२०८२ भाद्र ३० सोमबार
२०८२ भाद्र ३० सोमबार

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन्।

पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको भन्दै यसले नेपाली खेलकुद क्षेत्रमा एउटा उत्साह थपेको बताए।

उनले भने, ‘जेष्ठ १५ गते नेपाल सरकारले आफ्नो बजेट प्रस्तुत गरेको छ। इतिहासमै पहिलो पटक नेपाली खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको छ। यो नेपाली खेलकुद क्षेत्रको लागि एउटा उत्साहजनक विषय हो। हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ।’

यस्तै, उनले पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माणाधीन रहेको भन्दै यसमा विगत वर्षहरुको भन्दा तेब्बर बढाएर बजेट प्रस्ताव गरिएको बताए।

उनले भने, ‘पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माणाधीन रहेको छ। आउने वर्षमा विगत वर्षहरुको भन्दा तेब्बर बढाएर प्रस्ताव गरिएको छ। विस्तृत बजेटको खाका आउँदा तपाईंहरूले थाहा पाउनुहुने छ।’

पोखरा रंगशालाको नियमित स्तरउन्नतीका काम यस वर्ष पनि चालु रहेको भन्दै आवश्यक अनुसार थप हुँदै जाने पनि उनको भनाई छ।


सामाग्री श्रोत :

इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ

बनियानी – शनिबार (आज) बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । आवागमनका लागि सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रूट प्रयोगमा ल्याइएको छ । सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।

यता, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत जनाएको छ ।

थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- ग्रान्डी सिटी अस्पताल र एन्जल फर्टिलिटी क्लिनिकमा पाठेघरको क्यान्सर भएकी एक महिलाले पाठेघर ननिकाली बच्चा जन्माउन सफल भएकी छन्। ग्रान्डी सिटीअस्पताल र एन्जल फर्टिलिटी क्लिनिकको संयुक्त प्रयासमा दुर्लभ मानिने उक्त केस नेपालमा नै पहिलोपटक गर्न सफल भएको डा सुरेश कायस्थले बताए। 

महिलालाई के समस्या थियो?
महिनावारी गडबड हुने समस्या पहिलेदेखि नै भएकोले ती महिला नियमित रूपमा स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन्। धेरै औषधि उपचार पश्चात पनि नभएपछि एन्जल फर्टिलिटी सेन्टरले डा कायस्थलाई उक्त बिरामी रेफर गरिएको थियो। बिरामीलाई डा कायस्थसहित चार पाँच जनाको टिमले हेरेपश्चात मात्रै उनको सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो। सर्जरी अगाडि डा कायस्थको टिमले समस्या पहिचानका लागि हिस्टेरोस्कोपी अर्थात् दूरबिनबाट  पाठेघर हेरेको थियो। त्यसरी हेर्दा महिलाको पाठेघरमा मासु पलाएको र क्यान्सर पनि भेटिएको थियो। पाठेघरमा बच्चा बस्ने स्थानमा नै क्यान्सर भएको निर्क्योल पश्चात उपचार प्रक्रिया अगाडि बढाइएको डा कायस्थ बताउँछन्। 

यसअघि यस्तो केसमा पूर्णरूपमा पाठेघरै निकालेर मात्रै उपचार सम्भव भएको डा कायस्थको दाबी छ। बिरामीको बच्चा नै नभएको तथा पहिलो चरणको क्यान्सरमा औषधि उपचार गरेर पनि बच्चा पाउने स्थिति बनाउन सकिने अवस्था रहेकोले बिरामीको आँट र चिकित्सकको  सहयोगले यो दुर्लभ सल्यक्रिया सम्पन्न भएको उनी बताउँछन्।

उपचारका क्रममा पाठेघर नफालिएको र बिरामीलाई हर्मन थेरापीमा राखिएको थियो। त्यतिबेला पाठेघरमा औषधि पनि राख्ने तथा खान पनि दिएको थियो। जसले रोगलाई नियन्त्रणमा लिन सजिलो भएको हो। 

बिरामी डिस्चार्ज, आमा र बच्चा दुवै स्वस्थ
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अस्पतालबाट डिस्चार्ज गरिसकेको उनी कायस्थ बताउँछन्। शल्यक्रिया पश्चात दुई दिनको अस्पताल बसाईपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो।  क्यान्सरको उपचार नभएकोले अझै पनि क्यान्सर भने फैलिन सक्ने सम्भावना रहेकोले निरन्तर चिकित्सकको परामर्शमा रहन डा कायस्थको सुझाव छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको छ। यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो। त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ।

जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ। आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए। उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन। स्थानीयहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए।

नेपालमा मनसुन भित्रिने सरदरभन्दा १५ दिनअगावै बिहीबार रातिदेखि मनसुन भित्रिएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेको पनि मौसम विज्ञान विभागले जानकारी दिएको छ। आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने देखिएको जनाइएको छ। त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ। रासस


सामाग्री श्रोत :

मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरो जोखिम

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियामा अनियमितता र ठगी गरेको अभियोगमा रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार पूर्वकम्प्युटर अपरेटर पराजुलीसँगै सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, दाङ तुलसीपुर कार्यालयका पूर्वकम्प्युटर अपरेटर अनिल बुढामगर र सेवाग्राही सभ्यता केसीलाई प्रतिवादी बनाउँदै आरोपपत्र पेश गरेको हो ।

आयोगका अनुसार सभ्यता केसीले बी श्रेणीको सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि न त लिखित परीक्षा दिइन्, न त ट्रायल परीक्षामा सहभागी भइन् । तर, उनको नाममा लाइसेन्स जारी भएको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानमा केसीले अर्कै व्यक्तिको विवरण प्रयोग गरी आर्थिक लेनदेनपछि सवारी चालक अनुमतिपत्र प्राप्त गरेकी पुष्टि भएको आयोगको दाबी छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार केसीको नाममा जारी गरिएको बी श्रेणीको अनुमतिपत्रमा ०१-०८-०१०३१२६२ नम्बरको एप्लिकेन्ट आईडी प्रयोग गरिएको थियो, जुन वास्तविक रूपमा अर्कै व्यक्तिको थियो । 

अनुसन्धानका क्रममा सो घटनामा तीनजना कर्मचारी तथा सेवाग्राही केसीको मिलेमतोमा सरकारी सार्वजनिक अभिलेखमा हेरफेर गरी गैरकानुनी लाभ उठाइएको पुष्टि भएको आयोगको दाबी छ ।

आयोगको आरोपपत्रअनुसार ती कर्मचारीहरूले सन् २०२२ मार्च २१ (२०७८ चैत ७) मा अर्कै व्यक्तिको नाममा जारी भएको बी श्रेणीको अनुमतिपत्रलाई केसीको नाममा कानुनी प्रक्रिया नअपनाई डेटा प्रणाली ‘EDLVRS’ मा एडिट गरी अपडेट गरेका थिए ।

वास्तविक सेवाग्राहीको नामबाट उत्पन्न भएको एप्लिकेन्ट आईडी पुनः अरू व्यक्तिको नाममा उत्पन्न हुन नसक्ने प्रणालीमा पनि परिवर्तन गरिएकाले आरोपितहरूको नियतप्रति शंका उब्जिएको आयोगको ठहर छ । आयोगका अनुसार उनीहरूले मिलेमतोमा कार्य सम्पादन गरी लाइसेन्सको गलत अभिलेख तयार पारी सवारी अनुमतिपत्र जारी गरेका थिए ।

आयोगले सार्वजनिक पदको दुरुपयोग तथा सेवाग्राहीले पनि सोही गैरकानुनी कार्यमा संलग्नता देखिएको हुँदा सबैलाई प्रतिवादी बनाइएको उल्लेख गरेको छ । आयोगले सभ्यता केसीले नियोजित योजनाअनुसार सरकारी अभिलेखमा हेरफेर गराउने कार्यमा प्रत्यक्ष संलग्नता देखिएको उल्लेख गर्दै उनीमाथि पनि मुख्य कसुरदारसरह सजाय हुनुपर्ने माग गरेको छ ।

उक्त कार्यले सेवाग्राही मात्र नभई कर्मचारी तहको मिलेमतोबाट सरकारी प्रणालीमै हस्तक्षेप गरिएर सार्वजनिक सेवा दुरुपयोग गरिएको देखिएको आयोगको दाबी छ ।​

“…सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रियामा भाग नलिई अर्कौ व्यक्तिको Applicant ID बदनियत साथ दुरुपयोग गरी उल्लिखित प्रतिवादीहरूसँगको मिलोमतो तथा योजनामा यातायात व्यवस्था विभागको प्रणालीमा रहेको उक्त सरकारी सार्वजनिक अभिलेख गैरकानुनी तरिकाले सच्याउन लगाई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी गराई निजले सवारी चालक अनुमतिपत्र प्राप्त गरी प्रयोग प्रचलनमा समेत ल्याएको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसूरजन्य कार्यको गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा परिभाषित भएबमोजिमको कसूर भएको हुँदा मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र  दफा ११ बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निजलाई मुख्य कसुरदार सरह सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,” आरोपपत्रमा भनिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ १०:३४





सामाग्री श्रोत :
टेक पाना

 

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी सङ्ख्या शून्य भएको छ । 

कक्षा चारसम्मको पठनपाठनको अनुुमति पाएको विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या शून्य भएको हो । प्रधानाध्यापक खिमबहादुर चर्माकारले बालकक्षामा चार र कक्षा एकमा तीन जना विद्यार्थी रहेका बताए । 

“गत वर्ष कक्षा ४ मा तीन, ३, २ मा एकरएक एक र १ मा तीन जना विद्यार्थी थिए”, उनले भने, “चार कक्षा उत्तीर्ण भएका माथिल्लो तह अध्ययन गर्न, सारेमारे टोलबाट आउने २ र ३ का विद्यार्थी टाढा भएपछि अर्को विद्यालयमा भर्ना भए ।”

कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ वृद्धिका लागि कक्षा दोहोर्‍याइएको र बालकक्षामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रअ चर्माकारले बताए । यु्वा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्नाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए । 

आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले पनि बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताए । 

लामगरा र सिममा करिब ५० घरपरिवारको बसोबास छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीको लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाए पनि अभिभावकले वास्ता नगर्दा निराश भएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । 

विसं २०४१ मा स्थापना भएको विद्यालयमा १०० जनासम्म विद्यार्थी हुुन्थे । सिकाइ उपलब्धि ९५ प्रतिशत छ । विद्यार्थी सङ्ख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक वटा कक्षा घटुवा गरेर चार कक्षासम्म कायम गरेको थियो । 

उक्त विद्यालयमा हाल दुई जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटुवा गर्ने र शिक्षकलाई नजिकको धेरै विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ । 

युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गाजा – उत्तरी गाजा क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अन्तिम अस्पताल अल-अवदा पनि बन्द भएको छ। अस्पतालका निर्देशक डा. मोहम्मद साल्हाले इजरायली सेनाले अस्पताल तत्काल खाली गर्न आदेश दिएको बताएका छन्।

उनका अनुसार दुई सातासम्म घेराबन्दीमा परेको यो अस्पताल बिहीबार साँझ बिरामीहरूलाई निकालेर बन्द गरिएको हो। ‘अब गाजाको उत्तरमा कुनै पनि स्वास्थ्य सेवा सञ्चालनमा छैन,’ उनले भने।

इजरायली रक्षा सेना (आईडीएफ) तर्फबाट भने यो विषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

यो घटना त्यस्तो समयमा सार्वजनिक भएको हो, जब युद्धविरामका प्रयासहरू जारी छन्।

हमासले युद्धविराम सम्बन्धी अमेरिकी प्रस्तावको ‘गम्भीर समीक्षा’ भइरहेको जनाएको छ। उता, ह्वाइट हाउसले भने इस्राइलले उक्त योजनामा ‘हस्ताक्षर गरिसकेको’ पुष्टि गरेको छ।

इजराइलको गाजामा जारी सैन्य अभियान बीच, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा इस्रायली हवाई आक्रमणमा कम्तीमा ७२ जनाको ज्यान गएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे।

“म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन।” प्रधानमन्त्री ओलीले भने, “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौं ३५ कलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।”

उनले बच्चाहरुले झोला वा खेलौनौ हात्ती किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए।

कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकांक्षा-धु्रवीकरणहरु हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो।

संसद्मा प्रस्तुत बजेटका सन्दर्भमा कान्तिपुरका सम्पादकबाट सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको जवाफ दिए।

“हामीलाई त्यसै पपुलिष्ट हुनु छैन। राम्रा काम गर्नु छ। यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो। गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो। माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो। हामी त्यस्तो गर्दैनौं।”, उनले भने, “हामीले पहिला पूर्वाधार विकासमा जोड दियौं। पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौं।”


सामाग्री श्रोत :

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित: प्रधानमन्त्री

भद्रपुर – झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्  । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । 

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईले भने, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।” यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रिय सभागृह काठमाडौंमा हुने उक्त महाधिवेशनको समुद्घाटन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि (एमाले) का  अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। 

२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको अध्यक्ष झलक शरम्ा गौतमले बताएका छन्। ‘हाल यस महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरु आवद्ध  छन्। स्वास्थ्य सम्बन्धि सामान्य तालिम प्राप्त देखी विशेषज्ञ स्वास्थ्यकर्मीहरुसम्म यस महासंघ र आफ्नो सेवा समूह मिल्ने घटकहरुमा आवद्ध छन्,’ उनले भने।

महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानून्, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको जनाएको छ।

‘महासंघको चौथो महाधिवेशन २०७८ चैत्रमा सम्पन्न भएदेखि हालसम्म महासंघका ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा बिशेष जिल्ला, ८ वटा घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटि र अन्य कमिटि गरि ४०० भन्दा बढी कमिटिहरु गठन भएका छन् । हजारौं स्वास्थ्यकर्मीहरु यसका सदस्य भएका छन् । यस महासंघ नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित सङ्गठित संजाल भएको ठूलो संगठन हो,’ उनले थपे।

पाचौँ राष्ट्रिय महाधिवेशनमा देशभरि बाट बिधान बमोजिम् ५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनमा अतिथिज्यूहरुले शुभकामना सहित आफ्नो मन्तव्य दिनुहुनेछ। खुल्ला र बन्द सत्र गरि २ दिनसम्म महाधिवेशन चल्ने छ। महाधिवेशनले विधान समेत संशोधन गर्दै ९ सदस्यीय पदाधिकारी सहित ९९ जना सम्मको केन्द्रिय समिति निर्वाचित गर्नेछ। 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट