२०८३ जेष्ठ २७ बुधबार
LATEST NEWS
२०८३ जेष्ठ २७ बुधबार

काठमाडौँ । धेरैले सोचे जस्तो वेब ब्राउजरहरूमा हुने इन्कग्निटो मोड पूर्ण रूपमा सुरक्षित हुँदैन । यसले तपाईँको ब्राउजरको हिस्ट्री र कुकिजलाई मात्र सेभ हुनबाट रोक्छ ।

इन्कग्निटो मोडलाई लिएर प्रयोगकर्ताले बनाइरहेका धारणासँग जोडिएका कयौँ यस्ता गोपनीयता र सुरक्षा जोखिमहरू छन्, जुन तपाईँले जान्नै पर्छ । त्यसैले आज हामी तपाईँलाई इन्कग्निटो मोडले तपाईँलाई बचाउन नसक्ने ६ ओटा मुख्य खतराहरूबारे बताउँदैछौँ ।

१. तपाईँको इन्टरनेट गतिविधि आईएसपीबाट पूर्ण रूपमा गोप्य रहँदैन:

तपाईँले प्राइभेट ब्राउजिङ प्रयोग गरे पनि, तपाईँको तपाईँको इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीले तपाईँले कुन वेबसाइटहरू भिजिट गर्नुभयो, कहिले गर्नुभयो र कति समयसम्म त्यहाँ बस्नुभयो भन्ने कुराको निगरानी गर्न सक्छ । किनकि तपाईँको सबै अनलाइन गतिविधि आईएसपीको सर्भर हुँदै गइरहेको हुन्छ । त्यसैले, यदि आईएसपीले चाहेमा तपाईँको ब्राउजिङ गतिविधि सजिलै थाहा पाउन सक्छन् ।

यसबाट बच्नको लागि भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नु एउटा सरल र प्रभावकारी विकल्प हो । यसले तपाईँको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट गर्छ र सुरक्षित सर्भरमार्फत रुट गरेर पठाउँछ । जसले गर्दा तपाईँको आईएसपीलाई तपाईँको गतिविधि निगरानी गर्न गाह्रो हुन्छ । यद्यपि, भीपीएनका पनि आफ्नै सीमा र जोखिमहरू छन् भन्ने कुरामा पनि सचेत रहनुपर्छ ।

२. अरूले तपाईँको डाउनलोड गरिएको डेटा हेर्न सक्छन्:

जब तपाईँ प्राइभेट ब्राउजिङ सेसनबाट कुनै फाइल डाउनलोड गर्नुहुन्छ, त्यो तपाईँको मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा अन्य सामान्य डाउनलोड सरह सेभ हुन्छ । यसको मतलब इन्कग्निटो विन्डो बन्द गरेपछि पनि ती फाइलहरू कम्प्युटरमा सबैको पहुँचमा रहन सक्छन् । जबसम्म तपाईँ तिनीहरूलाई आफैँ डिलिट गर्नुहुन्न, उक्त डिभाइस प्रयोग गर्ने जो कोहीले पनि ती फाइलहरू हेर्न, खोल्न वा कपी गर्न सक्छन्, जसले तपाईँको संवेदनशील डेटा जोखिममा पार्न सक्छ ।

राम्रो कुरा के छ भने ब्राउजरले यसरी भएका डाउनलोड हिस्ट्रीमा राख्दैन । तर, यदि तपाईँ सार्वजनिक वा शेयर गरेर प्रयोग गरिने डिभाइस प्रयोग गर्दै हुनुहुन्छ भने, काम सकिएपछि ती फाइलहरू आफैँले मेटाउन नभुल्नुहोस् । तपाईँले ठुलो फाइल डाउनलोड गरेर त्यस्ता डिभाइसमा राख्नुपर्ने छ भने, अनधिकृत पहुँच रोक्नको लागि त्यसलाई इन्क्रिप्ट गर्न वा पासवर्डले सुरक्षित गर्न सक्नु हुन्छ ।

३. नेटवर्क एड्मिनिस्ट्रेटरको निगरानीमा हुनसक्छ ब्राउजिङ

अफिस, विद्यालय वा सार्वजनिक वाई-फाईमा प्राइभेट ब्राउजिङ गर्दा आफ्नो गतिविधि लुकेको ठान्नुहुन्छ भने त्यो तपाईँका लागि दुर्भाग्य हुन सक्छ । नेटवर्क एड्मिनिस्ट्रेटरहरू (जसमा आईटी टिम पनि पर्छ) तपाईँले प्राइभेट मोडको ब्राउजिङ प्रयोग गरेर अनलाइनमा के गरिरहनुभएको छ भन्ने कुरा निगरानी गर्न सक्छन् ।

यसबाट बच्न भीपीएन प्रयोग गर्नु एउटा सजिलो उपाय हो । भीपीएनले तपाईँको डिभाइस र इन्टरनेटको बीचमा इन्क्रिप्टेड टनेल सिर्जना गर्छ, जसले तपाईँको गतिविधिलाई ढाकिदिन्छ । तर, त्यस्ता नेटवर्कहरूमा भीपीएन प्रायः ब्लक गरिएको हुन सक्छ । त्यस्तो अवस्थामा, तपाईँ टोर ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईँको ट्राफिकलाई गोपनीयता कायम राख्न धेरै इन्क्रिप्टेड नोडहरू मार्फत रुट गर्छ । विकल्पको रूपमा तपाईँ ब्रेभ (Brave) ब्राउजरको टोरसहितको प्राइभेट मोड प्रयोग गर्न सक्नुहुन्छ ।

४. ब्राउजर एक्सटेन्सनहरूले तपाईँको डेटा सङ्कलन गर्न सक्छन्

डिफल्ट रूपमा ब्राउजर एक्सटेन्सनहरू प्राइभेट ब्राउजिङ सेसनमा बन्द हुन्छन् । तर तपाईँले तिनीहरूलाई इनेबल गर्न सक्नुहुन्छ । यदि तपाईँले केही विशेष एक्सटेन्सनलाई प्राइभेट मोडमा चल्ने अनुमति दिनुभएको छ भने, ती एक्सटेन्सनले तपाईँले भिजिट गर्ने साइट र तपाईँका गतिविधिहरूको बारेमा डेटा सङ्कलन गर्न सक्छन् । त्यसैले, यदि तपाईँले आफ्नो गतिविधि गोप्य छ भन्ने सोची रहनु भएको छ भने पनि यस्ता एक्सटेन्सनले पृष्ठभूमिमा ट्र्याक गरिरहेका हुन सक्छन् ।

क्रोममा तपाईँले मुख्य मेनुको छेउमा रहेको एक्सटेन्सन आइकनमा क्लिक गरेर प्राइभेट मोडमा कुन एक्सटेन्सन एक्टिभ छन् भनेर हेर्न सक्नुहुन्छ । कुनै एक्सटेन्सनलाई प्राइभेट मोडमा चल्नबाट रोक्नको लागि एक्सटेन्सन पेजमा जानुहोस् । तपाईँले रोक्न चाहेको एक्सटेन्सनको लागि “Details” मा क्लिक गर्नुहोस्, र इन्कग्निटो मोडमा काम गर्न अनुमति दिने सेटिङ बन्द गर्नुहोस् । तपाईँ अन्य ब्राउजरहरूमा पनि यस किसिमको अनुमति सजिलै व्यवस्थापन गर्न सक्नुहुन्छ ।

५. इन्कग्निटो मोडले तपाईँलाई मालवेयरबाट जोगाउँदैन

धेरैले इन्कग्निटो मोड प्रयोग गर्दा आफू पूर्ण रूपमा अनलाइन खतराहरूबाट सुरक्षित भएको ठान्छन् । तर यो एउटा ठुलो भ्रम हो । इन्कग्निटो मोडले तपाईँलाई दुर्भावनापूर्ण वेबसाइटहरू, जोखिमपूर्ण डाउनलोड वा हानिकारक स्क्रिप्टहरूबाट जोगाउँदैन । यदि तपाईँ खतरनाक सामग्रीसँग ठोक्किनु भयो भने तपाईँको डिभाइस सामान्य ब्राउजिङ सेसनमा जत्तिकै कमजोर हुन्छ ।

त्यसैले प्राइभेट ब्राउजिङ गर्दा पनि सबै सुरक्षा सावधानी अपनाउनु पर्छ । यसका लागि भाइरस टोटल (VirusTotal) जस्ता टुलहरू प्रयोग गरेर शङ्कास्पद फाइल र लिङ्कहरू स्क्यान गर्न सक्नु हुन्छ । आफ्नो एन्टी-मालवेयर सेक्युरिटी इनेबल राख्नुहोस्, र ब्राउजरको बिल्ट-इन सुरक्षा र गोपनीयता सुविधा बन्द नगर्नुहोस् । नियमित ब्राउजिङमा जत्तिकै सावधानी हरबखत अपनाउनुहोस् ।

६. वेबसाइटहरूले तपाईँलाई ट्र्याक र पहिचान गर्न सक्छन्

जब तपाईँ प्राइभेट मोडमा ब्राउज गर्नुहुन्छ, वेबसाइटहरूले तपाईँको आईपी एड्रेस पत्ता लगाउन र तपाईँको विस्तृत प्रोफाइल बनाउन डिभाइस-स्पेसिफिक जानकारी सङ्कलन गर्न सक्छन् । यसको मतलब तपाईँ अझै पनि टार्गेटेड विज्ञापनहरूको शिकार बन्न सक्नुहुन्छ । यदि तपाईँले इन्कग्निटोमा हुँदा गुगल वा फेसबुक जस्ता अकाउन्टमा लग इन गर्नुभयो भने, तपाईँको गतिविधि अझै पनि तपाईँको अकाउन्ट वा प्रोफाइलसँग जोडिन सक्छ ।

यस प्रकारको ट्र्याकिङलाई पूर्ण रूपमा हटाउन गाह्रो भए पनि ब्रेभ जस्ता गोपनीयतामा केन्द्रित ब्राउजरहरू प्रयोग गरेर कम गर्न भने सकिन्छ । साथै, प्राइभेट ब्राउज गर्दा आफ्ना महत्त्वपूर्ण अकाउन्टहरूमा लग इन नगर्नुहोस् । उदाहरणका लागि, यदि तपाईँ एउटा युट्युब भिडियो हेर्न वा फेसबुक वा इन्स्टाग्राम प्रोफाइल हेर्न चाहनुहुन्छ भने, साइन इन नगरी त्यसो गर्दा तपाईँको मुख्य खातामा कुनै असर पर्दैन ।

त्यसैले इन्कग्निटो मोडले तपाईँलाई थुप्रै किसिमका खतराहरूबाट जोगाउन सक्दैन भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । आफ्नो डेटा, गोपनीयता र सुरक्षाको रक्षा गर्न माथि सुझाइएका उपायहरू अपनाउनु होस् । यस किसिमको सावधानीले सबै जोखिमहरूलाई पूर्ण रूपमा हटाउन नसके पनि कम गर्न भने धेरै नै मद्दत पुग्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १३:३०





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ। 

प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ।

गोली लागेर चर्चको झ्यालहरूमा केही क्षति पुगे पनि कसैलाई चोटपटक भने लागेको छैन। घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Ncell 2
Ncell 2

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले चर्चका पादरीसँगको व्यक्तिगत रिसइवीका कारण गोली चलाएको देखिएको छ।

सन् २०१९ मा इस्टर आइतबारका दिन भएका बम आक्रमणको सम्झनामा सुरक्षालाई ध्यानमा राख्दै अहिले देशभरका चर्चहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

shivam cement
shivam cement

छ वर्षअघि भएका ती आक्रमणमा तीन वटा चर्च र तीन वटा होटलमा विस्फोट हुँदा २७९ जनाको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए। घटनाको दोष एक स्वदेशी अतिवादी समूहलाई दिइएको थियो।

क्याथोलिक चर्चले यस वर्षको इस्टर सोमबार ती पीडितहरूलाई ‘विश्वासका नायकहरू’ घोषणा गर्दै श्रद्धाञ्जली दिने तयारी गरेको छ।

घटनापछि पीडित परिवार र क्याथोलिक समुदायले न्यायको माग गर्दै आएका छन् र केही अनुसन्धानहरूले आक्रमणकारीहरू र सुरक्षा निकायहरूबीच सम्बन्ध रहेको पनि देखाएका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- निजी मेडिकल कलेजहरुले प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको अध्यक्षतामा रहेको चिकित्सा शिक्षा आयोगलाई समेत अटेर गरेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष ओलीको निर्देशनपछि आयोगले पठाएको पत्रलाई समेत उनीहरुले बेवास्ता गरेका हुन्।आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा र कार्यदलका सदस्य डा मंगल रावललगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेपछि आयोगबाट आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह) निर्वाह भत्ता उपलब्ध गराउन पुन: पत्र लेखिएको थियो।उक्त पत्र लेखिएको विषयमा आयोगले प्रेस बिज्ञप्ति समेत जारी गरेको छ। आयोगले भनेको छ, ‘आयोगबाट सबै विश्वविद्यालय तथा शिक्षण संस्थाहरुलाई लेखिएकोस्मृति पत्रको बोधार्थ अनुरुप छ । यसै सन्दर्भमा मिति २०८२ वैशाख ४ गते उक्त निर्णय कार्यान्वयन गर्न, गराउन सम्बन्धन प्रदान गर्ने विश्वविद्यालयका उपकुलपतिज्यूहरूसम्म पुनः लेखिएको स्मृतिपत्रको बोधार्थ सम्बन्धित सबैमा जानकारी गराउँदछौं।’ चिकित्सा शिक्षा आयोगको १६ बैठकको उल्लिखित निर्णय कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोग पूर्णतः प्रतिवद्ध रहेको समेत उल्लेख गरेको छ।  आवासीय विद्यार्थीको माग पूरा नगरी निजी मेडिक कलेजलाई लाभ हुनेगरी कार्यदल गठन गरेकोप्रति आलोचना भइरहेको छ। आवासीय चिकित्सक १६ औं बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा छन्। निजी मेडिकल कलेजले शुल्क र सिट पुनर्विचार गरिदिन आग्रह गरेपछि आयोगको १८ औं बैठकले कार्यदल बनाएको थियो।  उक्त बैठकमा निजी मेडिकल कलेजका तर्फबाट प्रतिनिधित्व गरेका डा ज्ञानेन्द्रमान सिंह कार्कीले निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक सदस्य बताउँछन्। उनी भन्छन्,  ‘बैठकमा डा कार्कीले आवासीय चिकित्सकलाई आफूहरु एक रुपैयाँ बढी नै दिने खालको भाषा बोल्नुभएको थियो। त्यसपछि प्रधानमन्त्रीज्यूले कार्यदल गठन गर्न भन्नुभएको हो।’निजी मेडिकल कलेजका सञ्चालका तर्फबाट अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की भने युजीको सिट बढाउने कुरा पीजीको निर्वाह भत्तासँग जोडेर हेरिरहेका छन्। उनी भन्छन्,  ‘उनीहरुलाई ४८ हजार रुपैयाँ दिने हो भने हामीले तीन वर्ष पढाएर जम्मा १६ हजार १७ रुपैयाँ पाउने रहेछौं। यसरी त पीजी चलाउन सकिँदैन । त्यसैले स्रोत सुनिश्चितता खोजेका हौं। त्यसका लागि प्रधानमन्त्रीज्यूले कार्यदल बनाइदिनुभएको छ। अबको १० दिनमा बैठक छ। त्यसपछि सबैकुरा टुंगिएला। कसले किन हतार गर्छ? किन राजनीति गर्छ? म बुझ्दिनँ।’कार्यदल गठन भएपछि निजी मेडिकल कलेज सञ्चालकले असहयोग गरेर आफू आलोचित हुनुपरेको महशुस प्रधानमन्त्री ओलीले गरेको कार्यदलका एक सदस्य  डा मंगल रावल बताउँछन्। प्रधानमन्त्रीसँग कुरालाई उद्घृत गर्दै उनले भने,  ‘उक्त निर्णय कार्यान्वयन गर्न समस्या छैन भनेर निजी मेडिकल कलेज सञ्चालकले भनेपछि कार्यदल गठन गरेको प्रधानमन्त्रीज्यूको भनाइ छ। आवासीय चिकित्सकको समस्या समाधान १६ औं बैठकबाट भइसकेकाले १८ औं बैठकमा निजी मेडिकल कलेजको समस्या पनि सुन्नुपर्छ भनेर कार्यदल गठन गरिएकोमा उहाँ प्रस्ट हुनुहुन्छ।’निजी मेडिकल कलेजले १६ औं बैठकको निर्णय कार्यान्वयन नगरेका कारण १८ औं बैठकको निर्णय कार्यान्वयनमा समस्या आएको देखिएको छ। १० दिनभित्रै प्रतिवेदन दिनेगरी आगामी १५ गते अर्को बैठक समेत तोकिएको छ। निर्णयको तीन दिन बित्दा पनि  कार्यदलको बैठक बोलाइएको छैन।कार्यदलमा ८ जना चिकित्सक छन्। उनीहरु पहिले आवासीय चिकित्सकको समस्या समाधान भएमा शुल्क र सिटको विषय अघि बढाउन सहज हुने बताइरहेका छन्। यही बीच कार्यदलकै एक सदस्य नेपाल चिकित्सक संघले निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएसम्म कार्यदलमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ। अन्य ७ जना चिकित्सलाई पनि कार्यदलमा रहेर काम गर्न असहज वातावरण निजी मेडिकल कलेज सञ्चालकले बनाइदिएका छन्।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार डा रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ। एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ।

वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कहानी आफ्ना दर्शकहरुमाझ पस्किएका छन्। गीतकार डाक्टर रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन्। उनका गीतलाई दर्शकले निकै रुचाएका छन्। ‘वाचा गरौँ’ रिलिज गरेसँगै डाक्टर अधिकारीले आफु यो गीतबाट निकै आशावादी रहेको बताएका छन्।


सामाग्री श्रोत :

फेरी एकसाथ देखिए आकाश श्रेष्ठ र करुणा

काठमाडौँ । तपाईँले पनि आफ्नो स्मार्टफोन लामो समय चलाउँदा तातो भएको अनुभव गर्नुभएको होला । गेम खेल्दा होस् या लगातार भिडिओ हेर्दा, फोन तातो हुनु सामान्य हो । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ, किन यस्तो हुन्छ ? आज हामी यही विषयमा चर्चा गर्दैछौँ:

फोनभित्र केही यस्ता भागहरू हुन्छन्, जुन स्वभावैले तातो हुन्छन् । माइक्रोप्रोसेसरहरू सामान्यतया ७५ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा काम गर्छन् र कुनै समयमा योभन्दा पनि धेरै तातो हुन सक्छन् । यद्यपि, अत्यधिक तापले यी भागहरूलाई बिगार्न पनि सक्छ । फोन निर्माता कम्पनीहरूले यसरी फोन तात्ने समस्यालाई व्यवस्थापन गर्ने अनेक उपाय खोजीरहेका छन् ।

फोन तातो हुनुका मुख्य कारण

प्रोसेसरमा धेरै लोड: तपाईँले जब आफ्नो फोनमा धेरै काम एकसाथ गर्नुहुन्छ, जस्तै कि गेम खेल्ने वा धेरै एपहरू चलाउने, तब फोनको प्रोसेसरमा धेरै दबाब पर्छ । यस्तो दबाबले गर्दा प्रोसेसर तातो हुन्छ ।

लामो समयसम्म प्रयोग: यदि तपाईँले आफ्नो फोन लगातार लामो समयसम्म प्रयोग गरी रहनुभएको छ भने तातो हुन सक्छ ।

खराब नेटवर्क: कमजोर नेटवर्कको कारणले पनि फोन तातो हुन सक्छ । किनकि फोनले राम्रो सिग्नल खोज्न धेरै शक्ति खर्च गर्नुपर्ने हुन्छ ।

प्रत्यक्ष घाममा राख्दा: आफ्नो फोनलाई सिधै घाममा वा तातो कारभित्र राख्दा यो धेरै तातो हुन सक्छ ।

चार्ज गर्दा: फोन चार्ज गर्दा, विशेष गरी फास्ट चार्जिङको समयमा ब्याट्री तात्न सक्छ । यसलाई राम्ररी व्यवस्थापन गरिएन भने फोन बिग्रन पनि सक्छ ।

फोन धेरै तातो हुँदा के हुन्छ ?

फोन धेरै तातो हुँदा हातमा असहज महसुस हुनुका साथै यसले ब्याट्रीको आयु समेत घटाउन सक्छ । साथै यसले फोनको कार्य क्षमतालाई सुस्त बनाउन सक्छ । र भित्रका महत्वपूर्ण भागहरूमा क्षति पुर्‍याउने जोखिम समेत रहन्छ । चरम अवस्थामा त फोन बन्द हुन पनि सक्छ ।

फोनलाई धेरै तातो हुनबाट कसरी बचाउने ?

यदि तपाईँको फोन लगातार धेरै तातो भइरहेको छ भने, निम्न केही कुराहरूमा ध्यान दिन सक्नु हुन्छ ।

याद राख्नुहोस्, थोरै तातो हुनु सामान्य हो । तर यदि तपाईँको फोन लगातार असहज किसिमले तातिरहेको छ भने, फोनको विक्रेता वा आधिकारिक सर्भिस सेन्टरमा गएर सल्लाह लिनुपर्ने हुन सक्छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १२:३८





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–चीनले आज बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।

‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन्। ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन्।

शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन्। यी उपग्रहहरूद्वारा पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्वपूर्ण सहयोग पु¥याउनेछ। साथै, यस्ता परीक्षण उपग्रहहरूले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ।

Ncell 2
Ncell 2

चिनियाँ अधिकारीहरूका अनुसार, यी उपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिहरूको परीक्षणका लागि प्रयोग गरिनेछन्। यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो।

प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट श्रृंखला ‘लङ्ग मार्च’ अन्तर्गत पर्छ। आजको प्रक्षेपण यो श्रृंखलाको पाँच सय सत्तरीऔँ उडान रहेको छ।

shivam cement
shivam cement

यस सफलताले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गर्दछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  नेपाली प्रोस्थोडोन्टिक समाजको नयाँ कार्यकारिणी समिति चयन भएको छ। निर्धारित प्रक्रियाअनुसार विभिन्न पदहरूमा उम्मेदवारी परेका सदस्यहरू निर्विरोध रूपमा चयन भएका छन्।समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्। सदस्यहरूमा डा. बिनिता पाठक, डा. आर्बिन श्रेष्ठ, डा. विधान श्रेष्ठ, डा. सुदीप लाल कर्ण र डा. शिरीषचन्द्र रिमाल छनोट भएका हुन्। डा. टिक्स खनाल, डा. ज्ञानेन्द्र अधिकारी र डा. सुधीर सुवेदीको संयोजनमा निर्वाचन भएको हो।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड थियो भने पछिल्लो नौ महिनामा रू दुई खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ। यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रू २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको कार्यालयले जनाएको छ।

“चैत मसान्तसम्ममा सार्वजनिक ऋण कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुन आउँछ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत छ”, प्रतिवेदनमा भनिएको छ। मुलुकको हालसम्मको कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण रू १३ खर्ब एक अर्ब ९४ करोड र बाह्य ऋण दायित्व रू १३ खर्ब ६५ अर्ब ३२ करोड बराबर छ।

सरकारले यस आर्थिक वर्षका लागि करिब साढे पाँच खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा गत चैत मसातसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ। “चालु आर्थिक वर्षमा जम्मा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्ममा रू तीन खर्ब ६६ अर्ब नौ करोड ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६ दशमलव ९३ प्रतिशत रहेको छ”, प्रतिवेदनमा भनिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले रू दुई खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण उठाएको हो भने रू ७४ अर्ब ९५ करोड बाह्य ऋण उठाएको हो। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८ दशमलव २२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४ दशमलव ५४ प्रतिशत बराबर हो। यस आर्थिक वर्षका लागि सरकारले रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण र रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।

सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा–ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे दुई खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ। “चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म रू दुई खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, “यो वार्षिक विनियोजनको आधारमा ६२ दशमलव ६७ प्रतिशत हो। जिडिपीको आधारमा चैत मसान्तसम्ममा कूल ऋण सेवा खर्च चार दशमलव ४३ प्रतिशत रहेको छ।”

पछिल्लो नौ महिनामा आन्तरिक ऋणको साँवाव्याज भुक्तानीका लागि मात्रै रू दुई खर्ब १२ अर्ब ९३ करोड खर्च भएको छ। आन्तरिक ऋणको साँवा तिर्नका लागि रू एक खर्ब ७० अर्ब नौ करोड र ब्याज तिर्नका लागि रू ४२ अर्ब ८४ करोड बराबर खर्च भएको हो। त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्नका लागि रू ३९ अर्ब ४३ करोड बराबर खर्च भएको छ। जसमध्ये बाह्य ऋणको साँवा तिर्नका लागि रू ३२ अर्ब ९३ करोड र ब्याज तिर्नका लागि रू छ अर्ब ६१ करोड खर्च भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै रू ७० अर्ब नौ करोड बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ। नेपालले वैदेशिक ऋण ‘स्पेशल ड्रइङ राइट’ (एसडिआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ। जसमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्दछन्। चालु आर्थिक वर्षमा एसडिआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। रासस


सामाग्री श्रोत :

नौ महिनामा उठाइयो तीन खर्ब ६६ अर्ब ऋण

काठमाडौं – सरकारसँग वार्तापछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ। 

महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक डाकेको हो।

Ncell 2
Ncell 2

समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ।

shivam cement
shivam cement

बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बीपी राजमार्गको क्षतिग्रस्त सडक खण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो।

कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण हुनेछ। यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको कार्यालयले जनाएको छ।

कार्यलयले जनाएअनुसार काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ। क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीबाट चार सय बेँसीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

उनका अनुसार बीपी राजमार्ग क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकारबाट आठ अर्ब ५० करोड बजेट सुनिश्चितता प्राप्त भएको छ। यो बजेटमध्येबाट काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको खण्डका लागि एक अर्बले सडकको स्थायी पुनर्निर्माण गरिनेछ।

बर्खेखोलाबाट डालाबेँसीसम्मको पाँच दशमलव पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भइरहेको र जाइकाले स्थलगत अध्ययन गरिरहेकाले उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार करिब तयारजस्तै देखिएको योगशले बताए।

‘उक्त सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउने खालका नयाँ काम हुनसक्ने देखिन्छ, यसका लागि जाइकासँग छलफल चलिरहेको छ, हालको अवस्था हेर्दा जाइकाले चासो दिइरहेकाले हामीले उक्त खण्डको बोलपत्र निकाल्न कुरेका हौँ,’ उनले भने।

उक्त सडकखण्डका सानासाना मोडलाई सिधा बनाउन पाँच सय मिटरसम्मका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने योगेशको भनाइ छ। उनले सूचना प्रकाशित गरिएका सडकखण्डको पुनर्निर्माण गर्न जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य राखिएको बताए। यस्तै क्षतिग्रस्त राजमार्ग पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुईवटा गाडी सहज रूपमा गुड्नेगरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ।

कार्यालयले पहिलो चरणमा भकुन्डेबाट नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ।

हाल बीपी राजमार्गको उक्त सडकखण्डमा आउँदो मनसुनको समयमा यातायात सञ्चालन गराउन कार्यालयले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ। योगेशले दैनिक विभिन्न ३७ उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताए।

वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलाकै निर्माण सामग्रीबाट सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाइरहेको उनको भनाइ छ।

‘वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको अस्थायी काम सक्नेछौँ,’ उनले भने।

यसैबीच बीपी राजमार्गको डालाबेसी–बर्खेखोला पाँच दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि जाइकाले डिजाइन थालेको छ। सरकारले चारवटा प्याकेज बनाएर निर्माण गर्ने प्रक्रिया थालेपछि चारमध्ये एक खण्ड जाइकाले डिजाइन थालेको हो।

सडक विभागका इन्जिनियर शुभराज न्यौपानेका अनुसार जाइकाले डिजाइन गर्दै गरेको खण्डबारे उसैले निर्माण गर्ने/नगर्नेबारे टुंगो भने लागेको छैन। यसअघि बाढीले क्षति पुगेपछि पनि जाइकाको टोलीले क्षतिग्रस्त राजमार्गको अध्ययनसमेत गरेको थियो।

जाइकाले अध्ययन गरे पनि क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्नेबारे कुनै प्रतिक्रिया नदिएपछि हाल सरकारले चार प्याकेज बनाएर तीनखण्डको ठेक्का आह्वान गरिसकेको हो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ। रासस


सामाग्री श्रोत :

चार खण्डमा बन्दैछ बाढीले क्षतिग्रस्त बीपी राजमार्ग

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट