२०८२ भाद्र ३० सोमबार
२०८२ भाद्र ३० सोमबार

काठमाडौं। सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ। सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै मंगलबार पनि सार्वजनिक यातायात नचल्ने भएका छ्न।

गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको हो। सोमबार (आज)को वार्ता निष्कर्षविहीन भएपछि मंगलबार (भोलि) साढे १० बजे पुनः वार्ता हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको थियो।


सामाग्री श्रोत :

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सार्वजनिक यातायात बन्दको मौका छोपी अफलाइन राइडमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने राइड शेयरिङ चालक कारबाहीमा परेका छन् । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अफलाइन राइड गरेको र हैरान पारेको आरोपमा २७८ जनालाई कारबाही गरेको हो ।

त्यस्तै ६० जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गरेको मौकामा ती चालकले सडकमा यात्रु पर्खेर सवारी आवागमनमा अवरोध पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ । साथै उनीहरूले यात्रुसँग अत्यधिक भाडा लिने, अफलाइन बार्गेनिङ गर्ने र अनावश्यक दुःख दिने गरेको पाइएको थियो ।

यसरी नियम विपरीत गतिविधि गर्नेमध्ये ६० जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा बुझाइएको छ । बाँकी २१८ जनालाई भने यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरी छाडिएको कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २१:१६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । 

स्कटल्यान्डले दिएको २९७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका हुन् । 

उनले ४१ बलमा अर्धशतक प्रहार गरे । एक दिवसीयमा उनको यो नवौं अर्धशतक हो । अर्धशतक प्रहार गर्ने क्रममा उनले ११ चौका प्रहार गरे । 

नेपालले दुवै ओपनरलाई गुमाएको छ । ओपनर आशिफ शेख ३३ बलमा २० रन बनाएर आउट भए । उनले दुई चौका हिर्काए । आशिफ आउट भएपछि भीम शार्की आएका थिए । तर कुशल भुर्तेल पनि बोल्ड भए । उनले ४४ बलमा ५३ रन बनाए ।  उनको ठाउँमा भीम शार्की आएका छन् । अहिले क्रिजमा कप्तान रोहित पौडेल र भीम शार्की छन् । 

त्यसअघि स्कटल्यान्डले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।

फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे।

नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। रिजनले सर्वाधिक ७८ रन खर्चिए। उनले १० ओभर बलिङ गरेका हुन्। समान ओभर बलिङ गरेका सोमपालले ६६ रन दिए।

अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ। नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- निजामती कर्मचारी अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ। मुख्यसचिव एकनारायण अर्यालले सोमबार ‘नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी’ सेवाको सोमबार औपचारिक उद्घाटन गरेका छन्।

‘नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी’ सेवाको उदघाटनपछि मुख्यसचिव अर्यालले नयाँ प्रविधिसहितको उपचार सेवा विस्तार गरेर बिरामीका लागि राम्रो काम गरेको बताए। उनले अन्य अस्पतालमा नभएको प्रविधि निजामती अस्पतालमा हुनु खुसीको कुरा भएको पनि बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुख्यसचिव अर्यालले अस्पतालले उत्कृष्ट सेवा दिएका कारण नै आमनागरिकहरुको रोजाइमा समेत परेको जानकारी दिए। 

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले आफूले निर्देशक हुने समयमा पेश गरेको कार्ययोजना अनुसार नै अस्पतालमा काम अगाडि बढाइरहेको जानकारी दिए। उनले आगामी दिनमा पनि अस्पतालमा थप नयाँ सेवा सुविधाहरु थप गर्दै लैजाने बताए।

अस्पतालका घुँडा प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण गर्नु नेपालका लागि ऐतिहासिक भएको जानकारी दिए।’यो प्रविधिले घुँडा प्रत्यारोपण सेवालाई अझ प्रभावकारी बनाउनेछ। घुँडा खिइएका, बुढ्यौली, चोटपटकलगायतका घुँडाको जोर्नी बिग्रिएमा बिरामीहरुले जोर्नी प्रत्यारोपण गर्नुपर्छ। परम्परागत उपचार प्रविधिभन्दा यो निकै सहज र राम्रो छ,’ उनले भने।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ। चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ।

सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइन्छ। बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा संघका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गरेका थिए।

सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिएपछि सुरुमा यो चरा नेपालमा सामान्य पाइने ‘ब्लु हिस्टिलिङ थ्रस’ हो भन्ने अनुमान गरिएको थियो। पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण तुलना गर्दा फरक विशेषताहरू यकिन भएपछि ‘मलबर हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको संघले जनाएको छ।

यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक अभिलेख भएको छ।


सामाग्री श्रोत :

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

काठमाडौँ । नयाँ फाइबर इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा धेरै आकर्षण क्रमशः वर्ल्डलिंक, सुबिसु, डिशहोम, वाईफाई नेपाल र भायानेटमा देखिएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा धेरै ग्राहकको रोजाईमा यी पाँच कम्पनी परेका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत वर्ष २०८१ को वैशाखदेखि यस वर्षको वैशाखसम्म देशभर ३ लाख ९६ हजार ६३३ घरधुरीमा नयाँ फाइबर इन्टरनेट जडान भएको छ । त्यसमध्ये सबैभन्दा धेरै अर्थात् एक लाख २ हजार ४६१ परिवारको रोजाईमा वर्ल्डलिंक परेको हो ।

त्यसपछि क्रमशः सुबिसु ६२ हजार २१० घरधुरीमा, डिशहोम ५७ हजार ८२० घर धुरीमा, वाईफाई नेपाल ४४ हजार ५०२ घरधुरीमा र भायानेट ४२ हजार ५६६ घरधुरीमा नयाँ कनेक्सनको रूपमा जोडिएका छन् । यस बाहेक नयाँ ग्राहक बनाउने मामिलामा वेबसर्फर छैटौँ, नेपाल टेलिकम सातौँ, क्लासिक टेक आठौँ, सजिलो नेट नवौँ र ब्रोडलिंक दसौँ स्थानमा छन् ।

शीर्ष १० कम्पनीको दौडमा को, कहाँ ?

पछिल्लो एक वर्षको बजार हिस्साको आँकडा हेर्दा वर्ल्डलिंक सबैभन्दा धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायक कम्पनीको पहिलो नम्बरमा कायम छ । गत वर्ष दोस्रो स्थानमा रहेको नेपाल टेलिकम तेस्रो स्थानमा धकेलिएको छ भने तेस्रो स्थानबाट डिशहोम दोस्रो स्थानमा उक्लिएको छ ।

चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौं स्थानमा रहेका सुबिसु, भायानेट, क्लासिक टेक, वेबसर्फर, टेकमाइन्ड र सीजी कम्युनिकेसन यथास्थानमा रहेका छन् । गत वर्ष दसौँ स्थानमा रहेको फाइबर वर्ल्डको ठाउँ भने यस वर्ष वाईफाई नेपालले लिएको छ । 

ग्राहक आधारको हिसाबले शीर्ष १० को प्रतिस्पर्धामा रहेका आईएसपी
















SN

ISPs

Baishakh 2081

Baishakh 2082

New Customers

1.

WorldLink Communication Limited

901182

1,003,643

102,461

2.

Dish Media Network Limited

292586

350,406

57,820

3.

Nepal Doorsanchar company Ltd.

298260

325,182

26,922

4.

Subisu CableNet Limited

248084

310,294

62,210

5.

Vianet Communication Limited.

203379

245,945

42,566

6.

Classic Tech Pvt. Ltd.

159505

182,287

22,782

7.

Websurfer Nepal Communication System Pvt. Ltd.

134958

175,647

40,689

8.

Techminds Networks Pvt. Ltd.

82225

85,225

3,000

9.

C. G. Communications Limited.

74513

80,854

6,341

10.

Wifi Nepal Pvt. Ltd.

29527

74,029

44,502

11.

Broadlink Network and Communication Limited

41780

55,154

13,374

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १९:५४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डले सोमबार नेपाललाई २ सय ९७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । 

स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।

फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे।

नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

रिजनले सर्वाधिक ७८ रन खर्चिए। उनले १० ओभर बलिङ गरेका हुन्। समान ओभर बलिङ गरेका सोमपालले ६६ रन दिए।

अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ। नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिव पदमा अहिले दुई वटा पद रिक्त रहेको छ।

रिक्त रहेका पदका लागि तीन जनाको नाम सिफारिस भइसकेको छ। मन्त्रिपरिषदको बैठकले तीन जनामध्ये दुई जनालाई अतिरिक्त सचिवमा नियुक्त गर्ने छ।

आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। आजको बैठकले स्वास्थ्यका दुई जना अतिरिक्त सचिव नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ।

रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस भएको छ।

अतिरिक्त सचिवका लागि २४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो।
समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। 
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षदल माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको बताएका छन्।

सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए।

उनले भने, ‘सत्ता पक्षबाट संसद खोल्नु पर्छ भन्ने विषयवस्तु आयो, प्रधानमन्त्री र गृहमन्त्रीज्यूहरुले पनि राजीनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राख्नु भयो, हामीले जुन विषय राखेका थियौ त्यो यथावत नै छ, त्यही भएर सुशासनलाई केन्द्रीत गरेर हामी अगाडि बढ्नु पर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट हामीले राख्यौ।’

यस्तै, उनले अन्य प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्न बाँकी रहेको हुनाले अहिले छलफलहरु भए तर त्यसको ठोस निर्णय केही नआएको बताए।

उनले भने, ‘छलफलमा एउटा संसदको गतिरोध कसरी हल गर्ने भन्ने बारेमा छलफल भयो, प्रतिगामीहरुको जुन किसिमको गतिविधिहरु भईरहेका छन् त्यो बारेमा पनि कुराकानी भयो। छलफलहरु भए तर त्यसको ठोस निर्णय केही आएको छैन्। हामीले प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्नुपर्ने छ त्यसकारण अहिले छलफल मात्र भयो।’

संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए।


सामाग्री श्रोत :

शीर्ष नेताको छलफलः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान यथावत

काठमाडौँ । डिजिटल वित्तीय साक्षरतामा युवा पुस्तालाई संलग्न गराउने उद्देश्यसहित फोनपेले ‘स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका विश्वविद्यालयका १५० विद्यार्थीलाई प्रतियोगितामार्फत छनोट गरिएको जानकारी दिएको हो ।

१७ जेठदेखि सुरु भइ आगामी ८ हप्तासम्म चल्ने यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, नेतृत्व विकास, कन्टेन्ट क्रियसन लगायतका क्षेत्रमा प्रशिक्षण पाउनेछन् । सहभागी विद्यार्थीहरूले आफ्ना कलेज तथा समुदायमा फोनपे सेवाबारे सचेतना फैलाउने, अभिभावक तथा वृद्ध पुस्तालाई डिजिटल वित्तीय उपकरण प्रयोग गर्न सिकाउने लगायतका अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार यस वर्ष देशभरबाट १७० भन्दा बढी टिमले आवेदन दिएका थिए, जसमध्ये प्रतिस्पर्धात्मक छनोटपछि ७५ टिम (१५० विद्यार्थी) छनोट भएका हुन् ।

फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मीले युवा पुस्ताको नेतृत्व क्षमतामा विश्वास राख्दै यो कार्यक्रम डिजिटल समावेशीता र सामाजिक प्रभावमा योगदान पुर्‍याउने लक्ष्यले सुरु गरेको बताइन् ।

कार्यक्रमको विशेष पक्ष “Time to Teach Back” नामक पहल पनि छ, जसअनुसार विद्यार्थीहरूलाई अभिभावक र वृद्ध पुस्तालाई डिजिटल प्रयोग सम्बन्धि सिकाउन लगाइने कम्पनीले जनाएको छ ।

विद्यार्थीहरूले मार्केटिङ, डिजाइन थिङ्किङ, डिजिटल फाइनान्स लगायतका विषयमा समेत प्रशिक्षण लिने बताइएको छ । साथै, सहभागीमध्ये उत्कृष्ट टिमहरूले म्याकबुक एयर जस्ता पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । केही विद्यार्थीलाई एफवान सफ्ट ग्रुपमा इन्टर्नशिपको अवसर पनि दिइनेछ । 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १८:४५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट