काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा, आज राति पूर्वमा सामान्य बदली हुन सक्ने अनुमान

Facebook
Twitter
LinkedIn

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा भएको छ । आइतवार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम सफा रहेको र आइतवार राति पूर्वमा सामान्य बदली हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । 

पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि मौसम बदली भएको थियो । गएकाे शुक्रवार र शनिवार उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । शनिवार काठमाण्डौ उपत्यका वरपरका चन्द्रागिरि, फुल्चोकीसहित मकवानपुरको दामन र पालुङ, दोलखाको कालिञ्चाेकमा पनि हिउँ परेको थियो । 

हिमपातपछि काठमाण्डौसहित धेरैजसो ठाउँमा चिसो बढेको छ । आइतवार बिहान काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको र उच्चतम तापक्रम १८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो । 

आइतवार चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने महाशाखाका अर्का मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । बाक्लो हिमपात भएका र तराईका केही जिल्लामा अझै केही दिन चिसो हुनेछ । मौसमविद् शाक्यका अनुसार अब केही दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ ।  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.