
काठमाडौं। एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ।
न्यु लाओस राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा लाओसँग नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।
लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे। नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता र्लिएको थियो। लाओसका लागि दामोथले गोल गरे। त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो। लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए।
खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो। नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने। त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गर्यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे।
त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता गर्यो। यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको थियो। दुई खेलको समाप्तिमा नेपालले अंकको खाता खोल्न सकेको छैन।
यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए। जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन्। प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन्। नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ।
सामाग्री श्रोत :
गण्डकी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित आफूहरू जनतातर्फ फर्केको बताएका छन्। माओवादी केन्द्र, पोखरा महानगर समितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धलाई नयाँ चिराबाट अगाडि बढाइएको बताए।
‘बीचमा जनता र वर्गसँगको सम्बन्ध टुटेको थियो, गम्भीर समीक्षा गरी पार्टीलाई जनतासँग जोड्ने संकल्प गरेका छौँ’, उनले भने, ‘पछिल्लो समय माओवादी केन्द्रप्रति जनतामा नयाँ विश्वास र भरोसा देखिएको छ।’
पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टीप्रति आकर्षण देखिएको उनको भनाइ थियो। ‘आगामी निर्वाचनसम्म माओवादी केन्द्रलाई बलियो र पहिलो पार्टीका रूपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ’, अध्यक्ष दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवादको बाटोमा मुलुकलाई लैजान माओवादीले सक्छ।’
उनले नेपाली मौलिकता र विशेषताको समाजवाद स्थापनाका लागि आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राखे। समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सुरू भएको उनको भनाइ थियो।
सामाग्री श्रोत :
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन्।
धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले आज नै पैसा तिरेर जल सहितको कलश लिएका हुन्। अहिले सम्म ५ हजार कलश बुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।
गत महिना वैशाख १६ गते पोखरामा गंगाको जल सहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखिएको थियो। यज्ञमा विधिपूर्वक पुजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले जानकारी दिइन्।
उनका अनुसार एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजादा २ हजार ५ सय रुपैया लाग्ने छ। आज नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो। कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो।
कोटिहोममा आज महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सहभागि भक्तजनलाई कोटिहोमको प्रसाद स्वरुप नरिवल र स्याउ वितरण गरेका थिए। उनका अनुसार कोटिहोमको समापनका दिन ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिने छ।
यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर भोलि देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ।
कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म ८ सय ८ जनाले रक्तदान गरेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिए। गत वैशाख २० गते बाट शुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उनले जानकारी दिए।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ। कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।
सामाग्री श्रोत :
काठमाडौँ । एप्पलले आफ्ना अपरेटिङ सिस्टमहरूको नामकरण प्रणालीमा ठुलो परिवर्तन गरेको छ । अबदेखि आईओएस, म्याकओएस, आईप्याडओएस, वाचओएस, टिभीओएस र भिजनओएस जस्ता सफ्टवेयर पुरानोजस्तो ‘भर्जन नम्बर’ अनुसार नभई ‘वर्ष’ अनुसार चिनिने भएका छन् ।
कम्पनीले सोमबार भएको डेभलपर्स सम्मेलन (डब्लूडब्लूडीसी)को उद्घाटन सत्रमा यो घोषणा गरेको हो । नयाँ प्रणालीअनुसार यस वर्षका आईफोनहरूमा आईओएस २६, कम्प्युटरहरूमा म्याकओएस ताहो २६ र अन्य डिभाइसहरूमा क्रमशः आईप्याड ओएस २६, वाचओएस २६, टिभी ओएस २६ र भिजनओएस २६ आउनेछन् ।
अबदेखि हरेक वर्ष सबै सफ्टवेयर संस्करणको नम्बर एउटै हुनेछ । यसबाट कुन डिभाइसमा हालको संस्करण चलिरहेको छ भन्ने बुझ्न सजिलो हुने विश्वास गरिएको छ ।
यो परिवर्तन पुरानो प्रणालीको तुलनामा सरल भएको एप्पलको भनाइ छ । अघिल्लो प्रणालीमा एउटै समयमा आईओएस १८, वाचओएस ११, भिजनओएस २ जस्ता फरक-फरक भर्जनहरू हुँदा भ्रम उत्पन्न हुने गरेको थियो ।
यस परिवर्तनको सम्भावना गत मे महिनामै सार्वजनिक भएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १०:३१
सामाग्री श्रोत :
टेक पाना
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन्।
रातोपाटी डटकमले १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरेका हुन्।
‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ। आफ्ना लागि सत्य बङ्ग्याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन।’ प्रधानमन्त्री ओलीले भने।
इमानदारको खडेरी देशमा नपर्ने भन्दै कसैले स्वार्थले इमानदार नदेख्ने बताए। ‘इमानदारको खडेरी देशमा परेको हुँदैन। कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?’ उनले भने।
प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए।
सामाग्री श्रोत :
काठमाडौँ । प्रिमियम गाडीहरूको आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्स टु (BMW iX2) इलेक्ट्रिक एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) नेपालमा सार्वजनिक गरेको छ । जसको मूल्य नेपाली बजारमा एक करोड ८० लाख रुपैयाँ राखिएको छ ।
नेपालमा विद्युतीय सवारीसाधन र दिगो यात्राप्रति बीएमडब्लूको प्रतिबद्धतालाई यस गाडीले अझ सशक्त बनाउने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन र स्मार्ट प्रविधिको संयोजन रहेको बीएमडब्लू आईएक्स टु ई ड्राइभ २० मोडलले नयाँ प्रविधि र दिगोपन खोज्ने ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुन सक्छ । यो गाडीले अधिकतम १५० किलोवाट/२०४ हर्सपावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ ।
यसको टर्क २५० एनएम रहेको छ । मात्र ८.६ सेकेन्डमा ० देखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्ने यो गाडीको अधिकतम गति १७० किमी/घण्टा रहेको छ । डब्लूएलटीपी मापदण्ड अनुसार, यसको अनुमानित रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म रहेको छ । प्रति १०० किलोमिटरमा १७.२ देखि १५.४ kWh (किलोवाट आवर) सम्म मात्र ऊर्जा खपत गर्ने र शून्य उत्सर्जन भएको यो गाडी प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट छनोट हुने कम्पनीको भनाई छ ।
नवीनतम प्रविधि र सन्तुलित पावर
बीएमडब्लूका अन्य इलेक्ट्रिक गाडीहरू जस्तै नयाँ बीएमडब्लू आईएक्स २ मा पनि पाँचौँ पुस्ताको बीएमडब्लू ईड्राइभ (BMW eDrive) प्रविधि प्रयोग गरिएको छ । यो गाडीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखेर फ्लोरमा राखिएको हाई-भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट ऊर्जा प्रदान गर्छ । यसमा रहेको आधुनिक मोटरले कम ऊर्जा खपत गरी लामो दुरीसम्म चल्ने क्षमता राख्छ ।
चार्जिङका लागि आईएक्स टुमा विभिन्न प्रसस्त विकल्पहरू दिइएका छन् । यसमा रहेको कम्बाईन्ड चार्जिङ युनिटले ११ किलोवाटसम्मको एसी चार्जिङलाई सपोर्ट गर्छ ।
फास्ट चार्जिङका लागि १३० किलोवाटसम्मको डीसी चार्जिङ पनि यसमा उपलब्ध छ । स्मार्ट ‘थर्मल प्रि-कन्डिसनिङ’ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङको गति र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्न मद्दत गर्छ ।
आकर्षक इन्टेरियर र अत्याधुनिक सुरक्षा प्रणाली
बीएमडब्लू आईएक्स टुमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् । मोका रङ्गको भर्नास्का लेदर सिट, पानोरोमिक ग्लास रुफ, २-जोन अटोमेटिक एसी, १२-स्पिकर सहितको हार्मन कार्डन सराउन्ड साउन्ड सिस्टम यसमा पाउन सकिन्छ ।
सुरक्षा र असिस्टेन्ट सिस्टममा पनि बीएमडब्लूको यो गाडी निकै अत्याधुनिक छ । यसमा सुरक्षित यात्राका लागि चालक र यात्रुका लागि एयरब्यागहरू, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टिग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै, ड्राइभ-अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरी ट्राफिक वा लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव मुक्त बनाउँछ ।
नेपाली बजारमा बीएमडब्लू ईभीको उपलब्धता
लक्ष्मी प्रिमियम मोटर्सले तीनकुने, काठमाडौँमा रहेको आफ्नो अत्याधुनिक शोरुमबाट हाल BMW X1, X2, X3, X4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक), iX3 (ब्याट्री इलेक्ट्रिक), 5 सिरिज (प्लग-इन हाइब्रिड), X5 (प्लग-इन हाइब्रिड) र 7 सिरिज जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ ।
नयाँ बीएमडब्लू आईएक्स टुको आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा बीएमडब्लूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुका साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको छ । थप जानकारी वा टेस्ट ड्राइभ बुक गर्नका लागि लक्ष्मी प्रिमियम मोटर्स, तीनकुने, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ११:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। समितिको मंगलबारको बैठकमा उक्त सर्वसम्मत रूपमा पारित भएको हो।
सो विधेयकमाथि संशोधन राख्नुभएका सांसद र सरोकारवालासँगको छलफलपछि पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। उनले अत्यन्त महत्त्वपूर्ण मानिएको नागरिकता विधेयकलाई सर्वसम्मतरूपमा पारित गराउन सहयोग गर्नेप्रति आभार प्रकट गरे।
सभापति खतिवडाले नागरिकता प्राप्तिमा देखिएका अप्ठयारालाई विधेयकले सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
त्यसअघि उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नागरिकताका बारेमा सरकारले बेग्लै विधेयक प्रस्तुत गर्ने बताए। ‘परराष्ट्र मन्त्रालय हुँदै उक्त विधेयक गृहमन्त्रालयमा आइसकेको छ । हामीले त्यसमा आफ्नो राय व्यक्त गरिसकेका छौँ’, उनले भने।
वर्तमान सरकार गठन भएको ११ महिना पुग्दै गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस अवधिमा मन्त्रालमा नीतिगत, कानुनी र संरचनागत सुधार गर्ने क्रममा विभिन्न विषयवस्तु भेटिएका र तिनलाई सुधार गर्ने क्रममा मन्त्रालय अघि बढेको बताए।
‘नेपाली नागरिकता ऐन, २०६३ (दोस्रो संशोधन)मा प्रस्तावित संशोधनमाथि सम्बद्ध गैरआवासीय नेपाली नागरिकता र ब्रिटिस गोर्खाको विषय उठिरहेको छ। गैरआवासीय नेपाली नागरिकताका विषयमा संविधानले नै यो व्यवस्था गरेको छ’, उनले भने, ‘गैरआवासीय नेपाली नागरिकता आफैँमा एउटा नागरिकता हो। यसमा हामी दुविधामा बस्नु हुँदैन। किनभने यो संविधानको नागरिकता भागमा नागरिकता भनेर उल्लेख गरेको विषय हो।’
सामाग्री श्रोत :
काठमाडौँ । ओपनएआईको च्याटबट च्याटजीपीटीमा समस्या देखिएको छ । मङ्गलबार दिउँसोदेखि च्याटबट नचल्दा सेवामा समस्या देखिएको हो । जसका कारण केही प्रयोगकर्ताले ढिलो प्रतिक्रिया पाएको र पूर्ण अवरुद्ध स्थितिको सामना गर्नुपरेको बताइरहेका छन् ।
केही प्रयोगकर्ताले च्याटबटबाट “Hmm…something seems to have gone wrong” भन्ने त्रुटि हुन पुगेको मेसेज पाइरहेका छन् । जब कि अरूलाई च्याटबट लोड हुन समस्या भइरहेको छ ।
डाउनडिटेक्टर लगायतका प्लेटफर्महरूले यो समस्या नेपाली समय अनुसार दिउँसो करिब १२ः४५ बजेदेखि सुरु भएको र विश्वभरका धेरै क्षेत्रका प्रयोगकर्ता प्रभावित भएको देखाएको छ ।
ओपनएआईले पनि सोही समयदेखि “elevated error rates and latency” अनुभव भइरहेको जनाएको छ । यी समस्याहरूले च्याटजीपीटी मात्र नभई ओपनएआईको भिडिओ तयार पार्ने टुल सोरा र एपीआई सेवामा समेत असर गरिरहेको छ ।
ओपनएआईले यस समस्याबारे अझै अनुसन्धान भइरहेको बताएको छ । सेवा अवरुद्ध हुनुको कारण के हो वा कहिले नियमित सेवा सञ्चालनमा आउँछ भन्ने बारेमा अझै स्पष्ट छैन ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १५:५५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १६ रनले विजयी भएको हो। नेपालले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा दुई सय २० रन बनाउँदा सबै विकेट गुमायो।
नेदरल्याण्ड्सका लागि विस्लि बरेसीले ३६, कप्तान स्कट एडवार्ड्सले ३० तथा माइकल लेभिटले २७ रन बनाए। नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका नन्दन यादव र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिए। यस्तै ललित राजवंशीले दुई तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले अर्धसतकीय पारी खेले। उनले ८५ बलमा ७ चौका र दुई छक्कासहित ८४ रन बनाए। यस्तै कप्तान रोहित पौडेल र भीम शार्कीले समान ३५ तथा कुशल भुर्तेलले १८ रन बनाए।
नेदरल्याण्ड्सका पौल भान मीकेरेनले ४ तथा माइकल लेभिटले ३ विकेट लिए। नेदरल्याण्ड्सले पेनाल्टीमार्फत १० रन प्राप्त गरेको थियो।
योसँगै तीन जित र एक हारसहित नेपालले त्रिकोणात्मक शृङ्खलाको अन्त्य गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई एक रनले हराएको थियो भने दास्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।
तेस्रो खेलमा स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।
सामाग्री श्रोत :
म्याग्दी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको व्यवस्था मिलाउन पहल गर्ने बताएका छन्।
चीन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दीखण्डको स्थलगत निरीक्षण तथा सरोकारवालासँग आज म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा भएको भेटघाटका क्रममा अध्यक्ष दाहालले निर्माणाधिन सडकलाई पूूर्णता दिन, पहिरो र नदी कटान रोकथाम गरी सुरक्षित बनाउन आफ्नो ध्यान गएको बताए।
रघुगङ्गा गाउँपालिका-२ बरखर्कको पहिरो निरीक्षणपछि अध्यक्ष दाहालले पहिरो रोकथाम र नियमित यातायात सञ्चालनका लागि वैकल्पिक सडक मार्गलाई स्तरोन्नति गर्न सदन र सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।
रघुगङ्गा गाउँपालिका-२ का पूर्ववडाध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रिमबहादुर कटुवालले वरखर्क पहिरोको वैकल्पिक गलेश्वर–बगैँचा–रानीपौवा–रिसिनचौतारी–बेगखोला सडक स्तरोन्नति गर्न सकेमा बर्खा याममा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गर्न सकिने मागपत्र अध्यक्ष दाहाललाई बुझाएका थिए।
यसैगरी अन्नपूर्ण गाउँपालिका-२ भुरूङ तातोपानीमा स्थानीयवासीका गुनासो सुुन्दै अध्यक्ष दाहालले म्याग्दीको भगवती, दोवालगायतका ठाउँका गुठी र सिमानासम्बन्धी समस्या समाधानमा पहल गर्ने बताए।
अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य समेत रहेका माओवादी केन्द्र अन्नपूर्ण गाउँ कमिटीका अध्यक्ष पूर्ण पाइजा र इञ्चार्ज बागवीर पाइजाले स्थानीय विकास निर्माणसँग सम्बन्धित मुद्दा सम्बोधनका लागि अध्यक्ष दाहाललाई मागपत्र बुझाएका थिए।
सामाग्री श्रोत :
बेनी–जोमसोम सडकका पहिरो रोकथाम र वैकल्पिक सडकलाई प्राथमिकता दिने प्रतिबद्धता