२०८२ भाद्र २९ आईतवार
२०८२ भाद्र २९ आईतवार

काठमाडौं- विश्व धूम्रपानरहित दिवसका अवसरमा काठमाडौं क्यान्सर सेन्टर र नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)ले शनिबार प्रभातफेरी कार्यक्रमको गरेको छन्। 

विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धूम्रपानरहित दिवस’को विश्वभर मनाइने गरिएको छ।सोही अवसरमा काठमाडौं क्यान्सर सेन्टर र प्रतिष्ठानले काठमाडौंमा प्रभातफेरि गरेको हो।

प्रभातफेरि कार्यक्रम कमलपोखरी (सिटी सेन्टर)बाट कमलादी हुँदै घण्टाघर, महेन्द्र सालिक परिक्रमा गर्दै पुनः कमलपोखरी फर्किएको थियो।

प्रभातफेरिमा डाक्टरहरु, स्वयंसेवकहरु, प्रतिष्ठित व्यक्तिहरु सहभागि थिए। 

सुर्तीजन्य पदार्थ लगायतका हानिकारक तत्वको सचेतनात्मक प्रवाह गर्ने उद्देश्यले प्रभातफेरिको आयोजना गरिएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले बताए। 

प्रभातफेरिमा क्यान्सर सेन्टरका डा सुवास पण्डितले सूर्तीजन्य पदार्थको असरका विषयमा सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको बताए। 
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने भनिए पनि गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको छ।


सामाग्री श्रोत :

प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थागित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा हालसम्म आफूलाई १२ सयभन्दा बढी पीडितका प्रमाण प्राप्त भएको दाबी गरेका छन् । मंगलबार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले पीडितहरूले मोबाइल नम्बर, सामाजिक सञ्जाल, ईमेल लगायतका माध्यममार्फत रकम बुझाएको प्रमाण पठाएको बताए ।

“हामीले एक प्रकारको क्याम्पेन नै चलाएका थियौं । त्यसपछि मेरोमा मात्रै १२०० भन्दा बढी प्रमाण आएका छन् । सांसदहरू शिशिर खनाल, सोविता गौतम र मनिष झाले पनि यस्तै प्रमाण प्राप्त गर्नुभएको छ,” उनले भने ।

आफूले पाएको प्रमाणमा दुबई, कुवेतजस्ता खाडी मुलुक जान भिजिट भिसा प्रयोग गरेर दलालमार्फत नगद वा बैंकमार्फत रकम बुझाएको विवरण रहेको उनले खुलाए । दलालहरूलाई बुझाइएको रकमका ट्रान्जेक्सन विवरणसमेत प्राप्त भएको दाबी गर्दै उनले अनुसन्धानले ती कारोबारको जरो पत्ता लगाउने तर्क गरे ।

“दिनमा करोडौंको र्‍याकेट चलिरहेको छ । त्यस्तो अवस्थामा हामीसँग प्राप्त प्रमाणहरू अनुसन्धानको आधार बन्न सक्छन्,” उनले भने ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नाम यस प्रकरणमा मुछिएपछि रास्वपा लगायत प्रतिपक्षी दलहरूले लेखकको राजीनामा‍ माग गरिरहेका छन् । “यस प्रकरणको जड गृह मन्त्रालयमै रहेको देखिन्छ । त्यसैले गृहमन्त्रीले पद छोडेर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्छ,” ढकालले भने ।

उनले भिजिट भिसा प्रकरणको गाम्भीर्यता बुझ्दै उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि दोहोर्याए । “पीडितहरूले प्रमाणसहित भिडिओ, फोटो, रकमी कारोबारका कागजातहरू पठाएका छन् । यसमा कुनै पनि बहानाबाजी नचली गहिरो छानबिन हुनैपर्छ,” उनले भने ।

“ठगी र मानव तस्करीको यस्तो जालोमा संलग्नलाई कारबाही नभएसम्म संसद र सडकमा निरन्तर आवाज उठाइनेछ,” उनले थपे ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १४:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ।

आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो। त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। 

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन्। सदन नचल्ने अवस्था आएपछि सूचना टाँसेर समय सर्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

तारा पोखरेल, स्याङ्जाको दुर्गम गाउँ कालीगण्डकीमा जन्मेकी हुन्। उनी ९ वर्षको उमेरमा पहिलोपटक विद्यालय गएकी थिइन्, जहाँ स्कुल जाने पहिलो केटी मान्छे पनि उनी नै थिइन्। नेपालगञ्जबाट अनमीबाट आफ्नो यात्रा सुरु गरेकी पोखरेल, नेपाल नर्सिङ काउन्सिल तथा नर्सिङ एसोसिएसन नेपालकी अध्यक्ष, महाराजगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ चिफ तथा एसोसिएट प्रोफेसर समेत भइसकेकी छिन्। उनी नेपालको नर्सिङ शिक्षाको विकास, अभ्यास र नीति निर्माणमा सक्रिय योगदान गरेकी व्यक्ति हुन्। स्वास्थ्य खबर ‘वियोन्ड द नाइटिंगेल: नर्ससँग अन्तरंग’ पडकास्ट शृंखलामा उनले राखेका मुख्य विचार :

नर्सिङ क्षेत्रमा देखिएका प्रमुख समस्या

१.आर्थिक शोषण र ब्रेन ड्रेन
नर्सिङ अध्ययनमा लाखौँ खर्च भए पनि सरकारी रोजगारी सहज छैन। निजी अस्पतालमा तलब न्यून (सुरुमा ७–८ हजार, पछि १२–१८ हजार) हुने भएकाले यो शोषणकै रूप हो। यही कारणले धेरै नर्सहरू विदेश पलायन भएका छन्।

२.नर्सिङलाई सम्मान र सहयोगको अभाव

नर्सहरूको चुनौतीपूर्ण र व्यस्त कामलाई समाजबाट आवश्यक सम्मान प्राप्त भएको छैन। यस्तो वातावरणले पेशामा मनोबल घटाएको छ।

३.कार्यसमय र कार्यभारको असन्तुलन

नियमित रूपमा ८ घण्टा काम गर्ने नीति भए पनि नर्सहरू १२ घण्टा वा सोभन्दा बढी काम गर्न बाध्य छन्। यसले नर्सहरूको व्यक्तिगत जीवनमा समेत असर पुर्‍याएको छ।

४.नीतिगत कमजोरीहरू

नर्स-बिरामी अनुपात अनुसार मापदण्डको अभावले सेवा गुणस्तरमा असर पारिरहेको छ।

सरकारका नीति तथा नियम प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन्।

एमएससी नर्सिङ गरेर विदेशबाट फर्किएका नर्सहरूलाई सेवामा पुनः प्रवेश गर्न नीति अपारदर्शी छ।

नर्सिङ शिक्षाका लागि आवश्यक पूर्वाधार (भवन, प्रयोगशाला, क्याम्पस) अभाव छ।

५.संस्थागत चुनौती

नर्सिङ एसोसिएसनको स्थायी भवन बनाउन आर्थिक कठिनाइ छ। संस्थागत सशक्तीकरण अभावले नेतृत्व कमजोर देखिएको छ।

सुधारका लागि तारा पोखरेलका सुझावहरू

तलब वृद्धि र शोषण न्यूनीकरण: नर्सहरूको न्यूनतम तलब सुनिश्चित गर्दै निजी क्षेत्रको शोषण रोक्न स्पष्ट नीति बनाइनुपर्छ।

कामको घण्टा व्यवस्थापन: कार्यसमय ८ घण्टामा सीमित गर्दै कामको बोझ न्यूनीकरण गर्न आवश्यक छ।

मापदण्डअनुसार सेवा प्रणाली: नर्स-बिरामी अनुपात अनुरूप सेवा दिने मापदण्ड लागू गर्नुपर्छ।

सशक्त नेतृत्व: नर्सिङ नेतृत्वलाई सशक्त बनाउँदै नीति निर्माण प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ।

नर्सिङ शिक्षामा लगानी: शिक्षाका लागि छुट्टै पूर्वाधार, योग्य प्रशिक्षक र पर्याप्त स्रोतहरू सुनिश्चित गरिनुपर्छ। एमएससी र पीएचडी अध्ययनका अवसर नेपालमै बढाइनुपर्छ।

प्रकोप व्यवस्थापन तालिम: नर्सहरूलाई विपद् व्यवस्थापनका लागि आवश्यक सीप र परामर्श दिन सक्ने क्षमता विकासका तालिम दिनुपर्छ।

पुरुष नर्सहरूको समावेश: अन्तर्राष्ट्रिय अभ्यासजस्तै नेपालमा पनि पुरुष नर्सहरूको सहभागिता बढाउन नीति निर्माण गरिनुपर्छ।

समाज र राज्यको सकारात्मक दृष्टिकोण: नर्सिङ पेशालाई सम्मानित बनाउन सामाजिक र सरकारी समर्थन आवश्यक छ। युवा पुस्तालाई आकर्षित गर्न पेशामा दीर्घकालीन अवसर र प्रोत्साहन दिइनुपर्छ।

तारा पोखरेलको अनुभव र दृष्टिकोणले नेपालको नर्सिङ क्षेत्रमा सुधारको स्पष्ट खाका प्रस्तुत गर्छ। यो पेशा केवल सेवामुखी नभई, नीतिगत रूपमा सशक्त बनाइनुपर्ने आवश्यकता उनले औंल्याएकी छन्।

नर्सहरूलाई सम्मान, अवसर र अधिकार सुनिश्चित गर्ने दिशामा राज्य र समाजले सामूहिक रूपमा कदम चाल्नुपर्छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको बताएका छन्। पूर्वाधार विकास समितिमा मंगलबार उपप्रधानमन्त्री सिंहले सम्भावित जोसख रहेका ठाचउँहरुमा अहिले काम भइरहेको बताए।

समितिमा वर्षातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक,पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए।

‘विगतका घटनाबाट पाठ सिक्नतुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ। अधिकारसम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम शुरु गरिसकेको छ,’ उनले भने।

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक शतर्कता अपनाइने पनि बताए।

बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र,बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ। अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदिबाट गेग्रान हटाउने काम भइरहेको छ।

समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्को लागि आवश्ह्यक शतर्कता अपनाइएको बताए।

उनले विपद् हेर्नेगरि प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरुमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए। सचिव सिग्देलले अघिल्लो वर्षको बाढीइले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको बताए।


सामाग्री श्रोत :

बाग्मती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले विश्वका चर्चित एडल्ट साइट पोर्नहब, एक्स भिडिओज, एक्सएनएक्सएक्स र स्ट्रिपच्याटमाथि औपचारिक अनुसन्धान थालेको छ । विश्वमै सबैभन्दा बढी भिजिट हुने यी प्लेटफर्मले सङ्घको डिजिटल सर्भिस एक्ट (डीएसए) का प्रावधानको पालना नगरेको आरोपमा छानबिन सुरु गरिएको हो ।

अनुसन्धानको मुख्य उद्देश्य बालबालिकालाई अनलाइनमा एडल्ट सामग्रीको पहुँचबाट जोगाउनु रहेको बताइएको छ । साइबरस्पेसमा बाल संरक्षण मापदण्डका सम्बन्धमा यी प्लेटफर्मले एडल्ट सामग्रीलाई नियमन नगरेको देखिएको छ । रोयटर्सका अनुसार बालबालिकाले यी प्लेटफर्ममा सजिलै उमेर प्रमाणीकरण टुल (एज भेरिफिकेसन टुल) लाई बाइपास गरेर एडल्ट कन्टेन्टमा पहुँच पाउन सक्छन् । यी प्लेटफर्मले उमेर प्रमाणीकरण गर्ने टुललाई प्रभावकारी तरिकाले प्रयोग गर्न नसकेकाले बालबालिकाले एडल्ट सामग्री खपत गरिरहेका छन् । यसले बालबालिकाको समग्र वृद्धि विकासमा नकारात्मक असर पुर्‍याउने जोखिम रहेको भन्दै यी प्लेटफर्मलाई थप जवाफदेही बनाउन अनुसन्धान थालिएको हो । 

पोर्नहबको मातृ कम्पनी तथा साइप्रसस्थित समूह आयलो फ्रिसाइट्स लिमिटेडले रोयटर्सलाई आफ्ना साइट ‘बाल संरक्षणको वकालत गर्ने साइटहरूको सङ्घ’ (Association of Sites Advocating Child Protection) को मापदण्ड पालना गरिएको दाबी गरेको छ । साथै कम्पनीले आफ्ना प्लेटफर्मले कानुनी उमेर पुगेकाहरूका लागि मात्रै साइटमा एक्सेस दिने गरेको जनाएको छ ।

यदि यस्ता वेबसाइटले डिजिटल सर्भिस एक्ट उल्लङ्घन गरेको पाइएमा युरोपेली आयोगले कम्पनीको विश्वव्यापी वार्षिक राजस्वको ६ प्रतिशतसम्म जरिबाना लगाउन सक्नेछ । यो रकम यी कम्पनीहरूका लागि करोडौँ युरोमा हुन सक्ने बताइएको छ । यस बाहेक सङ्घले सञ्चालनमा केही परिवर्तन गर्न, अस्थायी रूपमा प्लेटफर्ममा प्रतिबन्ध लगाउन र सार्वजनिक रूपमा यी वेबसाइटको नाम र कमजोरीहरू उजागर गर्न सक्नेछ ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १३:४९





सामाग्री श्रोत :
टेक पाना

इस्लामवाद– सोमबार राति पाकिस्तानको कराचीस्थित मालिर जेलबाट २१६ कैदीहरू भागेका छन्। 

जेल प्रशासनका अनुसार कराचीमा भूकम्पको झट्का पछि सावधानी अपनाउँदै कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो। यस अवसरको फाइदा उठाउँदै कैदीहरू मुख्य ढोकाबाट भागेको जियो न्यूजले भनेको छ।

यी मध्ये करिब ८० कैदीहरू फेरि पक्राउ परेका र अरु १३५ कैदी अझै फरार रहेको बताइएको छ। जेलका सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान यो कुरा पुष्टि गरेका हुन्। 

यसअघि धेरै मिडिया रिपोर्टहरूमा पर्खाल भत्काएर कैदीहरू भागेको भनेका थिए। प्रशासनले कुनै पनि पर्खाल नभेटिएको स्पष्ट पारेको छ, भागदौडको बीचमा सबै कैदीहरू मुख्य ढोकाबाट भागेका थिए। भूकम्पपछि ७०० देखि १००० कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो। हडबडी मच्चिरहँदा १०० भन्दा बढी कैदीहरू मुख्य ढोकातिर धक्का मुक्की गरेर भागेको गृहमन्त्री लन्जारले भनेका छन्। 

कारागार प्रशासनका अनुसार खोजी कार्य अझै जारी छ। यस कारबाहीमा विशेष सुरक्षा एकाइ (एसएसयू), र्‍यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) का टोलीहरू मिलेर काम गरिरहेको बताइएको छ। घटना लगत्तै रेन्जर्स र एफसीले जेल नियन्त्रणमा लिएका थिए। 

यस घटनामा एक कैदीको मृत्यु भएको खबर आएको छ। साथै, ४ सुरक्षाकर्मी घाइते भएको भनिएको छ। गृहमन्त्रीले प्रशासनिक लापरबाही पनि यो घटनाको कारण हुन सक्ने स्वीकार गरेका छन्। भागेका प्रत्येक कैदीको पहिचान र रेकर्ड उपलब्ध भएको र उनीहरूको घर र वरपरका क्षेत्रमा छापा मारिएको गृहमन्त्री लन्जरले बताए। लापरबाही गर्ने अधिकारीहरू विरुद्ध अनुशासनात्मक कारबाही गरिने जेल मन्त्रीले बताए। 


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठामडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नेसनल क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि आवश्यक सुझाब माग गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै क्यान्सर इन्स्टिच्युट स्थापनका लागि सुझाब माग गरेको हो। 

क्यान्सर इन्स्टिच्युट स्थापनका लागि गठित सम्भाव्यता अध्यन समितिले प्रतिवेदन तयार गरिरहेको भन्दै मन्त्रालयले सुझाब माग गरेको हो। 

‘नेसनल क्यान्सर इन्स्टिच्युट सम्भाव्यता अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरिरहेको अवस्थामा तपाईंहरुको सुझाबबाट अझ व्यवस्थित रुपमा इन्स्टिच्युट स्थापना गर्न सकिने भएकोले ७ दिनभित्र रचनात्मक सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

मन्त्रालयले [email protected] वा [email protected] मा WhatsApp/Viber message: 9851330592 हेल्लो स्वास्थ्य कल सेन्टर १११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म फोन गर्न अनुरोध गरेको छ। 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेलको संयोजकत्वमा गठित समितिले आवश्यक काम अगाडि बढाएको हो।

समितिमा डा गिसुपनिख प्रसिको, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा शिवजी पौडेल, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसे, स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा सदस्य रहेका छन्। यस्तै मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्तबहादुर केसी सदस्य सचिव रहेका छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

म्याग्दी। प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन्। अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन्।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका छन्। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए।

आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उनले जानकारी दिए। यसअघि काठमाडौं, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो। यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ।


सामाग्री श्रोत :

प्रधानमन्त्री ओली नारच्याङमा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट