२०८२ भाद्र २९ आईतवार
२०८२ भाद्र २९ आईतवार

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । 

युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ तीन पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १० पैसा र विक्रीदर ३५५ रुपैयाँ ६६ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गपशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो।

गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए। भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए।

त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो। त्यस्तै सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको कार्यवहाक प्रवक्ता झाले जानकारी दिए।


सामाग्री श्रोत :

भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने रास्वपाको अडान

 

काठमाडौँ । राइड शेयरिङमार्फत सेवा दिइरहेका राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने र अफलाइन बार्गेनिङ गर्ने प्रवृत्ति बढेको पाइएको छ । सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै यातायात व्यवसायीले सोमबार काठमाडौं उपत्यकामा सेवा ठप्पा पारेको मौका छोपी राइडरले बढी शुल्क लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको पाइएको हो । 

यस्तो अवस्थामा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

“विभिन्न राइड शेयरिङ एपमार्फत यात्रुहरूलाई तोकिएको…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए।

उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस त्यसले लोकप्रिय र राम्रो बजेट ल्याउछ भन्ने एउटा मानक बनेको छ। यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु। मैले लोकप्रिय हुनु पर्छ, के गर्दा भइएला, कस्तो कार्यक्रमको छनोट गर्दा लोकप्रिय भइएला भन्ने कुरामा होईन के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापन गर्न सकिएला, प्रभावकारी तरिकाले खर्च व्यवस्थापन गर्न सकिएला भन्ने तर्फ बढि केन्द्रीत भएको छु।’

यस्तै, उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले बजेट बनाउदा लोकप्रिय मात्र होईन, अनुशासित बजेट पनि बनाउन सक्छ भन्ने कुरा स्थापित गर्ने तर्फ पनि बढि केन्द्रीत भएको बताए।

बजेट निर्माण गर्दा अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने जस्ता जिम्मेवारीहरु भएको भन्दै सोही जिम्मेवारी र सिमाभित्रबाट बजेट निर्माण गर्ने कोशिस गरेको पनि उनको भनाई छ।

उनले भने, ‘आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति आएका सबै धारणाको सम्मान गर्न चाहान्छु। आलोचना र बजेटको पक्षमा आएको विचार दुवैप्रति मेरो सम्मान छ। बजेट निर्माण गर्दा अर्थमन्त्री अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, सिमाहरुलाई ख्याल गर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने र त्यो स्रोतलाई प्राथमिकताको आधारमा अधिक प्रतिफलयुक्त तरिकाले खर्च गर्ने कुरा तय गर्नुपर्ने जिम्मेवारीहरु थिए र सोही जिम्मेवारी र सिमाभित्रबाट मैले बजेट निर्माण गर्ने कोशिस गरेको हो।’


सामाग्री श्रोत :

लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु: अर्थमन्त्री

काठमाडौँ । नेपाल प्रहरीले राजधानीमा निःशुल्क बस सेवा सुरु गरेको छ । राइड शेयरिङ सेवाको विरोधमा सार्वजनिक यातायात व्यवसायीले हड्ताल गरेपछि यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सोमबारका लागि निःशुल्क बस सञ्चालनमा ल्याएको जानकारी दिए । “सर्वसाधारणलाई गन्तव्यमा पुग्नै समस्या भएपछि हामीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छौं,” प्रहरी वरिष्ठ उपरीक्षक थापाले टेकपानासँग भने, “हामीसँग भएका दुई ओटै बस सञ्चालन गर्दैछौं । भोलि (मंगलबार) के हुन्छ भन्ने विषयमा भोलि नै निर्णय हुन्छ ।”

उनका अनुसार हाललाई दुई ओटा रुटमा बस सञ्चालन गरिएको छ । 

रुट नं. १ मा चल्ने बस नयाँ बसपार्कबाट बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदाेबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ हुँदै नयाँ बसपार्कसम्म चल्नेछन् ।

यस्तै रुट नं. २ मा चल्ने बसहरू गौशालाबाट एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायकसम्म बस पुग्नेछन् । सोही रुट हुँदै फर्कने बसले चाबहिल, सुकेधारा, महाराजगञ्ज,  टिचिङ, बालुवाटार, रातोपुल, हुँदै पुनः गौशालासम्म सेवा दिनेछन् ।

निःशुल्क बस सेवाले हड्तालका कारण समस्यामा परेका यात्रुलाई राहत दिने प्रहरीको विश्वास छ । प्रहरीले यो सेवालाई अझै प्रभावकारी बनाउन थप रुट र बस व्यवस्थापन गर्ने योजना बनाइरहेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १३:१२





सामाग्री श्रोत :
टेक पाना

गुल्मी। यहाँको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराइरहेका, गम्भीर मुटुरोगी (ओपन हर्ट सर्जरी), क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीहरुका लागि जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्न बिरामीहरूले सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ।

सबै प्रक्रिया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए। गाउँपालिकाभित्र उक्त प्रकृतिका हाल ७५ बिरामी रहेका छन्। छत्रकोट गाउँपालिकाले विपन्न बिरामीका लागि पनि रोगको प्रकृति हेरेर रु १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।


सामाग्री श्रोत :

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

काठमाडौँ । राइड शेयरिङ कम्पनी ‘सजिलो’ले आफ्ना राइडरलाई हरेक ट्रिपमा ५० रुपैयाँ थप बोनस दिने घोषणा गरेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङको विरोधमा सोमबारदेखि सेवा ठप्प पारेको अवस्थामा कम्पनीले राइडरलाई प्रोत्साहन गर्न यो अफर ल्याएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाले सार्वजनिक यातायात बन्द रहँदासम्म यो अफर राइडरका लागि लागु हुने जानकारी दिए ।

“अन्य राइड शेयरिङ प्लेटफर्मले भाडा अत्यधिक बढाएको सुनिएको छ । तर हामीले नियमित भाडादर नै कायम राखेका छौं,” सीईओ लामाले टेकपानासँग भने, “यस्तो अवस्थामा राइडरलाई मर्का नपरोस् र सेवा प्रवाहमा निरन्तरता आओस् भनेर प्रति राइड ५० रुपैयाँ बोनसको व्यवस्था गरेका हौं ।”

पाइलट विजय लामा सहसंस्थापकको रूपमा जोडिएको सजिलो राइड शेयरिङले ‘स्पट बुकिङ’को सुविधा पनि उपलब्ध गराएको छ । यसअन्तर्गत राइडर आफैंले यात्रुका लागि राइड बुक गर्न सक्नेछन् ।

“अहिले अफलाइन राइडको समस्या बढ्दो छ। त्यसैलाई सम्बोधन गर्न र यात्रु अनि राइडर दुवैलाई सहज बनाउन हामीले स्पट बुकिङको सेवा ल्याएका छौं,” लामाले थपे । सन् २०२२ मा स्थापना भएको यो कम्पनीले हाल काठमाडौं उपत्यकामा सेवा सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १३:२०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। सरकारले यातायात क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नेगरी अहिले राति राति छलफल जारी राखेको छ। सोमबार बिहान ८ बजेदेखि सरकारी प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएकामा अहिले निष्कर्षमा पुर्‍याउनेगरी सरकारी प्रतिनिधिको प्रयास जारी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी बैठकलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल चलिरहेको सरकारकातर्फबाट छलफलमा सहभागी गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। उनले भने, ‘वार्ता टुंग्याउने गरी अहिले राति पनि छलफल गरिरहेका छौँ, केही निकास आउने आशा छ।’

यसअघि सोमबार बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी छन्।

यातायात व्यवसायीहरूले पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोली छलफलका लागि बनाएको थियो। सोही टोलीबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो। त्यसपछि दुवै पक्षका वार्ता टोलीका प्रतिनिधिबीच यातायात मन्त्रालयमा सुरु भएको छलफल अहिले पनि जारी रहेको हो।

छलफलमा सहभागी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वार्ता सकेर पुनःभोलि बस्ने भनेर निस्किए पनि सरकारी टोलीले बोलाएपछि फेरि वार्ता सुरु भएको जानकारी दिए।रासस


सामाग्री श्रोत :

यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्‍याउने प्रयास जारी

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको फोर्थहिलमा हुने खेल नेपाली समय अनुसार सोमबार दिउँसो ३ः४५ देखि सुरु भएको छ ।

नेदरल्यान्ड समेत रहेको लिग–२ मा नेपालले आफ्नो १३ औँ खेल खेल्न लागेको हो । यो खेल आईसीसीको वेबसाइट र मोबाइल एपबाट प्रत्यक्ष हेर्न सकिन्छ ।

वेबसाइटमा खेलको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् र फेसबुक, गुगल वा एप्पल आईडीबाट साइन इन गर्नुहोस् । यदि तपाईँले आईसीसी टिभीको लागि पहिले नै अकाउन्ट बनाउनु भएको छैन भने यहाँ क्लिक गरेर साइनअप गर्न सक्नु हुन्छ ।

यसैगरी मोबाइल एपमा खेलको लाइभ हेर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर अनि आईओएसका लागि यहाँ क्लिक गरेर साइन इन गर्नुहोस् । साइन इन गरेर तपाईँले आईसीसीको वेबसाइट तथा मोबाइल एपबाट निःशुल्क रूपमा नेपाल र स्कटल्यान्डबिच चलिरहेको क्रिकेट लाइभ हेर्न सक्नु हुन्छ ।

सिरिजको १२ खेलमा २ खेलमा मात्र जितेको नेपाल ८ खेलमा हार भोग्दै ६ अङ्क सहित तालिकाको पुछारमा छ ।  लिगको १६ खेलमा ९ खेलमा जित, ५ खेलमा हार भोगेको स्कटल्यान्ड भने लिग तालिकाको चौथो स्थानमा छ । लिगको २० खेलमा १२ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अङ्क बाँडेको नेदरल्यान्ड भने २६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । 

समान खेलबाट १४ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको अमेरिका २८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १६:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा विजयी सुरुवात गरेको छ।

स्कटल्यान्डले दिएको दुई सय ९७ रनको लक्ष्य नेपालले ४९.५ अ‍ोभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो। नेपालको जितमा करण केसीले उत्कृष्ट ब्याटिङ गरे। उनले ४१ बलमा ६५ रन बनाए। उनले तीन चौका र चार छक्का प्रहार गरे।

यस्तै कुशल भुर्तेलले ५३ तथा गुल्शन झाले ४२ र भीम शार्कीले ४० रन बनाए। कप्तान रोहित पौडेलले ३७ रन बनाउँदा आसिफ शेखले २० रन बनाए। स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए। माइकल लिस्क र ज्याक जार्भिसले समान २ २ विकेट लिए।

यसअघि घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो।

स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे। यस्ते फिन्ले म्याकक्रेथले ५५ रन बनाए। नेपालका लागि रिजन ढकाल, सोमपाल कामी र करण केसीले समान दुई दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए।

त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ।


सामाग्री श्रोत :

लिग-२ः करण केसीको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट