अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

Facebook
Twitter
LinkedIn

माघ २५, काठमाडौँ (रासस) । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताउनुभएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ ।

बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली जानुभएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिनुभएको हो ।

उहाँले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय  पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिनुभयो । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गर्नुभएको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.