
काठमाडौं – राजावादी समूहले सोमबारको लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिइएको छ । नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका छन् । पक्राउ परेका थापा, सिंह लगायतलाई गएराति प्रहरीले रिहा गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सुरुमा यस्तो रमाइलो लाग्न सक्ने यी उपकरणहरूको अत्यधिक प्रयोगले बच्चाको भाषा विकास, ध्यान, निद्रा, सामाजिक व्यवहार र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडाैं। पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ। योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ। यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो। अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो। पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए।
उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का समावेश भएको थियो। १९ औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयस अय्यरले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए।
श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए। जसमा अश्विनी कुमारले दुई विकेट लिए। टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ्स खेले। जोनी बेयरस्टोले ३८ रन बनाए। पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए।
पञ्जाब आइपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले मे ३ मा बेंगलुरुको सामना गर्नेछ।
सामाग्री श्रोत :
काठमाडौँ । अब केही पुराना स्मार्टफोनमा ह्वाट्सएप चल्दैन । मेटाले यसअघि नै घोषणा गरेको निर्णयअनुसार हिजो अर्थात् जुन १, २०२५ देखि एन्ड्रोइड ५.० वा सोभन्दा पुराना संस्करण र आईओएस १५ वा सोभन्दा पुराना अपरेटिङ प्रणालीमा आधारित फोनहरूमा ह्वाट्सएप सेवा बन्द भएको हो ।
अनुसार यस्ता अपरेटिङ प्रणालीमा अब एप्पल र गुगलबाट सुरक्षा अपडेट नआउने भएकाले ती डिभाइसमा ह्वाट्सएप चल्नु प्रयोगकर्ताको सुरक्षाका लागि जोखिमपूर्ण मानिएको मेटाले जनाएको छ ।
अब ह्वाट्सएप नचल्ने एप्पलका मोडेलहरूमा आईफोन फाइभ एस, आईफोन ६, आईफोन ६ प्लस, आईफोन ६एस, आईफोन ६एस प्लस र पहिलो पुस्ताको आईफोन एसई रहेका छन् ।
एन्ड्रोइड फोनतर्फ ह्वाट्सएप नचल्ने मोडेलहरूमा सामसङ ग्यालेक्सी एस ४, सामसङ ग्यालेक्सी नोट ३, सोनी एक्सपेरीया जेड १, एलजी जी२, ह्वावे एसेन्ड पी ६, मोटो जी (पहिलो पुस्ता), मोटोरोला रेजर एचडी र मोटो ई २०१४ समावेश छन् ।
यदि तपाईंको मोबाइलमा अझै सिस्टम अपडेट गर्न सकिने सम्भावना छ भने आईओएस १५.१ वा एन्ड्रोइड ५.१ मा अपग्रेड गरेपछि ह्वाट्सएप पुनः प्रयोग गर्न सकिने सम्भावना छ । तर धेरैजसो मोडेलमा अब यस्तो अपग्रेडको सुविधा उपलब्ध छैन । यसकारण नयाँ फोन किन्नुपर्ने बाध्यता देखिएको छ ।
प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई सुनिश्चित गर्नु यस्तो कदम चालेको मेटाले जनाएको छ ।
ह्वाट्सएप बन्द भइसकेपछि च्याट तथा मिडिया सुरक्षित राख्न प्रयोगकर्ताले आफ्नो पुरानो फोनबाट गुगल अकाउन्टमा ब्याकअप लिन सक्नेछन् । त्यसपछि नयाँ डिभाइसमा ह्वाट्सएप पुनः इन्स्टल गरी ती डेटा फिर्ता ल्याउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ६:३९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – पञ्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । पञ्जाबले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ ।
आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले २०४ रनको लक्ष्य १९ ओभरमै पछ्याएर पूरा गर्यो । कप्तान श्रेयस अयरले छक्का हानेर टिमलाई जित दिलाए । उनले ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले । उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए । श्रेयसबाहेक नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रन बनाए । उता मुम्बईका अश्विनी कुमारले २ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४–४४ रनको पारी खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका लागि अजमतुल्लाह उमरजईले २ विकेट लिए । पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । अब उसले ३ जुनमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग फाइनल खेल्नेछ ।
आरसीबीले क्वालिफायर–१ मा पञ्जाबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको यात्रा क्वालिफायर–२ मा आएर समाप्त भयो । मुम्बईले एलिमिनेटरमा गुजरातलाई हराएको थियो, तर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टिम क्वालिफायर–२ पार गर्न असफल रह्यो । पञ्जाब र आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, त्यसैले यो पटक प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रवासको संगठन निर्माणमा जोड दिएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले प्रवासमा रहेका नेपालीहरुको संगठन निर्माण र अन्तर्राष्ट्रिय संघ, संगठनसँग सम्बन्ध विस्तारमा पार्टीको जोड रहेको बताएका छन्।
मलेसियालगायतका खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे जानकारी लिन पार्टीले त्यहाँ कार्यरत श्रमिकहरुसँग अन्तरक्रिया गर्ने र संगठित गर्ने काम गरिरहेको छ। यसै सिलसिलामा पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु हाल मलेसियामा रहेको उनले बताए।
सोक्डेम एसिया प्यासिफिक, प्रोग्रेसिव एलाइन्सलगायतका अन्तर्राष्ट्रिय संगठनको सदस्य रहेको जसपा नेपालले प्रवासी नेपाली श्रमिकहरुलाई संगठित गरी पार्टी निर्माण कार्यलाई अगाडि बढाउँदै लगेको उनको भनाइ छ।
सामाग्री श्रोत :
काठमाडौं । पुष्पराज चौलागाईंसहित चार पत्रकारलाई स्वास्थ्य मन्त्रालयले सम्मान गरेको छ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार पत्रकारसहित सात जनालाई सम्मानित गरेको हो।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत सम्मानित गरिएको मन्त्रालयले जनाएको छ।
अनलाइनखबरकर्मी चौलागाईंसहित रामप्रसाद न्यौपाने (नेपाली हेल्थ) , डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), बुद्धि कट्टेल (मेडिकल पत्र), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवलाई पनि पुरस्कारसहित सम्मान गरिएको हो।
संघसंस्थाबाट भने क्यान्सर परिषद् नेपाललाई सम्मान गरिएको छ। पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ।
सामाग्री श्रोत :
सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका-१ हजारबिघामा आगलागीमा परी चार वर्षीया बालिकाको ज्यान गएको छ।
हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतोको आगोले जलेर उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
जेठ १५ गते बिहान बालिका आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेको बेला खेल्ने क्रममा आगोमा परेकी थिइन्।
परिवारले उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्याएका थिए। तर, उपचारकै क्रममा गएराति उनको ज्यान गएको हो।
सामाग्री श्रोत :
काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई ५५ थान विद्यालय झोलाहरु वितरण गरिएको छ।
संघको बालुवाटारस्थित कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु हस्तान्तरण गरे । यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय पक्षको भनाइ छ।
उक्त सामग्रीहरु स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ। एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो।
सामाग्री श्रोत :
deshparadesh
पाटन (ललितपुर) । नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् ।
विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन्। दिवसका दिन यही जुन ५ तारिखदेखि लागू हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको हो ।
‘विश्व वातावरण दिवसका दिनदेखि लागू हुने गरी पार्टी मातहतका सबै तहका कार्यालयका साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरेको छु,’ सभापति देउवाले घोषणासभामा भने ।
उनले वातावरणमा पारेको नकारात्मक असरप्रति गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे। ‘सन् २०२४ सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुन आएको छ, ढिलो नगरी जलवायु परिवर्तनका असरलाई कम गर्नुपर्ने छ। नेपालले जलवायु न्यायको लागि अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउँदै आइरहेको छ, स्रोतसाधनको सीमितताका बीच हामीले जलवायु परिवर्तनको असर कम गर्न काम गर्दै आइरहेका छौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु परिवर्तनबारे आवाज उठाउँदै आएको छ’, सभापति देउवाले भने।
उनले विकास निर्माणका क्रममा वातावरणीय पक्षको क्षति हुँदै गइरहेको भन्दै यसमा सचेत रहन ध्यानाकर्षण गराए। हामीलाई विकास मात्रै होइन दिगो विकास चाहिएको छ भन्दै सभापति देउवाले जलवायु परिवर्तनले अर्थतन्त्रको आधार स्तम्भमा नकारात्मक असर पारेकामा चिन्ता व्यक्त गरे।
वातावरणमा परेका नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थको सट्टा विद्युतीय सवारी प्रयोगलाई ध्यान दिनुपर्ने र विद्यालय र विश्वविद्यालयमा जलवायुमैत्री शिक्षा दिइनुपर्नेमा सभापति देउवाले जोड दिए।
जलवायु सङ्कट र विश्वको सन्दर्भ विषयमा प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले मानिसले खाने हरेक कुरामा प्लास्टिक समावेश भएको भन्दै प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।
जलवायु तथा प्लास्टिक प्रदूषण र राजनीतिक दलको भूमिका विषयमा प्रस्तुतिकरण गर्नुहुँदै वातावरण विज्ञ डा विजय थापाले दीर्घकालीन समस्या समाधानका लागि पार्टीको स्पष्ट नीति र धारणा तयार गर्नुपर्नेमा जोड दिए।
सामाग्री श्रोत :
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा