२०८२ भाद्र ३० सोमबार
२०८२ भाद्र ३० सोमबार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सवै आन्दोलन रोकिने बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट बिश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन् । 

भ्रष्टाचार लगाएत खराव काम भइरहेको भन्दै थापाले जनताले तेर्साएका प्रश्नहरुलाई नेतृत्व तहमा बसेकाहरुले गम्भीर रुपमा लिनुपर्ने जिकिर गरे । राजनीतिक दलहरुले आफुलाई फरक ठान्न सकेमात्रै बिकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उनले बताए । 

त्यस्तै थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले कहिले पनि संवैधानिक बनाउनै नसक्ने उल्लेख गरे । संवैधानिक राजसंस्था भनेर राप्रपाका नेताहरुले झुक्काउने काम गरेको उनको भनाइ छ । 

उनले मुलुकमा राजतन्त्र आउँदैमा देशमा देखिएको रोजगारी लगायतका समस्या समाधान हुन नसक्ने तर्क गरे । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

किएभ। रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।

रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ।

हालैका हप्ताहरूमा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको संकेतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताएका थिए।

युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताएका थिए।

गत वर्ष कुर्स्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाले लडेपछि रुसी सेनाको सङ्ख्या बढ्न थालेको उनले बताए।

रुसले हालै कुर्स्कको लगभग सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिएको छ।

सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण सुरु गरेको रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ। जारी द्वन्द्वका कारण दुवै पक्षका दशौँ हजार सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।

वासिङ्टनले युद्धविरामका लागि कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ, तर किएभ र मस्कोले एकअर्कालाई शान्ति नचाहेको आरोप लगाउँदै आएका छन्।

मे १६ मा भएको वार्तापछि क्रेमलिनले सोमबार इस्तानबुलमा थप वार्ताको प्रस्ताव गरेको छ।

किएभले इस्तानबुलको बैठकमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताएको छैन र उसले मस्कोलाई तत्काल आक्रमण रोकी युद्धविराम गर्न माग गरिरहेको छ।


सामाग्री श्रोत :

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय नोटप्याड एपमा नयाँ फिचर थप गरेको छ । विन्डोज ११ को क्यानरी र डेभ च्यानलका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको नयाँ अपडेटमार्फत नोटप्याडमा बोल्ड, इटालिक, हाइपरलिङ्क तथा मार्कडाउन सपोर्ट थपिएको छ ।

नयाँ फिचर अनुसार अब नोटप्याड एपको माथिल्लो भागमा ‘फरम्याटिङ टुलबार’ देखिनेछ । यसले प्रयोगकर्तालाई विभिन्न टेक्स्ट शैलीहरू जस्तै; बोल्ड, इटालिक, लिस्ट र हेडिङहरू प्रयोग गर्न मिल्ने बनाउँछ ।

माइक्रोसफ्ट विन्डोज इनबक्स एप्सका प्रमुख प्रडक्ट म्यानेजर डेभ ग्रोकोकीका अनुसार पछिल्लो अपडेटले ‘मार्कडाउन’ शैलीको इनपुट तथा फाइललाई पनि सपोर्ट गर्छ । प्रयोगकर्ताले ‘मार्कडाउन’ को फरम्याटेड भ्यू र सिन्ट्याक्स भ्यूबिच स्विच गर्नसक्ने सुविधा पनि प्रदान गरिएको छ ।

प्रयोगकर्ताले साधारण टेक्स्ट प्रयोग गर्न चाहेमा टुलबार वा एडिट मेनुबाट सम्पूर्ण फरम्याटिङ हटाउन सकिने सुविधा पनि राखिएको छ । साथै, यो फिचरलाई पूर्णरूपमा बन्द गर्न पनि मिल्नेछ ।

गत साता मात्रै माइक्रोसफ्टले नोटप्याडमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर ‘राइट’ (Write) नामक फिचर टेस्ट गर्न थालेको थियो । यसले प्रयोगकर्ताको निर्देशनअनुसार छिटो ड्राफ्ट तयार पार्न सक्छ । नयाँ फरम्याटिङ फिचरहरूसँगै नोटप्याड अझै परिष्कृत बनेको देखिएको छ ।

नोटप्याडमा दशकौँसम्म खासै परिवर्तन नगरेको माइक्रोसफ्टले हालै वर्डप्याडलाई हटाउने निर्णय गरेसँगै क्रमिक रूपमा नयाँ फिचरहरू थप्दै आएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ १७:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले आज नुवाकोट पुगेर राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए ।

प्रचण्डले भनेका थिए, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’

त्यसको जवाफमा लिङदेनले आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो अनुभव सुनाएको बताए ।

उनले भने, ‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो । उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो । त्यसैले गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पिर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पिर परेको बेलामा केके बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ । उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू बोलेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज गर्नुभएको थियो । उहाँहरूलाई थाहा छ– खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको होला । त्यसमा मेरो टिप्पणी छैन ।’

लिङदेनले जनताको मद्दत यसैगरी पुग्यो भने सरकारलाई झुकाइछाड्ने बताए । अहिले जनसमर्थन नपुगे पनि आफूहरू निरन्तर लागिराख्ने उनले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कतार। गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित ओइलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रवारका दिन भव्य रुपमा सम्पन्न भएको छ।

गोरखा सेवा समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोवल गोरखा समाजका उपाध्यक्ष, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व उप-संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।

सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको नेपाली समुदायको अग्रणी संस्था हो। स्थापनाकाल देखि नै परोपकारी सामाजिक कार्यमा अग्रसर रहेको यो संस्थाले जिल्ला अस्पतालमा एउटा इसिजी मेसिन, चारवटा स्ट्रेचर बेड, विद्यालय भवन निर्माणमा सहयोग गर्दै हाल पच्चीस लाखको अक्षयकोष खडा गरि जिल्लाका विभिन्न विद्यालयका विपन्न, असहाय र संरक्षित बालबालिकाहरुलाइ सहयोग गर्दै आइरहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

नेपाली कला भाषा र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न मनकामना कला केन्द्र सञ्चालनमा ल्याइ कलाकार उत्पादन र मौलिक कल्चरको जगेर्ना गर्न सफल भएको संस्थाका संरक्षक बुधबल गुरुङले बताएका थिए। समाजले जिल्ला भित्रका सडक गल्लिहरुमा भौँतारिरहेका बेसाहाराहरुलाइ सेवा गर्न मानव सेवा आश्रमसंग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक , ज्ञानवर्दक र मानव मुक्त गोरखा बनाउन चरणद्ध रुपमा काम गर्दै आइरहेको र भर्खरै मात्र पनि मानव सेवा आश्रमलाई पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरेको राकेश श्रेष्ठले जानकारी दिए।

प्रमुख अतिथि भट्टराईले २००३ मा स्थापना भएर वर्तमानसम्म आइपुग्दा समाजले गरेको योगदान लाई हृदयङ्गम गर्दा आफू गौरवान्वित भएको बताउँदै संस्थाले गरेका कामहरुको प्रंशसा गरेका थिए ।

समाज कतारको १३ औं अधिबेशनबाट ०२५-०२७ कार्यकालको लागि नवनिर्बाचित अध्यक्ष कास श्रेष्ठकाे टिममा निर्वाचित कार्यसमिति सदस्यहरु :

अध्यक्ष : बिकाश श्रेष्ठ

वरिष्ठ उपाध्यक्ष : अर्जुन संग्रौला

उपाध्यक्ष : राजेन्द्र पराजुली

उपाध्यक्ष : रामचन्द्र गिरि

महासचिव : रुद्र बहादुर भट्ट

सचिब : पवन गुरुङ

सचिव : पुर्ण बहादुर गुरुङ

काेषाध्यक्ष : अशोक श्रेष्ठ

सह काेषाध्यक्ष : दिनेश थापा

नगरपालिका तथा गाउँपालिका संयोजकहरु :

पालुङटार न.पा. : नन्दलाल श्रेष्ठ

सिरानचोक गा.पा. : सुर्य बहादुर गुरुङ

अजिरकोट गा.पा. : राजु गुरुङ

शहिदलखन गा.पा. : दिपक बि.क

सिरानचोक गा.पा. : सुर्य बहादुर गुरुङ

अजिरकोट गा.पा. : राजु गुरुङ

आरुघाट गा.पा. : रश्मि गुरुङ

केन्द्रीय सदस्य : दुर्गा भुजेल

केन्द्रीय सदस्य : मालती गुरुङ

केन्द्रीय सदस्य : मदन बखाती

केन्द्रीय सदस्य : प्रदिप मल्ल ठकुरी


सामाग्री श्रोत :

गोरखा सेवा समाजको १३औं अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका घटना भइरहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रहरी अन्तर्गतको साइबर ब्युरोले एक सूचना जारी गर्दै ‘AT_Alert’, ‘THE_Alert’ लगायतका बल्क एसएमएस सेवा प्रदायकहरूको नाम दुरुपयोग गरी प्रयोगकर्ताका संवेदनशील वित्तीय विवरणहरू चोरी गर्ने प्रयास भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

ब्युरोका अनुसार ‘Your account will be locked in 6 hours. Verify immediately’ वा ‘Your connectIPS linked accounts have been suspended due to security reasons. Please complete the self-verify process to regain access.’ जस्ता भ्रामक सन्देशहरू व्यापक रूपमा प्रयोगकर्ताहरूका मोबाइलमा पठाइएको पाइएको छ ।

यी फिसिङ एसएमएसमा दिइएका लिङ्कहरूमा क्लिक गर्दा प्रयोगकर्ताहरू खल्ती, कनेक्टआईपीएस लगायतका डिजिटल वालेट र बैंकहरूको नक्कली वेबसाइटमा पुग्ने र त्यहाँ आफ्नो युजरनेम र पासवर्ड जस्ता महत्त्वपूर्ण जानकारीहरू भर्न बाध्य पारिन्छ । यसरी प्राप्त गरिएका व्यक्तिगत विवरणहरूको दुरुपयोग गरी ठगहरूले प्रयोगकर्ताका खाताबाट रकम निकाल्ने गरेका छन् ।

ब्युरोले यस्ता कुनै पनि भ्रामक वा शंकास्पद एसएमएसमा प्रतिक्रिया नदिन र दिइएका लिङ्कहरूमा कुनै पनि हालतमा क्लिक नगर्न आग्रह गरेको छ । यदि यस्ता सन्देशहरू प्राप्त भएमा वा कुनै दुविधा उत्पन्न भएमा सम्बन्धित वालेट वा बैंकका आधिकारिक कार्यालयहरूमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी लिन सुझाव दिइएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक अवस्थीले साइबर अपराधबाट बच्नका लागि व्यक्तिगत सतर्कता नै सबैभन्दा महत्त्वपूर्ण उपाय भएको बताए । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका स्वरूपहरू पनि जटिल बन्दै गएकाले आमनागरिकले वित्तीय कारोबार र व्यक्तिगत जानकारीको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

अवैध गतिविधिमा संलग्न ठगहरूले बल्क एसएमएस सेवाको दुरुपयोग गरी सयौँ-हजारौँ प्रयोगकर्तालाई एकैपटक निशाना बनाइरहेको र यसले वित्तीय सुरक्षामा गम्भीर चुनौती थपेको प्रहरीको भनाइ छ । यस प्रकारको ठगी धन्दामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुन अनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ १६:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् । 

प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताएका हुन् । 

एमालेलाई सिध्याइदिन्छु भन्नेहरुको अहिले कुनै हैसियत नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरे । 

उनले एमालेले राष्ट्रिय एकतालाई सर्वोपरी ठान्ने स्पष्ट गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी गरे । 

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताका साथ मुलुकको बिकास र समृद्धिमा जुट्नुपर्नेमा जोड दिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन्।

कार्यक्रम व्यवस्थापन संघ नेपालको ५औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र भएको बताएका हुन्।

उनले भने, ‘कार्यक्रम व्यवस्थापन संघ नेपालले कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको छ। कुनै पनि कार्यक्रम व्यवस्थापन गर्दा कार्यक्रमको समारोहको चरित्रसँग मिल्नेगरि नेपाली कला, साहित्य, संस्कृति र पर्यटनलाई टेवा पुग्ने गरि कार्यक्रम स्थललाई सघाउनु भयो भने हाम्रो नेपालको परम्परागत संस्कृति र कलाको पनि प्रचार हुनेछ। र पर्यटनमा पनि आकर्षण बढ्ने छ। नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र हो। नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार हाम्रो परिचय र मेरुदण्ड हुन्।’

साथै उनले कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भैइरहेको बताए। उनले हरेक कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेको समेत बताए।

उनले भने, ‘कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भैइरहेका छन्। जसले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेका हुन्छन्।’


सामाग्री श्रोत :

नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, नृत्य र संस्कार हामी सबैको परिचय हुन् : अध्यक्ष दाहाल

काठमाडौँ । ओपनएआईले च्याटजीपीटी लगायतका आफ्ना एआई टुलको प्रयोगलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले विभिन्न उपयोगी कोर्सहरू उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले आफ्नो ‘एआई एकेडेमी’ मार्फत हाल ११ ओटा कोर्स पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको हो ।

यी कोर्सले प्रयोगकर्तालाई च्याटजीपीटी र अन्य एआई मोडेलको क्षमतालाई राम्रोसँग बुझ्न र त्यसको अधिकतम उपयोग गर्न मद्दत पुर्‍याउने बताइएको छ । तपाईं एआईमा नयाँ हुनुहुन्छ वा आफ्नो क्षमतालाई अझ तिखार्न चाहनुहुन्छ भने यी कोर्स उपयोगी हुन सक्छन्:

यी हुन् ओपनएआईले निःशुल्क उपलब्ध गराइएका ११ कोर्स

१. प्रम्प्ट इन्जिनियरिङको परिचय 

यस कोर्सले तपाईंलाई एआई मोडेल विशेषगरी च्याटजीपीटीजस्ता लार्ज ल्याङ्ग्वेज मोडेल (LLMs) सँग कसरी प्रभावकारी रूपमा संवाद गर्ने भन्ने सिकाउँछ । ‘प्रम्प्ट’ भनेको तपाईंले एआईलाई दिने निर्देशन वा प्रश्न हो । यो कोर्समा तपाईंले स्पष्ट, संक्षिप्त र प्रभावकारी प्रम्प्ट कसरी लेख्ने भन्ने सिक्न सक्नुहुन्छ । 

२. च्याटजीपीटी र तार्किक क्षमता 

च्याटजीपीटीले कसरी जानकारीलाई प्रशोधन गर्छ र जटिल प्रश्नको जवाफ दिँदा कस्तो प्रकारको ‘तार्किक’ (Reasoning) प्रक्रिया अपनाउँछ भन्ने कुरा यो कोर्समा सिक्न सकिन्छ । यसले च्याटजीपीटीको सोच्ने तरिका, समस्या समाधान गर्ने क्षमता र यसका सीमा बुझ्न सघाउँछ । तपाईंले च्याटजीपीटीले कसरी विभिन्न धारणालाई जोड्छ र निष्कर्ष निकाल्छ भन्नेबारे यस कोर्समा जान्नुहुनेछ । 

३. गहन अनुसन्धान (Deep Research)

यो कोर्स च्याटजीपीटीलाई एक अनुसन्धान टुलका रूपमा कसरी प्रयोग गर्ने तरिका सिक्न सकिन्छ । तपाईंले जानकारी खोज्ने, विभिन्न स्रोतबाट डेटा सङ्कलन गर्ने, लामो लेख वा डकुमेन्टको सारांश निकाल्ने र जटिल विषयलाई सरल भाषामा बुझ्न च्याटजीपीटीको मद्दत कसरी लिने भन्ने सिक्नुहुनेछ । यसले तपाईंको अनुसन्धान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सक्छ ।

४. ओपनएआई, एलएलएम र च्याटजीपीटी

यस कोर्सले ओपनएआई, लार्ज ल्याङ्उग्वेज मोडेलको अवधारणा र च्याटजीपीटी बीचको सम्बन्ध र आधारभूत संरचनाको बारेमा जानकारी दिन्छ । तपाईंले एलएलएम कसरी तालिम प्राप्त गर्छन्, तिनीहरूको क्षमता के हो र च्याटजीपीटी कसरी यो प्रविधिको एक उदाहरण हो भन्ने बुझ्नुहुनेछ ।

५. च्याटजीपीटी सर्च 

यस कोर्सले परम्परागत सर्च इन्जिनको सट्टा च्याटजीपीटीलाई जानकारी खोज्न कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।

६. डेटा विश्लेषणका लागि च्याटजीपीटी 

यस कोर्सले डेटासेट (तथ्याङ्कका समूह) बुझ्न, विश्लेषण गर्न र त्यसबाट महत्वपूर्ण जानकारी निकाल्न च्याटजीपीटीको प्रयोग कसरी गर्ने भन्ने देखाउँछ । तपाईंले डेटा मिलाउने, ढाँचा वा प्रवृत्ति पहिचान गर्ने र डेटामा आधारित प्रश्नको जवाफ पाउन च्याटजीपीटीलाई कसरी निर्देशन दिने भन्ने सिक्नुहुनेछ । 

७. एड्भान्स्ड प्रम्प्ट इन्जिनियरिङ

आधारभूत प्रम्प्ट इन्जिनियरिङभन्दा एक कदम अगाडि छ ‘एड्भान्स्ड प्रम्प्ट इन्जिनियरिङ’ । यस कोर्सले अझ जटिल र परिष्कृत प्रम्प्ट कसरी निर्माण गर्ने भन्ने सिकाउँछ । यसमा विभिन्न प्रम्प्टिङ टेक्निक जस्तै ‘फ्यु-सट प्रम्प्टिङ’, ‘चेन-अफ-थट प्रम्प्टिङ’ र एआईलाई निश्चित भूमिका वा व्यक्तित्वमा ढालेर काम गराउने तरिका समावेश छन् ।

८. मल्टीमोडालिटीको परिचय 

मल्टीमोडालिटी भनेको एआईले टेक्स्ट मात्र नभई इमेज, अडियो र भिडिओ जस्ता विभिन्न प्रकारका जानकारी एकैसाथ बुझ्न र प्रशोधन गर्न सक्ने क्षमता हो । यस कोर्सले मल्टीमोडेल एआई कसरी काम गर्छ, यसका फाइदा के हुन् र भविष्यमा यसले कस्ता सम्भावना ल्याउन सक्छ भन्नेबारे विस्तृत जानकारी दिने कम्पनीले जनाएको छ । 

९. लेखन र कोडिङका लागि च्याटजीपीटी

ओपनएआईका अनुसार यस कोर्सले लेख लेख्न वा सुधार गर्न र विभिन्न प्रोग्रामिङ भाषामा कोड लेख्न, बुझ्न वा डिबग (त्रुटि सच्याउन) गर्न च्याटजीपीटीलाई कसरी सहायकको रूपमा प्रयोग गर्ने भन्ने सिकाउँछ । यसले तपाईंको लेखन र कोडिङ कार्यलाई छिटो र प्रभावकारी बनाउन मद्दत गर्न सक्छ ।

 

१०. च्याटजीपीटी प्रोजेक्ट

यो कोर्स बढी व्यावहारिक छ र यसले तपाईंले सिकेका च्याटजीपीटीका सीपलाई वास्तविक जीवनका साना-साना परियोजनामा कसरी लागु गर्ने भन्ने सिकाउने कम्पनीले जनाएको छ । तपाईंले च्याटजीपीटी प्रयोग गरेर कुनै उपयोगी टुल वा सामग्री कसरी बनाउन सकिन्छ भन्नेबारे उदाहरण र गाइडेन्स यसबाट पाउन सक्नुहुन्छ ।

११. जीपीटी (GPTs)को परिचय 

‘जीपीटी’ (GPTs) भनेका ओपनएआईले उपलब्ध गराएको नयाँ फिचर हो, जसले प्रयोगकर्तालाई कुनै विशेष काम वा उद्देश्यका लागि च्याटजीपीटीको आफ्नै कस्टमाइज्ड भर्सन बनाउन दिन्छ । तर, यसका लागि कोडिङ जान्नुपर्छ भन्ने हुँदैन । यो कोर्सले जीपीटी के हुन्, तिनीहरू कसरी बनाउने र विभिन्न क्षेत्रमा तिनको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिन्छ ।

यी बाहेक एआई प्रयोग गरेर आफ्नो काम कसरी उत्कृष्ट बनाउने भन्ने सिक्न यहाँ र च्याटजीपीटीलाई आफ्नो सुपर असिस्टेन्ट कसरी बनाउने भन्ने सिक्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ १५:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यहि जेठ २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

स्वर्गीय प्रकाश दाहाल र स्वगीय ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ २४ गते नेपाल पुलिस क्लव भृकुटिमण्डपमा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह अन्तर्गतका खेल हुनेछन्, जसअनुसार पुरुष तर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथिका समूह र महिलातर्फ खुला प्रतिष्पर्धा हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिइन् । 

पुरुषतर्फ वजन समूहतर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीहरुलाई क्रमश रु ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल ट्रफि र प्रमाणपत्र दिइने उनले बताइन् । 

त्यस्तै महिलातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीहरुलाई क्रमश रु १ लाख, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने निर्देशक दाहालले जानकारी दिइन् । 

प्रतियोगीताको कूल खर्च रु ३५ लाख ३५ हजार अनुमान गरिएको आयोकजले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट