अन्तराष्ट्रिय सेफ सोसाईटि साइप्रस शाखा  गठन

अन्तराष्ट्रिय नेपालि सेफ सोसाईटि साइप्रस
Facebook
Twitter
LinkedIn

१२ जुन २०२४ / साइप्रस

अन्तराष्ट्रिय सेफ सोसाइटीको शाखा साइप्रसमा पनि गठन भएको छ। विश्वका १८ भन्दा बढी देशमा शाखा विस्तार गरेको उक्त संस्थाले  गत मंगलबार लिमासोल स्थित गोर्खा किचन रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

अन्तर्राष्ट्रिय सेफ सोसाइटीका केन्द्रिय अध्यक्ष अरुण अधिकारीको भर्चुअल  उपस्थितिमा भएको कार्यक्रममा  सेफ रेशम बहादुर लामाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति तयार गरेको छ । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष अधिकारीले नेपाली  खानालाई विश्व माझ परिचित गराउन निरन्तर एकतावद्व भएर लाग्नु पर्ने बताए।  उनले नव गठित कार्य समितिलाई शुभकामनाका साथै बधाई पनि दिए ।

नेपाली सेफहरुको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरउन्नतिको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ विश्वभर छरिएर रहेका सेफहरुलाई सङ्गठित गर्ने उद्देश्यले साइप्रसमा पनि शाखा गठन गरिएको हो।

नव कार्यसमितिको  अध्यक्षमा रेशम बहादुर लामा , वरिष्ठ उपाध्यक्षमा रवि चन्द्र राई, उपाध्यक्षमा प्रदिप तामाङ, पितुस लामा (नेगी), रेशम पाण्डे,बलराम खतिवडा चयन भएका छन् ।

यसैगरी महासचिवमा गोपाल प्रसाद तिमिल्सिना, सचिवमा नबिन चौलागाई र सहसचिवमा पुर्ण बहादुर श्रेष्ठ कोषाध्यक्षमा लाल बहादुर बुढा मगर, प्रथम सहकोषाध्यक्षमा अरुण तामाङ र सह-कोषाध्यक्षमा राम पाख्रिन चयन भएका छन् ।

यस्तै सदस्यहरूमा अबी लामा,लक्ष्मण अमन, विवेक मगर, सुर्य तामाङ्, बियान लामा, बिजय मथियल, खुम अधिकारी,कविन्द्र श्रेष्ठ, प्रशुराम राई, दिवास गुरुङ, राजाराम बस्नेत, सरोज तामाङ्, लक्ष्मण अङ्गाई, गजल लामा,दिपेश गुरुङ,मनोज कुमार गुराई, रोजन लामा र  मनोज श्रेष्ठ रहेका छन्।

अन्तराष्ट्रिय नेपालि सेफ सोसाईटि साइप्रस

साईप्रसलाई कर्म थलो बनाउंदै भान्से पेशा ,पाक कलामा  कार्यरत  सम्पुर्ण सेफहरुले यस अभियानलाई साथ दिएर उदेश्य सफल बनाउने आशा लिएको नव निर्वाचित अध्यक्ष रेशम बहादुर लामाले  बताए। संस्था गठन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका संयोजक सेफ युवराज तामाङ्, सह-संयोजक सेफ सुदर्शन लामा र सल्लाहकार सेफ हरिराम घिमिरेलाई केन्द्रिय अध्यक्ष अधिकारीले धन्यवाद दिए।

अन्तर्राष्ट्रिय सेफ सोसाइटी विश्वभरका नेपाली सेफहरुलाई एकिकृत गर्दै नेपाली खानाको प्रचार प्रसार, खानाको स्थर उन्नतिका साथै नेपाली सेफहरुलाई एकिकृत गर्दै नेपाली सेफहरुको ब्यक्तित्व विकासमा संस्थागत रुपमै एक ढिक्का भइ लागेको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.