२०८२ भाद्र २७ शुक्रबार
२०८२ भाद्र २७ शुक्रबार

काठमाडौं । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ ।

नेपालगञ्ज दिल्ली उडानको लागि भौतिक रुपमा केही कुराहरू अपुग रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो ।

शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्यन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरु लगायतसँग छलफल गरिएको थियो ।

छलफलमा नेपालगञ्ज मानसरोवरको प्रमुख केन्द्रबिन्दु समेत रहेको नेपालगञ्ज दिल्ली उडानको आवश्यकता रहेको बताइएको छ ।

छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको दाबी गरे ।

सिंहले भने, ‘अहिले नेपालगन्ज विमानस्थलमा क्षमताको टर्मिनल भवन छ  निर्माण अन्तिम चरणमा पुगेको नयाँ टर्मिनल भवनकोे क्षमता ६ सय रहेकाले हामी अन्तर्राष्ट्रिय विमान उडानका लागि तयारी अवस्था रहेको बताए छन् ।

कार्यक्रममा बाँकेका स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिले पनि नेपालगन्ज–दिल्ली उडानका लागि संघीय सरकारलाई दवाब दिन हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगञ्जबासीसँगै दवाब समूहसँग मिलेर काम गर्ने बताएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नेपालगन्ज–दिल्ली उडानको मागका सम्बन्धमा आफूले गर्नुपर्ने सहयोेग गर्ने प्रतिबद्धता जनाएका थिए हामी तयार रहेको बताए छन् ।

बैठकमा भारत मैत्री संगठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटीबेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने बताए ।

बुद्ध र श्री एयरले नेपालगन्ज–दिल्ली उडान गर्नेबारे अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ ।

 

 


सामाग्री श्रोत :

नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

काठमाडौँ । स्मार्टफोन ब्रान्ड अनरले आफ्नो नयाँ ‘अनर ४०० फाइभजी सिरिज’ विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट सार्वजनिक गरेको छ । शनिबार बिहान काठमाडौँबाट माउन्टेन फ्लाइटमार्फत उक्त क्षेत्रमा पुगेको अनर टिमले कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूको साथमा यो सिरिज सार्वजनिक गरेको हो ।

योसँगै विश्वकै सबैभन्दा उच्च स्थानबाट स्मार्टफोन सार्वजनिक गर्ने कीर्तिमान आफूले राखेको अनरले जनाएको छ । कार्यक्रममार्फत प्रविधिमा सीमाहीन सम्भावना रहेको सन्देश दिन खोजिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ‘अनर ४०० फाइभजी सिरिज’ अत्याधुनिक एआई प्रविधि, शक्तिशाली क्यामेरा, आकर्षक डिजाइन र शक्तिशाली ब्याट्री क्षमतासहित बजारमा आएको छ । विशेषगरी चुनौतीपूर्ण वातावरण र कठिन परिस्थितिलाई समेत सामना गर्न सक्ने विशेषतासहित यस सिरिज उत्पादन गरिएको कम्पनीको भनाइ छ ।

सिरिजमा तीन फरक मोडेल छन्- अनर ४०० प्रो फाइभजी, अनर ४०० फाइभजी र अनर ४०० लाइट फाइभजी ।

तीमध्ये अनर ४०० प्रो फाइभजीमा स्न्यापड्रागन एट जेन थ्री चिपसेट, २०० मेगापिक्सेल मुख्य क्यामेरा, ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स रहेको छ । यो मोडेलमा १०० वाट फास्ट चार्ज सपोर्टसहित ६००० एमएएच ब्याट्री छ । १५ मिनेटमा ५१ प्रतिशत चार्ज र ३९ मिनेटमा पूरै चार्ज हुने कम्पनीको दाबी छ ।

त्यसैगरी, अनर ४०० फाइभजीमा स्न्यापड्रागन सेभेन जेन थ्री चिपसेट, २०० मेगापिक्सेल मुख्य क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स रहेको छ । यसमा ६००० एमएएच वा केही भर्सनमा ५३०० एमएएच क्षमताको ब्याट्री छ, जसले ८० वाट चार्जिङ सपोर्ट गर्छ ।

अनर ४०० लाइट फाइभजीमा मिडियाटेक डाइमेन्सिटी प्रोसेसर, १०८ मेगापिक्सेल मुख्य क्यामेरा र ५ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स रहेको छ । यसमा ५२३० एमएएच ब्याट्री र ३५ वाट चार्ज सपोर्ट दिइएको छ ।

तीनै मोडेलमा नयाँ जेनेरेसनको एआई इन्हान्स्ड क्यामेरा सिस्टम  राखिएको छ । सगरमाथाबाट गरिएको विशेष लञ्चसँगै कम्पनीले यस सिरिजको प्रि-बुकिङ खुलाएको छ ।

अनर ४०० (१२ जीबी र्‍याम प्लस ५१२ जीबी स्टोरेज) को मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङ गर्ने ग्राहकले अनर चोइस टू आई स्मार्टवाच र अनर एक्स सेभेन लाइट टीडब्लुएस निःशुल्क पाउनेछन् ।

अनर ४०० प्रो (१२ जीबी र्‍याम प्लस ५१२ जीबी स्टोरेज) को आधिकारिक मूल्य ८८ हजार ४९९ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङमा १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने अनर चोइस टू आई स्मार्टवाच र ९ हजार ९९९ रुपैयाँ बराबरको अनर क्लिप इयरबड्स निःशुल्क दिइनेछ ।

त्यसैगरी, अनर ४०० लाइट (८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज) को मूल्य ३९ हजार ९९९ रुपैयाँ राखिएको छ । यो फोन प्रि-बुक गर्दा अनर एक्स सेभेन लाइट इयरबड्स निःशुल्क प्राप्त हुने र शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाइने कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ ८:५८





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी –गाजामा इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ७५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक आवासीय भवनमा गरिएको बम आक्रमणपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी रहेको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । 

गाजाको साबरा क्षेत्रमा रहेको सो भवनमा शनिबार बिहान गरिएको आक्रमणबारे प्यालेस्टिनी नागरिक सुरक्षा प्रवक्ता महमूद बासेलले अल जजीरालाई भने, ‘यसअघि कुनै चेतावनी दिइएन, कुनै सूचना दिइएन ।’ उक्त बम आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

Ncell 2
Ncell 2

‘यो साँचो अर्थमा एक नरसंहार हो । यो भवन नागरिकहरूले भरिएको थियो’, उनले भने । उनका अनुसार करिब ८५ जना अझै भग्नावशेषमा फसेका छन् भन्ने अनुमान गरिएको छ ।

घटनास्थलमा रहेका विस्थापित प्यालेस्टिनी नागरिक हामेद कहीलले भने, ‘हामी बमको आवाज, विनाश, चिच्याहट र ढुंगाहरूले ब्युँझियौं ।’ उनले यो आक्रमण ईद अल अधाको दोस्रो दिन भएको बताए ।

स्थानीय बासिन्दा हसन अलखोरले अल जजीरालाई बताए अनुसार सो भवन अबु शरिया परिवारको थियो । इजरायली सेनाले भने सो आक्रमणमा मुजाहिदीन ब्रिगेड्सका नेता असआद अबु शरियालाई मारिएको दाबी गरेको छ । टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्ट अनुसार उनी २०२३ को अक्टोबर ७ मा हामासले इजरायलमा गरेको आक्रमणमा संलग्न थिए । हामासले पनि टेलिग्राममार्फत वक्तव्य जारी गर्दै असआद अबु शरियाको मृत्यु पुष्टि गरेको छ । वक्तव्यमा उनका भाइ अहमद अबु शरियाको पनि हत्या गरिएको उल्लेख गरिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।

यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

दिउँसो १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी, कृषिजन्य उत्पादन उख,ु अलैंची, अदुवा, कफि, चिया, सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन, रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, दिनको २ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७४ औँ बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ ।

आज बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने छ । बैठक भने दिनको २ बजे बस्दैछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तक्र्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

 

 

 


सामाग्री श्रोत :

आज चार संसदीय समितिको बैठक बस्दै

एजेन्सी – दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् भने घटनामा धेरै घाइते भएका छन् । शनिबार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिँड लागेको समयमा गोली प्रहार भएको हो । प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ । बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् । 

Ncell 2
Ncell 2

अमेरिका र इजरायलको नियन्त्रणमा हमासले सञ्चालन गरेको राहत वितरण कार्यक्रम पनि अहिलेलाई स्थगित गरिएको छ । राहत वितरण रोकिए पनि त्यसैको आसमा गाजाबासी आउने छन् । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले उक्त क्षेत्रमा सेनाको गतिविधि हुने भएकाले नआउनका लागि सूचना जारी गरेको बताएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं।  लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो।

प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन्।

कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएकको बताए। उनले यी कथाहरूले पाठकमा नयाँ छाप छोड्न सक्ने बताए।

सोही क्रममा प्रा.डा. भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहको रूपमा सत्यम् आएको बताए । यसले साहित्यानुरागीबीच नयाँ छाप छोड्ने अपेक्षा रहेको पनि बताए।

समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए। असत्यले सत्यलाई छायामा पारेको यो समाजको वर्गीय पीडा र यथार्थ सत्य उत्घाटित गर्नु कथाकृति सत्यम्‌को विशेषता रहेको उनको भनाइ थियो। पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्‌ले उठाएको उनले बताए। तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेशा पत्रकारिता अँगालेका वियोगीले बाङ्गोटिङ्गो भावपरक विधा साहित्य लेख्नु आफैँमा रोचक विषय भएको विवेचना गरेका थिए।

अर्की समालोचक अनुपमा रेग्मीले वियोगीको कथाकृति ‘सत्यम्’मा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण पाइने बताइन्।

‘माओवादी द्वन्द्वका कारण दिनभर काम गरेर थाकेका स्थानीय गाउँलेहरू राती रोधीमा गाउँदै नाच्दै रमाउने समाजको तत्कालीन परिदृश्यमा पूरै परिवर्तन आएको चित्रण छ,’ उनले भनिन्, ‘थारु, गुरुङजस्ता स्थानीय भाषिकाको प्रयोग, लोकभाकाहरूको प्रयोग र परिवेशको चित्रण सशक्त छ ।’ उनले समग्रमा कथाकृतिले नयाँ शैली अँगोलेकोले बताइन्।

यसैगरी, समाचालेक तथा साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत क्षेत्रीले वियोगी ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले।।’ बोलको गीतबाट यसअघि नै सफल गीतकारको रूपमा स्थापित भइसकेको प्रसङ्ग सुनाएका थिए। उनले वियोगीको बहुविधात्मक प्रतिभा अहिले कथामार्फत प्रस्फुटित भएको धारणा राखेका थिए।

पहिलो कथाकृतिको जन्म दिँदै गर्दा आफ्ना आमा–बुबालाई सम्झेर भावुक बनेका कथाकार वियोगीले स्वर्ग (हामीले भन्ने गरेको) बाट यो क्षणमा आफूलाई जन्मदिने आमा–बुबाको आशिर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गरेका थिए। उनले शिक्षण छाडेर पत्रकारिता पेशा सुरु गर्दै गर्दा आफूलाई अवसर दिने, मार्ग निर्देश गर्ने तथा अग्रज गुरुहरूकै कारण आफूले अहिले कथाकृति तयार गर्न सकेको भन्दै अग्रज तथा प्रेरक व्यक्तित्व सबैप्रति आभार व्यक्त गरे।

‘म कथाकार वा लेखक बनुँला–नबनुँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्‌लाई होइन, सत्यम्‌ले मलाई चिनाइदिए पुग्छ।’

साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो।

समालोचकहरूले भने जस्तै कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन्।

यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइने कार्यक्रममा चर्चा गरियो। स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन्। पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार रहेको समालोचक थापाले बताए।

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ। हाल उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन्। साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन्।

‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो। त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । यो कथा पनि सङ्ग्रहमा समावेश भएको उनले बताए । उनका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन्।

पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा सङ्ग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ। यस प्रकाशनले अहिलेसम्म करिब ३ दर्जन साहित्यिक कृति प्रकाशन गरिसकेको छ।


सामाग्री श्रोत :

लक्ष्मण वियोगीकृत आञ्चलिक स्वादयुक्त कथासङ्ग्रह ‘सत्यम्’को लोकार्पण

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । 

Ncell 2
Ncell 2

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६४ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


सामाग्री श्रोत :

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

तेहरान। साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन्।

इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार (जुन ६) सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल सङ्ख्या १३ पुगेको छ।’

‘हालैका दिनहरूमा साउदी अरबका पवित्र शहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,’ इरनाले भनेको छ।

इरनाका अनुसार यो वर्ष ८६ हजार ७०० इरानीहरू तीर्थयात्राका लागि साउदी अरब गएका छन्।

गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो।

अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुन्छ, जसले गर्दा चक्कर आउने र टाउको दुख्ने देखि अंगहरूले काम गर्न छोड्ने र मृत्यु हुनेजस्ता लक्षणहरू देखा पर्छन्।

शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीहरूलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरिरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न अन्य सावधानीहरू अपनाउन पनि सल्लाह दिइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तनका कारण हरेक वर्ष कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु हुने गरेको आँकलन गर्दै वास्तविक सङ्ख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ।


सामाग्री श्रोत :

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

घोराही (दाङ)। दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ। पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख लक्ष्मणसिँह राठौरले रु १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए। उनले भने, ‘दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौँ। ५० घनमिटर क्षमताको बायोग्यासबाट हाल ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको छ।’

विभिन्न ठाउँमा फोहोरजन्य वस्तु व्यवस्थापनमा समस्या भइरहेको समयमा आफूहरूले अरुलाई पनि सन्देश दिने उद्देश्यले बायोग्यास उत्पादन गरिएको राठौरको भनाइ छ। ‘फोहर अभावले हाल क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौँ। आगामी दिनमा फोहोर बढाउन सकियो भने अझ धेरै बायोग्यास उत्पादन हुनेछ’, उनले भने, ‘यसले गर्दा एलपी ग्यासको बचत र दिसाजज्य फोहोरलाई व्यवस्थापन गर्न निकै सहज भएको छ।’

हाल घोराही कारागारमा ४२७ जना कैदिबन्दी रहेका छन्।


सामाग्री श्रोत :

घोराही कारागारमा बायोग्यास

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट