
काठमाडौं- सुदूरपश्चिम प्रदेश स्वास्थ्य बजेट अंकमा निर्धारण गरिएको छैन। स्वास्थ्यका हरेक शिर्षकामा `आवश्यक´ विनियोजन गरेको उल्लेख छ।
सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् ।
थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरको बजेट ल्याएका छन् । चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ ।
यस्तो छ स्वास्थ्यको बजेट
सामाग्री श्रोत :
swasthyakhabar
वालिङ (स्याङ्जा)। स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।
वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आइरहेको छ ।
विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिए। नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा रु एक लाख उपलब्ध गराएको थियो भने चालु शैक्षिक वर्षका लागि रु एक लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उनले बताए ।
सरकारले कक्षा १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ उपलब्ध गराउँदै आएको छ । कक्षा १–८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको उनले बताए ।“विद्यालयसँगै जोडिएको स्थानीयको तीन रोपनी जग्गा भाडामा लिएर शिक्षक विद्यार्थी मिलेर मौसमी तथा बेमौसमी जातका तरकारी उत्पादन गर्दै आएका छौँ” उनले भने, “यहाँ उत्पादन भएको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्छौँं ।”
दिवा खाजामा प्रयोग गरेर रहेको उत्पादनलाई बिक्री गरी चामल, चना लगायतका अन्य खाद्यान्न विद्यालयले खरिद गर्दै आएको छ । कक्षा ६, ७, ८ का विद्यार्थी र शिक्षकहरुले कक्षा खाली भएका बेला, बिदाका दिनमा सामूहिकरुपमा करेसाबारीमा तरकारी लगाउन सिक्ने गरेका छन् ।
मलखाद बोक्ने, खनजोत गर्ने अथवा भारी कामका लागि कामदार खोज्ने र हल्का काम शिक्षक विद्यार्थीबाट हुने गरेको छ । करेसाबारीमा टनेलभित्र र बाहिर गरी मौसमी र बेमौसमी तरकारी अन्तरगत करेला, घिरौँला, काँक्रा, खुर्सानी, गोलभेडा, काउली, बन्दा, आलु, प्याज, लसुन उत्पादन गर्दै आएको छ ।
विद्यालयले गत शैक्षिक सत्र २०८१ मा रु ८० हजारको गोलभेडा लगायतका तरकारी बिक्री गरेर आम्दानीसमेत गर्न सफल भएको उनले बताए। यसवर्ष दिवा खाजामा प्रयोग गर्न मिल्ने खालका तरकारीसँगै व्यावसायिकरुपमा अकबरे खेती गरिएको छ । अहिले विद्यालयको करेसाबारीमा एक हजार बोट अकबरे खुर्सानी लगाइएको छ ।
विद्यार्थीले पढाईसँगै दैनिक जीवनमा प्रयोग हुने ज्ञान सीप विद्यालयमै सामूहिकरुपमा सिक्न पाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खाण ठकुरीले बताए । “विद्यालयमा सिकेको सीप आफ्नो घरमा आएर पनि प्रयोग गर्न विद्यार्थीहरु सक्ने भएका छन्” उनले भने, “यसबाट विद्यार्थी तथा अभिभावकहरुमा सकारात्मक सन्देश गएको छ, सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको छ ।”ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा ७६ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।
सामाग्री श्रोत :
काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति लिएर मात्र तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न सरोकारवालालाई सूचित गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले सेलुलर/मोबाइल, माइक्रोवेब र स्याटलाइट सेवाका लागि बाँडफाँट गरिएका फ्रिक्वेन्सीहरू अनुमति प्राप्त गरेर तोकिएको रेन्जभित्र मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।
“दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० मा सेलुलर/मोबाइल सेवा, माइक्रोवेब सेवा र स्याटेलाइट सेवामा प्रयोग गर्नका लागि बाँडफाँट (Allocation) गरिएका फ्रिक्वेन्सी प्रयोग गर्नुपर्दा प्रयोगको अनुमति लिएर अनुमति प्राप्त रेन्जभित्र मात्र उपरोक्त फ्रिक्वेन्सीको प्रयोग गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” प्राधिकरणले भनेको छ ।
बजारमा अनुमति नलिई तथा अनुमति पाएको भन्दा फरक प्रयोजनका लागि फ्रिक्वेन्सी प्रयोग गर्ने क्रम बढेको गुनासोपछि प्राधिकरणले यस्तो सूचना जारी गरेको हो । अवैध रूपमा इन्टरनेट सेवा प्रदान गर्न माइक्रोवेब उपकरणको प्रयोग गर्नेदेखि विदेशी स्याटलाइट सेवा प्रदायकहरूले अनुमति बिना नेपालमा आफ्नो सेवा विस्तार गर्ने तथा व्यक्तिगत वा संगठनात्मक प्रयोजनका लागि अनुमति बिना वाकी-टकी वा अन्य सञ्चार उपकरण प्रयोग गर्ने गरेको गुनासो बेलाबेला आउने गरेका गरेका छन् ।
कसैले अनुमति बिना वा गलत तरिकाले फ्रिक्वेन्सी प्रयोग गर्दा अनुमति लिएर सञ्चालनमा रहेका अन्य सेवाहरूमा असर पुग्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् । यसबाट मोबाइल नेटवर्कमा कल काटिने, इन्टरनेट स्लो हुने वा स्याटलाइट टिभीको सिग्नलमा समस्या आउन सक्छ । अर्कोतर्फ अनुमति बिना फ्रिक्वेन्सी प्रयोग गर्दा राज्यले राजस्वसमेत गुमाउपर्ने अवस्था आउने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ ८:१५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिनेछन् ।
यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सुर्खेत- कर्णाली प्रदेश सरकारले मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। राति १२ बज्नै लाग्दा सुरु भएको बजेटमा स्वास्थ्य प्राथमिकतामा परेको छैन।
सुर्खेत प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान १० करोड ५० लाख दिइएको छ। स्वास्थ्य स्यंसेविकाको प्रोत्साहन भत्ता वृद्धि १२ हजार पुर्याइएको छ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको हो।
कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन भएको छ।
यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १.८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बताए।
यस्तो छ बजेट
सामाग्री श्रोत :
swasthyakhabar
तेल अभिब। गाजामा हमास बिरूद्धको हमलापछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ। पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो। जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन्।
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो बैबाहिक कार्यक्रम रोकिएको छ।
र, केही दिनअघि पनि इजरायली प्रधानमन्त्री र उनको परिवारको निकै आलोचना भएको थियो। नेतान्याहु र उनको परिवारका केही तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा उनीहरू सबै छुट्टीको मुडमा देखिएका थिए जबकी देश युद्धको चपेटामा परिरहेको छ।
गाजामा एकातिर इजरायली नागरिक अझै पनि बन्धकमा छन् भन्ने धेरैले उनीहरूले छुट्टी मनाएको भन्दै तिब्र आलोचना गरेका थिए तर अर्कोतर्फ इजरायली प्रधानमन्त्रीले आफ्नो परिवारसँग छुट्टी मनाउँदै छन्।
उही समयमा जब नेतान्याहु परिवारले छोराका विवाह समारोहको तयारी गरिरहेको थियो, इजरायलले गत शुक्रबार इरानमा आक्रमण गर्यो। जवाफमा, इरानले पनि सयौं ड्रोन र मिसाइलले राजधानी तेल अभिव, जेरूसलम र हाफिजालगायतमा बिनाशकारी हमला गरेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । डेनमार्क सरकारले माइक्रोसफ्ट अफिसजस्ता अमेरिकी प्रविधिहरूको प्रयोग घटाउने र सट्टामा ओपन-सोर्स सफ्टवेयर ‘लिब्रे अफिस’तर्फ जाने निर्णय गरेको छ । त्यहाँकी डिजिटलाइजेसन मन्त्री क्यारोलिन स्टेजले यो निर्णयको मुख्य कारण ‘डिजिटल सार्वभौमिकता’ भएको बताएकी छन् ।
आफ्नो डेटा, प्रविधि र पूर्वाधारमा बाह्य हस्तक्षेप बिना नियन्त्रण राख्न सक्ने अवस्था नै डिजिटल सार्वभौमिकता हो । युरोपेली युनियन (ईयू)मा हालै डिजिटल सार्वभौमिकता ठुलो चासोको विषय बनेको छ । ईयूका नेताहरू अमेरिकी प्रविधि कम्पनीहरूमा अत्यधिक निर्भरता घटाउन चाहन्छन् । उनीहरूको चिन्ता छ- कसले युरोपको डेटा नियन्त्रण गर्छ ? कसले नियम बनाउँछ ? अनि यदि कुनै राजनीतिक तनाव आयो भने कसरी सेवा बन्द हुन सक्छ ?
उदाहरणका लागि, जब अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्यो, त्यसपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आईसीसीमाथि प्रतिबन्ध लगाए । यस क्रममा माइक्रोसफ्टले आईसीसीका प्रमुख अभियोजक करिम खानको ईमेल बन्द गरेको भनिएको छ । यद्यपि माइक्रोसफ्टले आफू संलग्न नरहेको दाबी गरेको छ, तर उसलाई भविष्यमा यस्तो डर भने कायमै हुनेछ ।
डेनमार्कका दुई ठुला सहर कोपेनहेगन र आर्हसले पहिले नै माइक्रोसफ्टका सफ्टवेयर र क्लाउड सेवा क्रमशः हटाउने योजना सार्वजनिक गरेका थिए । कोपेनहेगन अडिट कमिटीका अध्यक्ष हेन्ड्रिक एपेल एस्पेर्सेनले भनेका छन्, “राजनीतिक कारणले हामीले ईमेल पठाउन नपाउने स्थिति आयो भने त्यो ठुलो समस्या हो ।”
माइक्रोसफ्टको लाइसेन्स खरिद खर्च २०१८ मा ३१३ मिलियन क्रोनर थियो भने २०२३ मा ५३८ मिलियन क्रोनर पुगेको छ, जुन झन्डै ७२ प्रतिशत बढी हो ।
डेनमार्कका आपतकालीन मामिलामन्त्री टोर्स्टन स्याक पेडरसनले अमेरिकी क्लाउड सेवाबाट निर्भरता हटाउन र डेटा स्वामित्व मजबुत बनाउन सल्लाह दिएका छन् । उनले भनेका छन्, “सबै निकायले क्लाउड सेवाबाट बाहिरिने योजना बनाउनु पर्छ ।”
त्यस्तै नेदरल्यान्डका युरोपेली सांसद बार्ट ग्रोथुइसले युरोपले अब आफ्नै क्लाउड सेवा बनाउनु पर्छ भनेर सुझाव दिएका छन् । उनका अनुसार युरोपलाई अमेरिकी क्लाउडसँग समस्या छ ।
तर डेनमार्कजस्तो डिजिटलरूपमा विकसित राष्ट्रका लागि माइक्रोसफ्टबाट छुट्टिनु सजिलो छैन । तर ओपन-सोर्स सफ्टवेयर तर्फको यो यात्रा सुरुवात गरिनु आफैँमा साहसिक निर्णय भएको विश्लेष गरिएको छ ।
–जेडडी नेटको सहयोगमा
पछिल्लो अध्यावधिक: असार २, २०८२ ७:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । हिजोबाट शुरू भएको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै सुरुवात गर्न लागेको हो ।
खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ । नेपालको भने यो पहिलो खेल हो ।
हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी–२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको हो । लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जीत निकालेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानीमा टी–२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ । लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन् ।
उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन् । किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको आशनमा उभिएर गरिएको बिरोधका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
संघीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन्।
यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
सामाग्री श्रोत :
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।
सामाग्री श्रोत :