२०८२ भाद्र २७ शुक्रबार
२०८२ भाद्र २७ शुक्रबार

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङ सेवा नियमनसम्बन्धी नियमावली एक महिनापछि कार्यान्वयनमा ल्याइने बताएका छन् । आइतबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेका सुझावपछि जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले नियमावली कार्यान्वयन गर्न सरकार पछि नहट्ने उल्लेख गरे ।

राइड शेयरिङलाई कानुनी रूपमा व्यवस्थापन गर्न नियमावली ल्याएको उनको भनाइ थियो । “यसलाई कार्यान्वयनमा लैजानबाट हामीले एक महिनाको लागि स्थगित गरेका छौँ । तर, यो कार्यान्वयनमा जान्छ, यो लागु हुन्छ । र, यही एक महिना पछिबाट यो राइड शेयरिङ नियमावली अनुसारको कार्य प्रक्रिया सुरु हुन्छ,” उनले भने ।

प्रदेश सभा बैठकमा सांसदहरूले संघ सरकारले नियमावलीमाथि हस्तक्षेप गरेको विषय उठाएका थिए । सोप्रति सहमति जनाउँदै मुख्यमन्त्री पाण्डेले भने, “एउटा कोणबाट हेर्दा संघबाट हस्तक्षेप भएकै हो । तर संविधानले संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय र सहकार्यको व्यवस्था गरेको छ ।”

संविधानको यही मर्मअनुसार नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गरिएको उनले स्पष्ट पारे । “म फेरि दोहोर्‍याएर भन्छु, सरकार यस कदमबाट पछि हट्दैन,” उनले भने, “सदनले पनि नियमावली कार्यान्वयनमा ऐक्यबद्धता देखाएको छ । यसले सरकारलाई अझ आत्मबल दिएको छ ।”

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ११:३१





सामाग्री श्रोत :
टेक पाना

चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो ।  बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ  । 

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए । 

Ncell 2
Ncell 2

उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ, भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । 

डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने  बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए । छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालको स्वास्थ्य सेवामा नसर्ने रोगहरूको प्रभाव धेरै गम्भीर रूपमा बढ्दै गइरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २०२३ को प्रतिवेदन अनुसार, नेपालमा हुने कुल मृत्युको ७१% नसर्ने रोगहरू जस्तै मधुमेह, मुटु रोग, क्यान्सर, पुरानो सास प्रणालीको रोग (सीओपीडी) र गठिया ले गर्दा हुने गरेको छ। यसले मात्र नेपाली जनताको जीवनस्तर घटाएको छैन, तर सरकारको स्वास्थ्य बजेटमा पनि ठूलो दबाब सिर्जना गरेको छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि होमियोप्याथी चिकित्सा पद्धतिलाई नेपालको मुख्यधाराको स्वास्थ्य सेवामा समावेश गर्नु एक प्रभावकारी र सस्तो विकल्प हुन सक्छ। यसले न केवल रोगहरूको मूल कारणमा उपचार गर्छ, तर दीर्घकालीन स्वास्थ्य खर्च घटाउन पनि सहयोग गर्छ। भारत, जर्मनी, र स्विट्जरल्याण्ड जस्ता देशहरूले यसलाई सफलतापूर्वक लागू गरेका छन्। त्यसैले, नेपाल सरकारले पनि होमियोप्याथीलाई राष्ट्रिय स्वास्थ्य नीतिमा एकीकृत गर्न आवश्यक छ।

नेपालमा एनसीडीको बढ्दो भार: तथ्यांक र विश्लेषण
नेपाल सरकारको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८० अनुसार:

•    २३% नेपाली जनसंख्या मधुमेहको शिकार छन्, जसमध्ये ४०% लाई नियमित औषधि सेवन गर्नुपर्छ।
•    ३०% मा उच्च रक्तचाप पाइएको छ, जसले गर्दा हृदयघात, स्ट्रोक जस्ता जोखिम बढेका छन्।
•    क्यान्सरको दर प्रतिवर्ष ५% ले बढिरहेको छ, विशेष गरी फोक्सो, स्तन, र गर्भाशयको क्यान्सर प्रमुख छन्।
•    २०% जनतामा पुरानो जोर्नी दुखाइ रहेको छ, जसले गर्दा उनीहरूको दैनिक कार्यक्षमता प्रभावित भएको छ।
यी रोगहरूको उपचार एलोप्याथिक (परम्परागत) चिकित्सामा दीर्घकालीन औषधि सेवन गर्नुपर्छ, जसले गर्दा सरकार र जनताको आर्थिक बोझ बढ्दै गइरहेको छ। 
उदाहरणका लागि:

•    मधुमेहको औषधिले एक वर्षमा रु. २०,००० – ५०,००० सम्म खर्च हुन सक्छ।
•    उच्च रक्तचापको औषधिले रु. १०,००० – ३०,००० प्रतिवर्ष खर्च गर्छ।
यदि नेपाल सरकारले होमियोप्याथीलाई मुख्य स्वास्थ्य सेवामा समावेश गर्छ भने, यसले दीर्घकालीन रोग नियन्त्रण गर्न मद्दत गर्नेछ र स्वास्थ्य खर्च घटाउनेछ।

होमियोप्याथी किन प्रभावकारी हो? 
होमियोप्याथीले “समरूपताको सिद्धान्त” अनुसार काम गर्छ, जसले गर्दा यसले रोगको मूल कारणमा उपचार गर्छ। यसका प्रमुख लाभहरू यसप्रकार छन्:
१. दीर्घकालीन रोग नियन्त्रण गर्न सक्षम
•    होमियोप्याथीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, जसले गर्दा बारम्बार औषधि लिनुपर्ने आवश्यकता घट्छ।
•    उदाहरण:
o    मधुमेहमा होमियोप्याथीले इन्सुलिन प्रतिरोध घटाउँछ।
o    गठियामा यसले जोर्नीको सुन्निएको दुखाइ कम गर्छ।

२. साइड इफेक्ट न्यून 
होमियोप्याथिक औषधिहरू प्राकृतिक पदार्थबाट बनेका हुन्छन्, जसले गर्दा कुनै पनि हानिकारक रासायनिक प्रभाव हुँदैन।
•    एलोप्याथीमा लिने पेनकिलरले लामो समयमा किड्नी, लिभर रोग लगायत गम्भीर समस्या सिर्जना गर्छन्, तर होमियोप्याथीमा यस्तो जोखिम हुँदैन।

३. सस्तो र सुलभ 
होमियोप्याथी उपचार एलोप्याथीभन्दा ५०-७०% सस्तो छ।

•    उदाहरण:
मधुमेहको औषधिले मात्र रु. ५०० – १,००० प्रतिमहिना खर्च हुन्छ, जबकि एलोप्याथीमा यो रु. ३,००० – ५,००० पुग्छ।
उच्च रक्तचापको औषधिले प्रतिमहिना रु. ३०० – ८०० मात्र खर्च हुन्छ। 
यसरी, होमियोप्याथीले सरकारी स्वास्थ्य बजेट घटाउन ठूलो भूमिका खेल्न सक्छ।

भारत र अन्य देशहरूबाट सिक्ने उदाहरणहरू
१. भारत: आयुषमन्त्रालयको सफलता
•    भारत सरकारले आयुष (आयुर्वेद, योग, यूनानी, सिद्ध, होमियोप्याथी ) मन्त्रालय स्थापना गरेर होमियोप्याथीलाई मुख्य स्वास्थ्य सेवामा समावेश गरेको छ।
•    तथ्यांक:
o    होमियोप्याथीले ४०% स्वास्थ्य खर्च घटाएको छ (स्रोत: आयुष मन्त्रालय भार रिपोर्ट २०२२।
o    २००+ होमियोप्याथी मेडिकल कलेज र ५,०००+ सरकारी होमियोप्याथी अस्पताल छन्।
२. जर्मनी र युरोप: होमियोप्याथी बीमामा समावेश
•    जर्मनी, स्विट्जरल्याण्ड, र यूकेमा होमियोप्याथी बीमा योजना अन्तर्गत छ।
•    तथ्यांक:
o    जर्मनीमा १०% जनताले होमियोप्याथी प्रयोग गर्छन् (स्रोत: जर्मन हेल्थ रिपोर्ट २०२१।
o    स्विट्जरल्याण्डमा सरकारले होमियोप्याथी उपचारको ८५% खर्च बीमाले बेहोर्छ।
नेपाल सरकारले किन होमियोप्याथीलाई मुख्यधारामा ल्याउनुपर्छ?
१. स्वास्थ्य खर्च घटाउने
•    होमियोप्याथी उपचार सस्तो भएकाले सरकारले  एनसीडीमा हाल खर्च गरिएको ५०% बचत गर्न सक्छ।
२. ग्रामीण क्षेत्रमा पहुँच बढाउने
•    होमियोप्याथी औषधिहरू सजिलै उपलब्ध हुन्छन्, जसले गर्दा गाउँघरमा पनि उपचार सुविधा बढ्छ।
३. राष्ट्रिय स्वास्थ्य नीतिमा समावेशीकरण
•    आयुष ढाँचा (भारत जस्तै) लागू गर्नुपर्छ।
•    होमियोप्याथी डाक्टरहरूलाई सरकारी अस्पतालमा नियुक्ति दिनुपर्छ।

निष्कर्ष
होमियोप्याथीले नेपालमा एनसीडीको बढ्दो संकटलाई प्रभावकारी, सस्तो, र सुरक्षित तरिकाले समाधान गर्न सक्छ। भारत, जर्मनी, र स्विट्जरल्याण्डले यसलाई सफलतापूर्वक लागू गरेका छन्। नेपाल सरकारले होमियोप्याथीलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्ने नीतिगत निर्णय गर्नुपर्छ। यसले स्वास्थ्य खर्च घटाउनेछ, ग्रामीण स्वास्थ्य सेवा सुधार्नेछ, र जनताको जीवनस्तर उकास्नेछ।
आउनुहोस्, होमियोप्याथीलाई नेपालको मुख्य स्वास्थ्य सेवाको अभिन्न अंग बनाऔं ! 

(कोलकाताबाट एमडी गरेका डा राय नेपाल होमीयोप्याथिक चिकित्सक संघका अध्यक्ष हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । युवा स्पेनी खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्।

२२ वर्षीय अल्काराजले इटालीका जानिक सिन्नरलाई ४-६, ६-७ (४), ६-४, ७-६ (३), ७-६ (१०-२) ले पराजित गर्दै खेल जिते।

यो खेल ५ घण्टा २९ मिनेटसम्म चल्यो, जुन फ्रेन्च ओपनको इतिहासमा सबैभन्दा लामो फाइनल बन्यो।

यो अल्काराजको पाँचौं ग्रान्ड स्लाम उपाधि हो।

हालसम्म, अल्काराजले दुई विम्बल्डन (२०२३, २०२४), दुई फ्रेन्च ओपन (२०२४, २०२५) र एउटा यूएस ओपन (२०२२) उपाधि जितेका छन्।

आफ्नो जितपछि, अल्काराजले आफ्नो भाषणमा सिन्नरको प्रशंसा गर्दै भने, “तपाईंको खेल अद्भुत छ। हरेक प्रतियोगितामा तपाईंसँगै कोर्टमा हुनु र इतिहासको हिस्सा हुनु मेरो लागि गर्वको कुरा हो।”


सामाग्री श्रोत :

कार्लोस अल्काराज लगातार दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बने, फाइनलमा बन्यो रेकर्ड

काठमाडौँ । नोकियाको पुरानो विश्वसनीयता बोकेको नयाँ स्मार्टफोन एचएमडी क्रेस्ट म्याक्स फाइभजी (HMD Crest Max 5G) स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । एचएमडी ग्लोबलले निर्माण गरेको यो बजेट स्मार्टफोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सामान्य प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोनमा ६.६७ इन्चको फुल एचडी प्लस ओलेड डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट, पन्च-होल डिजाइन छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

क्रेस्ट म्याक्स फाइभजीमा युनिसक टी७६० प्रोसेसर छ । सामान्य गेमिङ, मल्टिटास्किङ तथा सामाजिक सञ्जाल प्रयोगका लागि यो फोन उपयुक्त मानिएको छ । साथै, फोनमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ ।

एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ३३ वाट फास्ट चार्जिङ सुविधा छ । फोनलाई करिब डेढ घण्टामा फुल चार्ज गर्न सकिने र सामान्य प्रयोगमा डेढ दिनसम्म टिक्ने दाबी गरिएको छ ।

सुरक्षाका लागि साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, पिन र पासवर्ड विकल्प दिइएको छ भने कनेक्टिभिटीका लागि डुअल सिम सपोर्ट, डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ ५.० र ३.५ एमएम अडियो ज्याक छ ।

सस्तो मूल्यमा प्रिमियम लुक्ससहित आएको क्रेस्ट म्याक्स फाइभजीलाई एचएमडीले प्रयोगकर्ता आफैँले सजिलै मर्मत गर्न सक्ने ‘हाई रिपेयरएबिलिटी’ फोनको रुपमा प्रस्तुत गरेको छ । नेपाली बजारमा हाललाई यो फोन गाढा बैजनी (Deep Purple) रङमा मात्र उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ९:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो । 

साथै, हाइकिङ रुट अन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने विश्वास लिइएको छ । 

Ncell 2
Ncell 2

फोहोर संकलन पश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो । संकलन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ । विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । 

आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य सहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । बृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न परिपत्र गरेको छ।

सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ। अस्पतालका फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न निर्णय गरेको हो

चिवस्तरीय निर्णयमार्फत् मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

साथै बिक्रेताहरुलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ। बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरुलाई सचेत गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

घोराही, (दाङ)। किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका उनको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो ।

उहाँले घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीबाट दाङको घोराही उपमहानगरपालिका–६ मा बसाइँ सरेका बुढाले आम्दानी गर्नकै लागि विदेश जानु नपर्ने बताए।

“हामीले धेरै पैसा कमाउन भनि बाहिरी देश जान्छौं तर, काम गर्न सके आफनै देशमा पनि आन्दानीका प्रशस्त स्रोत रहेका छन्”, उनले भने,“आफ्नै ठाउँमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।” उनले गेमी साला भेना उखु र्फममार्फत आफनो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उमेरले ४३ वर्ष पुग्नुभएका बुढाले उखुको व्यावसायिक खेती गर्दै आएको क्षेत्र पछिल्लो समय उखु बारी भनेर समेत परिचित हुँदै गएको छ । उखु व्यवसाय गरेदेखि जीविकोपार्जनको लागि अन्य काम खोज्नु नपरेको उनी बताउँछन्। “आजभोलि गर्मी समय पनि भएको हुँदा बिक्री पनि राम्रो हुने गरेको छ, उखुको जुस बिक्रीमा समस्या छैन”, उनले भने’ “जुनसुकै पेसा व्यवसायलाई निरन्तरता दिन सकियो भने एक दिन उपलब्धि हासिल गर्न सकिने उहाँसँग अनुभव रहेको छ ।”

किसान बुढाले तीन बिघा १५ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा उखुको खेती गर्दै आएका छन्। जसको वार्षिक रुपमा रु तीन लाख भाडा तिर्ने गरेको उनी बताउँछन् । पछिल्लो समय उखु भन्दा पनि उखुको जुस नै आम नागरिकको रोजाइमा पर्ने गरेको सुनाए ।

“बाह्ैमहिना नै उखु उत्पादन गरेर जुस पेलेर बेच्ने गरेको छु, जसले गर्दा बिक्री गर्न समस्या छैन, जुनसुकै पेसा व्यवसाय गर्दा समस्या चुनौती छ”, उनले भने, “जसका कारण आफनो कामलाई निरन्तरता दिँदै जानुपर्ने छ ।”

एक गिलास जुसलाई रु ५० का दरले बिक्री गर्ने गरेको किसान बुढा बताउँछन्। उनले गर्मीको समयमा दैनिक एक सयदेखि दुई सय गिलाससम्म बिक्री गर्दै आएका छन् । उखु खेतीबाट वार्षिक रुपमा रु १५ लाख बढीको कारोबार गर्दै आएको र जसबाट वार्षिक रुपमा ४० प्रतिशत बचत हुने गरेको उनको अनुभव रहेको छ ।

घोराही बजारदेखि नजिक रहेको हुँदा धेरै मानिसलाई यहाँ उखुको जुस पाउँछ भनेर जानकारी रहेको उनले बताए । उखुको जुसले स्वास्थ्यलाईसमेत फाइदा गर्ने र जण्डिस ९अमलपित्त० रोग लागेका व्यक्तिलाई झन औषधिको काम गर्ने भएकाले सबैले रुचाएको बताउहुन्छ । घोराही–१७ गैरागाउँ क्षेत्रमा मात्रै सात बढी व्यावसायिक उखुखेती गर्ने किसान रहेका छन् ।

साना व्यवसायिलाई पनि स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनको धारणा रहेको छ ।


सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/665773/

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र स्पेसएक्स प्रमुख एलन मस्कबिचको सार्वजनिक विवादपछि नासा र पेन्टागनका अधिकारीहरुले स्पेसएक्सको भरपर्दो विकल्पको खोजी तीव्र पारेका छन् । मस्कले ट्रम्पको चेतावनीको जवाफमा स्पेसएक्सको ड्रागन अन्तरिक्षयान उडाउन रोक्ने धम्की दिएपछि अमेरिकी अन्तरिक्ष कार्यक्रममा निर्भरता र सुरक्षा चिन्ता थपिएको हो ।

मस्कले सो धम्की पछि फिर्ता लिएपनि नासाका अधिकारीहरू चनाखो बनेको वासिङ्टन पोस्टले लेखेको छ । उनीहरूले अन्तरिक्ष यात्रुहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) सम्म पुर्‍याउने जिम्मा लिएको स्पेसएक्सको ‘एकल-आश्रित’ स्थितिप्रति गम्भीर चासो व्यक्त गरेका छन् । 

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) पनि मस्कको अभिव्यक्तिप्रति सतर्क बनेको छ । स्पेसएक्सले गोप्य सैन्य स्याटलाइट प्रक्षेपणलगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छ । तर मस्कको यस्तो व्यवहारले सरकारी निकायहरुलाई नयाँ विकल्प खोज्न बाध्य बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । 

घटनापछि रकेट ल्याब, ब्लु ओरिजिन, स्टोक स्पेसजस्ता निजी कम्पनीहरूसँग अधिकारीहरुले सम्पर्क गरेका छन् । त्यस्तै, सिएरा स्पेसले विकास गरिरहेको ‘ड्रिम चेसर’ यानबारे पनि छलफल भएको छ । 

सिएरा स्पेसका प्रमुख कार्यकारी अधिकृत फतिह ओजमेनले नासालाई एउटै प्रदायकमा निर्भर हुनु हानिकारक हुन सक्ने भन्दै आफ्नो कम्पनी तयारी अवस्थामा रहेको जनाएका छन् । उता बोइङले तयार पारेको ‘स्टारलाइनर’ यानबारे पनि अमेरिकी कंग्रेसको चासो बढेको छ । 

यसैबिच, राष्ट्रिय सुरक्षा निकायले एकै प्रदायकमा अत्यधिक निर्भर हुनु खतरनाक हुने भन्दै वैकल्पिक समाधानको खोजीलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेका छन् । प्राविधिक विज्ञहरूले मस्कको एक्स (ट्वीटर)मार्फत सार्वजनिक धम्कीले अन्तरिक्ष सुरक्षा रणनीतिमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार राष्ट्रको मिसाइल रक्षा प्रणाली तथा अन्तरिक्षमा सञ्चालन हुने प्रमुख कार्यक्रम एक व्यक्तिको आवेगमा निर्भर हुनु असुरक्षित हो । 

अहिलेसम्म पनि स्पेसएक्स प्रतिस्पर्धी कम्पनीहरूभन्दा धेरै अगाडि छ । तर पछिल्ला घटनाक्रमले सरकारी निकायलाई दीर्घकालीन दृष्टिले विविध प्रदायकहरूबीच सन्तुलन कायम गर्न र भविष्यको रणनीति पुनर्विचार गर्न बाध्य बनाएको विश्लेषण छ । ट्रम्प र मस्कबिच एकाएक देखापरेको असमझदारीले यस्तो परिदृश्य बनाएको हो ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ९:२८





सामाग्री श्रोत :
टेक पाना

भोजपुर – जिल्लाको भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो ।

संघीय सरकारबाट प्राप्त रु ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षणमा जोड दिइएको छ । सिकाइलाई जीवन उपयोगिसँगै प्रविधिमैत्री बनाउन साना बालबालिकालाई प्रविधिमैत्री शिक्षणमा जोड दिइएको विद्यालय प्रधानाध्यापक गङ्गादेवी प्रधानले जानकारी दिए । 

यहाँ चार वटा स्मार्ट बोर्ड र स्मार्ट टिभी, प्रोजेक्टर, कम्प्युटरको प्रयोग गरेर बालबालिकालाई श्रव्य, दृश्य माध्यमबाट सिकाइ भइरहेको छ । साथै बालबालिकालाई पाँच वटा कम्प्युटर जडान गरेर प्रविधिसँगै कम्प्युटरको ज्ञान प्रदान गरिरहेको प्राध्यानाध्यापक प्रधानले बताए । 

Ncell 2
Ncell 2

“हामीले विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ”उनले भने, “प्रविधिको प्रयोगबाट शिक्षण गराउँदा बालबालिकाले चासोका साथ पढ्ने हुनाले गुणस्तरमा सुधार ल्याउन सहज छ ।” 

बालबालिकाले विज्ञान कक्षाको समयसँगै अन्य समयमा हप्ताको दुई दिन कम्प्युटरको अभ्यासमूलक सीप लिने गरेको उनको भनाइ छ । वडाभित्र रहेका विद्यालयको भौतिक सुधारसँगै प्रविधिमैत्री शिक्षणको लागि वडाले आवश्यक सहयोग गर्दै आएको भोजपुर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । आफ्नो पहलमा विद्यालयमा पक्की भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष कार्कीको भनाइ छ । नगरपालिकाभित्र प्राथमिक तह मात्र सञ्चालन भएका विद्यालयमध्ये पक्की भवनबाट शिक्षण हुने यो पहिलो सामुदायिक विद्यालय रहेको वडाध्यक्ष कार्कीको दाबी छ ।

“हामीले यो विद्यालयको शैक्षिकसँगै भौतिक संरचनाको विकासमा जोड दिएका छौँ”वडाध्यक्ष कार्कीले भने, “प्राथमिक विद्यालय भए पनि यहाँ प्रविधिमैत्री शिक्षण हुन्छ । हाम्रो पहलमा पक्की भवन निर्माण गर्न सफल भएका छौँ । भोजपुर नरपालिकाभित्र प्राथमिक विद्यालयको राम्रो संरचना भएको विद्यालय बनाउन सफल भएका छौँ ।” 

संघीय सरकारबाट प्राप्त रु ५३ लाख लागतमा यहाँ पक्की विद्यालय भवन निर्माण गरिएको उनको भनाइ छ । भवन निर्माणसँगै वडाले रु दशलाख विनियोजन गरेर विद्यालयमा दुई÷दुई वटा स्मार्ट बोर्ड, स्मार्ट टिभी र तीन वटा ल्याप, पाँच वटा  कम्प्युटर र एक वटा प्रोजेक्टर प्रदान गरेको वडाध्यक्ष कार्कीले बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट