२०८२ भाद्र २ सोमबार
२०८२ भाद्र २ सोमबार

काठमाडौँ– एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

आइतबार सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको नेपालले मंगलबार आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।

मंगलबार जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ दशमलव २ औभरमा मात्र एक विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। नेपालका लागि शिवांश बजगाईंले नटआउट रहँदै सर्वाधिक ३८ रन बनाए। यस्तै प्रशिद्ध जैशीले पनि नटआउट रहँदै ३३ रन बनाए। सिंगापुरविरुद्ध पनि उनले नटआउट ५५ रन बनाएका थिए। जोय थापा भने एक रनमै आउट भएका थिए। जापानका लागि बलिङमा काइसी कोबायाशीदोग्गेतले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जापान ३४ दशमलव ३ ओभरमा अलआउट हुँदै ८० रनमा समेटिएको थियो। जापानका लागि चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाउँदा ग्याबी हाराहिन्जेले १३ रन बनाए।

बलिङमा नेपालका शुभम खनालले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले १५ रन मात्र खर्चिएर पाँच विकेट लिएका हुन्। यस्तै अभय यादवले ६ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिँदा कप्तान विपिन प्रसाद शर्मा र शुसिलबहादुर रावलले एक/एक विकेट लिए।

Ncell 2
Ncell 2

पहिलो खेल आइतबार नेपालले सिंगापुरविरुद्ध ६ विकेटको सानदार जित हात पारेको थियो। 

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।

नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ। नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले स्याटलाइटबाट पृथ्वीमा गरिने लेजर कम्युनिकेसनमा नयाँ प्रविधि विकास गरेको दाबी गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार यो प्रविधिबाट वायुमण्डलीय अवरोधबिच पनि हाल प्रयोगमा रहेका प्रणालीहरूभन्दा धेरै छिटो गतिको इन्टरनेट सेवा दिन सकिने देखिएको छ ।

पेकिङ युनिभर्सिटी अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेसनका वु जियान र चाइनिज एकेडेमी अफ साइन्सेसका लिउ चाओ नेतृत्वको टोलीले यो प्रविधिको परीक्षण गरेको हो । उनीहरूले ३६ हजार किलोमिटर माथिबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसनमा २ वाटको लेजर प्रयोग गरेर प्रति सेकेन्ड १ गिगाबिट (१ जीबीपीएस) डेटा पठाउन सफल भएको बताएका छन् ।

रिपोर्ट अनुसार, यो स्पिड एलन मस्कको स्टारलिंक जस्ता प्रणालीहरूको मेगाबिट गतिभन्दा धेरै उच्च हो । यो प्रविधिको परीक्षण दक्षिणपश्चिम चीनको लिजियाङमा रहेको एक अनुसन्धान केन्द्रमा १.८ मिटरको टेलिस्कोप प्रयोग गरी गरिएको थियो ।

डेटा ट्रान्समिसनको क्रममा वायुमण्डलीय बाधाले लेजर सिग्नलहरू कमजोर र विकृत बनाउने चुनौतीलाई सम्बोधन गर्न वैज्ञानिकहरूले एडाप्टिभ अप्टिक्स (AO) र मोड डाइभर्सिटी रिसेप्सन (MDR) दुई प्रविधि संयोजन गरेका थिए । ‘AO-MDR’ विधिबाट विकृत प्रकाश किरणको बनावट सुधारिएको र एकैपटक विभिन्न सिग्नल मोडहरू सजिलै क्याप्चर गर्न सकिएको उनीहरूले बताएका छन् । 

३ जुनमा ‘एक्टा अप्टिका सिनिका’ जर्नलमा प्रकाशित शोधपत्रमा यस प्रविधिले प्रसारण त्रुटिहरू (transmission errors) लाई घटाएको र प्रयोगयोग्य सिग्नलहरू प्राप्त गर्ने सम्भावना ७२ प्रतिशतबाट ९१ प्रतिशतभन्दा बढीमा पुगेको उल्लेख गरेका छन् ।

चीनले लेजरमा आधारित स्याटलाइट कम्युनिकेसनमा आफ्नो अनुसन्धान र विकास (आर एन्ड डी) लाई तीव्र गतिमा विस्तार गरिरहेको छ । सन् २०२० मा चीनको शिजिआन-२० स्याटलाइटले जियोस्टेसनरी अर्बिटबाट १० जीबीपीएसको लेजर डाउनलिंकको रेकर्ड हासिल गरेको थियो । यद्यपि, उक्त स्याटेलाइटमा प्रयोग गरिएको शक्तिको स्तर भने अझै गोप्य राखिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ ११:१९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । 

Ncell 2
Ncell 2

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । आगामी आईफोन १७ को डिस्प्ले ६.३ इन्चको हुने चर्चालाई स्पिगेनले अप्रत्याशित रूपमा पुष्टि गरेको छ । अमेजन इन्डियामा रहेको स्पिगेनको आधिकारिक स्टोरमा आगामी आईफोन १७ सिरिजका लागि उपलब्ध स्क्रिन प्रोटेक्टरको सूचीकरणले यो खुलासा गरेको हो ।

स्पिगेनको लोकप्रिय ‘EZ Fit Tempered Glass Screen Protector Guard’ नामक उत्पादनको सूचीमा यसलाई आईफोन १६ प्रो, आईफोन १७ र आईफोन १७ प्रो सबैमा उपयुक्त हुने उल्लेख गरिएको छ । आईफोन १६ प्रोको डिस्प्ले पहिले नै ६.३ इन्चको रहेकोले यसले आईफोन १७ र आईफोन १७ प्रो दुवैमा सोही आकारको डिस्प्ले हुने संकेत गरेको छ । यद्यपि, प्रो मोडलमा डिस्प्लेको गुणस्तर थप राम्रो हुने अपेक्षा गरिएको छ ।

हालको आईफोन १६ लाइनअपमा आईफोन १६ को डिस्प्ले ६.१ इन्च, आईफोन १६ प्रोको ६.३ इन्च, आईफोन १६ प्लसको ६.७ इन्च र आईफोन १६ प्रो म्याक्सको ६.९ इन्च रहेको छ ।

आईफोन १७ सिरिजमा भने आईफोन १७ र आईफोन १७ प्रो दुवैमा ६.३ इन्चको डिस्प्ले हुनेछ । आईफोन १७ एयरले प्लस मोडलको स्थान लिने र यसमा ६.६ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ, जबकि आईफोन १७ प्रो म्याक्समा भने पहिलेकै ६.९ इन्चको डिस्प्ले कायम रहनेछ ।

यो जानकारी एप्पलले आधिकारिक रूपमा घोषणा गर्नुअघि नै तेस्रो-पक्षबाट आएकोले यसलाई महत्त्वपूर्ण मानिएको छ । प्रविधि बजारमा यो खबरले ठूलो तरंग ल्याएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १०:२३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । अहिले विहान ८ बजेबाट सो बैठक सुरु भएको बताइएको छ । 

संसदबाट बजेट पास गराउने लगायतका विषयमा छलफल भैरहेको सत्ताधारी दलका नेताहरूले बताएका छन् । नेकपा (एमाले) ले आज आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेको छ ।

Ncell 2
Ncell 2

आज आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरिसकेका छन् । यस्तो अवस्थामा सत्ताधारी दलको बैठक बालुवाटारमा सुरु भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन्। यसवर्ष झन्डै २५ सय जनशक्ति थप्ने प्रस्ताव चाँडै नै मन्त्री परिषद् पुग्ने बताए। यस वर्ष ७ सय डाक्टर र ९ सय नर्सको लोकसेवाले विज्ञापन खोल्ने उनको दाबी छ।

सोमबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरेका हुन्। बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर  तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको उहाले जानकारी दिनुभयो ।

उनले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने उल्लेख गरे। 

मन्त्री पौडेलले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानिय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भैरहेको जानकारी समेत दिए। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा नेपालकै पहिलो वालेट-आधारित आवधिक बचत सेवा ‘स्मार्ट डिपोजिट’ सुरु गरेको छ । डिजिटल माध्यमबाट नियमित बचत गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा ल्याइएको खल्तीले जनाएको छ । 

यसअन्तर्गत खल्ती प्रयोगकर्ताले न्यूनतम १०० रुपैयाँबाट बचत सुरु गर्न सक्नेछन् । सेवामा दैनिक, साप्ताहिक वा मासिक निक्षेप चक्र (deposit cycle) रोज्न सकिने व्यवस्था गरिएको छ भने ६ महिनादेखि ६० महिनासम्मको समयावधिका लागि योजना छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस सेवामा बचतमा लाग्ने ब्याज दर मञ्जुश्री फाइनान्सको आवधिक निक्षेप (Recurring Deposit) को ब्याजदरअनुसार हुनेछ । बैंकिङ पहुँचबाहिर रहेका व्यक्तिहरूलाई पनि बचतको सुविधा दिन यो योजना प्रभावकारी हुने खल्तीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ ८:३८





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको र आज अन्त्येष्टि गरिने पालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए ।

उनी केही समयदेखि बिरामी थिए । वडाध्यक्ष घर्तीमगरको निधनपछि थवाङ गाउँपालिकाले आज शोक बिदा घोषणा गरेको पालिका अध्यक्ष बुढामगरले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङको मोबाइल फोन हराएको छ । मङ्गलबार फेसबुकमा एक पोस्ट राख्दै उनले अमेरिकाको ड्यालस, टेक्सासमा फोन हराएको र त्यसपछि आफ्ना सामाजिक सञ्जाल अकाउन्टहरू पनि ह्याक भएको जानकारी दिएका छन् ।

यो जानकारी चेम्जोङकै आधिकारिक फेसबुक पेजमार्फत दिइएको छ । स्टाटसमा लेखिएको छ, “आज मैले ड्यालस, टेक्सासको डाउनटाउनमा आफ्नो फोन हराएँ । त्यसपछि मेरा सामाजिक सञ्जाल अकाउन्टहरू ह्याक भएका छन् । कृपया मैले यो समस्या समाधान नगरेसम्म मबाट आउने कुनै पनि मेसेज वा पोस्टलाई बेवास्ता गरिदिनुहोला ।”

फेसबुकमा उक्त स्टाटस चेम्जोङको फ्यानपेजका एक एडमिनमार्फत अपडेट गरिएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार १०, २०८२ ७:४२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – इजरायलले आक्रमण रोके आफूपनि युद्धविराम गर्न तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले यदि इजरायलले आफ्नो ‘अवैध आक्रमण’ तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने बताएका हुन् ।

‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

Ncell 2
Ncell 2

‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शत्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन्’ उनले भने । उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट