२०८२ भाद्र ३० सोमबार
LATEST NEWS
२०८२ भाद्र ३० सोमबार

काठमाडौं– विश्व धूम्रपानरहित दिवस २०२५ को अवसरमा नेपाल हेल्थ कोर्प्स र विश्व स्वास्थ्य संगठन नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ‘वाल्क द टक’ जनचेतना र्‍याली भव्य रूपमा सम्पन्न भएको छ।

दिवसका दिन बिहानको झरीले पनि स्वास्थ्यकर्मी, मेडिकल विद्यार्थी र युवाहरूको उत्साहलाई कम गर्न सकेको थिए। उनीहरु उत्साहका साथ सचेतना र्‍यालीमा सहभागी भएका थिए।

डब्लुएचओ नेपालको परिसरबाट सुरु भएको र्‍याली बागमती कोरिडर हुँदै त्रिभुवन विश्वविद्यालय मन्दिर, कीर्तिपुरसम्म पुगेर समापन भएको थियो।

‘स्वास्थ्य रोजौं, आशा रोजौं, सुर्तीजन्य पदार्थलाई नाइँ भनौं’ भन्ने मूल नाराका साथ आयोजित र्‍यालीमा धूम्रपानविरोधी सन्देशमूलक पम्प्लेट वितरण गरिएको थियो भने नाराहरूका साथ सुर्तीजन्य पदार्थको हानिबारे जनचेतना फैलाइएको थियो। र्‍यालीमा डब्लुएचओ नेपालका प्रतिनिधि, स्वास्थ्यकर्मी, नेपाल हेल्थ कोर्प्सका प्रतिनिधि, विभिन्न कलेजका मेडिकल विद्यार्थी र युवा स्वयंसेवक गरी करिब ६० जनाले सहभागिता जनाएका थिए।

कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुखले सम्बोधन गर्दै युवाहरूलाई विद्यालयस्तरमा जनचेतना फैलाउने नेपाल हेल्थ कोर्प्सको प्रयासको प्रशंसा गरे। साथै, नेपाल हेल्थ कोर्प्सका एम्बासडरहरूले प्रस्तुत गरेको कला प्रदर्शनीमार्फत सुर्तीजन्य पदार्थको व्यक्तिगत र सामाजिक जीवनमा पर्ने नकारात्मक असरलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको थियो।

नेपाल हेल्थ कोर्प्स, एक युवा नेतृत्वमा आधारित गैरनाफामूलक संस्था,ले फेब्रुअरी २०२५ देखि राष्ट्रियस्तरमा धूम्रपानविरोधी अभियान सञ्चालन गर्दै आएको छ। यो अभियान हालसम्म ७ वटै प्रदेशका ६२ विद्यालयमा पुगेर करिब ६,००० विद्यार्थीहरूलाई सुर्तीजन्य पदार्थको हानिबारे सचेत गराइसकेको छ।

यो र्‍यालीले सुर्तीजन्य पदार्थको हानिकारक असरबारे जनचेतना फैलाउनुका साथै गैर-संक्रामक रोगको रोकथामका लागि स्वस्थ जीवनशैलीको महत्त्वलाई पनि जोड दिएको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । टर्कीका अधिकारीहरूले इस्तानबुल र अदाना शहरहरूमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका सदस्यहरू सहित धेरै व्यक्तिहरूलाई पक्राउ गर्न आदेश दिएका छन्।

इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले ४७ जनालाई हिरासतमा राख्न आदेश जारी गर्‍यो र ३० जनालाई हिरासतमा लिइयो।

पक्राउ परेका अन्यमा स्थानीय मेयर र इस्तानबुलका अधिकारीहरू पनि थिए।

राजनीतिक विपक्षीहरू विरुद्ध गिरफ्तारी गरिएको यो पाँचौं पटक हो। यसको सुरुवात मार्चमा इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई जेल हालेर भएको थियो, जसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका मुख्य प्रतिद्वन्द्वी मानिन्छ।

टर्की सरकारले राजनीतिक हस्तक्षेपको दाबीलाई अस्वीकार गरेको छ र न्यायपालिका स्वतन्त्र रहेकोमा जोड दिएको छ।


सामाग्री श्रोत :

टर्कीमा विपक्षी दलका सदस्यहरू सहित धेरै व्यक्तिहरू पक्राउ

काठमाडौँ– गत शुक्रबारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। 

आज सुन तोलामा रु ३०० ले बढेको छ। सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ। 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य बीमा बोर्डमा मेडिकल अधिकृतका लागि रोजगारीको अवसर खुला भएको छ। बोर्डले एक सूचना जारी गर्दै १८० जना मेडिक अधिकृतका लागि रोजगारीको अवसर खुला भएको जानकारी दिएको छ।

सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो। बोर्डले ९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको हो। बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।

बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

मुम्बई। अजय देवगन पारिवारिक क्राइम थ्रिलर दृश्यमको तेस्रो भागमा  विजय सालगाउँकरको भूमिकामा फर्कने तयारीमा छन्। महिनौंको अनुमानको बीचमा निर्माताहरूले बम्बे स्टक एक्सचेन्ज खुलासा मार्फत दृश्यम ३ पुष्टि गरेका छन्।

चलचित्र अहिले स्क्रिप्टिङको चरणमा रहेका बेला निर्माण पक्षले रिलिज मिति तय गरिसकेको छ। बहुप्रतिक्षित ब्लकबस्टर अक्टोबर २ गते गान्धी जयन्ती २०२६ को अवसरमा विश्वभरका थिएटरमा रिलिज हुने बताइएको छ।

चलचित्रलाई पानोरमा स्टुडियोले भायाकम १८ स्टुडियोसँगको सहकार्यमा निर्माण गरेको हो। अभिषेक पाठकको निर्देशनमा बनेको चलचित्रको छायांकन यसै वर्षको अन्त्यबाट सुरु हुने अनुमान गरिएको छ।

हाल, गान्धी जयन्ती २०२६ मा अर्को कुनै फिल्म तय गरिएको छैन तर त्यहाँ अफवाहहरू छन् कि सुपरस्टार शाहरुख खानको निर्देशक सिद्धार्थ आनन्दसँगको ‘किंग’ पनि त्यही मितिमा नजर राख्दैछ। तर, यसबारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भएको छैन।

यसैबीच, मोहनलाल अभिनीत दृश्यम ३ को मूल मलयालम संस्करण पनि हालै घोषणा गरिएको थियो तर छायांकनको टाइमलाइन अझै सेट गरिएको छैन। यसपटक मलयालम र हिन्दी दुवै संस्करण फरक हुनसक्ने बताइएको छ।


सामाग्री श्रोत :

अन्ततः अजय देवगनको दृश्यमः३ बन्ने, २ अक्टुबर २०२६ मा रिलिज हुने

काठमाडौँ । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी भिडिओ राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार भिडिओ पाँच दिन अगाडिको हो । “भिडिओमा आरोपित युवक ट्रकमा बसेर छेउमा राउटे समुदायका युवती राखेर भिडिओ बनाइरहेको देखिन्छ,” प्रहरी निरीक्षक भण्डारीले भने, “भिडिओमा दुर्व्यवहार गरेको देखिएपछि सुर्खेतमा उजुरी परेको थियो ।”

उजुरीपछि आरोपित शाही खोज्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई दैलेखको टुनिबगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपछि जिप्रका दैलेखले आरोपित शाहीलाई जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतको जिम्मा लगाएको थियो ।

जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार आरोपित युवकमाथि साइबर अपराध तथा दुर्व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ । 

यसअघि पनि एक युट्युबरले राउटे युवतीको अश्लील भिडिओ बनाएर सामाजिक सञ्जालका माध्यममा सार्वजनिक गरेका थिए । उक्त भिडिओ भाइरल भएपछि युट्युबर पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १०:४९





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ। 

रुसको आपत्कालीन सेवाका अनुसार दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो। 

दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन्। रुसको आपत्कालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोजी गरिरहेको बताएको छ।

रूसी रेलवेले टेलिग्राममा एक विज्ञप्तिमा यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ। स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताए।

मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ। अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन्।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं– ‘समुदायका लागि चिकित्सक संस्था’को औपचारिक सुरुवात गरिएको छ। चाबहिलमा रहने संस्थाको शनिबार सुरुवात गरिएको हो।

औपचारिक कार्यक्रममा डा प्रतिनिधि कल्पना सुन्दास, सामुदायिक सेवा समाजका अध्यक्ष  शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्कीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाको नाम, लोगो, पदाधिकारीहरूको विवरण, र ठेगाना सार्वजनिक गर्दै यसको उद्देश्य र भावी योजनाबारे जानकारी दिइयो।

संस्थाले सामाजिक उत्तरदायित्वका आधारमा गैरनाफामूलक स्वास्थ्य सेवा, समुदायमा स्वास्थ्य सचेतना, र निःशुल्क तथा सुलभ उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका यस्ता पहलकदमीहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

संस्थाका पदाधिकारीहरूले आगामी दिनमा समुदायसँग सहकार्य गर्दै सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

समाज, माया र मानव सेवाको मूलमन्त्रलाई आत्मसात गर्दै स्थापित यो संस्था ‘स्वस्थ समुदाय, समृद्ध समाज’ निर्माणमा समर्पित रहने विश्वास लिइएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

मुम्बई। फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन्। आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन्। फराहले गीतको लागि कुनै सेट नभएको पनि बताइन्।

हालै फराह खानले अभिनेत्री मानसी पारेखको घर गएर आफ्नो आगामी गुजराती फिल्म  ‘शुभचिन्तक’ को बारेमा कुरा गरेकी थिइन्। मानसीले आफ्नो फिल्मको बजेट ५ करोड मात्रै रहेको बताइन्। जसमा फराहले भनिन्, ‘मेरे को कोई बोल्ता है न ये’ गीतको बजेट यति धेरै छ कि त्यो बजेटले यो गीत बनाउन सकिँदैन। जब तपाइँको बजेट कम छ, तपाइँ सोच्नुहोस्।’

फराहले थप भनिन्, ‘मेरो सबैभन्दा सस्तो गीत ‘शीला की जवानी’ थियो । यदि तपाईंले गीत हेर्नुभयो भने त्यहाँ कुनै सेट थिएन, त्यहाँ १० नर्तकहरू मात्रै थिए। हामीले साढे तीन सिफ्टमा काम पूरा गर्यौं। यो सबैभन्दा सस्तो गीत हो, मैले मेरो करियरमा गरेको सबैभन्दा ठूलो हिट गीत हो, लगभग शीर्ष तीन चार हिट मध्ये एक।’

सन् २०१० मा फराह खानको फिल्म ‘तीस मार खान’ को “शीला की जवानी” गीत निकै हिट भएको थियो। यसमा कट्रिना कैफले उत्कृष्ट परफॉर्मन्स दिएकी थिइन् र कोरियोग्राफी पनि फराहले नै गरेकी थिइन्। यो गीतले धेरै अवार्डसमेत पाएको थियो ।

सुनिधि चौहानले बेस्ट फिमेल प्लेब्याक सिंगरको अवार्ड, फराहले बेस्ट कोरियोग्राफीको फिल्मफेयर अवार्ड प्राप्त गरिन् । संगीतकार विशाल शेखरको पनि धेरै प्रशंसा भयो । आज पनि मानिसहरूले यो गीतको धुन मन पराउँछन् र यो नृत्य कार्यक्रममा धेरै लोकप्रिय छ।


सामाग्री श्रोत :

‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

काठमाडौँ । अब जिमेलका सबै मेलहरूको सारांश जेमिनाईले स्वतः बनाइदिने भएको छ । अब देखि प्रयोगकर्ताले लामो इमेल थ्रेड वा धेरै पटक जवाफ आएको इमेलको मुख्य बुँदाहरू इमेलको माथिल्लो भागमै देख्न सक्ने गुगलले जनाएको छ ।

पहिले आफूलाई प्राप्त मेलहरूको सारांश निकाल्न “Summarize this email” भन्ने बटन थिच्नुपर्ने व्यवस्था थियो । सोही व्यवस्थालाई सरल बनाउँदै स्वतः सारांश तयार हुने सुविधा ल्याएको कम्पनीको भनाइ छ । यो फिचरले इमेल थ्रेडका सबै महत्वपूर्ण जानकारीहरू संक्षेपमा प्रस्तुत गर्नेछ र नयाँ जवाफहरू आएपछि सारांश स्वतः अपडेट हुनेछ ।

हाल यो सुविधा अंग्रेजी भाषाका इमेलहरूमा मात्र उपलब्ध छ । साथै यो सारांश सबै ईमेलमा भने देखिने छैन । जेमिनाईले आफ्नो विवेक प्रयोग गरेर कुन ईमेलको सारांश आवश्यक छ वा छैन भनेर छुट्याएर मात्र ईमेलको संक्षेपिकरण गर्नेछ । तर प्रयोगकर्ताले चाहेको खण्डमा पहिलेको जस्तै समराइज दिस ईमेल बटन क्लिक गरेर चाहेको ईमेलको सारांश निकाल्न सक्नेछन् । 

प्रारम्भिक चरणमा यो फिचर गुगल वर्कस्पेस, गुगल वन एआई प्रिमियम, जेमिनाई एजुकेसन वा जेमिनाई एजुकेसन प्रिमियमका प्रयोगकर्तालाई मात्र उपलब्ध हुने बताइएको छ । अन्य प्रयोगकर्ताले भने यो फिचरको लागि केही समय पर्खनु पर्नेछ ।  

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ ९:५७





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट