

हाल गुगलले यसको सीमित प्रिभ्यू संस्करण मात्र उपलब्ध गराएको छ । यसमा भाषासम्बन्धी सेवा प्रदायकहरू, पहुँच अनुसन्धानकर्ता र श्रवण तथा बोल्न असमर्थ समुदायका सदस्यहरू सहभागी छन् । यो सेवा चाँडै सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १७:२३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट