२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

 

 

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले रातिको समयमा महिलालाई कुटेको देखिने एउटा भिडिओले चर्चा पाइरहेको छ । काठमाडौं ठमेलको एउटा नाइट क्लबमा प्रहरी सिभिल ड्रेस छिरेको र अश्लीलताले सीमा नाघेको फेला परेपछि कारबाही गरेको भन्ने दाबी गरिएको छ । टेकपाना फ्याक्टचेकले यो घटना नेपालको नभइ पेरुको भएको र आजभन्दा १० वर्षअघि २०१४ मा भएको पत्ता लगाएको छ ।

दाबी 

बिहीबार १७ अप्रिल २०२५ मा ‘रेज योर भ्वाइस’ नामको फेसबुक पेजबाट एउटा भिडिओ पोस्ट भयो । भिडिओमा केही प्रहरी जस्तो देखिने व्यक्तिले रातिको समयमा केही महिलाहरू कुटिरहेको देखिन्छ । १ मिनेट २७ सेकेन्डको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “Kathmandu Thamel को एक night club मा पुलिस सिबिल ड्रेसमा छिरे पछिको अबस्था। अश्लीलताको सीमा नाघेपछि सुरक्षाकर्मी छिर्नु पर्ने बाध्यता भयो ।”

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २७२ रियाक्सन, ४१ कमेन्ट र ८५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ  ।

फेसबुकमा आयुष क्षेत्री (ओरिजिनल भिडिओआर्काइभ भिडिओ), मिशन नेपाल (ओरिजिनल भिडिओआर्काइभ भिडिओ), युथ अफ बुद्धशान्ति (ओरिजिनल भिडिओआर्काइभ भिडिओ), सजन गुरुङ खवास (ओरिजिनल भिडिओआर्काइभ भिडिओ) लगायतका फेसबुक पेज तथा प्रयोगकर्ताले यो भिडिओ राखेका छन् ।

यी सबैले यो भिडिओ काठमाडौं ठमेलमा भएको एउटा नाइट क्लबको भन्ने दाबी गरेका छन् । तर नाइट क्लबको नाम के हो भन्ने राखेका छैनन् ।

तथ्यजाँच 

टेकपाना फ्याक्टचेक टिमले इनभिड टुल प्रयोग गरेर भाइरल भिडिओको कीफ्रेम निकाल्यो । त्यसमध्यको एउटा कीफ्रेमलाई गुगल लेन्समा reverse image search गर्दा भाइरल भिडिओमा देखिएकी युवतीको फोटो फिचर भएको mangalore today को ‘Peru Moral Police wip Nightclub Employees’ शीर्षकको समाचार फेला पार्‍यो । 

त्यसमा तीन ओटा फोटो फिचर भएका छन् । नेपालमा भाइरल भइरहेको भिडिओमा देखिने युवती र उक्त समाचारमा राखिएका फोटोमा देखिने युवतीको फोटो मिलेको पायौं ।

मंगलोर टुडेले यो घटना पश्चिमी पेरुमा भएको उल्लेख गरेको छ । तर यो कहिलेको समाचार हो भन्ने उल्लेख नभएको पाइएपछि हामीले पश्चिमी पेरुको नाइट क्लबमा यौनकर्मी महिला भन्ने  आशयका समाचार खोज्यौं । यसका लागि हामीले गुगलमा ‘Peru nightclub prostitution’ भन्ने कीवर्ड्स खोज्यौं । त्यस क्रममा फक्स न्युजले राखेको समाचार फेला पर्‍यो । 

नेपालमा भाइरल भइरहेको भिडिओको कीफ्रेम र फक्स न्युजले उक्त समाचारमा राखेको फिचर फोटो दाँजेर हेर्‍यौं । फोटो मिल्यो ।

७ जनवरी २०१४ मा ‘Euronews’ ले राखेको भिडिओको शीर्षक “Video: Vigilantes chase, whip women in ‘anti-prostitution’ raid on Peru night club” मा उक्त भिडिओ हेर्न सकिन्छ । हेर्नुहोस् भिडिओ

मंगलोर टुडे, फक्स न्युज र युराे न्युजका अनुसार यो ९ जनवरी २०१४ भन्दा अगाडिको उत्तरी पेरुमा रहेको काजामार्का सहरमा रहेको एउटा नाइट क्लबको घटना हो । उक्त नाइट क्लबमा पहिले केही नकाबधारी मान्छे छिरेका थिए । पछि उनीहरूले आफूलाई ‘सिटी सेक्युरिटी फोर्स’ भनेर चिनाए ।

यी मानिसहरूले क्लबमा काम गर्ने महिलाहरू (जो सम्भावित यौनकर्मी थिए) लाई पिटे, लाइनमा उभ्याए, कोहीको लुगा अधुरो थियो र उनीहरू डरले रुँदै थिए । क्लबमा रहेका बार टेन्डर र बाउन्सरहरूलाई पनि घुँडा टेकेर पुशअप गराए ।

उनीहरूले क्लबमा चोरहरू लुकेका छन् भन्ने सूचना पाएपछि छापा मारेको बताएका थिए । तर त्यहाँ कोही चोर फेला परेनन् । उनीहरूको भनाइ अनुसार त्यो उनीहरूको ‘अपराध र वेश्यावृत्तिको अन्त्य गर्ने प्रयास’ थियो । फक्स न्युजका अनुसार पेरुमा १८ वर्षभन्दा माथिका महिलाका लागि वेश्यावृत्तिले कानुनी रूपमा मान्यता छ । तर महिलाले नगरपालिका कार्यालयमा दर्ता भएर स्वास्थ्य प्रमाणपत्र लिनुपर्छ । तर धेरैजसो यौनकर्मीहरू अनौपचारिक रूपमा काम गर्थे, जसले गर्दा उनीहरू हिंसा र स्वास्थ्य समस्या भोग्न बाध्य हुने गरेको समाचार माध्यमले उल्लेख गरेका छन् ।

दाबी

काठमाडौंको ठमेलको एउटा नाइट क्लबमा वेश्यावृत्ति भइरहेको भन्ने थाहा पाएपछि सिभिलमा खटिएको प्रहरीले छापा मार्‍यो ।

दाबीकर्ता

Raise your voice, Aayush Xettri, Mission nepal, Sajan gurung khawas, Youth of buddhashanti लगायतका फेसबुक पेज र प्रयोगकर्ता ।

तथ्य

काठमाडौं ठमेलमा वेश्यावृत्ति बढ्दै गएपछि सिभिलमा खटिएको प्रहरीले एक नाइट क्लबबाट त्यसमा संलग्न महिलालाई कुट्दै बाहिर निकाल्यो भन्ने दाबी केही नेपाली फेसबुक पेज र प्रयोगकर्ताले गरेका छन् । तर यो भिडिओ नेपालको नभएर उत्तर पेरुको एक सहरको नाइट क्लबको रहेको पुष्टि भएको छ ।

निष्कर्ष

काठमाडौं ठमेलमा वेश्यावृत्ति बढ्दै गएपछि सिभिलमा खटिएको प्रहरीले एक नाइट क्लबबाट त्यसमा संलग्न महिलालाई कुट्दै बाहिर निकाल्यो भन्ने दाबी भ्रमपूर्ण रहेको पाइएको छ । यो घटना नेपालको नभइ पेरुको उत्तरी क्षेत्रमा भएको एक सहरको नाइट क्लबको हो । यो आजभन्दा १० वर्ष अगाडि सन् २०१४ मा भएको घटना हो । नेपालका केही फेसबुक पेज र प्रयोगकर्ताले काठमाडौं ठमेलको भन्दै भ्रामक भिडिओ फैलाएका हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १८:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् । 

शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् । 

तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अब यथास्थीतिवाद र प्रतिगामी षडयन्त्रविरुद्ध सबै उत्पीडित वर्ग र जाति समूदाय अगाडी बढ्नुपर्ने बेला आएको धारणा राखे । 

Ncell 2
Ncell 2

प्रचण्डले अन्य दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफू रहेको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा गरेको स्मरण गरे । 

shivam cement
shivam cement

उनले नेवार समूदायको समूदाय, भाषा, पहिचान स्थापीत नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिबद्धता जनाए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।संघको वैशाख ६ गतेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले उक्त निर्णय कार्यान्वयन नभएसम्म कार्यदलमा नरहने जानकारी गराएको हो। महासचिव डा सञ्जिव तिवारी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ,  ‘१६ औं बैठकको निर्णय तुरुन्त लागू गर्न र आन्दोलनरत आवासीय चिकित्सकहरुलाई निसर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता नभएसम्म यो कार्यदलको काम कारवाहीमा सहमति नहुने भनी निर्णय संयोजकज्यूलाई जानकारी गराउन चाहन्छु।’चिकित्सा शिक्षा आयोगले २०८२ साल वैशाख ३ गते सिट पुनरावलोकन साथै शुल्क समायोजन गर्नेलगायतमा कार्यदल बनाएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

विदाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमयी स्वर सुन्न सकिन्छ।

गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिगं र मास्टरिङ एचबिएन किस्मतको रहेको छ। गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन्।

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

करण चैसियारको छायांकन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक रसाईली स्वयंकै युट्युब च्यानलबाट बजारमा आएको हो ।


सामाग्री श्रोत :

‘जानै लाग्यो वैँश रिमई’ भन्दै आए हेमन्त र लक्ष्मी

काठमाडौं । सामाजिक सञ्जालमा देखिएको एउटा छोटो भिडिओ (युट्युब शर्ट्स) नभएको भए कोलकाताको बेहालास्थित एक परिवारले आफ्नो घरबाट सुनका गहना हराएको सायदै थाहा पाउने थियो । यसै महिनाको सुरुमा सार्वजनिक भएको त्यही भिडिओको प्रमाणका आधारमा स्थानीय प्रहरीले उक्त परिवारकी पूर्व घरेलु कामदार ३५ वर्षीया पूर्णिमा मण्डललाई पक्राउ गरेको छ । 

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार चोरी भएको करिब छ महिनापछि प्रहरीले उनको साथबाट तीन ओटा सुनका गहना बरामद गरेको हो । युनिक पार्ककी उद्यमी सञ्चिता मुखर्जीले तीन वर्षअघि मण्डललाई आफ्नो घरमा काम गर्न राखेकी थिइन् । मण्डलले गत अक्टोबरमा अचानक काम छोडिन् । हालै मात्र सञ्चिता र उनका श्रीमान् समिरनले घरबाट गहना हराएको थाहा पाएका थिए ।

“पूर्णिमा मण्डललाई युट्युबमा ‘शर्ट्स’ अपलोड गर्ने धुन चढेको थियो । उनी सडकमै नाचेर भिडिओ हाल्थिन् । तर, निरक्षर भएकाले कमेन्ट सेक्सनका प्रतिक्रिया पढ्न सक्दैनथिन् र प्रायः मसँग मद्दत माग्थिन् । मैले यस्तै एउटा शर्ट भिडिओ हेर्दै थिएँ, त्यतिबेला मैले उनले मेरै गहना लगाएको थाहा पाएँ,” मुखर्जीले टाइम्स अफ इन्डियालाई घटनाको बेलीविस्तार लगाइन् ।

मुखर्जीले प्रहरीमा दिएको उजुरीमा लेखेकी छिन्, “गत अक्टोबरदेखि मेरो घरबाट दुई ओटा सुनका झुम्का हराएका थिए । अप्रिलको पहिलो हप्तामा मैले पूर्णिमा मण्डलले मेरा हराएका सुनका झुम्कामध्ये एउटा लगाएर युट्युब शर्ट्स भिडिओ पोस्ट गरेको थाहा पाएँ । मैले उक्त भिडिओ मेरो मोबाइलमा सुरक्षित राखें । उनले मेरो घरमा काम गर्दा नै ती दुई झुम्का चोरेकी हुन् भन्ने मलाई शङ्का छ ।”

उजुरीपछि पर्णश्री प्रहरीले पूर्णिमाको घरमा छापा मारेर मुखर्जीका दुई ओटा झुम्का मात्र नभई उनका श्रीमानको एउटा औंठी पनि बरामद गरेको छ ।

एक वरिष्ठ अनुसन्धान अधिकृतले स्थानीय सञ्चार माध्यमलाई भने, “हामीले घटनाको अनुसन्धान गरिरहेका छौं र पूर्णिमाले काम गरेका अन्य घरहरूबाट पनि चोरी भएको हुनसक्ने अनुमान गरेका छौं ।”

“साँच्चै भन्नुपर्दा मेरो पूर्व कामदारले अरू केही चोरेको छ कि छैन मलाई थाहा छैन । किनकि मैले मेरो पूरै घर जाँच्न सक्दिनँ । तर प्रहरीले मेरो उजुरीलाई गम्भीरतापूर्वक लिएर तुरुन्तै कारबाही गरेकोमा म आभारी छु,” मुखर्जीले भनेकी छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १७:१५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल चलिरहेको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।

Ncell 2
Ncell 2

यसअघि गत चैत ११ गते तीनै शीर्ष नेतासहित संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः समिति बनाउने सहमति जुटेको थियो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन पनि गरिएको थियो ।

shivam cement
shivam cement

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की र मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्थानीय तह अन्तर्गत रहेका देशभरीका ३३ अस्पताल मध्य कटारी अस्पताल फेरिपनि  उत्कृष्ट बनेको छ। नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीले मापन गर्दा कटारी नगर अस्पताललाई १ सय अंकमा  ८८  नम्बर पाएको छ।प्रदेश स्वास्थ निर्देशनालयले ६ /६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा कटारी अस्पताल परेको हो। ३३ स्थानीय अस्पतालमध्ये कटारी अस्पताल ८८ स्कोर सहित प्रथम भए संगै यो हरियो जोनमा परेको स्वास्थ निर्देशनालय धनकुटाका एमएसएस अफिसर पशुपति खनालले जानकारी दिए।६ महिना पहिले नेपाल सरकार  स्वास्थ क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखाजोखा गर्दा ८३ अंक पाएको कटारी अस्पताल त्यो बेला पनि पहिलो बनेको थियो। अहिले भने ८८ अंक सहित पहिलो भएको  छ। नगर अस्पतालले दिने न्यूनतम सेवा सुधारसंगै विभिन्न सूचकहरुको माध्यमबाट गरिएको मापनमा मूल्याकंन गर्दा कटारी अस्पतालले ८८ नम्बर पाएको हो।विगत केही वर्ष यता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालले निरन्तर सेवा सुबिधा बढाउदै गइरहेको छ। न्यूनतम सेवा मापन गर्न  स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर पशुपति खनाल, डा. प्रशान्त शाह र जिल्ला अस्पताल उदयपुरका गाइनोलोजिस्ट तथा श्रोत व्यक्ति डाक्टर मुकेश झा सहितको अनुगमनको टोली कटारी अस्पताल आइपुगेका थिए। दुइ दिन भएको  कार्यक्रममा पहिलो दिन अनुगमन र दोस्रो दिन छलफल भएको हो। यो मापन न्यूनतम सेवा भएकोले थप सेवा दिन अनुगमन श्रोत व्यक्ति स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर पशुपति खनालले सुझाव दिएका थिए । अस्पतालले अझै सुधार गर्नु पर्ने धेरै कामहरू बाँकी नै रहेकाले आउँदा दिनमा ध्यान दिन सरोकारवाला लाई खनालले आग्रह गरेका थिए।अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. गौरव साहले अस्पतालमा भएका सुधार, समस्या र चुनौतीका बिषयमा प्रष्ट पारेका थिए।कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए। विशिष्ठ अतिथि कटारी नगरपालिका उप प्रमुख गीता खड्काले सेवा लिन आउने सेवाग्राहीले अस्पतालमा सेवा लिँदा महसुस हुने गरी काम गर्न जोड दिनु भएको थियो।यो अस्पताल अहिले भने प्रादेशिक अस्पतालमा स्तर उन्नति भइसके पनि पूर्ण कार्यान्वयन नयाँ आर्थिक बर्ष देखि हुने र हाल नगर र प्रदेश दुबैले हेरि रहेको अस्पतालले जनाएको छ। आगामी वर्ष न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत यो अस्पताल प्रादेशिक अस्पताल अन्तर्गत मूल्याकंन हुने डाक्टर गौरव शाहले जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर महिलाको मृत्यु भएको छ।

युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो।

दुर्घटना गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक फरार छन्।


सामाग्री श्रोत :

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

काठमाडौँ । अप्रिल महिनाको सुरुवातदेखि नै इन्टरनेटमा जिब्ली-स्टाइल आर्टले चर्चा पायो । जापानको एक स्टुडियोले बनाउने शैलीका फोटो च्याटजीपीटीले सजिलै बनाइदिने भएपछि यो धेरैको रोजाइमा पर्‍यो । पछि अन्य एआई टुलले पनि यस्तो फिचर उपलब्ध गराउन थाले । यसमा प्रयोगकर्ता आफ्नो फोटो अपलोड गरेर जिब्ली-स्टाइलको आर्ट बनाउन अनुरोध गर्छन् । एआई टुलले क्षणभरमै आकर्षक जिब्ली शैलीको फोटो तयार पारिदिन्छ । 

यो ट्रेन्डको चर्चा अहिले कम हुँदै गएको छ । तर, च्याटजीपीटी र यो जस्तै अन्य एआई टुलले सर्वसाधारणको फोटोको डेटा लिने अर्को तरिका फे…
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन्।

यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।

Ncell 2
Ncell 2

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ। उहाँले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्।

shivam cement
shivam cement

डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ।
घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए।
प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट