यातायात व्यवसायलाई प्रविधिमैत्री बनाइने

Facebook
Twitter
LinkedIn

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता व्यक्त गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिए ।

मन्त्री गुरुङले भने, “ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प छैन ।” मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकलाई आग्रह गर्दै सामाजिक सेवाको भावनानुसार बिरामीलाई निःशुल्क सेवा दिन पनि सवारी चालकलाई आग्रह गरे । मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनमा आएका सवारी साधनको व्यवस्थापनमा लागि पर्ने बताए ।

समाजका अध्यक्ष पूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरीत सञ्चालनमा आएका निजी कार, भ्यान, जीपको अनुगमन गरी कारवाही गर्न माग गरे । समाजले समयसापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्नुपर्ने, चालक तथा चालक मजदूरीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नु पर्नेलगायत १४ बुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरुङ समक्ष बुझाएको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.