
काठमाडौँ । एप्पलले एयरपड्समा नयाँ फिचर ल्याउने तयारी गरेको छ । आगामी हप्तादेखि सुरु हुने एप्पलको डेभलपर कन्फेरेन्स (डब्लूडब्लूडीसी) मा कम्पनीले एयरपड्समा आउने फिचरबारे जानकारी दिनेछ ।
म्याकर्युमर्सका अनुसार यस वर्ष कम्पनीले एयरपड्समा ‘नयाँ हेड जेस्चर’ फिचर सार्वजनिक गर्नेछ । यस फिचर अन्तर्गत एयरपड्स लगाएको प्रयोगकर्ताले टाउको हल्लाएकै भरमा फोन उठ्नेछ । साथै टाउकोको चालबाटै यस फिचरले कलको भोल्युम बढाउने वा घटाउने काम गर्नेछ ।
एयरपड्समा आउन लागेको अर्को फिचर हो ‘अटो पज फर स्लिप’ । यस फिचरले एप्पल वाचको स्लिप डेटा प्रयोग गरी प्रयोगकर्ता निदाएको थाहा पाउँछ । र, एयरपड्समा बजिरहेको म्युजिक वा अन्य सामग्री स्वतः पज (रोकिने) गर्छ ।
त्यस्तै एयरपड्समा आउन लागेको अर्को फिचर ‘क्यामेरा टिगर’ हो । जस्तो वायर्ड इयरपोड्स (इयरफोन) मा बटन थिचेपछि आईफोनले फोटो खिच्थ्यो, त्यस्तै यस फिचरले पनि छोएको थाहा पाउनासाथ फोटो खिच्नेछ ।
यस वर्षको डेभलपर कन्फेरेन्समा एप्पलले एयरपड्समा ‘माइक्रोफोन इन्ह्यान्समेन्ट’ फिचर ल्याउने बताइएको छ । आईफोन १६ मा एप्पलले अडियो मिक्स्ड गर्ने ‘स्टुडिओ क्वालिटी’ फिचर अब एयरपड्समा आउनेछ । यसले गर्दा प्रयोगकर्ताले एयरपड्सलाई स्तरीय माइक्रोफोनका रूपमा प्रयोग गर्न सक्ने बताइएको छ ।
एयरपड्सको नयाँ अपडेटमा ‘लाइभ ट्रान्सलेट’ फिचर पनि उपलब्ध हुनेछ । यो यस्तो फिचर हो, जसले रियल टाइममा एयरपड्समा आएको आवाज पहिचान गरी त्यसलाई कानसम्म पुर्याउने बेला अनुवादित भाषामा आवाज उपलब्ध गराउनेछ ।
यी सबै फिचर अहिले बजारमा उपलब्ध एयरपड्समा उपलब्ध हुने बताइएको छ । सोमबारको वर्ल्डवाइड डेभलपर कन्फेरेन्स (डब्लूडब्लूडीसी) मा कम्पनीले आईओएस २६ र म्याक ओएस २६ घोषणा गर्ने बताइएको छ । त्यही कार्यक्रममा एयरपड्समा आउने अन्य फिचरको बारेमा कम्पनीले जानकारी दिनेछ । कार्यक्रम ९ जुन बिहान १० बजे प्यासिफिक टाइम (नेपाली समय अनुसार राति १०ः४५ बजे) एप्पलको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ११:१४
सामाग्री श्रोत :
टेक पाना
विराटनगर – सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् ।विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी समेत दिएका छन् ।
साथै उनले गृह मन्त्री लेखकको सन्दर्भमा कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी समेत गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
गौतम बुद्धको जन्मस्थल र साधकहरूको लागि एक पवित्र थलो-लामो समयदेखि ध्यान, मौनता र जागरणको भूमि मानिँदै आएको छ। आज, यो आध्यात्मिक सम्पदा स्वामी आनन्द अरुणद्वारा जीवित रहन्छ, जो ओशोका समर्पित शिष्य हुन् र काठमाडौंको शान्त नगरजुन डाँडामा रहेको ओशो तपोवन अन्तर्राष्ट्रिय ध्यान केन्द्रका संस्थापक हुन्।
अब, स्वामी अरुणले नेपालको आन्तरिक शान्ति र सचेत जीवनको सन्देशलाई भुटान-रहस्यमय “थन्डर ड्रागनको भूमि” र वज्रयान बौद्ध राजतन्त्रमा बोकेर आएका छन्। यो यात्रा केवल भौगोलिक यात्रामात्र होइन, बरु एक पवित्र चेतनाको प्रवाह हो। जुन बुद्धसँग शुरु भई, रानी भ्रिकुटी जस्ता महान हस्तीहरूले नेपालबाट तिब्बत र भुटानमा बुद्धको सन्देश फैलाउन र गुरु पद्मसम्भवले नेपाल, भुटान र भारतमा बुद्धको शिक्षालाई प्रश्रय दिन निरन्तरता दिएको छ।
भुटानको पवित्र निमन्त्रणा
स्वामी आनन्द अरुणलाई भुटान सरकारद्वारा आधिकारिक रूपमा भुटान ध्यान सम्मेलन २०२५ मा बोल्न निमन्त्रणा दिइएको छ। यो सम्मेलन भुटान ध्यान केन्द्र र अन्तर्राष्ट्रिय आध्यात्मिक संस्थाहरूको सहकार्यमा आयोजना हुँदैछ। सम्मेलनको विषयवस्तु “विज्ञान, माइन्डफुलनेस, र ध्यान” ले प्राचीन आध्यात्मिक ज्ञान र एआई युगको यथार्थबीचको पुल बनाउन खोजेको छ।
“कृत्रिम बौद्धिकता (एआई) बाट बनिरहेको युगमा, जहाँ मानवीय ध्यान बिखरिएको छ र आन्तरिक शान्ति दुर्लभ भएको छ, यो सम्मेलन हामीलाई हाम्रो मौलिक प्रकृतितिर फर्काउने कल हो-मौनता र सचेतनाबाट जन्मिएको भिन्न प्रकारको बुद्धिमत्ताको सम्झना,” स्वामी अरुणले भने।
उहाँले सहभागीहरूलाई ओशोको चक्र ध्वनि ध्यान मार्फत मार्गदर्शन गर्नेछन्-शरीर, मन र आत्मालाई सन्तुलित पार्ने ओशोले सिर्जना गर्नुभएको ध्यान प्रविधि।
शाही सम्मान र पवित्र पुनर्मिलन
आगमनको पहिलो २४ घण्टाभित्रै स्वामी अरुण र उहाँको टोलीलाई रानी आमा, उहाँको पवित्र माता र वैरोचन रिन्पोछे सँग भेटघाटको दुर्लभ अवसर प्राप्त भयो। यो भेट रिन्पोछेको निजी मन्दिरको आन्तरिक कक्षमा सम्पन्न भयो, जुन पवित्र कूटनीतिक क्षणको प्रतिक थियो।
डाशो कर्मा उरा, भुटानको साँघुरो राष्ट्रिय खुसी अध्ययन केन्द्रका अध्यक्ष र सम्मानित विद्वानको अगुवाइमा, स्वामी अरुणलाई बुद्धको अघि घिउ बत्ती बाल्न निमन्त्रणा दिइयो। रिन्पोछेले स्वामीजीलाई आफू बराबरको रूपमा छेउमै बसी स्थान दिए-अतिथि होइन, आध्यात्मिक बराबरीको रूपमा।
उहाँहरूको संवाद पुनर्जन्म, बौद्ध शिक्षाहरू र विगतका जीवनको परस्पर मान्यताको विषयमा केन्द्रित रह्यो। वैरोचन रिन्पोछेले भावुकता व्यक्त गर्दै स्वामीजीलाई भन्नुभयो: “हामी पहिले पनि भेटेका थियौँ-गौतम बुद्धको समयमा।”
यो भावुक क्षणमा, दुई आध्यात्मिक गुरुहरूले निधार जोडेर रोए। उपस्थित सबैजना, डाशो कर्मा उरा समेत, गहिरो रूपमा प्रभावित भए।
फोटो खिच्न अनुमति दिइयो-यो दुर्लभ अवसर थियो- र एउटा ऐतिहासिक तस्बिर खिचियो, जहाँ स्वामीजी वैरोचन रिन्पोछेको छेउमा बस्नुभएको थियो र शाही परिवारका सदस्यहरूले श्रद्धापूर्वक उभिएका थिए। स्वामीजीले ओशोका पुस्तक र शिक्षाहरू उपहारस्वरूप दिए, जुन गहिरो कृतज्ञताका साथ ग्रहण गरियो।
त्यसपछि, स्वामीजीले वैरोचन रिन्पोछेलाई नेपालको ओशो तपोवन भ्रमणको लागि निमन्त्रणा गर्नुभयो, जहाँ नागार्जुनले बोधिलाभ गरेको भनिएको बोधिवृक्षको कथा सुनाउँदै। बिना झिझक, रिन्पोछेले भने: “हो, म आउनेछु।”
भुटानका प्रधानमन्त्रीसँग रात्रिभोज
यस आध्यात्मिक सम्बन्धको निरन्तरतास्वरूप, भुटानका प्रधानमन्त्री त्सेरिङ टोब्गे ले स्वामी अरुणलाई जुन ५ मा निजी रात्रिभोजको निमन्त्रणा दिएका छन्। रानी आमाको उपस्थिति पनि अपेक्षित छ। यो दुर्लभ सम्मान स्वामीजीको कार्यको सम्मान र दुवै हिमाली राष्ट्रबीचको साझा दृष्टिकोणको प्रतिबिम्ब हो।
नेपालको ध्यानको अन्तर्राष्ट्रिय योगदान
स्वामी अरुणको यात्रा व्यक्तिगत मात्र होइन-यो गहिरो कूटनीतिक र दूरदर्शी यात्रा हो। डिसेम्बर २०२४ मा, संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गर्यो, जुन स्वामी अरुणको पहलमा नेपाल, भारत, श्रीलंका र मेक्सिकोको समर्थनमा भएको थियो। यो मितिले शीतकालीन अयनान्त (विन्टर सोलस्टिस) लाई चिन्ह लगाउँछ, जसले ध्यानलाई आधुनिक विश्वका लागि एक विश्वव्यापी औषधिको रूपमा सम्मान गर्दछ।
स्वामी अरुणको योगदान अमेरिकामा पहिलो पटक मान्यता पायो। फेब्रुअरी १६, २०१९ मा, उहाँको वाशिंगटन, डीसी र भर्जिनियाको भ्रमणको क्रममा, भर्जिनिया राज्य सिनेट र हाउसले स्वामीजीको ध्यान जागरुकता अभियानको सम्मानमा घोषणापत्र पारित गरेका थिए र बुद्ध पुर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा मान्यता दिएका थिए।
नयाँ दृष्टिकोण: एशियाली एकता
स्वामी अरुणले एउटा नयाँ सपना पनि साझा गर्नुभएको छ-एशियाली संघ-जसमा आर्थिक सहकार्य, सांस्कृतिक आदानप्रदान, लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारमा आधारित साझा क्षेत्रीय समुदायको परिकल्पना गरिएको छ।
“कुनै राम्रो विचार व्यर्थ हुँदैन,” उहाँ भन्नुहुन्छ, यो सपना एकदिन यथार्थमा बदलिने आशामा।
साधारण लक्ष्य: आनन्दको खोज
वैश्विक प्रभाव भए पनि, स्वामीजी सधैं साधारण र न्यानो छन्: “मेरो मिशन सरल छ-म आफैँ खुशी रहन्छु, र अरूलाई पनि खुशी खोज्न मद्दत गर्छु,” उहाँ भन्नुहुन्छ।
उहाँ प्रायः भन्नुहुन्छ, कसरी ओशोको शिक्षाले उहाँको जीवनलाई निराशाबाट गहिरो आनन्दमा रूपान्तरण गरिदियो:
“ओशोले मलाई त्यतिबेला आशा दिनुभयो, जब मेरो जीवनमा कुनै आशा थिएन। आज म आफूलाई पृथ्वीमा सबैभन्दा खुशी मानिस मान्छु।”
ओशो तपोवनका ध्यान शिविरहरू मार्फत, स्वामी अरुणले हजारौँ मानिसलाई पुनः आफ्नै आन्तरिक उज्यालो फेला पार्न मद्दत गर्नुभएको छ-रूपान्तरणको माध्यमबाट, धर्मपरिवर्तन होइन। भुटान, जुन मुलुकले साँघुरो राष्ट्रिय खुसी को मापनमा विश्वास गर्छ, स्वामीजीको दर्शनसँग गहिरो रूपमा मेल खान्छ।
“अरूलाई पीडा दिएर प्राप्त विजयले कहिल्यै शान्ति ल्याउँदैन,” उहाँ भन्छन्। “साँचो खुशी प्रेम, सचेतता र समझबाट आउँछ।”
रानी भ्रिकुटी र गुरु पद्मसम्भवको परम्पराको निरन्तरता
नेपाल-जसले हजारौँ वर्षदेखि शान्ति, एकता र आध्यात्मिक मुक्ति विकिरण गर्दै आएको छ-सधैं ज्ञानको उद्गमस्थल रहँदै आएको छ। शिव, अष्टावक्र, गोरखनाथका प्राचीन शिक्षादेखि लिएर गौतम बुद्धको जागरणसम्म, नेपालले सधैं आन्तरिक उज्यालो र विश्वव्यापी करुणाको शाश्वत सन्देश बोकेको छ।
यस पवित्र भूमिबाटै, रानी भ्रिकुटीले बौद्ध धर्म तिब्बत र भुटानसम्म पु¥याउनुभयो र गुरु पद्मसम्भवले नेपाल, भुटान, तिब्बत र भारतभरि बौद्ध शिक्षालाई फैलाउनुभयो। आज, स्वामी अरुण पनि यही आध्यात्मिक यात्रामा छन्-नेपालको पहाडबाट हजारौँ वर्षदेखि गुञ्जिरहेको मौनता र आत्म-जागरणको सन्देश लिएर।
जब स्वामीजी भुटानका मठ र पहाडी शिखरहरूमा यात्रा गर्दै जानुहुन्छ, उहाँको यात्रा एउटा विशाल हिमालयन कथा को भाग बन्छ-पवित्र स्मृति, साझा मौनता र कालातीत आध्यात्मिक सम्बन्धको कथा।
उहाँको उपस्थितिमा, भुटानले अतिथिमात्र होइन, एक साधक र गुरु-नेपालको उज्यालोको एक दूतलाई स्वागत गर्दछ। स्वामीजीले बाँडेको ध्यान प्रविधि उपदेश होइन, एउटा जीवित ज्वाला हो-शान्ति, आनन्द र आन्तरिक रूपान्तरणको-नेपालले संसारलाई दिएको शाश्वत उपहारको झल्को हो।
सामाग्री श्रोत :
काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले नयाँ ‘लग आउट’ फिचर ल्याउने तयारी गरेको छ । हाल परीक्षणकालीन अवस्थामा रहेको यो फिचरले प्रयोगकर्तालाई एप डिलिट (अनइन्स्टल) नगरिकन र डेटा नहराई आफ्नो प्राइमेरी अकाउन्टबाट लग आउट गर्ने विकल्प दिनेछ ।
एन्ड्रोइड अथोरिटी सहकार्यमा एसेम्बलडिबगले पछिल्लो एन्ड्रोइड बेटा भर्सन (२.२५.१७.३७) मा यो फिचर फेला पारेका हुन् । यो सुविधा सेटिङ्स > अकाउन्ट (Settings > Account) अन्तर्गत नयाँ ‘Logout’ अप्सनका रूपमा देखिएको छ । फिचरमा ‘Erase all data & preferences’, ‘Keep all data & preferences’ र ‘Cancel’ नामका तीन विकल्प रहेका छन् ।
दोस्रो विकल्प ‘Keep all data & preferences’ रोजेमा प्रयोगकर्ताले लगआउट गर्दा पनि च्याट, मिडिया फाइल, ग्रुप डेटा र एप सेटिङहरू सुरक्षित रहने बताइएको छ । प्रयोगकर्ताले फेरि आफ्नै नम्बरबाट लगइन गर्दा ह्वाट्सएप पुरानै स्थितिबाट प्रयोग गर्न सक्नेछन् ।
हालसम्म प्रयोगकर्ताले एप अस्थायी रूपमा नछोउन्जेल बाहिरिन चाहँदा एप अनइन्स्टल गर्नुपर्ने वा अकाउन्ट नै डिलिट गर्नुपर्ने अवस्था थियो । यसले म्यानुअल रूपमा ब्याकअप नगरेमा डेटा गुम्ने सम्भावना रहन्थ्यो ।
यो फिचर हाल आन्तरिक परीक्षण चरणमा रहेको र केही महिनाभित्र बेटा प्रयोगकर्तालाई उपलब्ध गराइएपछि सबै प्रयोगकर्ताका लागि सार्वजनिक गरिने अनुमान छ । यसले ह्वाट्सएपलाई फेसबुकजस्ता अन्य मेटा प्लेटफर्महरूसँग मिल्दोजुल्दो बनाउनेछ । जहाँ अकाउन्ट डिएक्टिभेट गर्दा पनि प्रयोगकर्ताको डेटा सुरक्षित रहन्छ ।
नयाँ लगआउट फिचर विशेषगरी डिजिटल ब्रेक लिन चाहने, एपका समस्या समाधान गर्न खोज्ने वा एउटै डिभाइसमा विभिन्न अकाउन्ट स्विच गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा छ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ९:४८
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको विजयउत्सवका लागि बुधवार आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भयो । भागदौडमा अन्य ३३ जना भन्दा बढि घाइते भएकोका छन् ।
घटनालाई लिएर बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो । एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ । जुन स्टेडियम वरिपरि भागदौड भएको थियो ।
आरसिबीलाई एफआईआरमा पहिलो अभियुक्तको रुपमा राखिएको छ । साथै फ्रेन्चाइजको कार्यक्रम साझेदार डिएनए इन्टरटेनमेन्ट र चिन्नास्वामी स्टेडियमको जिम्मेवारी रहेको कर्नाटक राज्य क्रिकेट संघ (केएससिए) लाई पनि त्यसमा समावेश गरिएको छ ।
कब्बन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश एकेको उजुरीको आधारमा एफआईआर दर्ता गरिएको बताइएको छ । उजुरीमा भारतीय न्याय संहिताको छ वटा धाराहरू उल्लेख गरिएको छ ।
‘कुनै पनि आधिकारिक अनुमति बिना जुन ४ मा आरसीबीले आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा आफ्नो उत्सव र विजय परेडको घोषणा गर्यो । प्रशंसकहरूलाई सामेल हुन आमन्त्रित गरेको,’ बेंगलुरु प्रहरीले एफआईआरमा दाबी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- इमर्जेन्सी चिकित्सा विज्ञ डा ओलिता शिल्पकार इन्टरनेशनल फेडेरेसन फर इमर्जेन्सी मेडिसिन (आईएफईएम) अन्तर्गत इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त भएकी छिन्।
आईएफईएमको बोर्ड अफ डाइरेक्टर्सले उनलाई इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त गरेको छ। यस भूमिकामा उनले आकस्मिक चिकित्सा क्षेत्रका १३ वटा विशेष चासो समूहहरूको समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछिन्। यो कार्यकाल दुई वर्षको हुनेछ र यस अवधिमा उनी विश्वका प्रमुख आकस्मिक चिकित्सा विशेषज्ञहरूसँग सहकार्य गर्दै विश्वव्यापी स्तरमा आकस्मिक चिकित्सा विकासमा योगदानमा पुर्याउनेछिन्।
मे २३ देखि २८ सम्म क्यानडामा आयोजित विश्वकै सबैभन्दा ठूलो आकस्मिक चिकित्सा सम्मेलनमा नेपालबाट आमन्त्रित मुख्य वक्ताको रूपमा समेत सहभागी भएकी थिइन्। सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रस्तुत हुन पाउने उनी पहिलो नेपाली महिला चिकित्सक हुन्।
वक्तव्यका क्रममा विकासोन्मुख देशहरूमा आकस्मिक चिकित्साको परिभाषा र कार्यान्वयनका विषयमा प्रस्तुति दिएकी हुन्। जहाँ उनले हाम्रो जस्ता देशहरूमा आकस्मिक चिकित्सा क्षेत्रमा रहेका अवसरहरू र चुनौतीहरूबारे प्रकाशपारेकी थिइन्। उक्त सत्रमा उनीसँगै रवाण्डाबाट डा. लाइज मम्पोरेजे र बेलिजबाट डा. येनिसे क्रुज सहभागी थिए। सत्रको सञ्चालन अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियन्स (एसीईपी) का पूर्व अध्यक्ष डा. आइशा टेरीले गरेकी थिइन् र क्यानेडियन एसोसिएसन अफ इमर्जेन्सी फिजिसियन्स का सम्मेलन अध्यक्ष डा. ब्रिटनी एलिसद्वारा स्वागत गरिएको थियो।
यो आकस्मिक चिकित्सा सम्बन्धी शिक्षा प्राप्त गर्ने, सञ्जाल विस्तार गर्ने र विश्वव्यापी सहकार्य सुदृढ गर्ने प्रमुख अन्तर्राष्ट्रिय सम्मेलन हो, जहाँ विश्वका ८० भन्दा बढी देशका करिब २००० प्रतिनिधिहरू सहभागी थिए।
त्रिवि शिक्षण अस्पतालका कार्यरतको हिसाबले इमरजेन्सी मेडिसिनमा डिएम गरेकी एकमात्र महिला फिजिसियन उनी नै हुन्।
सेन्ट जेभियर्सबाट आइएस्सीसम्म अध्ययन गरेकी शिल्पकारले पहिले आइओएममा माइक्रोबायोलोजीमा स्नातक गरिन्। त्यसपछि एमबीबीएस, एमडी र डिएम गरेकी हुन्। उनी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आकस्मिक चिकित्सा विभागकी सह-प्राध्यापक छिन्। उनी नेप्लिज सोसाइटी अफ इमर्जेन्सी फिजिसियन्स (एनएसईपी) कार्यसमिति सदस्य छिन्।
इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार, जसले पाइन् अमेरिकामा अवार्ड
सामाग्री श्रोत :
swasthyakhabar
राजविराज(सप्तरी) । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।
बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।
सामाग्री श्रोत :
काठमाडौँ । एसुस नेपालले नेपाली बजारमा ‘कोपाइलट प्लस पीसी’ (Copilot+ PC) सिरिज विस्तार गरेको छ । कम्पनीले हालै एआई प्रविधिमा आधारित एसुस जेनबुक एस१६ (S16-UM5606KA) र २०२५ संस्करणका भिभोबुक १४ र १६ ल्यापटप भित्र्याएको हो ।
नयाँ जेनबुक एस१६ मा एमएमडी राइजेन एआई ३५० प्रोसेसर प्रयोग गरिएको छ । यसले ५० टीओपीएस एआई पर्फर्मेन्स दिने कम्पनीको भनाइ छ ।
१.१ सेन्टिमिटर पातलो यस ल्यापटपमा १६ इन्चको थ्रीके १२० हर्जको ओलेड डिस्प्ले, चिसो राख्न मिल्ने कुलिङ प्रणाली र सेराल्युमिनियमले बनेको लिड छ ।
एसुसका पछिल्ला भिभोबुक १४ र भिभोबुक १६ ल्यापटपमा इन्टेल कोर अल्ट्रा फाइभ (सिरिज टु) प्रोसेसर तथा इन्टिग्रेटेड एनपीयू (न्युरल प्रोसेसिङ युनिट) रहेको छ । यसले दैनिक एआई काम छिटो र सहज बनाउन सहयोग पुर्याउने कम्पनीले उल्लेख गरेको छ ।
भिभोबुक १४ र १६ मा क्रमशः १४ इन्च र १६ इन्चको फुल एचडी आईपीएस डिस्प्ले रहेको छ ।
नयाँ कोपाइलट प्लस ल्यापटपहरूले उच्च प्रदर्शन, लामो ब्याट्री लाइफ, सुरक्षा र सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले एआई-इनेबल्ड प्रविधिलाई थप प्रयोगकर्तामैत्री बनाउँदै नेपाली बजारमा डिजिटल रुपान्तरणलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
एसुस जेनबुक एस१६ बारे थप बुझ्न यहाँ, भिभोबुक १४ बारे बुझ्न यहाँ र भिभोबुक १४ बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ९:१४
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलन मस्कको सम्बन्धमा तनाव देखिएको छ । लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको हो । मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई गैरजिम्मेवार र राष्ट्रको दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाएका छन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार जर्मन चान्सलरसँग ओभल अफिसमै भएको भेटमा ट्रम्पले मस्कसँग आफू अत्यन्त निराश भएको बताए । मस्कलाई संघीय खर्च नियन्त्रणका लागि प्रशासनमा जिम्मेवारी दिइएको भएतापनि सो उद्देश्य अनुसार मस्कले काम गर्न नसकेको बताएका छन् ।
जवाफमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् राष्ट्रपति ट्रम्पको आलोचना गर्दै एकपछि अर्को आक्षेप लगाएका छन । ट्रम्पको नाम दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूमा हुनसक्ने दाबी गरेपछि दुईबीचको विवाद झन् चर्किएको समाचारमा उल्लेख छ ।
यस दाबीलाई अस्वीकार गर्दै ट्रम्पले मस्कलाई मानसिक रूपमा अस्थिर व्यवहार देखाएको आरोप लगाएका छन् । मस्कका कम्पनीहरूसँग रहेका सरकारी ठेक्काहरू समेत पुनरावलोकन गरिने ट्रम्पको चेतावनी छ । विवादले शुक्रबार टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ।
अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ।
अस्पतालले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको हो। सूचनाअनुसार, इच्छुक उम्मेदवारहरूले आगामी २५ जेठ (जुन ८, २०२५) देखि १ असार (जुन १५, २०२५) बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्। नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका योग्य व्यक्तिहरूले यो अवसरका लागि आवेदन दिन पाउने छन्।
उमेरको हदबन्दीको कुरा गर्दा, पुरुष उम्मेदवारको अधिकतम उमेर ४० वर्ष र महिला उम्मेदवारको अधिकतम उमेर ४५ वर्ष तोकिएको छ। आवेदन प्रक्रिया र थप जानकारीका लागि अस्पतालको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न इच्छुक उम्मेदवारहरूलाई आग्रह गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar