
काठमाडौं- नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो। जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको हो। उक्त शल्यक्रियामा संलग्न शिक्षण अस्पतालका प्लाष्टिक सर्जरी विभागका प्रमुख प्राडा जयनमान श्रेष्ठसँग उक्त शल्यक्रियाका विषयमा गरिएको संवाद :
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्यान्ड उडेकी छिन्। पोल्यान्डमा हुने मिस सुप्रानेसनलमा सहभागी हुन उनी पोल्यान्ड प्रस्थान गरेकी हुन्।
उनी आज (सोमबार) बिहान ८ बजे त्रिभुवन बिमानस्थलबाट उडेकी छिन्। नेपालको झण्डा ओडाउँदै उनलाई बिदाई गरिएको थियो। ९ देखी २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।
नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुसी लागेको बताउँछिन् दिक्षा। उनले भनिन्, ‘मलाई एकदम खुसी लागेको छ। विश्वका ७० बढी देशहरुबाट सहभागीताका लागी आउनुहुनेछ। त्यो ठुलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु।’
मिस सुप्रानेसनलमा नेपालले राम्रो स्थान हासिल गर्ने मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययको विश्वास छ।
सामाग्री श्रोत :
‘मिस सुप्रानेसनल’मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड उडिन् दिक्षा अवस्थी
काठमाडौँ । ह्वाट्सएपले अटो-डाउनलोड हुने फोटो र भिडिओको गुणस्तर आफैं छनोट गर्न सकिने फिचर ल्याउने तयारी गरेको छ । हाल केही एन्ड्रोइड बेटा प्रयोगकर्ताका लागि उपलब्ध यो फिचर चाँडै नै सबैले प्रयोग गर्न पाउने बताइएको छ ।
वीबेटाइन्फोका अनुसार यो फिचर ह्वाट्सएपको बेटा भर्सन २.२५.१८.११ प्रयोग गरिरहेका प्रयोगकर्ताले पाएका छन् । फिचर प्राप्त गर्ने प्रयोगकर्ताले Settings > Storage and data मेनुमा ‘Auto-download quality’ नामक विकल्प पाउनेछन् । जसमा ‘स्ट्यान्डर्ड क्वालिटी’ र ‘एचडी क्वालिटी’ दुई अप्सन छन् ।
स्ट्यान्डर्ड क्वालिटी रोजेमा मिडिया कम्प्रेस गरिएर अर्थात् सानो साइजमा डाउनलोड हुन्छ । एचडी क्वालिटी रोजेमा उच्च गुणस्तरको मिडिया डाउनलोड हुन्छ । यद्यपि स्ट्यान्डर्ड क्वालिटी रोजे पनि त्यो मिडिया अझै ह्वाट्सएपको सर्भरमा उपलब्ध छ भने च्याटमा गएर म्यानुअली एचडीमा हेर्ने सुविधा हुनेछ ।
नयाँ अपडेटअनुसार ह्वाट्सएपले फोटो र भिडिओ पठाउँदा स्ट्यान्डर्ड र एचडी दुवै भर्सन अपलोड हुने ‘डुअल-अपलोड सिस्टम’ सुरु गरेको छ । कारण के भने ह्वाट्सएपले इन्ड-टु-इन्ड इन्क्रिप्सनको कारणले मिडियालाई आफैं कम्प्रेस गर्न सक्दैन । त्यसैले सेन्डरको मोबाइलबाट दुवै संस्करण सर्भरमा अपलोड हुन्छन् । र मेसेज पाउनेले आफ्नो सेटिङअनुसार तीमध्ये एउटा डाउनलोड गर्छन् ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १३:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पवर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताएका हुन्।
‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ।’
बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पुर्याएर छलफल गरिने जानकारी दिँदै उनले भने, ‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ।’
सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष र रजिष्ट्रार पद रिक्त भएको लामो समय भइसक्दा पनि नियुक्त हुन सकेको छैन।
परिषदमा अध्यक्ष र रजिष्ट्रार नियुक्त नहुँदा विद्यार्थी र चिकित्सकहरुको काम प्रभावित भइरहेको छ। आयुर्वेद चिकित्सकहरुले त छिटोभन्दा छिटो नियुक्तिको माग राखेर परिषदमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन्।
अध्यक्ष र रजिष्ट्रार नियुक्तिमा ढिला हुँदा ती पदमा आकंक्षीको संख्या पनि बढ्दै गइरहेको छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजनीतिक रुपमा भागन्ड नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको हो। परिषद्को कार्यसमिति विहीन हुँदा परिषद्का नियमित कामकाज ठप्प हुनुका साथै चिकित्सकहरूको दर्ता प्रक्रिया, विद्यार्थीहरूको शैक्षिक अवसर र चिकित्सा पदपूर्तिमा समस्या बढ्दै गइरहेको छ।
स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार परिषदको अध्यक्ष पदका लाषगि डा. सन्तोष ठाकुर, डा रामचन्द्र अधिकारी र डा श्यामबाबु यादव रहेका छन्। यसका साथै अध्यक्ष पदकै लागि डा रामदेव यादव र डा मुनिकर्ण थापाले पनि आकंक्षा व्यक्त गरेका छन्।
रजिष्ट्रार पदका लागि डा. शंकर गौतम, डा. जया सत्याल, डा हरिशरण अर्याल, डा रमेश पौडेल र डा चन्द्रकिशोर यादवले चासो देखाएका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ। यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ।
आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा संगठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए।
अभियानका क्रममा एक एकाइ एक प्रशिक्षण, जनपरिचालन, प्रत्येक सदस्य संगठित सदस्य र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयलगायत कार्यक्रम सञ्चालन गरिनेछ। अभियान अवधिभर नयाँ सदस्यता र नवीकरणसहित पाँच लाख सदस्यता वितरण गर्ने उद्देश्य रहेको उपाध्यक्ष ढकालले जानकारी दिए।
सात भूगोल, उपत्यका र विश्वविद्यालय गरी नौ प्रदेशमा अभियान सञ्चालन गर्न नौ उपाध्यक्षलाई इन्चार्जको जिम्मेवारी दिइएको क्रान्तिकारीले जनाएको छ। जसअनुसार कोशीमा अभिमन्यू यादव, मधेसमा ममता अधिकारी, बागमतीमा मदन ढकाल, गण्डकीमा कृष्ण सुनार, लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य र सुदूरपश्चिममा उमेश कँडेल तथा उपत्यका विशेष प्रदेशमा दीपा जैशी र विश्वविद्यालय प्रदेशमा सन्दिप पुनलाई ‘कमाण्डर’ तोकिएको छ।
अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
सामाग्री श्रोत :
संगठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीनमहिने अभियान सुरु
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ‘मनसुन अफर- सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ । कम्पनीले १०० एमबीपीएस गति इन्टरनेट सेवासहित यो अफर ल्याएको हो ।
यस अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज साढे आठ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त मूल्यमा कुनै थप शुल्क वा भ्याट लाग्ने छैन ।
वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भने, “वाई-फाई नेपालको लक्ष्य सधैं सबै नेपालीलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु हो । १०० एमबीपीएस सेवा सफलताका साथ सञ्चालन भइरहेका बेला ग्राहकलाई मध्यनजर गर्दै यो विशेष अफर ल्याइएको हो ।”
उनका अनुसार हाल वाई-फाई नेपालको सेवा देशभर ४८ शाखा र १०० भन्दा बढी सहरमा सेवा विस्तार भइसकेको छ । सेवा सुरु गर्न ४४३ जना प्राविधिक जनशक्ति परिचालनमा छन् ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ११:१२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ।
लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो। २०८० जेठ १५ देखि व्यवसायीक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो।
बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ। सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ। कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए। दुई वर्षमा झन्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ। तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ।
दशकौंसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ। समुन्द्री सतहबाट करिव एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो।
वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयाँ बनाइएको छ। यी दुई मन्दिर हिन्दु धर्मावलम्वीका लागि विशिष्ट आकर्षण बनेका छन्। कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन्।
केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघ,संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्द्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए। वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका अपरेशन म्यानेजर सैंजूले बताए।
धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकूल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको उनले बताए।
केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ। यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ।
अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ। २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपालमा नसर्ने रोगहरुको भार बढ्दो क्रममा छ। नसर्ने रोगहरुको भारलाई हेर्दा मानसिक स्वास्थ्य समस्याको हिस्सा १८ प्रतिशत रहेको छ। मानसिक समस्यl बढ्दो क्रममा रहेको विभिन्न अध्ययनहरुले देखाइरहेको छ। तर मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनशक्ति भने नेपालमा अभाव रहेको पाइन्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार नेपालमा प्रति १ लाख जनसंख्यामा जम्मा ०.१३ जना मनोचिकित्सक र ०.०३ जना मनोवैज्ञानिक मात्र उपलब्ध छन्। ‘क्लिनिकल मनोवैज्ञानिक’को संख्या अझ न्यून छ र अनधिकृत व्यक्तिहरूले अवैधानिक रूपमा मनोपरामर्शको नाममा गलत व्यवस्थापन गर्दा बिरामीहरू थप पीडित बनेका छन्।
डब्ल्यूएचओ रिपोर्ट अनुसार नेपालमा एक लाख जनसंख्याका लागि मानसिक स्वास्थ्य जनशक्तिको संख्या निम्नानुसार छ:
०.१३ जना मनोचिकित्सक: नेपालमा जनसंख्या अनुसार मानसिक स्वास्थ्य सेवामा ठूलो अभाव देखिन्छ। प्रति १ लाख जनसंख्यामा मात्र ०.१३ जना मनोचिकित्सक मात्र नेपालमा उपलब्ध छन्। विशेषगरी डिप्रेशन, एन्जाइटी, सिजोफ्रेनिया र बायोपोलार डिसअर्डर जस्ता रोगहरू समयमै उपचार नपाउँदा जीवनको गुणस्तरमा गम्भीर असर पुर्याउँछन्। तर, सेवा र जनशक्तिको अभावले गर्दा धेरै व्यक्ति आवश्यक उपचारबाट वञ्चित भइरहेका छन्।
मानसिक स्वास्थ्यसम्बन्धी कलंक र चेतनाको अभावले धेरै मानिसहरूलाई उपचार सेवाबाट वञ्चित बनाएको छ। समाजमा मानसिक समस्या भएका व्यक्तिहरूलाई कमजोर, असामान्य वा पागल ठान्ने धारणा अझै पनि व्यापक छ। यसले गर्दा पीडितहरू खुलेर समस्या व्यक्त गर्न सक्दैनन् र उपचार लिन हिच्किचाउँछन्। यस अवस्थाले समस्या झन् जटिल बनाउने मात्र होइन, दीर्घकालीन असरसमेत पार्न सक्छ।
गम्भीर मानसिक रोगहरू जस्तै सिजोफ्रेनिया, साइकोसिस, डिल्युजनल डिसअर्डर, मूड डिसअर्डर तथा व्यवहार सम्बन्धी समस्या देखिने दौरा विकारहरू प्रायः औषधि उपचार आवश्यक पर्ने अवस्थाहरू हुन्।
यस्तै, डिप्रेशन, एन्जाइटी, पर्सनालिटी डिसअर्डर वा अन्य न्युरोसिस सम्बन्धी समस्याहरूमा औषधि र मनोचिकित्सकीय परामर्श दुबै उपयोगी हुन सक्छन्। हल्का मानसिक समस्याहरूमा त केवल परामर्श मात्र पनि पर्याप्त हुन सक्छ।
मनोचिकित्सकहरु बिरामीको अवस्थाअनुसार कुन उपचार उपयुक्त हुन्छ भनेर मूल्याङ्कन गर्न र सहयोग गर्न सक्षम छन्।
तर, धेरैजसो मानिसहरूमा ‘मनोचिकित्सककहाँ गइयो भने आजीवन औषधि खानुपर्छ’ भन्ने गलत धारणा व्याप्त छ, जुन सत्य होइन। हरेक बिरामीको अवस्था फरक हुन्छ र उपचार योजना पनि त्यसअनुसार फरक हुन सक्छ।
जसरी मानसिक समस्या भनेको सोचमा बुझाइमा अवान्छित दिशामा परिवर्तन हुनु हो भने समाधान भनेको पनि त्यसमा वान्छित दिशामा परिवर्तन ल्याउनु हो। यसका लागि औषधि र परामर्श दुवै उत्तिकै आवश्यक हुन्छ। ‘वान सईज डज नट फिट अल’ भनेझै सबैलाई एउटै तरिकाले उपचार गर्न पर्याप्त हुँदैन।
यस कारण मानसिक रोग निधानका लागि विविन्न अध्ययन र आभ्यासहरु बाहिर देश विदेशमा भइरहेका छन्।
नेपालमा केही दसकदेखि यी प्रयास भएता पनि हामी अझै पछि नै छौं। हरेक व्यक्तिको आवश्यता अनुसार रोगको रोकथाम र निवारण, न्यूनीकरण, उपचार पद्धति फरक हुनु आजको आवश्यकता हो।
यस समयको मागलाई अपनाउँदै होपफुल होराइजन्स सेन्टर फोर वेलविइङ झाम्शिकेल मा शुरु गरिएको छ |
यसमा उपचार अन्तर्गत विभिन्न उपचार पद्धतिहरु लाइसेन्स एवं अनुभवी मानोचिकित्सकहरु साथै लाइसेन्स मनोपरामर्शकर्ताबाट गरिन्छ।
होपफुल होराइजन्समा मानसिक स्वास्थ्य सेवाको गुणस्तर र पहुँच दुवैलाई प्राथमिकतामा राखिएको छ। यहाँ गोपनीयताको पूर्ण सुनिश्चितता दिइन्छ, जसले सेवाग्राहीलाई निडर र खुला रूपमा आफ्ना समस्याहरू व्यक्त गर्न सहयोग पुर्याउँछ।
यसका साथै अनलाइन सेवाको सुविधा पनि उपलब्ध रहेको छ।यहाँका सेवा प्रदायकहरू दक्ष र अनुभवी छन्, जसले व्यक्तिगत आवश्यकता अनुसार मूल्याङ्कन र उपचार प्रदान गर्दछन्।साथै, मृदुभाषी व्यवहार र स्वागतपूर्ण वातावरणले सेवाग्राहीलाई सुरक्षित र सम्मानित महसुस गराउने प्रयास गरिन्छ।
होपफुल होराइजन्स मानसिक स्वास्थ्य सेवा लिने यात्रालाई विश्वासिलो, सहज र प्रभावकारी बनाउने उद्देश्यले समर्पित छ।
सामाग्री श्रोत :
swasthyakhabar
पृष्ठभूमि :
हिजोआज नेपालका समाचार माध्यमहरूमा अत्यधिक बिक्री हुने पदावली ‘नेपालमा हाल भ्रष्टाचारका गतिविधीहरू संथागत भए, साथै विकासका कामहरूले कुनै प्राथमिकता पाउन सकेनन्’ भन्ने छ।
राजनीतिक पार्टीहरूमा मौलाएको झोले प्रवृत्तिका कार्यकर्ताहरूको दबदबा भएका कारण भ्रष्टाचारीहरूलाई थप उर्बर बनेको कुरा केही हदसम्म बहुसंख्यकले स्वीकार गरेकै हो।
यसै कमजोरीको छिद्रलालाई आधार बनाएर इतिहासबाट लोप हुँदै गरेको राजतन्त्रवादीहरूले २०४६ पछि जन्मेर हुर्कंदै गरेका कलिला युवाहरूको मस्तिस्कमा राजतन्त्र अवधिको त्यो कालरात्रिलाई स्वर्ण युगको व्याख्या गर्दै सडक तताउने वातावरण वा तयार गर्ने प्रयास गरिरहेका छन्।
विकासको स्तरको मापन गर्दा देशभित्रको आर्थिक वृद्धि र त्यस देशका नागरिकहरूको जीवनस्तरको तह दुवै समावेश गरिएको हुन्छ। देशको विकासको मापन गर्ने कुरा एक बहुआयामिक प्रक्रिया हो।
जसमा अर्थतन्त्र, समाज र समकालीन प्रविधिमा आएका नवीनतम् प्रविधिहरूलाई सकारात्मक परिवर्तनका लागि प्रयोग गर्ने जस्ता विषयहरू समावेश गरिएका हुन्छन्। यसको वर्तमानको मापनले भविष्यमा राष्ट्रका जनताको कल्याणमा थप सुधार गर्न योजना बनाउन सहयोग प्रदान गर्दछ।
समग्रमा विकासलाई दुई वटा सूचकबाट सहज रुपमा बुझन सकिन्छ। (क) आर्थिक विकास (ख) मानव विकास। आर्थिक विकास अन्तर्गत उपभोग्य वस्तु तथा सेवाहरूको उत्पादन सँग सम्बन्धित छ, जसलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भनिन्छ। जीडीपी भनेको एक वर्षको अवधिभित्र देशभित्र उत्पादित कुल वस्तु तथा सेवाहरूको मूल्यलाई रकममा रुपन्तरण गरी गणना गरिन्छ।
मानव विकासलाई मानिसहरूको स्वतन्त्रता र उनीहरूले प्राप्त गर्न सक्ने अवसरहरू र उनीहरूको कल्याणमा सुधार गर्ने प्रक्रियाको रूपमा परिभाषित गरिन्छ। मानव विकासको मापन गर्न, मानव विकास सूचकांक (एचडीआई)को सहायताबाट गरिन्छ।
मानव विकासको मापन गर्दा, व्यक्तिको औसत आयु (यसभित्र विभिन्न किसिमका स्वास्थ्यसँग समन्धित परिघटनाहरू जस्तै: शिशु मृत्युदर, मातृ मृत्युदर लगायतका विषयहरू समावेश भएका हुन्छन्) र शिक्षा ( यस अन्तर्गत औपचारिक शिक्षा, अनौपचारिक शिक्षा र प्राविधिक शिक्षासँग सम्बन्धित कुराहरू समावेश गरिएका हुन्छन्) कुराहरू समावेस गरिन्छ, जसले व्यक्तिको जीवनको गुणस्तरलाई प्रदर्शित गर्दछ।
नेपालको कुल गार्हस्थ उत्पादन
कुल ग्राहस्त उत्पादन (जीडीपी)ले देशको विकासको मात्रालाई मापन गर्ने एक महत्वपूर्ण मानकको रूपमा काम गर्छ। यसको मापन एक निश्चित समय अवधिमा देशको सिमानाभित्र उत्पादित सबै किसिमका वस्तुहरू र सेवाहरूको अन्तिम उपभोग्य चरणको अवस्थाको कुल मूल्य हो।
यस मूल्यको मानकले देशको आर्थिक स्वास्थको अवस्थालाई प्रदर्शित गर्दछ। नेपालमा राणा शासनको अन्त्य २००७ सालमा भयो। त्यसपछि नेपालले तीन किसिमका राजनीतिक प्रणालीहरूको अनुभव प्राप्त गरेको छ। यिनै तीन किसिमका राजनीतिक प्रणालीको अवधिमा भएका र गरिएका जीडीपीको बारेमा छोटो विवेचनाको गर्न खोजिएको छ।
सन् १९६० को दसक (पञ्चायत वहालीको दोस्रो दशक) को सुरूवातको वर्ष सन् १९६० मा नेपालको कुल गार्हस्त उत्पादन ०.५१ अर्ब अमेरिकी डलर थियो र यसको १० पछि वा सन् १९७० मा यो रकम बढेर ०.८७ अर्ब डलर पुग्यो। यो मात्राको वृद्धि ७० प्रतिशतले बढेको देखियो।
सोही अवधिमा अमेरिकी डलरको मुद्रास्फिती दर ३१.१ प्रतिसत कायम थियो। अर्थात् १९६० मा १ डलर पर्ने सामानको मूल्य सन् १९७० मा १.३१ डलर मूल्य कायम हुन्थ्यो। यसरी यो अमेरिकी डलरको मुद्रास्फितीको दरलाई समेत समायोजन गर्दा वास्तविक कुल गार्हस्त उत्पादन वृद्धि ३९ प्रतिशत हुन आउँछ।
सन् २००० को दशक (प्रजातन्त्र पुनर्वहालीको दोस्रो दशक) को सुरूवातको वर्ष सन् २००० मा नेपालको कुल गार्हस्त उत्पादन ५.४९ अर्ब अमेरिकी डलर थियो र यसको १० पछि वा सन् २०१० मा यो रकम बढेर १६.०० अर्ब डलर पुग्यो।
प्रतिशतमा हेर्दा यो वृद्धि १९१ प्रतिशतले बढेको देखिन्छ। सोही अवधिमा अमेरिकी डलरको मुद्रास्फिती दर २६.६ प्रतिशत थियो। अर्थात् सन् २००० मा १ अमेरिकी डलर पर्ने वस्तु तथा सेवाको मूल्य सन् २०१० मा बढेर १.२७ डलर पुगेको थियो।
यसरी यो अमेरिकी डलरको मुद्रास्फितीको दरलाई समेत समायोजन गर्दा वास्तविक कुल गार्हस्त उत्पादन वृद्धि १६५ प्रतिशत हुन आउँछ। (प्रजातन्त्र पुनर्वहालीको पहिलो दसकमा भएका निजीकरणका प्रयास लगायतका कारणहरूले यो उच्च प्रतिशतको वृद्धि सम्भव तुल्याएको थियो।
सन् २००८ मा नेपालमा गणतन्त्र स्थापना भयो। सन् २०१० मा नेपालको कुल गार्हस्त उत्पादन १६.०० अरब डलर थियो। सन् २०२० र २०२१ मा विश्वव्यापी कोरोनाको प्रकोपका कारण नकारात्मक आर्थिक गतिविधि भएर पनि सन् २०२२ मा पुग्दा नेपालको कुल गार्हस्त उत्पादन बढेर ४१.२ अर्ब डलर पुग्यो।
प्रतिशतमा हेर्दा यो वृद्धि १५७ प्रतिशतले बढेको देखिन्छ। तर त्यो अवधिमा अमेरिकी डलरको मुद्रास्फिती दर ३४.२ प्रतिशत थियो। अर्थात् सन् २०१० मा १ अम्मेरिकी डलर पर्ने सामान तथा सेवाको मूल्य सन् २०२२ मा बढेर १.३४ डलर पुगेको थियो। यसरी यो अमेरिकी डलरको मुद्रास्फितीको दरलाई समेत समायोजन गर्दा वास्तविक कुल गार्हस्त उत्पादन वृद्धि १२३ प्रतिशत हुन आउँछ।
यसरी पञ्चायती शासन कालमा प्रतिदसक ३९ प्रतिशत, प्रजातन्त्र शासन कालमा १६५ प्रतिशत र गणतन्त्र शासन कालमा १२३ प्रतिशतले नेपालको कुल गार्हस्त उत्पादन बढेको देखिन्छ।
प्रतिव्यक्ति आय
नेपालीहरूको प्रतिव्यक्ति प्रतिवर्ष आम्दानी सन १९६० मा ४९.९ अमेरिकी डलर बराबर थियो। यो प्रति व्यक्ति आम्दानी सन् १९९० मा बढेर १८४.९२ अमेरिकी डलर पुग्यो। यो वृद्धि रकम प्रतिवर्षको दरले हिसाब गर्दा प्रतिवर्ष ४.५० डलर हुन आउँछ।
अर्थात् पञ्चायतकालीन अवधिमा नेपालीहरूको प्रतिव्यक्ति प्रतिवर्ष आम्दानी ४.५० डलरले वृद्धि भएको थियो। सन् १९९० मा कायम रहेको प्रतिव्यक्ति प्रतिवर्ष आम्दानी १८४.९२ अमेरिकी डलर सन् २०१० (लोकतन्त्रको अवधि २० वर्ष) मा आई पुग्दा ५८९.१७ अमेरिकी डलर पुग्यो अर्थात् प्रतिवर्ष २०.२१ अमेरिकी डलर बढेको देखिन्छ।
त्यस्तै, २०१० देखि २०२२ सम्ममा यो रकम बढेर १३४८.१६ अमेरिकी डलर पुगेको छ। यस बढेको रकमलाई प्रतिवर्ष हिसाa गर्दा प्रतिवर्ष प्रतिव्यक्ति ६३.२५ आय अमेरिकी डलर बढेको देखिन्छ।
नेपालीहरूको औसत आयु
देशभित्र रहने जनताहरूको औसत आयुको अवधिले त्यो देशका जनताहरूको मानवीय विकासको अवस्थालाई इंगित गर्दछ। मानिसको औसत आयुको अवधि उसको जीवनका विविध परिघटनाहरू (शिशु मृत्युदर, मातृ मृत्युदर,मातृ स्वास्थ्य र अन्य स्वास्थ्य समन्धी विविध परिघटनाहरू) को जम्मा योगफल हो।
पञ्चायती व्यवस्थाको सुरूवातको वर्ष सन् १९५० मा नेपालीहरूको औसत आयु ३४.२६ वर्ष थियो। यो औसत आयु सन् १९९० मा आइपुग्दा ५४ वर्षमा पुगेको थियो। लोकतन्त्रको अवधि सन् १९९० देखि सन् २०१० मा पुग्दा औसत आयु ६७.३३ वर्षमा पुगेको देखिन्छ। गणतन्त्रको अवधि वा सन् २०२५ मा आइपुग्दा ७२ वर्ष पुगेको छ।
साक्षरता दर
सन् १९५० मा नेपालको साक्षरता दर पाँच प्रतिशत अनुमान गरिएको थियो। त्यसपछिका दसकहरूमा साक्षरता दर निरन्तर बढ्दै गयो र सन् १९९१ मा पुग्दा नेपालको साक्षरता दर ३३ प्रतिशत (पुरुष ४० प्रतिशत महिला १४ प्रतिशत) पुग्यो।
सन् २०११ सम्ममा यो थप बढेर ६६ प्रतिशत (पुरुष ७१.६ प्रतिशत र महिला ४४.५ प्रतिशत) पुगेको थियो भने सन् २०२१ मा पुग्दा ७६.२ प्रतिशत (पुरुष ८१ प्रतिशत र महिला ६३.३ प्रतिशत) पुगेको छ।
‘झोले’हरूको दायित्व
पञ्चायती राजतन्त्रको समयमा नेपालमा भएका परिवर्तनहरू र गणतन्त्रमा नघटेका वा ढिलो भएका कुराहरूलाई हेर्दा, दुवै शासन व्यवस्थाको आफ्नै विशेषता र सीमा देखिन्छन्। राजतन्त्रकालमा शक्ति केन्द्रीकृत थियो।
राजा स्वयं शासनको केन्द्र हुनुका साथै योजना बनाउने, कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने जिम्मेवारी पनि शाही सरकारकै हातमा हुन्थ्यो। यसले गर्दा तत्काल निर्णय लिन, दीर्घकालीन योजना बनाउन र ठूला पूर्वाधार परियोजनाहरू अघि बढाउन सहज हुने अवस्था थियो।
त्यही कारण, तत्कालीन समयमा भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्योग, हेटौंडा सिमेण्ट, जुट मिल, छाला जुत्ता कारखाना जस्ता राज्यनियन्त्रित उद्योगहरू खोलिएका थिए। यी सबै योजनाहरू आत्मनिर्भर औद्योगिक विकासका सोचसँग जोडिएका थिए।
यद्यपि, बजार प्रतिस्पर्धा, दक्ष व्यवस्थापन, प्रविधि अभाव र भ्रष्टाचारका कारण यी मध्ये धेरैजसो उद्योग घाटामा गए। तर, राज्यले घाटा बेहोरेर पनि ‘राष्ट्रिय गौरव’ को रुपमा ती संस्थानहरू जोगाउने प्रयास गर्यो। यस किसिमको आर्थिक राष्ट्रवादको सोच आज गणतन्त्रमा खासै देखिँदैन।
राजतन्त्रकालमा विकासको गति अपेक्षाकृत छरितो थियो। सडक सञ्जाल विस्तार, जलविद्युत् योजनाको थालनी, सिँचाइ र कृषि योजनाहरूमा निरन्तरता देखिन्थ्यो। शासन स्थायित्वका कारण पाँच वर्षे योजनाहरू कार्यान्वयनमा सहजता थियो।
आजको गणतन्त्रमा शासन पटक-पटक परिवर्तन हुने, सत्ता गठबन्धनहरू अस्थिर हुने र नेतृत्वमा दीर्घदृष्टिकोणको कमी हुने समस्याले दीर्घकालीन योजनाहरू असफल हुँदै गएका छन्।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले भाषण गर्दा प्रयोग गरेको ‘झोले शब्द’को हाल नेपाली सामाजिक सञ्जाल, गीत संसार, कविता संसारलगायत अन्य क्षेत्रहरूमा पनि लोकप्रियता हासिल गरेको छ।
‘झोले’ शब्द राजनीतिक बहसमा व्यङ्ग्यात्मक रुपमा चर्चित बनेको छ, जसले विशेषगरी अन्धसमर्थक कार्यकर्ता वा नेताको स्याबासीमा मात्र रमाउने राजनीतिक अनुयायीलाई जनाउँछ।
यस्ता ‘झोले’हरूको उपस्थिति कुनै पनि लोकतान्त्रिक समाजमा गम्भीर आलोचनाको विषय बन्न सक्छ, किनभने उनीहरूले न त विचारधारात्मक चेतनालाई प्रतिनिधित्व गर्छन्, न त नीति-बहसलाई अघि बढाउँछन्।
सबैभन्दा पहिले, झोलेहरूप्रति मुख्य आलोचना उनीहरूको अन्ध समर्थन हो। पार्टीले जे गरे पनि ठिक, नेताले जे बोले पनि राम्रै भन्ने प्रवृत्तिले राजनीतिक विमर्शलाई कुण्ठित बनाउँछ।
प्रश्न गर्ने संस्कृति समाप्त हुन्छ अनि सत्ता वा पार्टीलाई गुनासो गर्ने जनताका आवाज दबिन्छन्। झोले मानसिकताले नेतालाई आलोचना गर्नुपर्ने बेलामा पनि जयजयकार मात्र गर्छ, जसले गर्दा सत्तामा रहेका व्यक्तिहरू अहंकारी, अकर्मण्य र जनविरोधी बन्ने सम्भावना बढ्छ।
दोस्रो, झोलेहरू सत्यभन्दा झुटो प्रचारमा रमाउने वर्ग हुन्। चाहे भ्रष्टाचार होस्, नीति त्रुटि होस् वा असक्षम नेतृत्व, झोलेहरूले यिनलाई ढाकछोप गर्न हरेक बहाना खोज्छन्। यस्तो व्यवहारले गलत कार्यलाई अनुमोदन गर्छ र गलत प्रवृत्तिलाई संस्थागत बनाउने खतरा निम्त्याउँछ।
तेस्रो, झोलेहरू राजनीतिक हूल को हिस्सा बन्न रुचाउँछन्, व्यक्तिगत विवेकको प्रयोग गर्दैनन्। उनीहरू आलोचनाको सट्टा प्रत्यारोप गर्छन्, तथ्यको सट्टा नारावादमा विश्वास गर्छन्। यस्तो वर्गको सक्रियता बढेमा नागरिकता भन्ने अवधारणा स्वयं संकटमा पर्छ, किनभने नागरिकले आफ्ना नेतालाई उत्तरदायी बनाउने हो न कि अन्धभक्त बन्ने।
चौथो, झोलेहरूले सामाजिक सञ्जाललाई सूचना र बहसको थलोभन्दा बढी उच्छृंखल प्रचारको मैदान बनाइदिन्छन्। तर्कको ठाउँमा ट्रोलिङ, तथ्यको ठाउँमा गालीगलौज र संवादको ठाउँमा ध्रुवीकरणले लोकतान्त्रिक अभ्यासमै खलल पुर्याउँछ।
अन्ततः झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन। लोकतन्त्रको मर्म भनेकै प्रश्न गर्नु, जिम्मेवारी माग्नु र निर्णयको मूल्याङ्कन गर्नु हो। झोलेहरू राजनीतिक दल वा नेताको ‘हामी र उनीहरू’को भाष्यलाई बल दिन्छन्, तर लोकतन्त्रको सार त ‘हामी सबै’ हो। त्यसैले, झोले मानसिकता अन्त्य गरेर विवेकशील सूचनामा आधारित र उत्तरदायित्व खोज्ने नागरिक संस्कारको निर्माण अपरिहार्य छ।
यस्तो अवस्थामा झोलेहरूले के गर्ने?
उत्तर –
ए! प्रचण्ड झोलेहरू हो!
एक पटक इतिहास
पढ र लेख
पञ्चायत, लोकतन्त्र र गणतन्त्रमा
के-के भए भनेर?
ए! केपी झोलेहरू हो!
युवालाई सम्झाऊ
इतिहासमा राजाहरूले
गरे के भनेर?
ए! शेरे झोलेहरू हो!
सम्झाऊ युवालाई
राजाहरूको इतिहास
फर्कन सक्दैन फेरि भनेर।
सामाग्री श्रोत :