भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, ८४ वर्षे उमेरमा कोरोनाले लियो ज्यान

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, ८४ वर्षे उमेरमा कोरोनाले लियो ज्यान
Facebook
Twitter
LinkedIn

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा उपचारका क्रममा मुखर्चीको निधन भएको छोरा अभिजितले पुष्टि गरेका हुन् ।अगस्ट १० मा मुखर्जी आफैँले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । कोरोना संक्रमण पुष्टि भएको २१ दिनमा उनको निधन भएको छ । मुखर्जीको दिमागमा जमेको रगत निकाल्ने क्रममा कोरोन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए । गत वर्ष भारत रत्नबाट सम्मानित भएका उनी राष्ट्रपति हुनुअघि को ५ दशक लामो राजनीतिक जीवनमा वाणिज्य, विदेश, रक्षा र अर्थ मन्त्री बनेका थिए । मुखर्जीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका बोर्डमा समेत काम गरेका थिए । राजनीतिक जीवनको अधिकांश समय भारतीय कांग्रेसमा बिताएका उनले कांग्रेस पार्टी परित्याग गरेर सन् १९८६ मा अलग्गै पार्टी गठन गरेपनि दुई वर्षपछि कांग्रेसमै फर्केका थिए ।

३७ वर्ष भारतमा सांसद बनेका मुखर्जी राजनीतिक दलहरुबीच सहमति निर्माणमा कुशल मानिन्थे । सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि मुखर्जीले प्रधानमन्त्री हुने प्रयास गरेपनि चाहना पूरा हुन पाएन । मुखर्जी सन् २०१२ मा राष्ट्रपति निर्वाचित भएका थिए । मुखर्जीले २०७३ साल कात्तिक तेस्रो साता नेपालको तीन दिवसीय भ्रमण गरेका थिए ।

Source link

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.