
कीर्तिपुर– कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले चुनावी प्रतिबद्धता पूरा गर्दै पदबहालीको ६ महिनामा विष्णुदेवी अस्पतालमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु गरेका छन्। २०८१ मंसिरमा नेपाली कांग्रेसबाट उपनिर्वाचनमा मेयरमा निर्वाचित डंगोलले आफ्नो कार्यकालको आधा अवधि बाँकी रहँदा यो महत्वपूर्ण कदम चालेका हुन्।
संघीयता कार्यान्वयनअघि नै १५ शय्यामा स्तरोन्नति भएको विष्णुदेवी अस्पताल लामो समयदेखि जीर्ण भौतिक संरचनाका कारण स्वास्थ्य चौकी स्तरको दिउँसो मात्र चल्ने सेवामा सीमित थियो। स्थानीय तहलाई हस्तान्तरण भए पनि प्रभावकारी सेवा दिन नसकेको गुनासो बढिरहेका बेला मेयर डंगोलले आज एक समारोहबीच २४ घण्टे इमर्जेन्सी सेवा शुभारम्भ गरेका हुन्।
कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखाका अमृतजंग बस्नेतले यो पहिलो चरणको सेवा विस्तार भएको बताए। “भौतिक संरचना मर्मत, निर्माण र उपकरण खरिदमा समय लागेकाले अहिले इमर्जेन्सी सेवाबाट सुरु गरेका हौं। अब छिट्टै बर्थिङ सेन्टर, फार्मेसी, एक्स–रे र इन्डोर सेवासहित अस्पतालको भव्य उद्घाटन हुनेछ,” उनले भने। हाललाई २४ घण्टे इमर्जेन्सी सेवा, आधारभूत प्रयोगशाला, भिडियो एक्स–रे, इको स्क्रिनिङ, जनरल फिजिसियन, बालरोग विशेषज्ञसहितका सेवा उपलब्ध गराइएको छ।
मेयर डंगोलले अस्पताललाई आफ्नो प्रमुख एजन्डा बनाएका छन्। “म आधा कार्यकालका लागि निर्वाचित भएको हुँ। बाँकी दुई वर्षमा अस्पताललाई सुदृढ बनाउन सबैको साथ चाहिन्छ,” उनले भने। उपनिर्वाचनका बेला कांग्रेस महामन्त्रीले कीर्तिपुरमा स्वास्थ्य, शिक्षा र आइटी क्षेत्रमा जोड दिँदै मासिक ३–४ लाख कमाउने आधार बनाउने भाषण चर्चित बनेको थियो। यो कदमले त्यही सकारात्मक परिवर्तनको ढोका खोलेको स्थानीयको भनाइ छ।
यो सेवाले कीर्तिपुरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैंक तथा वित्तीय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा उनले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताएका हुन्।
‘बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ मन्त्री खड्काले भने।
ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। ‘उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,’ उनले भने।
ऊर्जा क्षेत्रका बाधक कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उनको भनाइ छ। मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिब तथा विपन्न नागरिकलाई समृद्धि बनाउने बाटोमा सरकार लागिरहेको बताए।
उनले मध्ये चमेलिया जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे। ‘आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाइन्छ, जति लामो समय भए त्यति ब्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न गर्नुस,’ उनले भने।
दार्चुलाका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले आयोजना निर्माणसँगै सिङ्गोमुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत् खेर नजाने बताए। उनले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे।
नेपाल बैंकको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनामा नबिल बैंकले पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ। रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए।
सामाग्री श्रोत :
काठमाडौँ । विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि अन्ततः बहु प्रतिक्षित ‘युजरनेम’ फिचर ल्याउने भएको छ । यस फिचरको आगमनसँगै प्रयोगकर्ताहरूले अब आफ्नो वास्तविक फोन नम्बर शेयर नगरिकनै अरूसँग जोडिन सक्नेछन्, जसले गोपनीयतामा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
वाबेटाइन्फोले ह्वाट्सएपको हालैको टेस्टफ्लाइट बेटा भर्सनमा यो फिचर रहेको कुरा पत्ता लगाएको हो । हाल यो फिचर बेटा टेस्टरहरूका लागि समेत लाइभ नगरिएको भए पनि, यसको ‘स्ट्रिङ्स’ (सम्बन्धित कोडका अंशहरू) बेटा भर्सनमा फेला परेका हुन् । जसबाट यो फिचर आउने क्रममा रहेको सङ्केत गर्छ । यो नयाँ सुविधाले ह्वाट्सएपलाई टेलिग्राम र सिग्नलजस्ता अन्य आधुनिक मेसेजिङ प्लेटफर्मको स्तरमा ल्याउनेछ, जहाँ प्रयोगकर्ताहरूले आफ्नो छुट्टै ‘ह्यान्डल’ तथा युजरनेम रोज्न सक्नेछन् ।
यो प्रणाली विशेष गरी फोन नम्बरको गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो फिचर लाइभ भएपछि तपाईँको फोन नम्बर नभएका प्रयोगकर्ताहरूले समेत तपाईँको युजरनेम देख्नेछन् ।
नयाँ युजरनेम प्रणालीका लागि ह्वाट्सएपले केही नियमहरू पनि निर्धारण गरेको छ । जसअनुसार युजरनेमको सुरुवात ‘www.’ बाट गर्न पाइने छैन । किनभने यसले प्रयोगकर्ताहरूलाई कुनै आधिकारिक वेबसाइटसँग अन्तरक्रिया गरिरहेको भ्रममा पार्न सक्छ । त्यस्तै कम्तीमा एउटा अक्षर अक्षर (letter) हुनैपर्नेछ, जसले केवल अङ्क वा प्रतीकहरूबाट बनेका युजरनेम मात्र प्रयोग गर्ने कार्यलाई रोक्नेछ ।
साथै युजरनेमका लागि साना अक्षरहरू (a–z), अङ्कहरू (0–9), पिरियड (.) र अन्डरस्कोर (_) मात्र प्रयोग गर्न पाइनेछ । यसले सबै युजरनेमहरूमा एकरूपता र सफा संरचना कायम राख्न मद्दत गर्नेछ ।
प्रयोगकर्ताले एक पटक भ्यालिड युजरनेम छनौट गरिसकेपछि ह्वाट्सएपले ‘कन्फेटी एनिमेन’ सहित यसलाई पुष्टि गर्नेछ । त्यसपछि, कुराकानी र ग्रुप च्याटहरूमा प्रयोगकर्ताको फोन नम्बरको साटो युजरनेम देखा पर्नेछ ।
यदि प्रयोगकर्ताले आफ्नो युजरनेम परिवर्तन गरेमा ह्वाट्सएपले च्याटहरूमा एक ‘सिस्टम मेसेज’ छोडेर अरूलाई यस परिवर्तनको बारेमा जानकारी दिनेछ । यो हाल प्रोफाइल फोटो वा फोन नम्बर अपडेट गर्दा अपनाइने तरिका जस्तै हो । यसका अतिरिक्त, ह्वाट्सएपको वेब भर्सनमा आउने आगामी अपडेटले प्रयोगकर्ताहरूलाई आफूले चाहेको युजरनेम उपलब्ध छ कि छैन भनेर चेकजाँच गर्ने अनुमति पनि दिनेछ ।
कहिलेसम्म आउला ह्वाट्सएपको युजरनेम फिचर ?
यो फिचर अझै विकासकै चरणमा छ र सार्वजनिक परीक्षणका लागि रोल आउट भएको छैन । बेटा भर्सनमा यसका लागि आवश्यक ‘स्ट्रिङ्स’ देखा परेसँगै यो फिचर चाँडै नै सुरु हुने सङ्केत मिलेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १९:३
सामाग्री श्रोत :
टेक पाना
काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत भएको छ ।
दुर्घटनामा बनेपा नगरपालिका–९ नयाँबस्तीकी ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बुधबार साँझ ५:४० बजे पनौती बसपार्कबाट मेदाम्चुतर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस चिप्लिएर सडकबाट झण्डै ३५ मिटर तल खसेको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा बस चालक बेथानचोक-६ का ४१ वर्षीय रामप्रसाद ढुंगाना, बनेपा-९ की ३२ वर्षीया संगीता आचार्य र उनकी १ वर्षीया छोरी सरगम तिमल्सिना छन् ।
घाइते चालकलाई शीर मेमोरियल अस्पताल, बनेपा पठाइएको उनले जनाए । संगीताको आमाछोरीलाई धुलिखेल अस्पताल रिफर गरिएको छ ।
बसमा चालक र सहचालकसहित सातजना सवार रहेको उनले सूचना अधिकारी घलेले बताए । सहचालकसहित अन्य सकुशल रहेको उनले बताए । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस बारे जनचेतना मूलक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफ़न्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
संसारभर अंग्रेजी महिनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा बिभिन्न कार्यक्रम गर्दै मनाइदै आइएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरेपनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए। जन्मजात बाहेक नशा सम्बन्धि समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा विजुक्छेको भनाई छ ।
स्कोलियोसिसको समस्या छोराहरुको तुलनामा छोरीहरुमा बढी मात्रामा हुने गरेको पाईन्छ । एक जना छोरामा देखियो भने सातजना छोरीहरुमा यो समस्या देखिने सम्भावना रहेको डा विजुक्छेले बताए।
स्कोलियोसिसको समस्या घरका बुबाआमा र स्कुलका शिक्षक तथा साथिहरुले बढी मात्रामा पत्ता लगाउने गरेका छन्। लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि र अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका समस्या रहेको उनले बताए।
डा विजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सो र मुटुको कामलाई असर पुर्याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी रहेको बताए।
नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो।
कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफ़न्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीड़ा साथै उपचार पश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका बिषयमा आफनो धारणा राखेका थिए। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ भने ग्राण्डी अस्पतालले पनि हरेक वर्ष बिभिन्न कार्यक्रम गर्दै आएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ। आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गरे।
मुहान क्षेत्रमा क्षति पुगेको आयोजना रू तीन करोड ५१ लाखमा पुनर्निमाण गरिने जनाइएको छ। जर्मन सरकारबाट ६० प्रतिशत अर्थात रू एक करोड ४५ लाख अनुदान प्राप्त भएको नगर प्रमुख ब्याञ्जुले बताए। उनका अनुसार बाँकी ४० प्रतिशत रकम नगर तथा र खानेपानी उपभोक्ता समितिले व्यहोर्ने छ।
जर्मन सरकारले नै ३२ वर्षअघि उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो। बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदूतावासमा सहयोगका लागि अनुरोध गरेको थियो। जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले रू एक करोड ४५ लाख रकम सहयोग गर्ने सम्झौतापछि पुनःनिर्माण सुरू गरिएको ब्याञ्जुले जानकारी दिए।
प्राप्त सुहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनर्निर्माण गरिने जनाइएको छ। बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका थिए। त्यतिबेला करिब २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानी सञ्चालन भए पनि दीर्घकालीन सुविधाका लागि पुनर्निर्माण सुरू भएको हो।
राजदूत कोचले विपद्ले मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण खानेपानी आयोजनामा क्षति पुगेकामा दुःख व्यक्त गर्दै जर्मन सरकारको सहयोग रकमले आयोजनालाई टेवा पुग्ने बताए। उनले मुहान क्षेत्र सुरक्षित बनाउन सुझावसमेत दिए।
आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो। सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार २०० घरपरिवारले उपभोग गर्दै आएका थिए।
सामाग्री श्रोत :
जर्मन सरकारको सहयोगमा धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु
काठमाडौँ । नेपाली इन्जिनियरहरूले स्थानीय सामाग्री प्रयोग गरेर कुलर बनाएका छन् । घरेलु तथा व्यावसायिक प्रयोजनका सामग्री बनाउँदै आएको पर्साको कम्पनी ‘हस्क पावर नेपाल’ का इन्जिनियरले घैँटो, गाईको गोबर र ब्याकअप ब्याट्री प्रयोग गरेर कुलर निर्माण गरेका हुन् ।
ब्याट्री फुल चार्ज गरेर प्रयोग गर्दा यस कुलरले चार घण्टाभन्दा लामो समयसम्म ठन्डा बनाइराख्ने कम्पनीका प्रबन्ध निर्देशक मनोज कुमार गुप्ताले बताए । वायुपङ्खी चुलो निर्माण गर्दै आएको यस कम्पनीले पहिलो पटक घैँटो प्रविधि तयार पारेको हो ।
गुप्ताले भने, “यो कुलर हामीले स्थानीय स्रोत र सामाग्री प्रयोग गरेर तयार गरेका हौँ । यसलाई घरमा पनि मानिसहरू आफैँले बनाउन सक्छन् ।”
पर्साको अत्यधिक गर्मी र बारम्बार बत्ती जाने समस्याले गर्दा यस्तो कुलर निर्माणको आवश्यकता महसुस भएको उनले सुनाए । “जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि खोजिन्छ । हामीले गर्मीको समाधानका लागि यो बनाएका हौँ,” उनले थपे ।
गुप्ताका अनुसार प्रारम्भमा यो कुलर परीक्षणका लागि मात्र बनाइएको थियो । तर, यसको प्रभावकारिता र सस्तो मूल्यका कारण बजारमा माग बढ्न थालेको छ । “सुरुमा परीक्षणकै लागि बनाएका थियौँ । अहिले भने करिब २०० ओटा अर्डर भइसकेको छ । मागअनुसार उत्पादन गरेर बिक्री गरिरहेका छौँ ।” कम्पनीले यसको मूल्य करिब दुई हजार रुपैयाँ राख्ने योजना बनाएको छ ।
कस्तो छ घैँटे कुलर
घैँटोको सतहमा स-साना छेद बनाएर चिसो हावा बाहिर आउने व्यवस्था गरिएको यो कुलरको बाहिरी भागमा गाईको गोबरको पेस्ट लगाएर रङ दलिएको छ । गुप्ताका अनुसार यसले कुलरलाई फङ्गसबाट सुरक्षित राख्छ । “गोबरको पेस्टले गर्दा अन्य इलेक्ट्रिक कुलरहरूमा देखिने फङ्गस र स्वास्थ्यमा पर्ने असरबाट जोगिन सकिन्छ,” उनले भने ।
वासना र स्वच्छताका लागि पानीमा ग्रास लेमन राख्न सकिने सुझाव पनि उनले दिए । हाल उपलब्ध कुलरले करिब आधा घण्टादेखि ४५ मिनेटभित्र कोठा चिसो बनाउने गर्छ । यदि फ्रिजमा राखिएको बरफ प्रयोग गरियो भने यो अझ प्रभावकारी हुन्छ ।
सामान्यतः १०x१२ फिटको कोठाका लागि एउटा कुलर पर्याप्त हुन्छ । यदि कोठा ठुलो भएमा थप कुलर प्रयोग गर्न सकिने उनले बताए । गुप्ताका अनुसार यो कुलर विद्युत नहुँदा पनि चार घण्टासम्म चल्न सक्छ । “बजारमा ३०-४० हजार रुपैयाँ खर्च गरेर ल्याइने कुलरभन्दा यो धेरै सस्तो, प्रभावकारी र सहज विकल्प हो,” उनले भने ।
यस्तै, आफैसँग सीप भएमा घरमै पनि यस्तो कुलर बनाउन सकिने उनले बताए । गुप्ता अगाडि भन्छन्, “ब्याकअप ब्याट्री अलि महँगो पर्न जान्छ । अरू सामान घरकै प्रयोग गरेर पनि यस्तो कुलर बनाउन सकिन्छ ।”
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २०:१८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग २ मा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि नोहा क्रोइसले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवर्डसले ४६ रन बनाए । यस्तै विक्रमजीत सिंहले ३८, जच लियोन क्याचेटले २७, रोलेफ भान डर मर्भेले २१ र तेजा निदामनरुले १३ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । ९ दशमलव १ ओभर बलिङ गरेका कामीले ४८ रन खर्चिएर तीन विकेट लिएका हुन् ।
यस्तै करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । करणले १० ओभरमा ३५ रन खर्चिँदा सन्दीपले १० ओभरमा ४८ र ललितले ७ ओभरमा ३० रन खर्चिए ।
यो सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डमाथि १ विकेटको शानदार जित निकालेको थियो । २९७ रनको लक्ष्य नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै एक दिवसीयमा सबैभन्दा ठूलो रन चेज गर्दै जित निकालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- काठमाडौँ विश्वविद्यालय अन्तर्गतका काठमान्डौ मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चितवन मेडिकल कलेज (सीएमएसी) र पिपुल्स डेन्ल कलेजले आवासीय चिकित्सकलाई दिनुपर्ने आठौं तह सरहको निर्वाह भत्ताको निर्ण कार्यान्वयन नगरेकोमा चिकित्सा सम्बद्ध संस्थाहरुले आपत्ति जनाएका छन्।
नेपाल चिकित्सक संघ (एनएमए) र राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका छन्।
नेपाल चिकित्सक संघले ध्यानाकर्षण पत्र पठाएको छ भने राष्ट्रिय चिकित्सक संघ नेपालले आयोगमै पुगेर पत्र बुझाएको छ। राष्ट्रिय चिकित्सक संघ नेपालकी उपाध्यक्ष डा चण्डिका पण्डितको नेतृत्वमा ध्षानाकर्षण पत्र बुझाइएको हो। उनीहरुमाथि अविलम्ब छानविन गर्न एनएमएले माग गरेको छ। आयोगको निर्णयको उल्लंघन गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीको समेत माग एनडीएएनले गरेको छ।
मेडिकल कलेजका एमबीबीएस र पीजीका म्यचिङ प्रकियामा रहेका सिट समेत रोकी, सिट नघट्ने गरि सरकारीमा समायोजन गर्ने व्यवस्था गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय चिकित्सक संघ नेपालकी उपाध्यक्ष डा चण्डिका पण्डित तथा पदाधिकारी
नेपाल चिकित्स संघको पत्र
राष्ट्रिय चिकित्सक संघ नेपालको पत्र
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन्।
बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताए।
‘युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न। परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ। असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू पनि ठीक होइन, त्यस्तो गर्नेहरू उल्टै पारिवारिक तनावमा परेका हुन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अब युवाले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुपर्छ। उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युवा विदेश जानेक्रम रोक्नुपर्छ।’
प्रधानमन्त्री ओलीले युुवाले रचनात्मकतामा निरन्तरता दिनुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको शतप्रयासबाट मुलुकको समृद्धि हासिल हुने बताए। सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्वर्द्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए।
‘आइडिया स्टुडियो’ का संस्थापक डा छिरिङ लामा र काठमाडौं मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले युवाको नवप्रवर्तनका लागि भइरहेका प्रयास र उपलब्धिबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए।
सामाग्री श्रोत :
युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ: प्रधानमन्त्री