सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

Facebook
Twitter
LinkedIn

माघ २६, काठमाडौँ । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो ।

“चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उहाँले भन्नुभयो, “अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।”

उहाँले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताउनुभयो । कार्यालय प्रमुख पन्थीका अनुसार जहाँजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.