‘कांग्रेसको प्राथमिकता संविधान रक्षा’

‘कांग्रेसको प्राथमिकता संविधान रक्षा’
Facebook
Twitter
LinkedIn

वर्तमान राजनीतिक संकटका समयमा नेपाली कांग्रेस पार्टीको प्राथमिकता संविधानको रक्षा रहेको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि अहिले देखिएको संकट टार्न कांग्रेसले संवैधानिक उपायको पक्षमा रहेको वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए। ‘दुईवटा बाटो छ, हामीसँग,’ नेता निधिले भने, ‘देशलाई प्रतिनिधिसभाविहीन राख्न सकिँदैन, प्रतिनिधिसभा प्राप्त गर्ने अहिले दुई बाटो छ, पहिलो हो त्यसको पुनःबहाली र अर्को हो चुनाव।’  

प्रेस युनियन पर्साले आयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री निधिले देशलाई निकास दिलाउने सामर्थ कांग्रेससँग मात्र रहेको दाबी गरे। आगामी निर्वाचनमा नेपाली कांग्रेसले संघीय संसद्, प्रदेश र स्थानीय तह सबै ठाउँमा चुनाव जित्ने ठोकुवा गरे। कम्युनिस्ट पार्टी, मधेसवादी भनिएका दल वा अन्य नाममा खुलेको दलका कारण नभई कांग्रेसीकै कारण कांग्रेसले हार बेहोर्ने गरेको विगत सम्झिादै उनले आउँदो चुनावका त्यो अवस्थाको अन्त्य हुने दाबी गरे। नेपाली कांग्रेस प्रतिनिधिसभा पुनर्बहालीको पक्षमा रहे पनि त्यो हुन नसकेको खण्डमा चुनावमै जानु परे पनि पार्टी तयार रहेको उनले बताए। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अहिले अदालतले के फैसला दिन्छ त्यसको पर्खाइमा हरेको उनले बताए।  

‘देशमा अहिले संबवधानिक प्रणलीअनुसार द्विसदनात्मक संसद् छ, संघीय संसद्का दुई अंगमध्ये प्रतिनिधिसभा विघटित रहे पनि अर्को राष्ट्रियसभा भने अहिले पनि छ, संसद् भंग भएको होइन प्रतिनिधिसभा विघटन गरिएको छ। त्यो विघटनको कदम गैरसंवैधानिक हो भन्ने हाम्रो मान्न्यता हो,’ उनले भने, ‘त्यस कारणले हामी प्रतिनिधिसभा पुनर्बहालीको पक्षमा छौं, पुनर्बहाली नभए संसद्लाई पूर्णता दिन प्रतिनिधिसभाको निर्वाचन अर्को संवैधानिमक बाटो हो।’ अहिले प्रतिनिधिसभा विघटनपछि नेपाली कांग्रेस पार्टीको प्राथमिकतमा यो विषय पर्न गएकोले पार्टीको आफ्नो महाधिवेशनको विषय केही समय ओझेलमा पर्न गएको उनले प्रष्ट्याए।  

पहिले प्रतिनिधिसभाको निर्वाचन तोकिएको समयमा हुने भए त्यो टुंगिएपछि पार्टी महाधिवेशनमा जाने नभए अर्को परिस्थितिमा निर्वाचन सर्ने भए पार्टीको महाधिवेशन पहिले नै गरिसक्ने उनले बताए। महाधिवेशनको विषय अहिले पहिलो प्राथमिकतामा नरहेकोले पार्टी सभापतिमा आफ्नो दाबेदारीको विषयमा पनि अहिले नै केही नबोल्ने उनले बताए। पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य फर्मुल्लाह मंसुर, पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, संविधानसभा सदस्यहरू अनिल रुंगटा, ओमप्रकाश शर्मालगायत उपस्थित थिए।

प्रकाशित: २७ माघ २०७७ ०७:४० मंगलबार


श्रोत: नागरिक

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.