नशालु पदार्थ खुवाएर बलात्कार

नशालु पदार्थ खुवाएर बलात्कार
Facebook
Twitter
LinkedIn

मोरङको कानेपोखरीमा एक किशोरी बलात्कृत भएकी छिन्। नशालु पदार्थ खुवाएर बेहोस बनाइ उनलाई बलात्कार गरेको पीडित किशोरीका परिवारले आरोप लगाएका छन्।  

परिवारले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै कानेपोखरी–२ मा किराना पसल सञ्चालन गर्दै आएका २९ वर्षीया प्रेम चौधरीविरुद्ध जबरजस्ती बलात्कार मुद्दामा किटानी जाहेरी दिएका छन्। जाहेरी दर्ता भएपछि प्रहरीले आरोपित चौधरीलाई पक्राउ गरेको जनाएको छ। गत बिहीबार राति चौधरीले कोठामा बोलाएर नशालु पदार्थ खुवाइ १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।    

घटनाको भोलिपल्ट (शुक्रबार)बिहान चौधरीकै घरनजिक बेहोस अवस्थामा भेटिएकी किशोरलाई स्थानीयले उद्धार गरी उपचारका लागि लगेका थिए। उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार बेलुका विराटनगरस्थित कोसी अस्पतालमा भर्ना थियो।  

‘कानेपोखरीमा भएको घटनामा संलग्न एक जना पुरुषलाई पक्राउ गरेका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले भने, ‘बोल्न नसक्ने स्थितिमा नहरको डिज नजिक किशोरी भेटिएकी थिइन्। उनलाई उपचारका लागि मंगलबारे अस्पताल लग्यौं। त्यहाँबाट थप उपचारका लागि कोसी अस्पताल रिफर गरिएका कारण कोसीमा ल्याएर उपचारपछि सोमबा (आज)डिस्चार्ज भएकी छन्।’  

किशोरी पथरी प्रहरी कार्यालयमा गएर घटनाको विवरण बताएपछि थप अनुसन्धान गर्न सहज हुने प्रवक्ता थापाले बताए। ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट केटाले बोलाएर दुवै जनाले मादक पदार्थ सेवन गरेको देखिन्छ,’ प्रवक्ता थापाले भने, ‘रातिसँगै बसेर मादक पदार्थ सेवन गरी बिहान पख किशोरी घर जाँदा नहरको डिल नजिक लडेको अवस्थामा स्थानीयले फेला परेका थिए। अत्याधिक मदिरा सेवन गरेका कारण हिँड्न नसकी लडेको हुनसक्छ। घटनाको अन्य पक्ष किशोरीको बयानबाट खुल्ने र थप अनुसन्धान हुनेछ।’

 

प्रकाशित: २६ माघ २०७७ १७:३९ सोमबार


श्रोत: नागरिक

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.