
काठमाडौँ । सञ्चारकर्मी दिलभुषण पाठक विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ (भिडिओ सामग्रीको युट्युब लिङ्क र अर्काइभ लिङ्क) सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि पाठकलाई पक्राउ गर्न अनुमति मागिएको थियो । सोही अनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको ब्युरो स्रोतले जनाएको छ । पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए । उक्त रिपोर्टमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो ।
साथै उनका बुबा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सेनेटरी प्याड र डायपर आयातमा कर छुट हुनेगरी नीतिगत हेरफेर गरिएको आरोप पनि लगाइएको थियो । प्रहरी स्रोतका अनुसार उक्त सामग्री ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले’ प्रसारण गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने तत्काल यस वियषमा प्रतिक्रिया नदिने बताए ।
सोही उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीको भनाइ छ । अहिले पत्रकार पाठककको फोन भने अफ छ । यही विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १२:३
सामाग्री श्रोत :
टेक पाना
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो
सामाग्री श्रोत :
नेपाललाइभ
१. संघीयता र स्वास्थ्य हकको प्रत्याभूति
नेपालले संविधान २०७२ जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अंगीकार गरेको छ। यस व्यवस्थाले शासन प्रणालीलाई तीन तहमा विभाजन गर्दै सेवा प्रवाह, स्रोत व्यवस्थापन र निर्णय प्रक्रियालाई विकेन्द्रित गरेको छ। स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रूपमा स्थापित छ र संविधानको धारा ३५ ले सबै नागरिकलाई गुणस्तरीय, सहज र निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेको छ। यसै सन्दर्भमा, स्थानीय सरकारहरूलाई आधारभुत स्वास्थ्य सेवा प्रवाहको प्रमुख उत्तरदायित्व प्रदान गरिएको छ।
२. स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको अवधारणा र संरचना
संघीयता कार्यान्वयनसँगै आधारभुत स्वास्थ्य सेवाको संचालन र व्यवस्थापन स्थानीय तहहरूमा केन्द्रित भएको छ। स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (एचएफओएमएसी) स्वास्थ्य संस्थाहरूको प्रभावकारी सञ्चालन, योजना निर्माण, स्रोत परिचालन, अनुगमन तथा मूल्याङ्कनको संयन्त्रका रूपमा स्थापना गरिएको छ।
समितिमा सात सदस्य र तीन आमन्त्रित सदस्यहरु रहने व्यवस्था छ। स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिमा स्थानीय तहका जनप्रतिनिधि प्रमुख संरक्षक, स्वास्थ्य संस्था रहेको वडाका वडा अध्यक्ष (अध्यक्ष), निर्वाचित महिला सदस्यमध्ये १ जना (उपाध्यक्ष), स्वास्थ्य चौकी रहेको विध्यालयका प्रमुख र प्राचार्यमध्येबाट १ जना महिला सदस्य, स्थानीय व्यापार संघको प्रतिनिधि १ जना सदस्य, समितिबाट मनोनित स्वास्थ्य क्षेत्रको जानकार महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट १ जना सदस्य, वडा कार्यालयका अधिकृत सदस्य र स्वास्थ्य संस्था प्रमुख सदस्य सचिव गरी सात जनाको समिति हुन्छ । यही समितिले नै गुणस्तर निर्धारण समितिको समेत काम गर्दछ । जसको बैठक कम्तिमा पनि ४ महिनामा १ पटक बस्नु पर्ने हुन्छ । आमन्त्रित सदस्यहरूमा दलित जनजातीबाट १ जना, अपांग, अशक्त वा जेष्ठ नागरिकहरु मध्येबाट १ जना र किशोरकिशोरीहरुको तर्फबाट १ जना गरी ३ जना सदस्य रहने व्यवस्था छ। यस संरचनाले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्छ।
३. स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अधिकार, कर्तव्य र कार्यक्षेत्र
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको मुख्य कार्य भनेको स्वास्थ्य संस्थाको सञ्चालन, सेवा योजना निर्माण, मानव संसाधन व्यवस्थापन, बजेट विनियोजनमा सल्लाह, औषधि व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, र गुनासो समाधान प्रक्रिया सञ्चालन गर्नु हो। यसले स्वास्थ्य संस्थाको समग्र कार्यक्षमता सुदृढ पार्न योगदान पुर्याउँछ।
यसका अतिरिक्त समितिले हरेक ६ महिनामा स्वास्थ्य संस्थाले उपयोग गर्नुपर्ने न्यूनतम सेवाको मापदण्ड र समितिको स्व–मूल्याङ्कन पनि गर्नु पर्दछ । न्यूनतम सेवाको मापदण्ड कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थाहरुले ८५ प्रतिशत भन्दा बढी अंक ल्याएर हरियो रंग भित्र पर्ने प्रयत्न गर्नु आवश्यक छ भने स्व–मूल्याङ्कनमा पनि स्वास्थ्य संस्थाहरुले हरेक खण्डहरुमा १३ अंक भन्दा बढी ल्याएर संस्थालाई राम्रो अवस्थामा राख्नु पर्दछ । समितिको स्व–मूल्याङ्कनमा संस्थागत क्षमता र सशक्तिकरण, स्वास्थ्य संस्था व्यवस्थापन र स्वास्थ्य सेवाको अवस्था गरी तीन खण्डमा ५२ सूचकहरू समावेश गरिएका छन्। समितिको मासिक बैठक अनिवार्य छ, र कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए बैठक बस्न सकिँदैन।
४. कानुनी र नीतिगत आधार
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको कार्य सञ्चालन संविधान र अन्य कानुनी दस्तावेजहरूको आधारमा गरिन्छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, जनस्वास्थ्य सेवा ऐन, २०७५, र स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति कार्यविधि, २०७५ यी सबैले समितिको संरचना, अधिकार, कार्यदिशा र उत्तरदायित्व निर्धारण गरेका छन्। २०७० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तत्कालीन संघीय मामिला मन्त्रालयबीच स्थानीय स्वास्थ्य सुदृढीकरण सम्बन्धी सहमति समेत यसको आधारभूत मार्गचित्र हो।
५. हालको अवस्था र सामना गरिएका प्रमुख चुनौतीहरू
हाल देशभरका अधिकांश स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिहरू सक्रिय रहेको देखिए पनि तीनको प्रभावकारिता समानरूपमा देखिँदैन। कतिपय समितिहरूले नियमित बैठक बस्न सक्दैनन्। सदस्यहरूको क्षमता विकासमा न्यून ध्यान दिइएकोले योजना निर्माण र सेवा अनुगमन प्रभावकारी हुन सकेको छैन। गुनासो समाधान प्रणाली, सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण लगायत पारदर्शिता अभिवृद्धिका संयन्त्रहरू कमजोर छन्।
यस्तै, बजेटको अभाव, स्रोतसाधन परिचालनमा कठिनाइ, प्राविधिक जनशक्तिको न्यूनता, र पालिका–स्वास्थ्य संस्था बीचको समन्वयमा कमी जस्ता संरचनागत र प्रणालीगत कमजोरीले HFOMC को भूमिका कमजोर बनाएको छ।
६. सुधारका अवसरहरू र रणनीतिक पहल
यद्यपि, स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सशक्तिकरणका लागि पर्याप्त अवसरहरू छन्। पहिलो, समितिका सबै सदस्यहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम सञ्चालन गरिनुपर्छ। योजना निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक स्वास्थ्य नीति, डिजिटल रिपोर्टिङ र सामाजिक उत्तरदायित्वका विषयमा व्यावसायिक तालिम आवश्यक छ।
दोस्रो, समितिले स्थानीय सरकारको वार्षिक स्वास्थ्य योजना निर्माणमा सशक्त भूमिका खेल्नुपर्छ। सेवा माग, उपलब्ध स्रोत, जोखिम समुह र स्वास्थ्य अवस्थाको आधारमा नतिजामुखी योजना बनाउनुपर्ने आवश्यकता छ। तेस्रो, स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिहरूले डिजिटल प्रविधिको प्रयोग (जस्तै ई-एचआईएमएस, डीएचआईसी-II, तालिका प्रणाली) गरेर सेवा प्रवाह र गुनासो व्यवस्थापनमा सुधार ल्याउन सक्नेछन्।
यसैगरी, सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण, सेवा सन्तुष्टि सर्वेक्षण र नागरिक सहभागिता सुनिश्चित गरेर समितिलाई थप पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन सकिन्छ।
७. नीति सिफारिसहरू
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सशक्त बनाउनका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग सहकार्यमा तलका नीति सिफारिसहरू उपयोगी हुन सक्छन्:
• स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सदस्यहरूको लागि अनिवार्य क्षमता अभिवृद्धि तालिम
• समितिको कार्यसम्पादनको नियमित मूल्याङ्कन र प्रदर्शन आधारित प्रोत्साहन
• समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने कानुनी मार्गनिर्देशन
• बजेट विनियोजन प्रक्रिया पारदर्शी र न्यायोचित बनाउने प्रणाली विकास
• नागरिक सहभागिताका लागि सूचना संचार र सार्वजनिक सुनुवाइको प्रवर्द्धन
• सेवा गुणस्तर सुधारका लागि निगरानी संयन्त्र र डिजिटल उपकरणहरूको प्रयोग
यी सिफारिसहरूले स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई केवल सेवा व्यवस्थापक मात्र नभई स्थानीय स्तरमा सार्वजनिक स्वास्थ्य सुधारको नीतिगत संयन्त्रको रूपमा रूपान्तरण गर्न सक्नेछन्।
८. निष्कर्ष
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा सार्वजनिक स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधार हुन्। यिनीहरू सशक्त र सक्षम भए मात्र संविधानले प्रत्याभूत गरेको स्वास्थ्य हक, अधिकारको व्यवहारिक कार्यान्वयन सम्भव हुन्छ। समितिलाई रणनीतिक दृष्टिले सशक्त बनाउन सके, स्थानीय तहमा गुणस्तरीय, समावेशी र जनउत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ।
समितिको सशक्तिकरणमा लगानी गर्नु भनेको केवल संस्थागत सुधार होइन, दीर्घकालीन रूपमा स्वास्थ्य सेवा पहुँचमा रूपान्तरण ल्याउनु हो। त्यसैले, स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई आगामी वर्षहरूमा स्वास्थ्य प्रणाली सुधारको केन्द्रीय कडीको रूपमा हेर्नु आवश्यक छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । समाचार प्रकाशित गरेको आधारमा अनलाइनबाट समाचार डिलिट गर्न अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेको विषयमा नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। जिल्ला अदालत काठमाडौंले पछिल्लो पटक विजमाण्डु डटकम, नेपालखबर डटकममा प्रकाशित समाचार डिलिट गर्न अन्तरिम आदेश दिएको र टच टकमा समाचार प्रकाशित गरेको आधारमा पत्रकार दिलभूषण पाठकलाई प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको विषय प्रेस स्वतन्त्रता विरोधी भएको युनियनले जनाएको छ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन स्वतन्त्र न्यायालयको पक्षमा रहेको स्मरण गराउँदै अदातलले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरी समाचार डिलिट गर्न दिएको अन्तरिम आदेश संवैधानिक मर्म विपरित भएको जनाएका छन्।
न्यायिक प्रक्रियाबाट प्रेस स्वतन्त्रतामा असर पर्ने यस्ता प्रेस स्वतन्त्रता विरोधी आदेश सच्चिनु पर्छ भन्ने युनियनले अपेक्षा गरेको जनाएको छ। त्यसैगरी, पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी भएको घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपाल जान सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई नियमन गर्ने कानुन अनुसार नभई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पत्रकारलाई मुद्दा चलाउने कार्य घोर आपत्तिजनक छ,’ युनियनले जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ पुर्जी तत्काल फिर्ता लिन युनियन सम्बन्धित पक्षसँग आग्रह गर्दछ। ’
सञ्चार माध्यम र पत्रकारले पनि पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्छ भन्ने युनियनको मान्यता रहेको समेत युनियनले प्रष्ट पारेको छ। सञ्चार क्षेत्र र अदालतको गरिमा जोगाउनु हामी सबैको दायित्व रहेको बताउँदै त्रुटीहरुलाई सच्याउन स्वतन्त्र पे्रेसको मूल्य, मान्यतालाई आत्मसाथ गर्न युनियन सबै पक्षलाई आग्रह गरेको छ।
सामाग्री श्रोत :
समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता विरोधी : प्रेस युनियन
काठमाडौँ । चाङ्गन अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दीपल ईभीको डेलिभरी विश्वभर पाँच लाख युनिट पार गरेको छ । गएको मे महिनामा मात्र दीपलका २५ हजार पाँच ५२१ युटिन ईभी बिक्री भएका थिए । जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।
हाल दीपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडलको बिक्री वितरण भइरहेको छ । यसमध्यै दीपल ए०९ औपचारिक रूपमा गएको २२ मेमा सार्वजनिक भएको थियो ।
६ सिट भएको ठुलो आकारको एसयूभी दीपल एस०९ पाँच ओटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो ।
यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ । जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ । इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानारोमिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङ्क्सन पनि रहेको छ ।
साथै यसमा ह्वावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ । दीपलले यो वर्षको अन्त्यसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लूईडब्लूए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा इन्ड टु इन्ड लेटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
दीपलले आउँदो वर्ष चीनमा तीन सय ओटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दीपलले यो वर्ष युरोपमा प्रवेशमा पाएको छ ।
गत मेमा आयोजना भएको दीपल ब्रान्ड नाइटमा कम्पनीका सीईओ डेङ्ग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए । जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चाङ्गनले ३० ओटा नयाँ मोडेल सार्वजनिक गर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १३:२६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा।केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मुटुरोग विशेषज्ञ डा लक्ष्मण दुवे लामो गंगालाल अस्पतालमा काम गरिसकेपछि उपत्यकाबाहिर सेवा दिन पुगेका हुन्। हाल बुटवलको क्रिमसन अस्पतालमा मुटुरोग विशेषज्ञका रुपमा कार्यरत उनले मुटु रोग सेवा उपत्यकाबाहिर फैलाउन योगदान गरेका छन्। बिगत ८ वर्षदेखि त्यहाँ बसेर उनले सेवा दिइरहेका छन्। उपत्यका बाहिरका बिरामी, रोग र उपचारलाई लिएर उनको अनुभूति यसप्रकार छ :
बुटवलमा क्याथल्याब सेवाको सुरुवात
मुटुरोगको उपचारका लागि प्रायः जुनसुकै भुगोलमा पनि समान खालका बिरामी आउने गर्छन्। काठमाडौंमा मुलुकभरबाट बिरामी आउने भएकोले धेरै किसिमका केशहरु आउने गर्थे। बुटवलमा करिब ८ वर्ष अगाडि मात्रै क्याथ ल्याब सेवाको सुरुवात गरिएको हो।
गंगालाल र भरतपुर अस्पतालमा धेरै किसिमका एन्जियोप्लाष्टी सर्जरी गरिसकेको अनुभवका आधारमा मैले क्याथ ल्याब सेवा बुटवलमा सुरु गरेको थिएँ।
हृदयाघात भएका बिरामीहरुलाई यही नै सेवा दिन सकेमा काठमाडौंसम्म पुग्दा ज्यान जाने जोखिमलाई त्यसले अन्त्य गर्न सहयोग गरेको छ।
तत्कालीन समयमा त्यहाँ क्याथ ल्याब सेवा नभएका कारण पनि मानिसहरु उपचारका लागि काठमाडौं जाने परिपाटी बसेको थियो। त्यसैले यहाँको मानिसहरुलाई मुटु उपचारमा विश्वास दिलाउन कठिन भएको थियो ।
काठमाडौंमा काम गरेर फर्किएको डाक्टर भएको थाहा पाउने बिरामीहरु भने काठमाडौं जान छोडिसक्नु भएको थियो। हाल बुटवल आएर करिब ८ वर्षमा मैले एन्जियोग्राफी, एन्जियोप्लास्टी र पेशमेकर गरी २ हजार भन्दा बढी शल्यक्रिया गरिसकेको छु। नतिजा राम्रै पनि आएको छ। जसले गर्दा बिरामीहरुले भरोसा समेत गर्न थालेका छन्।
उपत्यका र उपत्यका बाहिरमा फरक
बाइपास सर्जरी गर्नुपर्ने केसहरुलाई काठमाडौं रेफर गर्दै आएका छौं। त्यसबाहेक रक्तचाप, हृदयाघात भएका बिरामीहरुलाई भने यही उपचार दिँदै आएका छौं। यद्यपि बाइपास सर्जरीका लागि पहल भने गरिरहेका छौं । यही नै उक्त सेवा सुरु गर्न सकिएमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गराउन सकिन्थ्यो।
हाम्रो अस्पतालमा दुर्गम क्षेत्रका बिरामीहरु उपचारका लागि आउने गर्छन्। यहाँ प्रायः दाङ, प्युठान, अर्घाखाँची, गुल्मी लगायतका जिल्लाबाट बढी मात्रामा बिरामी आउने गर्छन्।
पहाड र दुर्गम क्षेत्रबाट आएका बिरामीहरु यहीँ उपचार गराउन पाउँदा खुसी र प्रफुल्ल हुन्छन्। तर यहाँका केही स्थानीय मानिसहरु भने काठमाडौं धाउने गरेको पाइन्छ। त्यस्तो हुँदा पनि यहीँ उपचार गराउने बिरामीको संख्या बढी छ । करिब ९० प्रतिशत बिरामीहरु यहीँ नै उपचार गराउँदै आएका छन्।
कतिपय बिरामीलाई काठमाडौं जान इच्छुक भए जानुस् भन्दा ‘तपाईंजस्तो डाक्टर छोडेर हामी किन काठमाडौं जाने?’ पनि भन्नु हुन्छ। जुन मैले यो ८ वर्षमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी हो।
बिरामीको यही जवाफबाट हामीले राम्रै गरिरहेको महशुुस हुन्छ। यद्यपि अझै पनि मुटु रोगप्रतिको सचेतना भने मानिसहरुमा एकदमै कम भएको पाइएको छ। यहाँ कतिपय बिरामीहरु हृदयाघात भएको २–३ दिनपछि मात्रै अस्पताल आइपुग्ने गर्छन् । बिरामीहरु सुरुवाती अवस्थामा ग्यास्ट्रिक वा साधारण दुखाइ भन्दै अस्पताल आउँदैनन्। शिक्षितहरु समेत समयमा नै अस्पताल आउँदैनन्।
एक मुटु रोग विशेषज्ञका रुपमा दिनुपर्ने सबै सेवा दिन खासै ठूलो चुनौतीको सामना गर्नुपरेको स्थिती छैन। कतिपय बिरामीहरुले अस्पताल भर्ना भएको २४ घन्टामै निको नहुने त्राससहित भन्नुहुन्छ– यहाँ निको नहुने भए काठमाडौं लैजानुपर्यो? कतिपय यहीँ निको हुने बिरामी पनि हाम्रो सेवालाई विश्वास नगरेर काठमाडौं लैजाँदा भने दुःख लाग्छ। कतिपय अवस्थामा बाइपास सर्जरी नभएकोले पनि बिरामी रेफर गर्नुपर्ने अवस्था आउँछ। यी केस बाहेकका समस्या भने भोग्नुपरेको छैन।
यहाँ मुटुरोग विभाग मेरो पहिलोपटक नेतृत्वमा सञ्चालन गरिएको थियो। यहाँ कार्डिलोजिष्ट र मुटु विभागमा मेडिकल अफिसर भने कार्यरत छन्।
नेपालमा मुटु रोगको अवस्था
पश्चिमा देशहरुमा मुटु रोगका बिरामीहरुको संख्या घट्दै गएपनि नेपालजस्तो विकासोन्मुख मुलुकहरुमा मुटुरोग बढ्दोे छ।
मुटु रोगको प्रमुख कारक जीवनशैली पनि हो । विकसित मुलुकका मानिसहरु बढी सजग भएका कारण पनि मुटुरोगका कारण हुने मृत्यु घट्दै गएको हो।
नियमित स्वास्थ्य परीक्षण तथा समयमै उपचारका कारण पनि मुटुका रोगका कारण हुने मृत्युदर घट्दै गएको हो।
नेपालीहरुमा पछिल्लो समय शारीरिक व्यायामको कमी हुँदै गएको छ। जसले नेपालमा मुटुरोगीहरुको संख्या बढाउन भूमिका खेलिरहेको छ। त्यस्तै अत्याधिक मात्रामा प्रशोधित खानेकुराको सेवन,हरियो सागसब्जी तथा फलफूलको कम खानु, बढ्दो मानसिक तनाव लगायतका विभिन्न कारक तत्वहरुका कारण नेपालमा मुटु रोगीहरुको संख्या बढ्दो अवस्थामा रहेको हो।
मुटु रोग लाग्न सक्ने अन्य कारणहरु जस्तै हाइपरटेन्सन, डायबिटिजका समस्याहरु पनि पछिल्लो समय बढिरहेको छ।
रोकथाम
मुटु रोगको रोकथामका लागि जीवनशैली परिवर्तन आवश्यक छ । दैनिक १ देखि आधा घन्टा कम्तीमा हिँड्ने, प्रशोधित खानेकुराको सेवन कम गर्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सागसब्जी तथा फलफूलको सेवन गर्ने, नियमित व्यायाम गर्न तथा नियमित स्वास्थ्य परीक्षण गराउन सकेमा मुटुरोग लाग्ने जोखिमलाई कम गर्न सकिन्छ।
ग्रामीण क्षेत्रमा समयमा नै उपचार जाने परिपाटी नहुँदा मुटु रोगका कारण मृत्यु हुने बिरामीको संख्या उच्च रहेको छ । काठमाडौंमा देशैभरिबाट बिरामी आउने भएकोले संख्या बढी भएपनि उपत्यका बाहिर पनि बिरामीको चाप उस्तै रहेको छ।
अहिले ३० –३५ वर्षमै पनि हृदयाघात भएर आउने बिरामीहरु धेरै छन्। म आफैंले महिनामा ३,४ वटा यस्ता केशहरुको शल्यक्रिया गर्दै आइरहेको छु । यस्तो अवस्थामा ज्यादै नै दुख लाग्छ । काठमाडौं बाहिरको अवस्था यस्तो हुँदा रेफरल सेन्टरका रुपमा काम गरिरहेका गंगालाल जस्तो अस्पतालको अवस्था कस्तो होला? वंशाणुगत रुपमा मुटु रोगको समस्या भएका बिरामीहरुले नियमित रुपमा मुटुको परीक्षण गराउन आवश्यक छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । तीनकुनेमा राजावादी आन्दोलनका क्रममा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले सहयोग रकम हस्तान्तरण गरेको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेस राज वास्तोलाको संयोजनमा पोर्चुगलको लिजवनबाट उपलब्ध सहयोग रकम बुधबार हस्तान्तरण गरेका हुन्।
सुवेदीलगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार ४ सय रूपैयाँ हस्तान्तरण गरेका हुन्। उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीले उपलब्ध गराएका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । एप्पलले सोमबार आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा आईओएस २६, वाचओएस २६ देखि केही नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचरहरू घोषणा गर्यो । तर, यस घोषणासँगै प्रतिस्पर्धी सामसङले एप्पललाई गिज्याएको छ ।
एप्पलले अहिले ल्याएका फिचर आफ्ना डिभाइसमा पहिलेदेखि नै रहेको भन्दै सामसङ मोबाइलको अमेरिकी शाखाले सामाजिक सञ्जाल एक्समा एकपछि अर्को पोस्ट राखेको छ ।
एप्पलका अपरेटिङ सिस्टमहरूमा यूआई रिडिजाइन भएपछि सामसङले पहिलो पटक यो बहस सुरु गरेको थियो । एप कस्टमाइजेसनको विकल्प, फ्लोटिङ बार, स्लिक ग्लास यूआई आफूले पहिल्यै उपलब्ध गराएको सामसङको संकेत छ ।
त्यसपछि सामसङले लाइभ ट्रान्सलेसन (प्रत्यक्ष अनुवाद) फिचरबारे पनि एप्पललाई गिज्यायो । उसले आफ्ना ग्यालेक्सी डिभाइसहरूमा टेक्स्ट र स्पिचलाई वास्तविक समयमा अनुवाद गर्ने सुविधा धेरै समयदेखि उपलब्ध रहेको बताएको छ ।
एप्पल वाचका लागि प्रस्तुत गरिएका एआई सुविधाहरू पनि सामसङको खिल्लीबाट उम्कन सकेनन् । सामसङले एप्पलले भर्खरै ल्याएका यी एआई सुविधाहरू आफ्ना उत्पादनमा पहिलेदेखि नै रहेको भन्दै एप्पलको मजाक उडाएको हो ।
स्मार्टफोन निर्माताहरूबिच यसरी एक-अर्कालाई गिज्याउनु सामान्य नै हो । एप्पलले पनि कहिलेकाहीँ यसो गर्छ । तर यसपटक सामसङले एकपछि अर्को व्यङ्ग्य गरेको छ । जे होस्, यसले प्रविधिप्रेमीहरूलाई भने केही मनोरञ्जन दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ ११:५६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– रास्वपाको प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा जारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहमतिका लागि पाँच बुँदे प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन्।
रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन्।
बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन्।
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ