नेप्से साढे ३७ अङ्कले बढ्यो, कारोबार रकममा दिनदिनै ‘रेकर्ड’ बन्दै

Facebook
Twitter
LinkedIn

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार साढे ३७ अङ्कले बढेको छ । बैंकिङ समूहको शेयर ६२ अङ्कले बढेसँगै नेप्से ३७ दशमलव ४८ अङ्कले बढेर २५ सय ६१ दशमलव ४७ विन्दुमा पुगेको छ । 

साेमवार होटल समूहको शेयर २८ अङ्कले, विकास बैंक समूहको ८६ अङ्कले, फाइनान्सको २२ अङ्कले, अन्यको नौ र जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले बढेको छ । व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर घटेको छ ।

साेमवार दुई सय ६ वटा कम्पनीका दुई करोड ११ हजार कित्ता शेयर १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँमा कारोबार भए । नेपाली शेयर बजारमा यो अहिलेसम्मकै धेरै कारोबार रकम हो ।  सबैभन्दा धेरै प्रभु बैंकको ६२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

साेमवार ग्रामीण विकास लघुवित्त र प्रभु बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि हिमालय ऊर्जा विकास कम्पनी र उन्नति सहकार्य लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.