
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारीमा जुटेको छ । असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।
एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआर (IVR) का विकल्प उपलब्ध गराएको हो । नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ ।
एसएमएस र आईभीआर
एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।एसएमएसबाट थाहा पाउन:
-
नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर सेवामार्फत सुन्ने ।
-
जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।
-
आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।
-
स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।
-
अल स्टार आईटी सोलुसन्स: ३४९४९ मा एसएमएस पठाउने ।
तरिका
-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।
-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।
-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।
-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।
वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प
वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :
-
-
-
see.ntc.net.np
-
-
see.esewa.com.np
-
खल्ती एप
-
collegeinfonepal.com
-
theconnectplus.com
-
-
collegesnepal.com/see_result
-
एनसेल एप
-
swiftttech.com.np/see-result
-
result.neemaacademy.com
-
see.mypay.com.np
पछिल्लो अध्यावधिक: असार ११, २०८२ ९:४३
सामाग्री श्रोत :
टेक पाना
डा. विष्णु प्रसाद अधिकारी
‘प्रत्येक छालाको नवप्रवर्तन निमित्त एआईको प्रयोगु भन्ने मूल नाराका साथ आजका दिन यो वर्षको ’विश्व सेतो दुबी दिवस’ मनाइँदै छ । सेतो दुबीको बारेमा चिकित्सा क्षेत्रमा थुप्रै खोज, अनुसन्धान र उपचार पद्धति विकसित हुँदै गइरहेको छ । तथापि हाम्रो जस्तो भूभागमा सेतो दुबीको बारेमा अझै पनि जनचेतनाको अभावले गर्दा रोग लुकाउने प्रवृतिले व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ । अझ कतिपय त समाजबाटै बहिस्कृत हुनु परेको उदाहरण पनि छन् ।
सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ । विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय मानिस मध्ये एक वा दुइ व्यक्तिमा सेतो दुबीको समस्या भएको पाइएको छ । सेतो दुबीको प्रमुख कारण भनेको छालालाई रंग प्रदान गर्ने तत्व (मेलानिन)लाई उत्पादन गर्ने कोषिका (मेलानोसाइट) नष्ट भएर हो ।
नष्ट हुनुको कारण शरीरमा भएको रोग प्रतिरोधात्मक कोषिका अस्वाभाविक रुपमा सक्रिय भएर हो । त्यस्तै बंशाणुगत रुपमा पुस्तान्तरण हुनु पनि एउटा पक्ष हो भने विभिन्न अध्ययनहरुले थाइराइड या मधुमेह जस्ता रोग संग पनि सेतो दुबीको सम्बन्ध पुष्टि गरेका छन् । यद्दपि सेतो दुबी भनेको पूर्व जन्मको पाप हो भन्ने अन्धविस्वास र रुढिबादी सोच हाम्रो देशको केहि भागमा छ जुन नितान्त गलत र भ्रम हो । अझ कतिपय व्यक्तिमा त माछा र दूध एकै साथ सेवन गर्दा सेतो दुबी उत्पन्न हुन्छ भन्ने भ्रम छ जसलाई चिकित्सा विज्ञानले अहिले सम्म प्रमाणित गरेको छैन । त्यस्तै अमिलो खानाले सेतो दुबी गराउँछ भन्ने कुरा पनि अहिले सम्म बहसकै बिषय हो । यद्दपि पछिलो समयमा भने केहि अध्ययन र अनुसन्धानले यो कुरालाई गलत प्रमाणित गरेको छ ।
सेतो दुबीको समस्या जुनसुकै वर्ग वा उमेरमा देखिन सक्छ । शरीरको अनुहार लगायत जुनसुकै भागमा नचिलाउने, नदुख्ने अनि दूध जस्तै सेतो रंगका दाग या धब्बा देखिनु नै सेतो दुबीका प्रमुख लक्षण हुन् । कुनै दाग एउटा अनि नबढ्ने मात्र पनि हुन सक्छ भने केही दागहरु धेरै अनि आकारमा बढ्दै जाने हुन्छन् । चोटपटक लागेको ठाउँमा नयाँ सेतो दागहरु पनि देखिन सक्छन् । यदि आफ्ना शरीरमा यस्ता सेता दाग देखिएका छन् र भएका सेतो दाग पनि बढ्दै गएका छन् भने स्वास्थ्य संस्थामा चिकित्सकको परामर्श लिनुपर्छ । यस्ता व्यक्तिले सके सम्म प्लास्टिकका चप्पल प्रयोग गर्नु हुँदैन । छालालाई अनावश्यक चोटबाट जोगाउनु पर्छ र चिकित्सकको उचित सल्लाह लिनु पर्छ । आँफै अनावश्यक औषधी लगाउने र खाने गर्नाले समस्या झन् जटिल बन्न सक्छ।
सेतो दुबीको उपचार चुनौतीपूर्ण छ र विभिन्न कुरामा निर्भर गर्दछ। दाग कति छ, कुन भागमा छ,दाग बढेको छ छैन जस्ता कुराहरु चिकित्सकले निर्धारण गरिसकेपछि मात्र थप व्यवस्थापन सहज हुन्छ । तसर्थ, सेतो दुबी भएको व्यक्तिले आफ्नो समस्या चिकित्सकसंग नहिच्किचाई भन्नु पर्छ र सोहि अनुसार नियमित सल्लाह सुझाब लिनु पर्छ । सेतो दुबी कुनै प्राण घातक रोग होइन । छुँदैमा यो दाग सर्दैन। तसर्थ, यी व्यक्तिहरुलाई हाम्रो माया अनि हौसलाको अत्यन्त खाँचो छ । छालाको रंग खोजिरहेका उनीहरुलाई खुसियाली को रंग भरिदिने जमर्को हामी सबैले गर्नुपर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । सरकारले ‘केरा गणतन्त्र’ नामक डिजाइनको टिसर्टको प्रचारप्रसार तथा बिक्रीमा रोक लगाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको आग्रहपछि टिसर्ट निर्माता कम्पनी आईडीएस वेयर्सले उक्त डिजाइनसहित आफ्ना सबै उत्पादनको नयाँ अर्डर लिन अस्थायी रूपमा बन्द गरेको छ ।
इनडेप्थ स्टोरी तथा आईडीएस वेयर्सले एक विज्ञप्ति जारी गर्दै सरकारले उक्त डिजाइनले ‘मुलुकको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने’ भन्दै यसको बिक्रीमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । आफूहरूले ‘केरा गणतन्त्र’ को अर्थ र ऐतिहासिक सन्दर्भबारे प्रस्ट्याउन खोजे पनि प्रहरीले नबुझेको वा बुझ्न नचाहेको कम्पनीका संस्थापक सुदिपभाइ सुवेदीले बताए ।
उनका अनुसार यस विषयमा साइबर ब्युरोमा बोलाएर माफीनामामा हस्ताक्षर गर्न लगाइएको थियो । ‘हेलो सरकार’मा उजुरी परेपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय हुँदै उक्त विषय ब्युरोसम्म पुगेको रहेछ । आजै (मंगलबार) बाट प्रचारप्रसार बन्द नगरे कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ, यदि माफीको पत्र लेख्नुहुन्छ भने आजै छाडिदिन्छौं भनेपछि हस्ताक्षर गर्न लगाइयो,” उनले भने ।
हस्ताक्षरपछि ‘केरा गणतन्त्र’ टिसर्टको प्रचारप्रसार र बिक्री गर्न नपाउने गरी छाडिएको उनले बताए ।
‘केरा गणतन्त्र’ (Banana Republic) राजनीतिक रूपमा अस्थिर, भ्रष्टाचारग्रस्त र बाह्य शक्तिमा निर्भर मुलुकलाई व्यङ्ग्यात्मक रूपमा वर्णन गर्न प्रयोग हुने शब्दावली हो । आईडीएस वेयर्सको घटनापछि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले अभिव्यक्ति स्वतन्त्रता र रचनात्मकतामाथि सरकारले अंकुश लगाउन खोजेको भन्दै टिप्पणी गरेका छन् ।
आईडीएस वेयर्सले हाललाई सम्पूर्ण डिजाइनको अर्डर रोके पनि पहिले नै अर्डर गरिसकेका ग्राहकलाई भने यो हप्ताभित्र टिसर्ट वितरण गरिने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ १०:४५
सामाग्री श्रोत :
टेक पाना
अछाम – जिल्लाको बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ जना महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भएको छ । ७ गतेदेखि सुरु भएको शिविरमा अछाम, बाजुरा र डोटीका समेत महिला गरी ४८ जनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।
अस्पताल निर्देशक डा. पाठकका अनुसार कोहलपुर मेडिकल कलेजबाट शिविरको डा. बिनोद महासेठको नेतृत्वमा एनेश्थेसियोलोजिष्ट डा. शैलेन्द्र शाक्य आएका थिए । उनीहरुको नेतृत्वमा बयालपाटा अस्पतालको ओटी टिम समेल संंलग्न भई उक्त शल्यक्रिया शिबिर सम्पन्न गरेको हो ।
पहिलो दिन सम्पन्न शल्यक्रिया भएका महिलाहरु घर फर्किसकेका छन् भने बाँकी पनि एक दुई दिनमै डिसचार्ज हुने अस्पतालले जनाएको छ । शल्यक्रिया सम्पन्न पश्चात बोल्दै डा. महासेठले आफू शिविरको क्रममा देशका बिभिन्न ठाँउमा गएपनि बयालपाटामा आएर सेवा दिदाँ छुट्टै आनन्द महशुस भएको बताए । यहाँका कर्मचारीको साथ सर्पोट र टिमवर्कको भावना अन्त्य कतै नभएको उनले बताए ।
यस्तै एनेश्थेसियोलोजिष्ट डाक्टर शैलेन्द्र शाक्यले पनि आफू पहिलो पटक सुदूरपश्चिम आएको बताउदैँ सोचे जस्तो नभई एकदम राम्रो ठाँउ भएको र यहाँ आएर काम गर्न पाउँदा खुशी महशुस भएको उल्लेख गरे । जिल्ला बाहिर उपचार गराउन जाँदा धेरै पैसा र समय खर्च हुने भन्दै शल्यक्रिया भएका महिलाहरुले निशुल्क रुपमा आफ्नो उपचार पाएपछि उनिहरु खुशी भएका छन् । स्वास्थ्य कार्यालय अछाम र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको आर्थिक सहयोग र बयालपाटा अस्पतालको आयोजनामा निशुल्क शल्यक्रिया शिविर भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपालमा सौन्दर्यात्मक दन्तचिकित्सा हाल तीव्र गतिमा विकास भइरहेको छ। प्रविधिको प्रगति, रोगीहरूको बढ्दो सचेतना र सौन्दर्यात्मक उपचारहरूको मागका कारण दन्तचिकित्सा क्षेत्रमा नयाँ उचाइमा पुगेको छ।यो दन्तचिकित्साको एक विशेष शाखा हो जसमा दन्तहरूको रूप, आकार र रंग सुधार गर्ने काम गरिन्छ। यसले दाँतहरूलाई राम्रो देखिने बनाउनको लागि विभिन्न प्रक्रियाहरू जस्तै दन्त ब्लीचिंग, क्राउन, भेनियरहरू, इत्यादि समावेश गर्दछ। सौन्दर्य दन्तचिकित्साले व्यक्ति को मुस्कानलाई आकर्षक र प्राकृतिक बनाउन मद्दत गर्दछ।
सौन्दर्य दन्तचिकित्साका प्रमुख अङ्गहरू:
१ दन्त ब्लिचिङ
दाँतहरूको प्राकृतिक रंगलाई उज्यालो बनाउने प्रक्रिया हो। दन्त ब्लीचिंगका विभिन्न एजेन्टहरू दाँतहरूको रंग सुधार्न र मुस्कानलाई आकर्षक बनाउनका लागि उपयोगी हुन्छन्। यद्यपि, यी एजेन्टहरूको प्रयोग सावधानीपूर्वक गर्नु महत्त्वपूर्ण छ, र दाँत चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। अत्यधिक प्रयोगले दाँतको इनेमलमा क्षति पुर्याउन सक्छ, त्यसैले यसको उचित प्रयोग र निगरानी आवश्यक छ।
२ दन्त क्राउन
दाँतहरूको प्राकृतिक रंगलाई उज्यालो बनाउने प्रक्रिया हो। दन्त ब्लीचिंगका विभिन्न एजेन्टहरू दाँतहरूको रंग सुधार्न र मुस्कानलाई आकर्षक बनाउनका लागि उपयोगी हुन्छन्। यद्यपि, यी एजेन्टहरूको प्रयोग सावधानीपूर्वक गर्नु महत्त्वपूर्ण छ, र दाँत चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। अत्यधिक प्रयोगले दाँतको इनेमलमा क्षति पुर्याउन सक्छ, त्यसैले यसको उचित प्रयोग र निगरानी आवश्यक छ।
३ दन्त भेनियर
दन्त वेनियर्स अत्यन्त पातला, दाँतको रंगसँग मेल खाने आवरणहरू हुन् जुन दाँतको अगाडिको सतहमा लगाइन्छ। यी आवरणहरू प्रायः पोर्सिलेन वा कम्पोजिट रेजिन सामग्रीबाट बनाइन्छ।
४ इम्प्लान्ट
गुमेका दाँतहरूलाई स्थानापन्न गर्न प्रयोग गरिने एक स्थायी समाधान हो। यसमा धातुको स्क्रू जस्तै इम्प्लान्ट राखिन्छ जसले नयाँ दाँतलाई समर्थन गर्दछ।यसले दाँतको जरा (root) को रूपमा कार्य गर्ने टाइटेनियमका स्क्रूलाई जब्डो हड्डीमा सर्जिकल रूपमा राखेर, त्यसमा कृत्रिम दाँत (crown) जडान गर्ने प्रक्रिया समावेश गर्दछ।
दन्त इम्प्लान्टका प्रमुख प्रयोगहरू – एकल दाँतको प्रतिस्थापन,धेरै दाँतहरूको प्रतिस्थापन,पूर्ण दाँतहरूको प्रतिस्थापन (Full Mouth Rehabilitation)
५. इन्भिजलाइन
इंविसलाइन (Invisalign) एक आधुनिक दन्त उपचार विधि हो जसले पारदर्शी, हटाउन मिल्ने प्लास्टिकका ट्रेहरू प्रयोग गरेर दाँतलाई क्रमशः सिधा बनाउँछ। यसले पारंपरिक धातुका ब्रेसेसको सट्टा एक सुविधाजनक र सौन्दर्यपूर्ण विकल्प प्रदान गर्दछ।
६. दन्त संरचना र आकारको सुधार
दन्त रेशेपिङ र कण्टोरिङ (Tooth Reshaping and Contouring) एक प्रकारको सौन्दर्यजन्य दन्त उपचार हो जसले दाँतको आकार, लम्बाइ, र संरचनामा साना परिवर्तनहरू गरेर मुस्कानलाई आकर्षक बनाउँछ।
७. गीजा कण्टुरिङ
गीजा कण्टोरिङ (Gum Contouring) एक सौन्दर्यजन्य दन्त उपचार हो जसले गीजाको रेखा (gum line) लाई आकार दिन्छ र समायोजन गर्छ, जसले गर्दा मुस्कानलाई आकर्षक र सन्तुलित बनाउँछ।
८. दन्त रंग मिलाउने
दाँतहरूको रंगलाई व्यक्तिको प्राकृतिक रंगसँग मेल खाने बनाइन्छ ताकि मुस्कान अझै प्राकृतिक र सौम्य देखिन्छ। दन्त रङ मिलाउनेका फाइदाहरू -प्राकृतिक देखावट: सही रङ मिलाउँदा दाँतको पुनःस्थापना प्राकृतिक र आकर्षक देखिन्छ। रोग प्रतिरोधात्मकता: सही रङ मिलाउँदा दाँतको सफाइ सजिलो हुन्छ र गम रोगको जोखिम कम हुन्छ। आत्मविश्वासमा वृद्धि: सन्तुलित मुस्कानले व्यक्तिको आत्मविश्वासमा वृद्धि गर्न सक्छ।
एस्थेटिक डेन्टिस्ट्रीले व्यक्तिको आत्मविश्वास र सामाजिक छवि सुधार्न महत्त्वपूर्ण भूमिका खेल्दछ। तर, यसका साथ नैतिक जिम्मेवारी र बिरामीको स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ। दन्त चिकित्सकहरूले प्रविधिको प्रयोग गर्दा बिरामीको भलाइ र स्वास्थ्यमाथि ध्यान दिनुपर्छ।
यसरी, एस्थेटिक डेन्टिस्ट्रीले सौन्दर्य र स्वास्थ्यको सन्तुलन कायम गर्दै व्यक्तिको मुस्कानलाई स्वाभाविक र आकर्षक बनाउन मद्दत पुर्याउँछ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियामाथि न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको गम्भीर आरोप लगाउँदै उनको कल डिटेल रेकर्ड (सीडीआर) सहितका प्रमाणमाथि छानबिन गर्न माग गरेको छ ।
संगठनको सर्वोच्च अदालत विभागीय समितिले मंगलबार एक विज्ञप्ति जारी गरी कानुनमन्त्री चौरसियाले पदको दुरुपयोग गर्दै स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको आरोप लगाएको छ ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार र प्राप्त प्रमाणलाई आधार मान्दै संगठनले मन्त्री चौरसियाले विचाराधीन मुद्दामा प्रभाव पार्न न्यायाधीशहरूलाई बारम्बार फोन गरेको, मुद्दा हेर्ने तारिख र प्राथमिकतामा अनावश्यक चासो देखाएको तथा न्यायाधीशहरूको सरुवा र पदस्थापनमा समेत व्यक्तिगत रुचि लाद्न खोजेको आरोप लगाएको छ ।
“न्यायपरिषद्को सदस्यको हैसियतमा रहँदै यस्ता कार्य गर्नु संविधान, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत अत्यन्त खेदजनक, आपत्तिजनक र खतरनाक व्यवहार हो,” विज्ञप्तिमा भनिएको छ ।
संगठनले कानुनमन्त्रीको कल डिटेल रेकर्ड लगायतका प्रमाणहरूको विश्लेषण गरी दोषी ठहर भएमा संविधान र कानुनअनुसार कारबाही अघि बढाउन माग राखेको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ ९:४५
सामाग्री श्रोत :
टेक पाना
रौतहट – रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीया रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ स्थानीयको शौचालयको सेफ्टि ट्यांकीमा खसेका थिए । उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । सोही समय उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको बताइएको छ । हाल दुवैजना बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
अछाम- जिल्लाको बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ जना महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भएको छ। ७ गतेदेखि सुरु भएको शिविरमा अछाम, बाजुरा र डोटीका समेत महिला गरी ४८ जनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले बताए।
अस्पताल निर्देशक डा. पाठकका अनुसार कोहलपुर मेडिकल कलेजबाट शिविरको डा. बिनोद महासेठको नेतृत्वमा एनेश्थेसियोलोजिष्ट डा. शैलेन्द्र शाक्य आएका थिए। उनीहरुको नेतृत्वमा बयालपाटा अस्पतालको ओटी टिम समेल संंलग्न भई उक्त शल्यक्रिया शिबिर सम्पन्न गरेको हो।
पहिलो दिन सम्पन्न शल्यक्रिया भएका महिलाहरु घर फर्किसकेका छन् भने बाँकी पनि एक दुई दिनमै डिसचार्ज हुने अस्पतालले जनाएको छ। शल्यक्रिया सम्पन्न पश्चात बोल्दै डा. महासेठले आफू शिविरको क्रममा देशका बिभिन्न ठाँउमा गएपनि बयालपाटामा आएर सेवा दिदाँ छुट्टै आनन्द महशुस भएको बताए । यहाँका कर्मचारीको साथ सर्पोट र टिमवर्कको भावना अन्त्य कतै नभएको उनले बताए।
यस्तै एनेश्थेसियोलोजिष्ट डाक्टर शैलेन्द्र शाक्यले पनि आफू पहिलो पटक सुदूरपश्चिम आएको बताउदैँ सोचे जस्तो नभई एकदम राम्रो ठाँउ भएको र यहाँ आएर काम गर्न पाउँदा खुशी महशुस भएको उल्लेख गरे। जिल्ला बाहिर उपचार गराउन जाँदा धेरै पैसा र समय खर्च हुने भन्दै शल्यक्रिया भएका महिलाहरुले निशुल्क रुपमा आफ्नो उपचार पाएपछि उनिहरु खुशी भएका छन्।
स्वास्थ्य कार्यालय अछाम र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको आर्थिक सहयोग र बयालपाटा अस्पतालको आयोजनामा निशुल्क शल्यक्रिया शिविर भएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । ललितपुर महानगरपालिकाले विद्युतीय सवारी (ईभी) प्रयोग गर्ने नगरवासीलाई सम्पत्ति करमा पाँच प्रतिशत छुट दिने घोषणा गरेको छ ।
मंगलबार महानगरको सातौँ नगर सभामा उपमहानगर प्रमुख मञ्जली शाक्यले बजेट प्रस्तुत गर्दै यो योजना सार्वजनिक गरेकी हुन् । “विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा पाँच प्रतिशत छुट दिइनेछ,’ बजेटमा भनिएको छ ।
आगामी आर्थिक वर्षका लागि उनले सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् । यसमध्ये २९ प्रतिशत प्रशासनिक र ६१ प्रतिशत पूँजीगत खर्चमा विनियोजन गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८२ ८:४६
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी – अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ ।
उक्त रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्नेछ । यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् । यस मूल्यांकनको अस्तित्वलाई ह्वाइट हाउसले स्वीकारे पनि त्यससँग असहमति जनाएको समाचारमा उललेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ