
काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको बिक्रीमा वृद्धि भएको छ।नेपाली उत्पादकका औषधि अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी बिक्री वितरण भएको छ।नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)का तर्फबाट संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपाली औषधिको बजार बढेको देखाएको हो।एपोनले नेपाली उद्योगको बजारका विषयमा तथ्यांकहरु संकलन गरेर राख्ने गर्छ। यसरी संकलन गरेर तयार पारिएको खुत्रुके तथ्यांक शुक्रबार खोलिएको हो। संघका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वी राजभण्डारी लगायत कार्यसमिति सदस्य, एपोन मार्केटिङ सर्कलमा पदाधिकारी र एपोनका वरिष्ठ सल्लाहकार तथा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक राधारमण प्रसादको उपस्थितिमा तथ्यांक सार्वजनिक गरिएको हो।एपोनले आर्थिक वर्षको करोबारका आधारमा खुत्रुके तथ्यांक संकलन गर्ने गर्छ। एपोनका ७६ सदस्य उद्योगमध्ये ६७ वटा उद्योगको बिक्री तथ्यांक संकलन गरिएको थियो।सार्वजनिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाली उद्योगहरुले ३५ अर्ब २ करोडको औषधि बिक्री गरेका थिए। यो अघिल्लो आर्थिक वर्षको बिक्रीको तुलनामा १९ दशमलब ८९ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७९/८० मा २९ अर्ब ३६ करोड रुपैयाँ बराबरको नेपाली औषधि बिक्री भएको थियो।तथ्यांक अनुसार नेपाली उद्योगहरुको बिक्रीमा पनि ठूलो ‘ग्याप’ देखिएको छ। नेपाली उद्योगहरुमध्ये सबैभन्दा बढी ३ अर्ब ५० करोडदेखि सबैभन्दा कम ६ करोडसम्मको बिक्री भएको तथ्यांकले देखाएको एपोनका उपाध्यक्ष बरालले जानकारी दिए।उनका अनुसार ६ वट उद्योगले एक सय करोडभन्दा बढीको बिक्री गरेका छन् भने २ सय ५० करोड भन्दा बढी बिक्री गर्ने उद्योग ५ वटा मात्र रहेका छन्। १५ करोड भन्दा कम बिक्री हुने उद्योगको संख्या ४५ रहेको छ। एपोनका उपाध्यक्ष बरालले नेपाली औषधिको बजार बढ्नु सुखद भएको बताए। उनले सरकारले केही नीतिगत र कानुनी सहयोग गर्ने हो भने नेपाली औषधिको बजार ह्वात्तै माथि जाने जानकारी दिए।’बिक्री बढ्नु राम्रो कुरा हो। अझ यसमा सरकारको साथ हुने हो भने नेपाली बजारमा नेपाली उद्योगको बजार हिस्सा छोटो समयमा नै ८० प्रतिशत भन्दा माथि पुग्न सक्छ,’ उनले भने।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिले षड्यन्त्र गर्न खोजेको टिप्पणी गरेका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन। अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ। त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन्। त्यो सफल हुने छैन,’ उनले भने।
उनले नेवाः राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनले देशभरका नेवारहरूको एउटा सम्मेलनमार्फत सरकारका गलत क्रियाकलापलाई खबरदारी समेत गरेको दाबी गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्नो नाम र लोगो दुरुपयोग गरी ठगी गर्ने गतिविधि बढ्दै गएको भन्दै नेपाल बैंक लिमिटेडले ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।
बैंकका अनुसार फेसबुक, एक्स, युट्युब, टिकटक, ह्वाट्सएप, इमो, भाइबर लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहहरूले बैंकको लोगो र फोटो प्रयोग गरी झूटा कर्जा स्वीकृत पत्र, चिठ्ठा, उपहार कार्यक्रम तथा अनलाइन र पार्ट–टाइम रोजगारीको प्रलोभन देखाई ठगी गर्ने प्रयास भइरहेको छ ।
साथै बैंकले सामाजिक सञ्जालमा गरेका पोष्ट र जानकारीहरूमा ग्राहकको जिज्ञासामा अनधिकृत व्यक्तिहरूले स्क्याम लिङ्क पठाउने, व्यक्तिगत विवरण माग्ने र बैंककै तर्फबाट फोन आएको भन्दै प्रलोभनमा पार्न खोजेको गुनासो बढेको उल्लेख गरेको छ ।
बैंकले यस्ता गतिविधिबाट सचेत रहन ग्राहकलाई अनुरोध गर्दै खाताको केवाईसी अपडेट, कार्ड नवीकरण, अनलाइन किनमेल प्रयोजन वा रकम जम्मा गरिदिने जस्ता विषयमा ओटीपी, लिङ्क, पिनकोड तथा पासवर्ड कहिल्यै नमाग्ने स्पष्ट पारेको छ ।
यस्ता गोप्य सूचना तथा नम्बरहरू कसैलाई पनि नदिन र सुरक्षाका उपाय अवलम्बन गर्न बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।
साथै, नेपाल बैंक लिमिटेडले आफ्ना आधिकारिक सामाजिक सञ्जाल पेजहरू मात्र फलो गर्न र थप जानकारीका लागि नजिकको शाखा वा ०१–५५७१२२२ नम्बरमा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १५:२२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँगको निर्णायक खेल रद्द भएपछि विश्वकप छनोट हुने सपना रहेको तर भाग्यले साथ नदिँदा पूरा हुन नसकेको बताएका छन् ।
शनिबार खेल रद्द भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शक्तिले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर भाग्यले साथ नदिँदा राम्रो नतिजाका साथ फिनिस हुन सकेन,’ उनले भने, ‘जीवन यस्तै हो, कहिले सुख हुन्छ कहिले दुःख, अब यसबाट अगाडि बढेर आगामी दिनमा अझै राम्रो गर्नुपर्छ ।’
त्यस्तै शक्तिले अफगानिस्तानसँगको खेलमा उच्च मनोबलका साथ खेलेर जित निकाल्ने लक्ष्य लिएको पनि उल्लेख गरे ।
‘यसअघि भएको शृंखलामा राम्रो कमब्याक गरेको थियौं, हराउन सक्छौं भन्ने थियो,’ उनले भने, ‘बिहान पानी परेर रोकिएपछि पनि खेल भएमा खेलेर जित्छौं भन्ने थियो ।’
यता कप्तान नरेन भट्टले पनि राम्रो प्रदर्शनका बाबजुद भाग्यले साथ नदिँदा छनोट हुन नपाएकोमा दुःख लागेको बताए ।
‘राम्रो खेलिरहेका थियौं, सबै फर्ममा थिए अनि मनोबल पनि उच्च थियो,’ उनले भने, ‘पानी पर्ला भन्ने बारेमा त्यति ध्यान दिएका थिएनौं, खेलेर जित्ने नै लक्ष्य थियो तर पूरा हुन सकेन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने सुरु भएको छ। आफ्ना बालबालिकाहरुलाई तोकिएअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सम्पर्क गरौं।सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको हो। हरेक वर्ष बैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आइरहेको यो महाअभियान नयाँ वर्षको सुरुवातसँगै यही वैशाख ६ र ७ गते देशैभरी एकैसाथ खुवाउन परिपत्र गरेको हुनाले सबैले आ-आफ्ना स्थानबाट अभियान सफल बनाउन लागि पर्न आवश्यक छ। आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिका हरुलाई भिटामिन ‘ए’को क्याप्सुल र जुकाको औषधि खुवाउन नभुलौं। यो अयाभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ। लुलो लङ्गडो हुन रोक्छ । अशक्त हुनबाट बचाउनुका साथै अरु रोगसँग लड्ने क्षमता पनि बढाउँछ। रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्छ।त्यासैले आफ्ना बालबालिकाहरुलाई नि:शुल्क रुपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रुपमा सहभागी बनौं। भिटामिन ‘ए’को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सूचीकृत स्वास्थ्य संंस्थाहरुले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुद्वारा वर्षको २ पटक कार्तिक र वैशाख महिनामा ६ महिना देखी ५९ महिना सम्मका सम्पूर्ण बालबालिकालाई भिटामिन ‘ए’को क्याप्सुल खुवाइन्छ।जसमा ६ देखि ११ महिना का लागी १,००००० आई.यु.(आधा क्याप्सुल) र १२ महिना देखी ५९ महिना सम्मका लागी २,००००० आई.यु.(१ क्याप्सुल) खुवाउनु पर्दछ। साथै दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ‘ए’को कमीबाट हुने आँखा सम्बन्धी रोगहरुको लागि पनि स्वास्थ्य संस्थाहरुबाट भिटामिन एको क्याप्सुलद्वारा उपचार गरिन्छ।त्यसैगरी शिशुलाई स्तनपान मार्फत् भिटामिन ‘ए’को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलालाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाबाट एक क्याप्सुल २,००००० आई.यु. भिटामिन ‘ए’ खुवाइन्छ। साथ साथै परजीबि नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मदेखि एक वर्ष उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदैन भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत् अर्धवार्षिक रुपमा कार्तीक र वैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलि ग्राम एक मात्रा खुवाउने गरिन्छ।जसमा १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलि ग्राम र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिका का लागी ४०० मिलिग्राम खुवाइन्छ। विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालय जाने बालबालिकाहरुलाई अर्धवार्षिक रुपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलि ग्राम एकमात्रा खुवाउने चलन छ। सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ। त्यासैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको पाइन्छ। के हो त भिटामिन ‘ए’?शारीरिक क्रियाकलापलाई राम्रोसँग गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने सु्क्ष्म पोषक तत्वलाई भिटामिन भनिन्छ। भिटामिन एले शरिरलाई बिभिन्न किसिमका संक्रमण हुनबाट बचाउँछ। आँखालाई स्वस्थ राख्दछ। बालबालिकाको बृद्धि विकासमा महत्वपूर्ण सहायता गर्दछ। यो आमाको बिगौती दूध, सिङ्गो माछा, जनावरको दूध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी अन्डा, पहेँला फलफूल, तरकारी, फर्सी मेवा आदिमा स्रोतको रुपमा पाइन्छ भने तयारी क्याप्सुलको रुपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ। त्यासैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबर्द्धक पोषकतत्वको रुपमा मानिएको छ। नेपाल सरकारबाट निशुल्क रुपमा बितरण गरिएका यी महव्वपूर्ण स्वास्थ्य सम्बन्धी अभियानका कार्यक्रमहरुलाई सबैले सहयोग गर्नुपर्छ। आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रुपमा औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ। साथसाथै यही मिति २०८१ बैशाख ६ र ७ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पार्न पर्नेछ।प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरु, शिक्षक शिक्षिकाहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासन लगायत सबैको सहयोग र सहकार्य रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ-आफ्ना बालबालिका लाई घातक रोगबाट बचाऔं। भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क पाइन्छन्, यी दुबै सुरक्षित छन् र जीवन रक्षा गर्दछन्।
सामाग्री श्रोत :
swasthyakhabar

पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने बताएका छन्।
वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम छन् भने।
पर्यटनमन्त्रीले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।
‘पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझ प्रभावित ढङ्गले गर्न सकिन्छ सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गरौँ’, निजी क्षेत्रलाई विदेशी मुद्राआर्जनको प्रमुख उद्योगको विकासमा लाग्न आह्वान गर्दै उनले भने।
राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधिमैत्री बनाउन हरेक क्षेत्रमा इन्टरनेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिए।
‘हामी १६औँ योजना कार्यान्वयनमा छौँ, सोहीअनुरूप नीति तथा कार्यक्रम तर्जुमा गरेर अघि बढेका छौँ महिलाको योगदानबाट पर्यटनका साथै विकास निर्माणका कार्यक्रमले चाँडो गति लिन्छन्। आर्थिक विकासमा पनि महिलाको भूमिका महत्वपूर्ण छ’, उनले भने।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पाँच लाख महिला जनशक्तिलाई पर्यटन क्षेत्रले रोजगारी प्रदान गरेको तथ्यांक प्रस्तुत गर्दै महिलालाई आर्थिक रुपमा सशक्त गराउनुपर्नेमा जोड दिए।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको भन्दै डिजिटल माध्यमले महिलालाई काम गर्न सहज भएको बताए।
सामाग्री श्रोत :
पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे
काठमाडौं । अहिलेको समयमा क्यूआर (क्विक रेस्पोन्स) कोड जताततै देख्न पाइन्छ । सुरुवाती समयमा सन् १९९० को दशकमा गाडीका पार्टपुर्जा स्क्यान गर्नका लागि आविष्कार गरिएको भए पनि महामारीको समयमा सम्पर्कमा नरहने प्रवृत्तिको महत्त्व बढेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो । अहिले त यो हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा नै बनिसकेको छ ।
तपाईंले रेस्टुरेन्टमा खाना अर्डर गर्न, वाई-फाई कनेक्ट गर्न, अनलाइन किनमेल गर्न, कार्यक्रम वा यात्राको टिकट प्राप्त गर्न, आफ्नो पहिचान प्रमाणित गर्न र यस्तै अन्य धेरै कामहरूका लागि क्यूआर कोड प्रयोग भएको पाउनुहुन्छ ।
नागरिक एपबाट त झन् क्यूआर कोड स्क्यान गरेर आफ्ना विभिन्न निकायलाई आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराउन सकिन्छ । यी कोडहरूले कि त केही जानकारी (लगभग ३ किलोबाइटसम्म) भण्डारण गर्न सक्छन् वा तपाईंलाई कुनै निश्चित एड्रेस (जस्तै; वेबसाइट वा एपको पेजमा) पुर्याउन सक्छन् ।
यदि तपाईंले कतै क्यूआर कोड भेट्नुभयो र त्यसमा के छ भन्ने पढ्न खोज्नुभयो भने तपाईंलाई फोन आवश्यक पर्छ । आँखाले नै क्यूआर कोड डिकोड गर्न त्यति सम्भव हुँदैन । तपाईंको फोनले नै क्यूआर कोडमा भएको जानकारी तपाईंलाई उपलब्ध गराउँछ ।
त्यसो भए क्यूआर कोडले कसरी काम गर्छ ?
क्यूआर कोडहरूले थोरै मात्रामा डेटा भण्डारण गर्छन् । सामान्यतः हामीले दिनहुँ देख्ने कोडहरूमा १०० भन्दा कम अक्षर र अङ्कहरू (जसलाई अङ्ग्रेजीमा अल्फान्युमेरिक क्यारेक्टर्स भनिन्छ ) हुन्छन् । यद्यपि धेरै जानकारी राख्नुपर्दा क्यूआर कोड ठूलो र जटिल हुन सक्छ ।
क्यूआर कोडमा ‘त्रुटि सुधार’ गर्ने क्षमता पनि हुन्छ । यसले गर्दा कोडको केही भाग छोपियो वा बिग्रियो भने पनि यसले काम गर्न सक्छ । फोनको क्यामेरा वा अन्य स्क्यानिङ डिभाइसले क्यूआर कोडमा भएको जानकारी पढ्न सक्छ । यसका लागि कोडको तीन कुनामा रहेका ‘खोज्ने ढाँचाहरू’ (फाइन्डर प्याटर्न) ले मद्दत गरेको हुन्छ । त्यसलाई सामान्य भाषामा हामी तीन ओटा कोठा भनेर पनि बुझ्छौं । ती कोठा किन हुन्छन् भन्ने बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
यी कोठाको मुख्य काम स्क्यानरलाई क्यूआर कोड कहाँ छ, कत्रो छ र कता फर्केको छ भन्ने जानकारी दिन्छन् । यसले गर्दा तपाईंले क्यूआर कोड जता ढल्काएर स्क्यान गर्न खोजे पनि डिभाइसले सजिलै स्क्यान गर्छ ।
थोरै अक्षरहरू मात्र अट्ने भएकाले क्यूआर कोडमा तस्बिर वा लामो लेख राख्न सकिँदैन । तर वेबसाइटको एड्रेस, सम्पर्क विवरण वा वाई-फाई नेटवर्कमा लगइन गर्ने जानकारी जस्ता विवरण सजिलै अट्छन् । रंगशालाको टिकट, सिनेमाको टिकेट वा विमानको बोर्डिङ पास जस्ता कागजातमा भने क्यूआर कोडभित्र एउटा विशेष ‘टोकन’ (unique embedded token) हुन्छ । यसलाई डेटाबेसमा जाँच गरेर तपाईं सही व्यक्ति हो कि होइन भनेर प्रमाणित गरिन्छ ।
क्यूआर कोडहरू तपाईंलाई ठग्नका लागि पनि प्रयोग हुन सक्छन् । यस्ता कोडहरूले तपाईंलाई नक्कली वेबसाइटमा पुर्याएर तपाईंको व्यक्तिगत वा भुक्तानीसम्बन्धी जानकारी चोर्ने प्रयास गर्न सक्छन् । तपाईंको फोनको ब्राउजरमा भएको सुरक्षा प्रणालीले यस्ता धेरै ‘फिसिङ’ आक्रमणलाई रोक्न मद्दत गर्छ । तर, सार्वजनिक ठाउँमा टाँसिएका, शंकास्पद वेबसाइटमा देखिएका वा कसैले चलाएको जस्तो देखिने क्यूआर कोड स्क्यान गर्दा सधैं सावधानी अपनाउनुपर्ने हुन्छ । आफूलाई आवश्यक छैन भने कौतुहलताले पनि क्यूआर कोड स्क्यान गर्ने बानी हुन सक्छ । त्यस्तोमा सजग हुनुहोला ।
क्यूआर कोड कसरी स्क्यान गर्ने ?
आजकलका प्रायः सबै स्मार्टफोनमा (एन्ड्रोइड ८ र आईओएस ११) क्यामेरा एपभित्रै क्यूार कोड स्क्यान गर्ने सुविधा पहिलेदेखि नै हुन्छ । त्यसैले तपाईंलाई कुनै छुट्टै एप डाउनलोड गरिरहनु पर्दैन । ती सुविधा उपलब्ध नभएका डिभाइसको नोटिफिकेसन बारमा पनि स्क्यानको अप्सन हुन्छ । त्यहीबाट क्यूआर कोड सजिलै स्क्यान गर्न सकिन्छ ।
यदि पर्याप्त उज्यालो छ र स्पष्ट रूपमा फोकस भएको छ भने तपाईंले क्यूआर कोड स्क्यान गरिसकेपछि तल लिङ्क खुल्छ । त्यही लिङ्कमा ट्याप गरेर वेबसाइट वा एपको पेजसम्म पुग्न सक्नुहुन्छ । तपाईं कुन वेबसाइटमा पुग्नुहुन्छ भन्ने जानकारी त्यही क्यूआर कोडले निर्धारण गर्छ । उदाहरणका लागि यसले तपाईंलाई कुनै रेस्टुरेन्टको मेनु पेजमा लैजान सक्छ वा कसैको सम्पर्क कार्डमा लैजान सक्छ ।
यदि तपाईंलाई कुनै क्यूआर कोड महत्त्वपूर्ण लागेको छ भने त्यसको फोटो खिचेर वा डाउनलोड गरेर राख्न सक्नुहुन्छ । त्यसलाई पछि आवश्यक पर्दा गुगल लेन्सबाटै पनि स्क्यान गर्न सकिन्छ । गुगल लेन्स गुगल सर्चबारको छेउमा हुन्छ । यदि तपाईं कुनै ब्राउजर खोलेर ‘google.com’ मा जानुभयो भने त्यसको छेउमा क्यामेराको जस्तो आइकन देखिन्छ । त्यही ट्याप गरेर क्यूआर कोड छानी त्यसमा भएको जानकारी पाउन सक्नुहुन्छ । अथवा गुगल फोटोजमा उक्त क्यूआर कोड फेला पार्नुहोस् । र, त्यसको तलपट्टि भएको ‘लेन्स’ (Lens) को अप्सनमा जानुहोस् । यति भएपछि त्यसमा भएको जानकारी सहजै गुगल लेन्समा देखिन्छ । यो एन्ड्रोइड प्रयोगकर्ताका लागि काम लाग्ने फिचर हो ।
आईओएस प्रयोगकर्ताले सहजै डिभाइसमा सेभ भएको क्यूआर कोडको जानकारी पाउन एप्पल फोटोज एप प्रयोग गर्न सक्नुहुन्छ । उक्त एप खोलेर क्यूआर कोड भएको फोटो छान्नुहोस् । अनि त्यहाँ देखिएको ‘लाइभ टेक्स्ट’ (Live Text) बटनमा ट्याप गर्नुहोस् । यसरी तपाईंले सहजै क्यूआर कोड स्क्यान गर्न सक्नुहुन्छ ।
विभिन्न थर्ड पार्टी कोड स्क्यानर एप पनि उपलब्ध छन् । तर यदि तपाईंलाई स्क्यान गर्नेबाहेक अरू विशेष फिचर आवश्यक छैनन् भने तपाईंको फोनको नेटिभ स्क्यानर एप वा क्यामेरा एप नै उपयुक्त हुन्छ । स्क्यान गर्नका लागि मात्र थर्ड पार्टी एप इन्स्टल नगर्दा नै राम्रो हुन्छ । यी एपहरूले विभिन्न प्रकारका बारकोडहरू स्क्यान गर्ने, तपाईंले स्क्यान गर्नुभएका क्यूआर कोडहरू सुरक्षित राख्ने वा आफ्नै क्यूआर कोडहरू बनाउने जस्ता सुविधा दिन्छन् ।
तर तिनीहरू प्राय: विज्ञापनले भरिएका हुन्छन् र सामान्यतः तपाईंलाई शुल्क तिरेर प्रिमियम सेवा लिन वाध्य पार्ने किसिमका हुन्छन् । यदि तपाईं केवल क्यूआर कोड बनाउन चाहनुहुन्छ भने इन्टरनेटमा थुप्रै क्यूआर जेनेरेटर वेबसाइट हुन्छन् । जसले सजिलै तपाईंलाई आवश्यक पर्ने क्यूआर कोड बनाइदिन्छन् । तपाईंले एडोबीको निःशुल्क क्यूआर कोड जेनेरेटर पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १४:३२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन्।
काठमाडौँको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए।
उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए। उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे।
उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए। कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए।
थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए।
यसअघि बुद्धनगरस्थित सेतो गणेशस्थानबाट सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकामा धन्यवाद दिए। कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रविन्द्रविक्रम राणालगायत सहभागी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- चिकित्सा शिक्षा आयोगले गठन गरेको शुल्क परिमार्जन तथा एमबीबीएस/बीडीएसको सिट निर्धारण गर्न बसेको कार्यदलको बैठक विषय प्रवेश नगरी उठेको छ।शनिबार भएको कार्यदलको बैठकमा कार्यदलका सदस्यद्वय डा अनिल कार्की र डा मंगल रावलले १६ औं बैठकको निर्णय कार्यान्वयन नभइ काम गर्न नसकिने बताएका थिए। कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ १६ औं बैठकमा निर्णय गरिएको आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगरी आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने उल्लेख थियो। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीले दुबै विषय सँगसँगै अघि बढाउनुपर्ने बताएका थिए। तर, १६ औं बैठकको निर्णय कार्यान्वयन नगरी अन्य कुरा अघि नबढ्ने पक्षकै जोडबल भएपछि विषय प्रवेश नगरी बैठक सकिएको थियो। कार्यदलमा आवासीय चिकित्सक आन्दोलनमै रहेकाले उक्त निर्णय कार्यान्वयन हुनुपर्ने कुरा उठेपछि डा ज्ञानेन्द्रमान सिंह कार्कीले आफू छलफल गर्ने बताएका छन्। आइतबार त्यसका लागि समय दिइएको छ। आवासीय चिकित्सकको विषय आइतबार टुंगिएपछि सोमबार कार्यदलले काम थाल्ने गरी बैठक समय तोकिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

गलकोट । बागलुङका चार वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ। क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनीकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान थालिएको छ।
गत वर्ष बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पुर्याइएको हो। नेपाल सरकारले क्षयरोग मुक्त पालिका घोषणा कार्यविधिअनुसार चार पालिकामा क्षयरोग मुक्त अभियानअन्र्तगतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।
‘क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउन सक्नु नै मुख्य अभियान हो जसका लागि क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै जानुपर्दछ, क्षयरोगसम्बन्धी सचेतना मुख्य कुरा हो, अभियानले क्षयरोगी पत्ता लगाउने दर बढेको छ, क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै गएपछि क्षयरोगी दिगो रुपमा कम हुँदै जान्छन्’, घिमिरेले भने, ‘चालु आर्थिक वर्षमा नै जिल्लामा २०३ क्षयरोगी पत्ता लगेका छन्, उनीहरूले औषधी सेवन गर्नाले क्षयरोग अरुमा सर्दैन र निर्मूलनमा सहयोग पुग्दछ।’
क्षयरोग मुक्त अभियान सञ्चालन भएको बडिगाड गाउँपालिकामा गत वर्ष एक ३३ जनामा क्षयरोग पत्ता लागेको थियो। बडिगाडमा अहिले क्षयरोगीको सङ्ख्या घटेर ४३ जनामा आइपुगेको छ भने क्षयरोगीको सर्वेक्षण गर्नेक्रम जारी छ। यस्तै गलकोट नगरपालिकामा ३१ सक्रिय क्षयरोगी, बागलुङ नगरपालिकामा ३० सक्रिय क्षयरोगी रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
चार पालिकामा अहिले एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउने कार्यलाई तीव्रता दिइएको छ भने पालिकामा क्षयरोग संयोजक तोकिएको छ। पालिका प्रमुखकको अध्यक्षतामा क्षयरोग मुक्त समन्वय समिति, वडास्तरीय समिति गठन गर्ने कार्य भइरहेको छ।
ढोरपाटन नगरपालिकामा क्षयरोग मुक्त अभियान नचले पनि क्षयरोग पत्ता लगाउनका लागि एक्सरेमार्फत परीक्षण भने भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। क्षयरोग मुक्त अभियानका लागि स्वास्थ्य शाखामा एकाइ गठन गर्ने, पालिकास्तरीय क्षयरोग मुक्त अभियान समन्वय समिति गठन गर्ने र वडामा वडास्तरीय समिति गठन गरिने छ।
क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर कम गरेर शून्यमा क्षयरोगी झार्नका लागि अभियान सक्रिय भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए।
नगरपालिकाका १४ वडामध्ये १२ वटा वडामा सूक्ष्म योजना निर्माण कार्य सम्पन्न भइसकेको खनालले जानकारी दिए। सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई तीव्रता दिइएको छ। रासस
सामाग्री श्रोत :









