
एजेन्सी– अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र १८ वर्षीय पुरुष र ८ महिनाको बच्चासमेत रहेका समाचारहरूमा जनाइएको छ।
राज्यको वेस्ट भ्याली सिटीमा आयोजित मेला वेस्टफेस्टका क्रममा गोलीबारी भएको रोयटर्सले जनाएको छ। घटनामा दुई किशोर पनि घाइते भएका छन्। घाइते किशोरहरू १७ र १५ वर्षका छन्। घाइते भएका किशोरहरूको हातमा गोली गालेको छ।
घटना आइतबार राति स्थानीय समयअनुसार ९ः२० बजे भएको बताइएको छ।
वेस्ट भ्याली सिटी प्रहरीका अनुसार राति ९ः२० बजे दुई समूहबिच झगडा भएको थियो। प्रहरी हस्तक्षेप गर्न आइपुग्दा एक किशोरले पेस्तोल निकालेर गोली चलाएका थिए। जवाफमा एक प्रहरीले पनि गोली चलाएका थिए। तर प्रहरीको गोली ती किशोरलाई लागेन। र पछि अभियुक्तलाई हिरासतमा प्रहरीले हिरासतमा लिएको थियो।
यी किशोरीहरू को हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाका प्रत्यक्षदर्शीलाई अगाडि आउन र घटनाको विवरण दिन प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडाैं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्।
आज परराष्ट्र मन्त्रालयमा मन्त्री डा राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।
त्यस अवसरमा मन्त्री डा राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन्। त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरु सुरक्षित रहेका जानकारी गराएका थिए।
आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो। पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन्।
मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो।
सामाग्री श्रोत :
इजरायलमा रहेका नेपालीको अवस्था कस्तो छ? इजरायली राजदूतद्वारा परराष्ट्रमन्त्रीलाई ब्रिफिङ
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारिएको हो ।
‘युवालाई स्वदेशमै रोजगार-समृद्ध प्रदेशको बलियो आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै यस किसिमको कार्यक्रम सञ्चालन गरिने प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताए । उनका अनुसार यो कार्यक्रम सञ्चालन गर्न बागमती प्रदेशका १३ ओटै जिल्लाहरूमा स्टार्टअप, इन्क्युवेसन सेन्टर तथा कोसेली घरको स्थापना गरी प्रविधि हस्तान्तरण गरिनेछ ।
साथै उद्योग तथा वाणिज्य कार्यालयहरूबाट प्रवाह हुने उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी सेवालाई थप सरल, छिटो, प्रविधिमैत्री बनाई विद्युतीय प्रणाली मार्फत सञ्चालन गर्न सबै उद्योग तथा वाणिज्य कार्यालयहरूलाई क्रमशः नमुना कार्यालयको रूपमा विकास गर्ने नीति समेत प्रदेश सरकारले लिएको छ ।
जसअनुसार आगामी आर्थिक वर्ष सिन्धुली, भक्तपुर, काभ्रेपलान्चोक र रामेछाप जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयहरूलाई नमुना कार्यालयको रूपमा विकास गर्न बजेट छुट्याइएको छ । समग्रमा प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १४:४३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको हो ।
उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ । सोमबार बिहान उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सम्पर्कविहीन भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । इजरायल र इरानबीचको युद्ध अहिले तीव्र भएको छ र दुवै देशले एकअर्कामाथि भयंकर हवाई आक्रमण गरिरहेका छन्। इजरायलले लक्षित आक्रमणमा इरानका शीर्ष सैन्य कमाण्डरहरू सहित धेरै आणविक वैज्ञानिकहरूको हत्या गरेको छ।
यति मात्र होइन इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी पनि इजरायलको निशानामा थिए, तर अन्तिम समयमा अमेरिकाले भिटो गरेपछि उनलाई मार्ने योजना स्थगित गरिएको थियो। यदि इजरायलले खामेनीलाई मारेको भए, यो युद्धले सम्पूर्ण विश्वलाई असर गर्न सक्थ्यो।
इजरायलको आक्रमणमा इरानको आणविक स्थल, तेल भण्डार र धेरै महत्त्वपूर्ण क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। इरानमा ४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् भने इजरायलले प्रतिशोधात्मक कारबाहीमा धेरै कम क्षति भोगेको छ।
तर इजरायलले खामेनीलाई लक्षित गरेर विनाशकारी कदम चाल्न सक्थ्यो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेप पछि रोकिएको छ। इरानले अहिलेसम्म कुनै पनि अमेरिकी आधार वा नागरिकलाई प्रत्यक्ष रूपमा हानि पुर्याएको छैन भन्ने कुरामा अमेरिका स्पष्ट रूपमा विश्वास गर्छ । यस्तो अवस्थामा इरानको राजनीतिक नेतृत्वलाई लक्षित गर्नु युद्धलाई उक्साउनु जस्तै हुनेछ।
यसबाहेक, अमेरिकाले खामेनीको हत्या गर्ने योजनालाई पनि भिटो गर्यो किनभने यसले सम्पूर्ण मध्यपूर्वमा ठूलो मात्रामा युद्ध निम्त्याउन सक्थ्यो। धेरै खाडी देशहरूमा अमेरिकी सैन्य अड्डाहरू भएकाले अमेरिकाले पनि क्षति बेहोर्नुपर्थ्यो। खामेनीको हत्यापछि, इरानबाट भयंकर बदलाको सम्भावना थियो, जसमा इजरायल, अमेरिकी अड्डाहरू र मध्यपूर्वमा रहेका अमेरिकी जहाजहरूलाई ब्यालिस्टिक क्षेप्यास्त्रले लक्षित गर्न सकिन्थ्यो।
ट्रम्प प्रशासनले संकेत गरेझैं अमेरिका अझै पनि इरानसँगको आणविक सम्झौता पुनर्जीवित गर्ने आशा राख्छ। इरानका सर्वोच्च नेता खामेनीको हत्याले यो सम्भावनालाई पूर्ण रूपमा नष्ट गर्न सक्छ। इरानमाथि आणविक अप्रसार सन्धि उल्लङ्घन गरेको आरोप लागे पनि ट्रम्पले सैन्य दबाबको सट्टा कूटनीतिक बाटो खोज्न जोड दिइरहेका छन्। यसका साथै, खामेनीको हत्याले इरानका समर्थक रूस र चीनसँग तनाव बढाउन सक्छ। अमेरिका यो द्वन्द्वलाई रूस र चीनको प्रत्यक्ष हस्तक्षेप सहितको प्रमुख भूराजनीतिक टकरावमा परिणत हुन दिन चाहँदैन।
अमेरिकाले भिटो लगाएर इजरायललाई खामेनीको हत्या गर्नबाट रोकेको भएपनि इरानमाथि आक्रमण जारी छ र इजरायल आणविक वैज्ञानिक र सैन्य कमाण्डरहरूलाई लक्षित गरेर इरानको ढाड भाँच्न चाहन्छ। इजरायलले अहिलेसम्म हिजबुल्लाह जस्ता इरानका समर्थकहरूलाई आक्रमण गर्दै आएको छ, तर हालैका कथनहरूले संकेत गर्दछ कि यसको ध्यान अब सिधै इरानी शासनमा केन्द्रित छ।
अब इजरायल ‘लेबनान मोडेल’ अपनाउने दिशामा अघि बढिरहेको छ, जसमा पहिले नै खतरा हटाउने (निवारक हमला) समावेश छ। हालैका आक्रमणहरूमा, इजरायलले १०० भन्दा बढी इरानी आधारहरू, मिसाइल प्रक्षेपण प्याडहरू र वायु रक्षा प्रणालीहरू नष्ट गरेको छ। इजरायलको इरानमाथिको सटीक आक्रमण भविष्यमा पनि जारी रहनेछ र निवारक रक्षा रणनीति अन्तर्गत, यसले इरानको आणविक आधारहरू र सैन्य नेतृत्वलाई लक्षित गर्न जारी राख्नेछ।
यस बाहेक, इजरायलले युद्धमा गुप्तचर एजेन्सी मोसाद र साइबर युद्ध प्रयोग गर्नेछ। नातान्जमा हालै भएको आक्रमण यसको उदाहरण हो। इजरायलले अमेरिकाबाट उन्नत हतियार प्रणाली र गुप्तचर प्राप्त गरिरहेको छ, तर ट्रम्पको नीतिका कारण यसले आफ्नो निर्णयहरूमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ, जस्तै खामेनीको हत्या गर्ने योजनामा भएको थियो।
इजरायलको ध्यान इरानी शासनलाई कमजोर पार्नमा छ र यो अवधिमा आम जनतालाई सकेसम्म कम क्षति होस् भन्ने कुरा सुनिश्चित गर्न प्रयासरत छ। युद्धको कूटनीतिक पक्षलाई ध्यानमा राख्दै, इजरायलले आफ्नो क्षेत्रीय गठबन्धनलाई बलियो बनाइरहेको छ। इजरायलले आफ्ना सहयोगीहरू, विशेष गरी अमेरिका र केही अरब देशहरूसँग मिलेर इरानको प्रभाव कम गर्ने रणनीतिमा काम गरिरहेको छ।
सामाग्री श्रोत :
डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खामेनीलाई इजरायलको आक्रमणमा मारिनबाट बचाए
काठमाडौँ । साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा रिट निवेदन दिएका छन् । आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन् ।
गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाइएको निवेदनमा सुनुवाइका लागि सोमबार न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ ।
पाठकले सञ्चालन गर्दै आएको युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट सार्वजनिक गरिएको थियो ।
उक्त सामग्रीमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको छ । रिपोर्ट ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको’ भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको हो ।
उक्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो । यता पाठक भने सो समाचार सार्वजनिक भएयता सार्वजनिक रूपमा देखिएका छैनन् ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १३:३४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन् ।
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित शहिद रितबहादुर खड्का प्रतापको १३औं स्मृति कार्यक्रममा श्रेष्ठले बिभिन्न कारणले शान्तिप्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाइ भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका हुन् ।
त्यस्तै उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरि सुशासन कायम नगरेसम्म जनताको जिवन परिवर्तन हुन नसक्ने स्पष्ट पारे ।
माओवादी सरकारमा रहदा सुशासन कायम गर्ने निकै महत्त्वपूर्ण काम गरेको त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उनले बताए ।
श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको आरोप समेत लगाए । सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरु सल्वलाइरहेको उनले बताए ।
श्रेष्ठले अबको दुई वर्ष पुरै जनतासँगको अभियानमा केन्द्रित भएर निर्वाचनको तयारी गर्ने र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढेको धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी थिए।
हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यकाक साथ मनाउने तय गरिएको छ। दिवस मनाउन गत जेठ २९ गते शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले शिक्षामन्त्री पन्तको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै ६० दिने कम्प्युटर हार्डवेयर चिप लेबल तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक विकास विभागमार्फत १० जना शारीरिक अपाङ्गता भएका सहभागीहरूलाई गत वैशाख ३ गतेदेखि तालिम प्रदान गरिएको हो ।
आइतबार (असार १ गते) सम्पन्न तालिमको क्रममा सहभागीहरूले चार ओटा ल्यापटप र छ ओटा डेस्कटप मर्मत गरी पुनः सञ्चालनमा ल्याएका छन् । साथै, थप सात ओटा कम्प्युटरको समस्या पहिचान (फल्ट फाइन्डिङ) गरिएको छ ।
तालिमका सहायक प्रशिक्षक दुर्गामान तामाङका अनुसार बिग्रिएका ३० वटा कम्प्युटरमध्ये ८ वटा मर्मत भइसकेका छन् भने आवश्यक सामान फेरिएपछि थप सात ओटा कम्प्युटरसमेत सञ्चालनयोग्य हुनेछन् । मर्मतका क्रममा कुन सामान फेर्नुपर्ने हो भनेर टिपोट गरी कम्प्युटरमा टाँस्ने अभ्याससमेत गराइएको उनले जानकारी दिए ।
तालिममा सहभागीहरूलाई मदरबोर्ड रिपेयर, डीसी पावर, ब्याट्री चार्जिङ् सर्किट, पावर टेस्ट प्वाइन्ट, एडेप्टर र चार्जिङ्गमा देखिन सक्ने समस्या, विभिन्न प्रकारका कम्प्युटरहरूको रिपेयर प्रक्रिया, रिकभरी, हाइसाइड–लो साइड टेस्टिङ्, ल्यापटप एसेम्ब्लिङ्ग, फाइनल रिभिजनजस्ता सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
महानगरले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी यस्तो तालिम सञ्चालन गरेको यो तेस्रो वर्ष हो । अघिल्लो वर्ष आयोजित तालिममा सहभागीहरूलाई कम्प्युटर तथा प्रिन्टर मर्मतसम्बन्धी सीप प्रदान गरिएको थियो ।
पछिल्लो अध्यावधिक: असार २, २०८२ १२:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन्।
फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिएका हुन्।
यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ। गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।
मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ