
काठमाडौँ । सामाजिक सञ्जाल पेज ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) ले मोडल कविता नेपालीबारेको एक विवादित पोस्ट सुटुक्क हटाएको छ । शनिबार प्रकाशन उक्त पोस्ट सामाजिक सञ्जालमा आलोचित बनेपछि आरओएनबीबाट गायब भएको हो ।
आरओएनबीले प्रकाशन गरेको पोस्टमा मोडल कविताको भनाइ उद्धृत गर्दै लेखिएको थियो, “जीन्दगीमा हिउँ नदेख्या मान्छे म… हिमालको टपमा पुगेँ ! हिउँमा सुतियो । सबै कुरा नयाँ थियो र त्यो Experience लाई Enjoy गरेँ ।” तर, उक्त भनाइ उनको विगतसँग मेल नखाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका थिए ।
कविताले सगरमाथा क्षेत्रको भ्रमण गर्नुभन्दा वर्षौँअघि नै हिउँमा खेलेका तस्बिरहरू उनले आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । त्यसैलाई आधार मान्दै प्रमाणसहित प्रयोगकर्ताले औँल्याएपछि आरओएनबीको पोस्टको सत्यतामाथि प्रश्न उठेको थियो ।
व्यापक आलोचनापछि आरओएनबीले फेसबुकबाट उक्त पोस्ट हटाएको हो । फेसबुकसँगै थ्रेड्स, एक्स र इन्स्टाग्रामबाट समेत उक्त पोस्ट हटाइएको छ ।
पोस्ट हटाउनुअघि त्यसमा ३५ सयभन्दा बढी रियाक्सन आइसकेको गुगल इन्डेक्समा देखिन्छ । पोस्ट हटे पनि ‘मिम पोस्टिङ नेपाल’ लगायतका अन्य फेसबुक पेजले यसै विषयलाई लिएर ट्रोल र व्यङ्ग्यात्मक सामग्री बनाइरहेका छन् ।
यससँगै सूचना तथा प्रसारण विभागमा दर्ता भई सञ्चालनमा रहेको आरओएनबीले पत्रकार आचारसंहिताको समेत उल्लङ्घन गरेको आरोप लागेको छ । आचारसंहिता अनुसार अनलाइन सञ्चारमाध्यमले प्रकाशित सामग्री हटाउनु परेमा त्यसको कारण खुलाएर क्षमायाचना गर्नुपर्ने प्रावधान छ । तर, आरओएनबीले कुनै जानकारी नदिई पोस्ट हटाएको भन्दै उसको व्यावसायिकता र जवाफदेहीतामाथि प्रश्न उठाइएको हो ।
हेर्नुहोस्, पत्रकार आचार संहिता, २०७३ को व्यवस्था
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १२:११
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफुहरुको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए ।
बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफुहरुको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उहाको भनाइ छ । उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपालमा पहिलो पटक राष्ट्रियस्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्याङ्क सार्वजनिक भएको छ। विश्व मस्तिष्क ट्युमर दिवस २०८१ का अवसरमा, नेपालमा पहिलोपटक मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क सार्वजनिक गरिएको हो।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्युमर धेरै देखिनेमा औसत उमेर ४६.३२ वर्ष रहेको छ। अर्थात् ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेको केन्द्रका संस्थापक अध्यक्ष राजीव झा बताउँछन्।
अध्ययनमा देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब २ हजार ५०० देखि २ हजार ६०० नयाँ मस्तिष्क ट्युमरका बिरामीहरू पहिचान हुने अनुमान गरिएको छ। कुल २.२ करोड जनसङ्ख्या अनुसार यसको आवधिक्ता लगभग ११.४- ११.८ प्रति १ लाख जनसङ्ख्या रहेको देखिएको छ।
डा झा भन्छन्, ‘यो तथ्यांक सार्वजनिक ऐतिहासिक उपलब्धिको हो। यस प्रयासले नेपालको स्नायुरोग क्षेत्रलाई नयाँ युगमा प्रवेश गराएकाले हाम्रा लागि ऐतिहासिक गौरवमय क्षण हो।’
यस तथ्याङ्कका आधारमा प्राप्त प्रमुख निष्कर्षहरू
(१) लिङ्गको समानता : विश्वको प्रवृत्तिसँग विपरीत नेपालमा पुरुष र महिलाको सङ्ख्या लगभग ५०%-५०% समान रहेको पाइयो।
(२) उमेर समूह : बिरामीहरूको औसत उमेर ४६.३२ वर्ष रहेको छ। ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेका छन्, जुन तुलनात्मक रूपमा कम उमेरमै ट्युमर हुने प्रवृत्ति देखाउँछ।
(३) सामान्य लक्षणहरू :
• टाउको दुख्ने – ५८%
• बान्ता हुने – ३६%
• अन्य लक्षणहरुमा (seizure) बेहोस हुने, शरीर पक्षाघात (paralysis), र टाउको घुम्ने (vertigo) आदि पर्न जान्छन् ।
(४) प्रदेशगत वितरण : सबैभन्दा धेरै बिरामीहरू बागमती र मधेश प्रदेशबाट देखिएका छन्।
(५) ट्युमरको प्रकार :
• ग्लायोमा (Gliomas)-३९% (सबैभन्दा सामान्य)
• तीमध्ये ५६% उच्च-ग्रेड ग्लायोमा रहेका छन्, जसमा शल्यक्रिया, विकिरण र कीमोथेरापीजस्ता बहुआयामी उपचार पर्ने र परिणाम तुलनात्मकआवश्यक
• मेनिन्जियोमा (Meningioma) – २१%
• पिट्युटरी ट्युमर – ८%
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा ५ रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । मेक्सिकोमा डेटिङ एपमार्फत अपहरणका घटनाहरू बढेपछि अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । पछिल्ला महिनाहरूमा मेक्सिकोको पुएर्तो भायार्ता र नुएभो नायरित क्षेत्रमा अमेरिकन नागरिकहरू डेटिङ एपमार्फत भेटिएका व्यक्तिमार्फत अपहरणमा परेका पुष्टि भएपछि यस्तो चेतावनी जारी गरिएको हो ।
ग्वाडालाजारास्थित अमेरिकी महावाणिज्यदूत कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ, “पीडितहरू डेटिङ एपमा भेटिएका व्यक्तिहरू मार्फत अपहरणमा परेका छन् । यी घटनाहरू विशेष क्षेत्रसम्म सीमित छैनन् ।”
सुरक्षा चेतावनीमा उल्लेख गरिएको छ कि अपहरणपछि पीडित तथा उनीहरूको परिवारलाई ठूलो रकम फिरौती स्वरूप तिर्न बाध्य पारिएको छ ।
पिउ रिसर्च सेन्टर (Pew Research Center) को तथ्याङ्कअनुसार हाल अमेरिकामा तीनमध्ये एक व्यक्तिले कुनै न कुनै डेटिङ एप प्रयोग गरेका छन् । डिजिटल युगमा डेटिङ एपहरू लोकप्रिय बन्दै गइरहे पनि ठगी, जबरजस्ती र अपहरणका घटनाहरू पनि क्रमशः बढ्दै गएका छन् ।
कार्यालयले डेटिङ एपमार्फत मेक्सिकोमा कसैसँग भेट्न जाँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएको छ । “यात्रा गर्दा सावधानी अपनाउनुहोस्, र स्थानीय सुरक्षा नियमहरूबारे जानकारी लिनुहोस्,” कन्सुलेटको चेतावनीमा भनिएको छ।
साथै अपरिचितसँग सार्वजनिक स्थानमा मात्र भेट्न, होटल कोठा वा एकान्त स्थानहरूमा नजान, भेटघाटको योजना, गन्तव्य र भेट्ने व्यक्तिको विवरण आफ्ना नजिकका साथी वा आफन्तलाई जानकारी दिन, शंका लागेमा तत्काल त्यहाँबाट टाढा हुन लगायतका सुझाव पनि दिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ ११:७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २१ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन्।
बीबीसी बंगलाका अनुसार शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अर्को राष्ट्रिय चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताए।
उनले यो घोषणाको आधारमा निर्वाचन आयोगले उपयुक्त समयमा निर्वाचनको लागि विस्तृत रोडम्याप प्रदान गर्ने पनि बताए।
बंगलादेशको मुख्य दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) लगायत धेरै राजनीतिक दलहरूले लगातार चुनावी रोडम्यापको माग गरिरहेका थिए। बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनावको माग गरिरहेको थियो।
यद्यपि, मोहम्मद युनुसले यस वर्षको डिसेम्बर र अर्को वर्षको जुन बीचमा चुनाव गरिनुपर्ने कुरा धेरै पटक भनेका छन्।
उनले हालै यस विषयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटेका थिए।
सामाग्री श्रोत :
यस वर्ष बंगलादेशमा चुनाव नहुने, मोहम्मद युनुसले गरे मिति घोषणा
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेटले ‘साथी सिफारिस अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ योजनाअनुसार साथीलाई रिफर (सिफारिस) गर्दा प्रयोगकर्ताले निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकी मार्केटिङ एसिस्टेन्ट दीपा दुलालका अनुसार एक जना साथीलाई सिफारिस गरेमा दुई महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ । यस्तै, पाँच जना साथीलाई सिफारिस गरेमा ग्राहकले पूरै एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा पाउनेछन् ।
पोखरामा स्थापना भएको कम्पनीले गण्डकी प्रदेशलाई मुख्य बजार बनाई इन्टरनेट सेवा विस्तार गरिरहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ ९:१८
सामाग्री श्रोत :
टेक पाना
म्याग्दी – मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।
मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको छ ।
भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ । भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार ७७२ को लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो ।
आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८२ मा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताए । चालु आर्थिक वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो ।
भवन परिसरमा चालु आवमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर (प्रसूतिगृह) भवन निर्माणाधीन छ । भवनको दोस्रो तला ढलान सकिएको छ । सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।
डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका –३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताए । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जुन ८ लाई ब्रेन ट्युमर दिवसका रुपमा मनाउने गरिन्छ। दिमाखमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ। यो भर्खरै जन्मको बच्चादेखि बुढाबुढीमा समेत हुनसक्छ। नेपालमा ब्रेन ट्युमरका बिरामीहरु वर्षेनी बढ्दै गएको पाइन्छ। ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिदैनन्, यसको सुरुवाती अवस्थामा नै उपचार हुन सके बिरामी पूर्ण रुपमा निको हुन सक्छन्। ब्रेन ट्युमर दिवस, ब्रेन ट्युमरका उपचारको विधि,यसका लक्षणहरु लगायतका विषयमा केन्द्रित भएर स्नायु, नसा तथा मेरुदण्ड रोग शल्यचिकित्सक प्राडा राजीव झासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
ब्रेन ट्युमर भन्नाले के बुझिन्छ ?
दिमागमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । कतिपय ब्रेन ट्युमर क्यान्सर पनि हुनसक्छ । भर्खरै जन्मेको बच्चादेखि वृद्ध मानिसहरुमा पनि ब्रेन ट्युमर हुनसक्छ । हालसम्म पनि ब्रेन ट्युमर हुने धेरै कारणहरु पत्ता लागिसकेको छैन।
ब्रेन ट्युमरका धेरै कारण थाहा नभएपनि विभिन्न प्रकारका विकिरणहरु जस्तै एक्सरेको समयमा प्रयोग हुने विकिरण, सिटीस्क्यान, घाम तथा विभिन्न वातावरणीय कारण, गहिरो प्रकारको चोट लगायतका कारणहरुले ब्रेन ट्युमर हुनसक्छ भन्ने पत्ता लागेको छ।
ब्रेन ट्युमरको समस्या बढी कुन उमेरका मानिसहरुमा धेरै हुन्छ?
सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन ट्युमर नहुने भन्ने चाहिँ होइन।
यसको उपचारको विधीहरु के– के होलान् ?
ब्रेन ट्युमरलाई सामान्यतया ४ चरणमा विभाजन गरिएको छ। यसको चरण अनुसारको उपचार विधी प्रयोग गरिन्छ । कतिपय अवस्थामा बिना शल्यक्रिया पनि ब्रेन ट्युमर गरिन्छ।
यस्तो अवस्थामा बिरामीलाई निश्चित समयमा अस्पताल बोलाउने गरिन्छ । समय-समयमा सिटीस्क्यान, एमआरआई गरेर हेर्दा बढ्ने खालको ब्रेन ट्युमरलाई मात्रै शल्यक्रिया गरिन्छ।
शल्यक्रिया ब्रेन ट्युमरको प्रमुख उपचार विधी हो । ब्रेन ट्युमर बढिरहेको अवस्थामा त्यसलाई सिटीस्क्यान तथा एमआरआईबाट पत्ता लगाइ निकालेर फालिन्छ । यो पूर्ण उपचार पनि हो । त्यस्तै ब्रेन ट्युमरको तेस्रो र चौथो उपचार विधी किमोथेरापी र रेडियोथेरापी हुन् । पछिल्लो समय रेडियोसर्जरी पनि ब्रेन ट्युमरको उपचारमा विकसित भएको उपचार विधी हो।
ब्रेन ट्युमरका लक्षणहरु के –के हुनसक्छन् ?
ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन्। यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् । त ट्युमर दिमागको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन्। धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ। तर, यी लक्षण गम्भीर रुपमा लिइदैन। यसले गम्भीर अवस्थामा पुर्याउँछ।
ब्रेन ट्युमर भएका मानिसहरुको दैनिक क्रियाकलाप समेत असामान्य प्रकारका हुन्छन् । कतिपय बिरामीहरु रोग पत्ता लाग्न नसक्दा लामो समयसम्म मनोचिकित्सकसँगको उपचारमा गएको पनि पाइन्छ ।
सहनै नसक्ने अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्छन् । सुरुवाती अवस्थामा लक्षणहरु वेवास्ता गर्ने गर्छन्। अन्तिम अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्ने गर्छन्।
ब्रेन ट्युमरलाई रोकथाम गर्न सकिन्छ ?
ब्रेन ट्युमरलाई रोकथाम नै गर्न सक्ने अवस्था हुँदैन । यद्यपि अनावश्यक विकिरणबाट टाढा राख्ने, खानपानमा विशेष ध्यान दिने, दिमागमा लागेको चोटपटकको सही रुपमा उपचार गरेको खण्डमा यसबाट केही मात्रामा बच्न सकिन्छ।
वीर अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र के हो, यसले के–कस्ता सेवा दिन्छ?
समयअनुसार न्युरोसर्जरीमा नेपालमा गर्नुपर्ने कामहरु सम्पन्न गर्नका लागि वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरिएको हो । नेपालमा ब्रेन ट्युमर सम्बन्धि अनुसन्धानहरु भए, नभएको, ब्रेन ट्युमर सम्बन्धि राष्ट्रिय तथ्यांक तथा उपलब्धी राख्नका लागि पनि यो केन्द्रको स्थापना गरिएको हो।
उक्त केन्द्रको स्थापना सँगै देशभर रहेको २०– २५ वटा न्युरो उपचार केन्द्रले तथ्यांक उपलब्ध गराएका छन् । उक्त केन्द्रबाट हामीले सर्जरी पश्चात् पनि करिब १५ –१६ शय ब्रेन ट्युमरका बिरामीहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकेका छौं।
यसले ब्रेन ट्युमर प्रभावितहरुको वास्तविक तथ्यांक पाइने र आगामी कार्ययोजनालाई दिशानिर्देश गर्न सहज हुन्छ।
सामाग्री श्रोत :
swasthyakhabar