२२ नोभेम्बर २०२२/लिमासोल
साइप्रसमा नेपाली कथानक चलचित्र ” महापुरुष ” प्रदर्शन हुने भएको छ। आगामी २७ तारिख आइतबारको दिन निकोसिया स्थित प्यान्थियोन हलमा सो चलचित्र प्रदर्शन हुन लागेको हो।
नेपालमा वाहवाही संगै राम्रो कमाइ गरेको सो चलचित्रलाई लाखे क्रियसन ले साइप्रसमा प्रदर्शन गर्न लागेको हो।
साइप्रसमा रहेका नेपालीलाई गोजीमा भार नपर्ने गरि मनोरंजन दिने र नेपाली संस्कृतिको प्रवर्दन गर्ने उदेश्य सहित हालसालै स्थापित भएको लाखे क्रियसन पहिलो सो निकोसिया मा र दोस्रो सो लिमासोल सहरमा गर्ने जनाएको छ।
लिमासोल मा भने डिसेम्बर १८ तारिख का दिन रियो सिनेमा हलमा बिहान १० बजे देखि सो चलचित्र प्रदर्शन हुने बताइएको छ।
सामाजिक विषयबस्तुमा आधारित चलचित्र ” महापुरुष ” हेर्नको लाखे क्रियसनले लागि टिकट को मूल्य ७ युरो तय गरेको छ। बिहान ११ बजे बाट “सो” सुरु हुने बताइएको छ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ ।
सिनेमामा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री म्याक्स रहेका छन् ।
यो पनि पढ्नुहोस् :
सुपरहिट चलचित्र “दुई नम्बरी” साइप्रसमा प्रदर्शन हुने