२०८२ भाद्र १२ बिहीबार
LATEST NEWS
२०८२ भाद्र १२ बिहीबार

काठमाडौँ । गण्डकी प्रदेश सरकारले नागरिकको गुनासो तत्काल सम्बोधन गर्न हटलाइन सेवा तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

आइतबार प्रस्तुत चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत प्रदेश सरकारले नागरिकमैत्री शासनको अनुभूति दिलाउन भन्दै यस किसिमको कार्यक्रम अघि सारेको हो ।

प्रदेशको आर्थिक मामिला मन्त्री टकराज गुरुङले ‘समुन्नत प्रदेशः प्रभावकारी सार्वजनिक सेवा भन्ने नाराका साथ सार्वजनिक सेवा प्रवाहलाई छरितो, चुस्त र नतिजामुखी बनाइने बताए । 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १८:४२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– इजरायलले इरानको राजधानी तेहरानस्थित हवाई क्षेत्र आफूले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । यस्तै इरानका एक तिहाई मिसाइल लञ्चर पनि नष्ट गरेको इजरायलको दाबी छ ।

इजरायली सेनाका प्रवक्ताले गत साता गरिएको आक्रमणमा इरानका १२० भन्दा बढी मिसाइल लन्चर नष्ट गरेको बताएका छन् । उनका अनुसार इरानसँग भएका लञ्चरमध्ये यो संख्या एक तिहाइ हो । 

Ncell 2
Ncell 2

यस्तै इजरायलमाथि मिसाइल प्रहार गरेको केही मिनेटमै वायुसेनाले गएराति २० भचनुदा बढी विमानलाई पनि नष्ट गरिदिएको छ । 

यस्तै इरानको प्रमुख शहर इस्फहानमा एक सय भन्दा बढी सैन्य क्षेत्रलाई निशाना बनाइएको पनि इजरायलको दाबी छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रौतहट। सर्लाही जिल्ला अदालतबाट बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन्।

डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’शिर्षकमा मुद्दा दायर गरेको थियो।

सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरका अनुसार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो ।

बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चोधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पु‍र्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ । सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी दुईवटा मुद्दा यसअघि नै दायर गरेको थियो ।


सामाग्री श्रोत :

बागमतीका निलम्बित प्रमुख थापा ५० लाख धरौटीमा छुटे

काठमाडौँ । कर्णाली स्टार्टअप फन्ड र बिजिनेस इन्क्युवेसन सेन्टर स्थापना हुने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत कर्णाली प्रदेशको बजेट मार्फत यस्तो कार्यक्रम अघि सारिएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले प्रदेशमा नवीन सोच भएका युवालाई लक्षित गरी नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न यस किसिमको कार्यक्रम ल्याइएको बताए ।

यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तर कायम गरी बजारीकरणका लागि सहयोग र सहजीकरणमा समेत प्रदेश सरकारले नै सघाउने उनको भनाई थियो । यसका लागि दुई करोड रुपैयाँ बजेट छुट्याइएको छ । निजी क्षेत्रका रोजगारदाताको सहकार्यमा बजार मागमा आधारित उद्यमशीलता एवम् सीप विकास तालिम कार्यक्रम समेत सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश छ ।

यस्ता तालिमबाट उत्पादित जनशक्तिलाई प्रदेशभित्रै रोजगारीको वातावरण सृजना गरिनेछ । यो कार्यक्रमका लागि ३ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै प्रदेश सरकारले लगानीकर्ताहरूलाई प्रदेशमा रहेका लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानी निर्णय गर्न सघाउ पुर्‍याउन कर्णाली प्रदेश लगानी पोर्टल समेत विकास गर्नेछ ।

साथै प्रदेशमा लगानी योग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्व तयारी सहित आगामी आर्थिक वर्ष कर्णाली लगानी सम्मेलनको आयोजना गरिनेछ । 

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १७:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– भारत आइरहेको जर्मन ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी लुफ्थान्साको अवतरणको अनुमति नपाएपछि जर्मनी नै फर्किएको छ। 

फ्र्याङ्कफर्टबाट हैदरावाद आइरहेको लुफ्थान्साको फ्लाइट एलएच७५२ सोमबार बिहान हैदरावादको राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु पर्थ्यो। 

तर, बमको धम्की प्राप्त भएपछि विमानस्थलका अधिकारीहरूले विमानलाई अवतरणको अनुमति नदिएको र उडान फ्र्याङ्कफर्ट नै फर्किएको भन्दै समाचारहरू छापिएका छन्।

Ncell 2
Ncell 2

अवतरणको अनुमति नपाएपछि आधा बाटोबाटै विमान फर्किएको लुफ्थान्साको भनाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ। विमान फर्किदा भारतीय हजाई क्षेत्रमा नछिरको बुझिएको छ। उडानलाई भारतीय भूमिमा अवतरण गर्न किन अनुमति दिइएन भन्ने कुरा थाहा भएको छैन। 

केही स्रोतहरूका अनुसार यो प्राविधिक वा प्रशासनिक कारणले हुन सक्ने मानिएको छ। लुफ्थान्सा एयरलाइन्स वा भारतीय नागरिक उड्डयन प्राधिकरणबाट कुनै आधिकारिक बयान आएको छैन। 

बमको धम्की कस्तो खालको थियो भन्ने पनि स्पष्ट भएको छैन। तीन दिन अघि फुकेतबाट नयाँ दिल्ली आइरहेको एयर इन्डियाको एआई ३७९ उडानलाई बमको धम्कीकै कारण उडेको केही बेरमै आकस्मिक अवतरण गराइएको थियो। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले बजेटको छलफलमा भाग लिने परिस्थीति बनाउन नसकेको बताएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङ्देनले संसद अवरुद्ध भइरहेको अवस्थामा सभामुखले जवरजस्त सदन चलाएर बजेटको छलफलमा भाग लिने परिस्थीति बनाउन नसकेको बताएका हुन्। संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको उनले बताए।

अध्यक्ष लिङ्देनले शान्तिपूर्ण तवरले सदन सञ्चालन नभएसम्म निरन्तर बहिष्कार गर्ने स्पष्ट पारे। उनले सदनभित्र १ सिटको पनि महत्व हुने भएकाले सबैको भावनालाई बराबर रुपमा समेट्नुपर्नेमा त्यसअनुसारको काम हुन नसकेको धारणा राखे।


सामाग्री श्रोत :

संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको होः राजेन्द्र लिङ्देन

काठमाडौँ । प्रतिनिधिसभा सांसद तथा नेकपा एमालेका नेता वासुदेव घिमिरेले नेपालमा क्रिप्टो कारोबारलाई वैधानिकता दिनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हाल गैरकानुनी मानिएको क्रिप्टो कारोबारलाई नियमनसहित करको दायरामा ल्याउन आवश्यक रहेको बताएका हुन् ।

उनले ई-बिल, ई-ट्याक्स, ई-पेमेन्ट, फाइल ट्र्याकिङजस्ता डिजिटल प्रणालीको कार्यान्वयनले पारदर्शिता वृद्धि, भ्रष्टाचार नियन्त्रण तथा कर प्रशासनप्रति नागरिकको विश्वास बढाउने तर्क गरे । साथै, ट्याक्स अडिट, कर मूल्यांकन र अनुमान प्रणालीमा कृत्रिम बुद्धिमत्ताको (एआई) प्रयोग गरेर करदाताको व्यवहार र डेटाको विश्लेषणबाट यथार्थपरक कर निर्धारण गर्न सकिने उनले उल्लेख गरे ।

सांसद घिमिरेले ई-कमर्स, डिजिटल सेवा, फ्रिल्यान्सिङ, क्रिप्टोजस्ता नयाँ क्षेत्रहरूलाई करको दायराभित्र ल्याउनुपर्ने बताए । “हाल नेपालमा क्रिप्टो कारोबार गैरकानुनी मानिएको छ । बजेटमा यसलाई कडाइ गरिने उल्लेख छ तर यसको अनियन्त्रित विस्तारले अरबौं रुपैयाँ बराबरको अवैध कारोबार मौन रूपमा चलिरहेको अवस्था छ,” उनले भने, “राज्यले नियन्त्रण गर्न नसकेको यस्तो कारोबारबाट न त कर उठेको छ, न त पारदर्शिता देखिएको छ ।”

उनले अमेरिका, जापान, जर्मनी, सिंगापुर, भारत, बेलायत, अष्ट्रेलिया लगायत ५० भन्दा बढी देशहरूले क्रिप्टोलाई नियमनसहित वैधानिक मान्यता दिइसकेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिक्नुपर्ने आवश्यकता औँल्याए ।

“क्रिप्टो कारोबारलाई वैधानिकता दिँदै कर र नियमनको दायरामा ल्याउन सक्ने हो भने कर प्रणालीमा नयाँ स्रोत थपिन्छ,” घिमिरेले भने, “युवा पुस्ताको प्रविधिप्रतिको रुचि नियमित रूपमा अघि बढ्छ, अवैध कारोबार नियमनमा आउँछ र डिजिटल अर्थतन्त्रको दिशामा नेपालले फड्को मार्न सक्छ ।”

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १६:३७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २ (आज) देखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । 

साविककै आकार तथा रंगमा नम्बर द ३२ ०००००१ देखि प९४ ९९९९९९का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ ।

Ncell 2
Ncell 2

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।

यस्तै, नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा कृष्णसारको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ टेन तथा मिति लेखिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । इरानसँगको युद्धको बीचमा इजरायल झन् आक्रामक बन्दै गइरहेको छ। दुवै देशले एकअर्कामाथि मिसाइल प्रहार गरिरहेका छन्। यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले उनलाई र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गरेको दाबी गरेका छन्।

इरानी सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको नेतान्याहूको दाबी छ। ट्रम्पको कडा व्यवहारका कारण इरानले उनलाई आफ्नो पहिलो शत्रु मान्ने उनले दाबी गरे ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले फक्स न्यूजसँगको कुराकानीमा भने ‘उनीहरू उनलाई (ट्रम्प) मार्न चाहन्छन्। उनी शत्रु नम्बर एक हुन्। उनी एक निर्णायक नेता हुन्। उनले कहिल्यै त्यस्तो बाटो रोजेनन् जहाँ उनलाई कमजोर बनाउन मिलोस्।’

इजरायली प्रधानमन्त्रीले इरानले उनको पनि हत्या गर्ने प्रयास गरेको दाबी गरे। इरानले उनलाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। यो इरानी मिसाइल उनको शयनकक्षको झ्यालमा खसेको थियो। नेतान्याहूले इरानको आणविक महत्वाकांक्षा रोक्न आफूलाई ट्रम्पको कनिष्ठ साझेदार पनि भने।

इजरायलको आक्रामक सैन्य कारबाहीलाई जायज ठहराउँदै उनले भने ‘देश हाल अस्तित्वको खतराको सामना गरिरहेको छ। इरानको आणविक कार्यक्रमका कारण हाम्रो अस्तित्व खतरामा छ। पहिलो, इरानले आणविक हतियार बनाउन युरेनियम समृद्ध गरिरहेको छ। दोस्रो, इरानले आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्रको भण्डार एक वर्षमा ३६०० पुर्‍याएको छ। यसले तीन वर्षमा १० हजार र ६ वर्षमा २० हजार पुर्‍याउनेछ। कुनै पनि देश, विशेष गरी इजरायल, यो खतराबाट बच्न सक्दैन।’

नेतान्याहूले भने – इजरायलले आफ्नो सुरक्षा मात्र गरिरहेको छैन तर इरानबाट हुने यो खतराबाट विश्वलाई पनि बचाइरहेको छ।


सामाग्री श्रोत :

इजरायली प्रधानमन्त्री नेतान्याहुको बेडरूममा मिसाइल प्रहार

काठमाडौँ । बागमती प्रदेश सरकारले कन्टेन्ट क्रियटर र भ्लगरहरूलाई परिचालन गर्ने कार्यक्रम अघि सारेको छ । आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले यस किसिमको कार्यक्रम ल्याएका हुन् ।

प्रदेशभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न स्वदेशी तथा विदेशमा रहेका पर्यटनसँग सम्बन्धित कन्टेन्ट क्रियटर र भ्लगरहरूलाई परिचालन गरिने मन्त्री काफ्लेले बताए ।

“छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी पर्यटन प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिनेछ । बागमती पर्यटन डिजिटल अभियान मार्फत पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरिनेछ,” बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री काफ्लेले भने ।

यस्तै बागमती प्रदेशभित्र रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको जगेर्ना तथा प्रवर्द्धन गरिने र बालबालिकाहरूलाई उनीहरूको मातृभाषा प्रवर्द्धनका लागि विभिन्न श्रव्यदृश्य कार्यक्रम तथा पाठ्यसामग्री निर्माणका लागि समेत बजेट छुट्याएको छ । समग्रमा बागमती प्रदेशको संस्कृति तथ पर्यटन मन्त्रालयका लागि तीन अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: असार २, २०८२ १५:३०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट