
काठमाडौं। अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन्। यस्तो अवस्थामा तपाईं हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ। तपाईंलाई भनौं मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण शरीरमा नराम्रो प्रभाव पार्छ। त्यसैले मिर्गौलालाई स्वस्थ […]
सामाग्री श्रोत :
काठमाडौं। ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ लिएको पाइएको छ।
ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अंकित भुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ।
ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरकफरक व्यक्तिमार्फत ३ गते सात लाख र १२ लाख रुपैयाँ बराबर रकम चेकमार्फत लिएको पाइएको छ।
आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ। आयोगले डा अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।
नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारीविरुद्ध पनि समान ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ।
आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ। काठमाडौँ महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै पाँच लाख घुस लिएको पाइएको छ। आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध पाँच लाख रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो।
आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फागन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो। सो अवधिमा कोइरीको वैध आय तीन करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ रहेको थियो।
कोइरीले सात करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको छ। आयोगले गरेको परीक्षणबाट चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ।
इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती मालाकुमारी महतोका नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ। आयोगले इञ्जिनियर रामबाबु र उहाँकी श्रीमती मालाकुमारीविरुद्ध बिगोबमोजिमको काराबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।
सामाग्री श्रोत :
नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू-भागमा विकास हुने गरि योजना बनाउनुपर्ने बताएका छन्।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा बिषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रुपमा पहाडमा बिकास हुन नसकेका कारण बसाईसराई गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सवै भूभागमा विकास हुने गरि योजना बनाउनुपर्ने बताएका हुन्।
सभापति देउवाले जलवायु परिवर्तनका असर सबै भन्दा बढि नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनिकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए। देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ।
सभापति देउवाले युवाहरु विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए।
सामाग्री श्रोत :
झापा। यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जंगली हात्तीबाट फेरि आजित बन्न थालेका छन्।
साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन्। बिहानै मेची नदी किनारमा पुग्ने गरेका स्थानीय शंकर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन्।
किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उनले बताए। ‘वर्षौं लगाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ’, उनले भने, ‘फल्न सुरु भएको थियो सबै भाँचेर नष्ट गरिदियो।’ उनले विश्व बैंकको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको बताए। सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ।
सोको रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको बताए। उनले डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु आठ लाख प्राप्त भएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु सात लाख बजेट प्राप्त भएको बताए।
सोलार फेन्सिङको हेरचाहका लागि मासिक पाँच हजारका दरले तलब दिएर १० जना र रु १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक संस्थामार्फत राखिएको बताए। पछिल्लो समय हात्ती आतंक बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन्।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताए। विगत १० वर्षयता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जंगली हात्ती आउने क्रम घटेको थियो।
सामाग्री श्रोत :
जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ। यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
उक्त अवधिमा जापानको व्यापार घाटा ३२.८ अर्ब येनमा सिमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.८ प्रतिशतले घटेको हो। यो गिरावट निर्यात ४.० प्रतिशतले बढेर ८.७७ ट्रिलियन येन पुगेको र आयात २.९ प्रतिशतले घटेर ८.८० ट्रिलियन येनमा झरेको परिणामस्वरूप भएको बताइएको छ।
प्राथमिक आम्दानी, अर्थात् जापानले विदेशमा गरेको लगानीबाट प्राप्त हुने आम्दानी, अप्रिल महिनामा ९.६ प्रतिशतले घट्दै ३.५९ ट्रिलियन येनमा झरेको छ। यस गिरावटको मुख्य कारण प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त आम्दानीमा आएको कमी हो, जुन जापानी मुद्रा येनको मूल्य वृद्धि भएका कारण देखिएको हो।
त्यस्तै, सेवा व्यापारतर्फ घाटा ४.८ प्रतिशतले वृद्धि भई ७६८.१ अर्ब येनमा पुगेको छ। बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी भुक्तानीमा भएको वृद्धिले यसमा योगदान गरेको छ।
साथै, पर्यटन क्षेत्रबाट प्राप्त नाफा भने १८.३ प्रतिशतले बढेर ६७५.७ अर्ब येनमा पुगेको छ। अप्रिल महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशतले वृद्धि भई करिब ३.९१ मिलियन पुगेको जनाएको छ।
सामाग्री श्रोत :
दमौली (तनहुँ)। यहाँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ।
आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतंक बढेको छ।
यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
सामाग्री श्रोत :
काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको हिले-जात्रा आजदेखि सुरु भएको छ। परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले […]
सामाग्री श्रोत :
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरि योजना बनाउनुपर्ने बताएका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रुपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भूभागमा विकास हुनेगरी योजना बनाउनुपर्ने बताएका हु्न् ।
सभापति देउवाले जलवायु परिवर्तनका असर सबै भन्दा बढी नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए । देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ ।
सभापति देउवाले युवाहरु विदेश पलायन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन्।
आज स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ।
यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे। औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपाल, जिम्बाव्वे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको समेत अध्यक्ष ढकालले बताए। अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तरराष्ट्रिय सहभागिताका लागि आग्रह गरे।
महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराए।
उनले भने, ‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको छ, तर पनि भारत चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहनेछ ।” उहाँले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसर रहेको बताए।
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराए। उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए।
सम्मेलनमा विश्वका १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन्। नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए।
सामाग्री श्रोत :
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालकाे उल्लेख्य सुधार’
काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसेको बताएका हुन् ।
गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको मागको विषयलाई सत्तापक्षले बेवास्ता गरेको उनले बताए ।
दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खासगरि प्रधानमन्त्री केपी शर्मा ओली उदाशिन देखिएको आरोप लगाए ।
सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सबै प्रतिपक्षी दल एकै ठाउँ रहेको उनको भनाइ छ । सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ